Category - News

चलेन पिरामिड प्रयोगशाला

विश्वकै सबभन्दा उच्च हिमाली क्षेत्रमा रहेको पिरामिड प्रयोगशालामा इटाली सरकारले बजेट कटौती गरेपछि काम अवरूद्ध छ
सगरमाथा आधारशिविर नजिकै लोबुचेस्थित पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला र अवलोकन केन्द्रमा काम अवरुद्ध भएको छ । सन् १९९० देखि सञ्चालनमा आएको पिरामिड प्रयोगशालाको बजेट कटौती भएपछि काम अवरुद्ध हुन पुगेको हो ।

Read More

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।

Read More

आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु

सुनसरी

कोसी गाउँपालिका-३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । त्यही वडाकी शारदा मिश्रको हालत पनि विमलाको जस्तै । वन्यजन्तुको डरले बिहान सबेरै उठ्न र राति शौचालय जानुपर्दा उनीहरु डराउँछन् । विमला र शारदा मात्र होइनन्, कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिकाका बासिन्दा बिहानै उठ्न र राति शौचाललय जानुपर्दा वन्यजन्तुको त्रास बाँचिरहेका छन् । उनीहरुलाई अर्ना, हात्ती, बँदेल, स्याल लगायत वन्यजन्तुले आक्रमण गर्लान् भन्ने चिन्ता छ ।

६ महिनाअघि हात्तीको आक्रमणबाट मृत्यु भएका बोरिलाल सरदारको भत्किएको घर । 

Read More

अर्धजंगली चौपायाले समस्या

 कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र हजारौंको संख्यामा अर्धजंगली गाईभैंसी छन् । ती आरक्षभित्रै बस्छन्, त्यहीँ चर्छन् । गाउँ फर्कन्नन् । जंगलमै ब्याउँछन्, बाच्छा, पाडा हुर्काउँछन् । अर्धजंगली चौपायाको संख्या १० हजार पुगेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यस्ता चौपाया आरक्षको पश्चिमीे सिमाना क्षेत्रमा बढी छन् ।

कम क्षेत्रफल, सीमित खाना र धेरै जनावरका कारण खानाका लागि आरक्षमा प्रतिस्पर्धा बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत एवं वार्डेन रामदेव चौधरीले बताए । अर्धजंगली चौपायाका कारण जंगली जनावरको बासस्थानमा समेत असर पुगेको छ ।अर्धजंगली गाईभैंसीका कारण आरक्षमा वन्यजन्तुलाई चाहिने आहारा अभाव हुँदै गइरहेको छ । आरक्ष क्षेत्रमा शाकाहारी जन्तुको संख्या धेरै छ । ४ सय ४१ वटा अर्ना, एक दर्जनभन्दा बढी हात्ती, ५० देखि ६० को हाराहारीमा नीलगाईलगायत छन् । आहारा नपाउँदा जंगली जनावर गाउँ पस्ने गरेका छन् ।

Read More

सिमसारमा पानी छैन

कोसीटप्पु, सुनसरी
कोसीटप्पु वन्यजन्तु आरक्षका सिमसार सुक्न थालेसँगै यहाँको पारिस्थितिकीय प्रणालीमा प्रत्यक्ष असर देखिएको छ । पानी अभावमा नहर सुकेपछि किसानले नयाँ बाली लगाउन पाएका छैनन् । यहाँका सिमसार रामसार क्षेत्रमा सूचीकृत छन् ।

आरक्ष उत्तरतर्फ राजावासमा भारतले स्पर बनाएर नदी पश्चिमतर्फ मोडेपछि पूर्वी भागका सिमसार तथा पोखरी सुक्न थालेको आरक्षका प्रमुख वार्डेन रामदेव चौधरीले बताए । ‘पानीको एकुफर परिवर्तन भएपछि सिमसार सुक्न थालेका छन्, पानी रिचार्ज हुन छाडेको छ,’ उनले भने ।

