Category - News

मिहिनेती बन्न विज्ञान

गणित राम्रो छ भने विज्ञान पढ्नु राम्रो । अन्य प्रणाली तथा नीतिगत विषयमा इच्छा भने अर्को विषय छनोट गर्न भने हिच्किचाउनु हुंदैन ।

राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको एसईई नतिजा बिहीबार सार्वजनिक गरेको छ  । कुन विषय किन लिने भन्नेबारे विद्यार्थीहरू अन्योलमा हुन सक्छन्  ।

आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सके त्यसैलाई आफ्नो करियर बनाउन सकिन्छ । उत्कृष्ट अंक ल्याउनेले विज्ञान, अलिक कम अंक ल्याउनेले व्यवस्थापन अनि त्योभन्दा कम अंक ल्याउनेले मानविकी लिनुपर्छ भन्ने गलत मानसिकता छ । सबै विषयको महत्त्व आ–आफ्नै हुन्छ । अंकले विद्यार्थीको भविष्य निर्क्योल गर्दैन । Read More

गुणको बदला गुण

कुनै बेला मलाई पनि कसैले सहयोग गरिदिएका कारण म यो अवस्थामा छु  । अहिले त्यही मानवीय नाताले सडक र असहाय बालबालिकाहरूलाई उद्धार गर्न लागिपरेको छु,’ खेमराज पुरीले भने  ।

Read More

नेपालको दैनिक तापक्रम दर बढ्दो

नेपालमा दैनिक तापक्रम परिवर्तन दर ०.०३४ डिग्रीले वार्षिक रुपमा बढिरहेको पाइएको छ । बेलायतबाट प्रकाशित हुने एट्मोस्फेरिक रिसर्च जर्नलनमा अघिल्लो साता प्रकाशित एक अनुसन्धानात्मक प्रतिवेदनले यस्तो उल्लेख गरेको हो ।

दैनिक तापक्रम परिवर्तन दर (डूयुरिनल टेम्प्रेचर रेन्ज) भनेको दिनको उच्चतम् र न्यूनतम् तापक्रमबीचको फरक हो। सन् १९७६ देखि २०१५ सम्मको तथ्यांकलाई समावेश गरिएर गरिएको उक्त अनुसन्धानमा ३ नेपाली र ४ इटालियन अनुसन्धानकर्ताहरुलेसंलग्न थिए।

Read More

चलेन पिरामिड प्रयोगशाला

विश्वकै सबभन्दा उच्च हिमाली क्षेत्रमा रहेको पिरामिड प्रयोगशालामा इटाली सरकारले बजेट कटौती गरेपछि काम अवरूद्ध छ
सगरमाथा आधारशिविर नजिकै लोबुचेस्थित पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला र अवलोकन केन्द्रमा काम अवरुद्ध भएको छ । सन् १९९० देखि सञ्चालनमा आएको पिरामिड प्रयोगशालाको बजेट कटौती भएपछि काम अवरुद्ध हुन पुगेको हो ।

Read More

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।

Read More

आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु

सुनसरी

कोसी गाउँपालिका-३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । त्यही वडाकी शारदा मिश्रको हालत पनि विमलाको जस्तै । वन्यजन्तुको डरले बिहान सबेरै उठ्न र राति शौचालय जानुपर्दा उनीहरु डराउँछन् । विमला र शारदा मात्र होइनन्, कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिकाका बासिन्दा बिहानै उठ्न र राति शौचाललय जानुपर्दा वन्यजन्तुको त्रास बाँचिरहेका छन् । उनीहरुलाई अर्ना, हात्ती, बँदेल, स्याल लगायत वन्यजन्तुले आक्रमण गर्लान् भन्ने चिन्ता छ ।

६ महिनाअघि हात्तीको आक्रमणबाट मृत्यु भएका बोरिलाल सरदारको भत्किएको घर । 

Read More

अर्धजंगली चौपायाले समस्या

 कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र हजारौंको संख्यामा अर्धजंगली गाईभैंसी छन् । ती आरक्षभित्रै बस्छन्, त्यहीँ चर्छन् । गाउँ फर्कन्नन् । जंगलमै ब्याउँछन्, बाच्छा, पाडा हुर्काउँछन् । अर्धजंगली चौपायाको संख्या १० हजार पुगेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यस्ता चौपाया आरक्षको पश्चिमीे सिमाना क्षेत्रमा बढी छन् ।

कम क्षेत्रफल, सीमित खाना र धेरै जनावरका कारण खानाका लागि आरक्षमा प्रतिस्पर्धा बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत एवं वार्डेन रामदेव चौधरीले बताए । अर्धजंगली चौपायाका कारण जंगली जनावरको बासस्थानमा समेत असर पुगेको छ ।अर्धजंगली गाईभैंसीका कारण आरक्षमा वन्यजन्तुलाई चाहिने आहारा अभाव हुँदै गइरहेको छ । आरक्ष क्षेत्रमा शाकाहारी जन्तुको संख्या धेरै छ । ४ सय ४१ वटा अर्ना, एक दर्जनभन्दा बढी हात्ती, ५० देखि ६० को हाराहारीमा नीलगाईलगायत छन् । आहारा नपाउँदा जंगली जनावर गाउँ पस्ने गरेका छन् ।

Read More

सिमसारमा पानी छैन

कोसीटप्पु, सुनसरी
कोसीटप्पु वन्यजन्तु आरक्षका सिमसार सुक्न थालेसँगै यहाँको पारिस्थितिकीय प्रणालीमा प्रत्यक्ष असर देखिएको छ । पानी अभावमा नहर सुकेपछि किसानले नयाँ बाली लगाउन पाएका छैनन् । यहाँका सिमसार रामसार क्षेत्रमा सूचीकृत छन् ।

आरक्ष उत्तरतर्फ राजावासमा भारतले स्पर बनाएर नदी पश्चिमतर्फ मोडेपछि पूर्वी भागका सिमसार तथा पोखरी सुक्न थालेको आरक्षका प्रमुख वार्डेन रामदेव चौधरीले बताए । ‘पानीको एकुफर परिवर्तन भएपछि सिमसार सुक्न थालेका छन्, पानी रिचार्ज हुन छाडेको छ,’ उनले भने ।

सिमसार सुक्न थालेपछि जलीय प्रणालीमा असर पुगेको फ्रेस वाटर इकोलोजिस्ट एवं काठमाडौं विश्वविद्यालयकी अनुसन्धाता रामदेवी तचामोले जानकारी दिइन् । उनका अनुसार विभिन्न प्रजातिका माछा, कछुवा, शंखे किरा, सर्पलगायत पानीमा आश्रित जीव प्रभावित भएका छन् ।

Read More

जलवायु परिवर्तन : क्षति बढी, लगानी न्यून

काठमाडौँ

सन् १९७१ देखि २०१४ सम्ममा नेपालमा औसत अधिकतम ०.०५६ डिग्री सेल्सियसका दरले तापक्रम बढेको छ । यो ४३ वर्षमा २२ हजार ३ सय ७२ वटा जलवायुजन्य प्रकोपका घटना भएका छन् । त्यसले थुप्रै क्षति निम्त्याएको छ ।

अहिलेकै हिसाबले कार्बन उत्सर्जन भइरहने हो भने सन् २१०० सम्ममा विश्वको तापक्रम ४.२ देखि ६.५ डिग्रीसम्म पुग्ने चेतावनी गत महिना वैज्ञानिकहरूले दिएका छन् । त्यसको बढी असर हाम्रा सुन्दर हिमाल, जनजीवन र अर्थतन्त्रमा पर्नेछ । पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियस मात्र बढे पनि यो शताब्दीको अन्त्यमा हिमालबाट एक तिहाई हिउँ पग्लने अनुमानसहितको प्रतिवेदन इसिमोडले दिइसकेको छ ।

Read More

जलवायु परिवर्तनका अनुसन्धाता

सूर्यविनायक भक्तपुरका सुदीप ठकुरी ‘जलवायु परिवर्तन र उच्च हिमाली हिमनदी तथा जलस्रोत प्रणाली’ का सम्बन्धमा विद्यावारिधि गर्ने नेपालका एक माक्र व्यत्ति हुन्  । उनको अनुसन्धानबारे गोविन्द पोखरेल लेख्छन्:

इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरेका सुदीप ठकुरीका करिब १ सय ५० रिसर्च वैज्ञानिक जर्नलमा प्रकाशित छन् । उच्च हिमालय क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमा सक्रिय ठकुरीका डेढ दर्जन बढी अनुसन्धान विश्वका उच्चकोटिका वैज्ञानिक जर्नलहरूमा प्रकाशित छन् । साइटेसन ५ सय बढी । त्यसैले उनलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागमा ‘एसोसिएट प्रोफेसर’ नियुक्तिसम्म दिलायो । विद्याभूषण पदकबाट विभूषित ठकुरीले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट फेलोसिप पाए । विश्व खाद्य संस्था, यूएनडीपीदेखि डब्लूडब्लूएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा विज्ञका रूपमा काम गरे ।

Read More