सिमसार सुक्न थालेपछि जलीय प्रणालीमा असर पुगेको फ्रेस वाटर इकोलोजिस्ट एवं काठमाडौं विश्वविद्यालयकी अनुसन्धाता रामदेवी तचामोले जानकारी दिइन् । उनका अनुसार विभिन्न प्रजातिका माछा, कछुवा, शंखे किरा, सर्पलगायत पानीमा आश्रित जीव प्रभावित भएका छन् ।

Read More

जलवायु परिवर्तन : क्षति बढी, लगानी न्यून

काठमाडौँ

सन् १९७१ देखि २०१४ सम्ममा नेपालमा औसत अधिकतम ०.०५६ डिग्री सेल्सियसका दरले तापक्रम बढेको छ । यो ४३ वर्षमा २२ हजार ३ सय ७२ वटा जलवायुजन्य प्रकोपका घटना भएका छन् । त्यसले थुप्रै क्षति निम्त्याएको छ ।

अहिलेकै हिसाबले कार्बन उत्सर्जन भइरहने हो भने सन् २१०० सम्ममा विश्वको तापक्रम ४.२ देखि ६.५ डिग्रीसम्म पुग्ने चेतावनी गत महिना वैज्ञानिकहरूले दिएका छन् । त्यसको बढी असर हाम्रा सुन्दर हिमाल, जनजीवन र अर्थतन्त्रमा पर्नेछ । पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियस मात्र बढे पनि यो शताब्दीको अन्त्यमा हिमालबाट एक तिहाई हिउँ पग्लने अनुमानसहितको प्रतिवेदन इसिमोडले दिइसकेको छ ।

Read More

जलवायु परिवर्तनका अनुसन्धाता

सूर्यविनायक भक्तपुरका सुदीप ठकुरी ‘जलवायु परिवर्तन र उच्च हिमाली हिमनदी तथा जलस्रोत प्रणाली’ का सम्बन्धमा विद्यावारिधि गर्ने नेपालका एक माक्र व्यत्ति हुन्  । उनको अनुसन्धानबारे गोविन्द पोखरेल लेख्छन्:

इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरेका सुदीप ठकुरीका करिब १ सय ५० रिसर्च वैज्ञानिक जर्नलमा प्रकाशित छन् । उच्च हिमालय क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमा सक्रिय ठकुरीका डेढ दर्जन बढी अनुसन्धान विश्वका उच्चकोटिका वैज्ञानिक जर्नलहरूमा प्रकाशित छन् । साइटेसन ५ सय बढी । त्यसैले उनलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागमा ‘एसोसिएट प्रोफेसर’ नियुक्तिसम्म दिलायो । विद्याभूषण पदकबाट विभूषित ठकुरीले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट फेलोसिप पाए । विश्व खाद्य संस्था, यूएनडीपीदेखि डब्लूडब्लूएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा विज्ञका रूपमा काम गरे ।

Read More

तयार भयो नेपालको पहिलो भू–उपग्रह

वैशाख ४ गते प्रक्षेपण गरिँदै

नेपालको पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।

शुक्रबार जापानस्थित क्यूसू इन्सिटिच्यूट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू–उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो। जापानमा रहेका उपकुलपति श्रेष्ठले कान्तिपुरसँग भने,‘स्याटालाइट निर्माण कार्य सम्पन्न भएको छ। यो हाम्रो लागि ऐतिहासिक दिन हो। ’

Read More

दुई तिहाइ हिउँ पग्लने चेतावनी

विश्वमा १ दशमलव ५ डिग्री तापक्रम बढ्दा हिमाली क्षेत्रमा २ दशमलव १ डिग्री तापक्रम बढ्ने 
विश्वमा अहिलेकै अवस्थामा हरित गृह ग्यास उत्सर्जन भइरहने हो भने सन् २१०० सम्म हिन्दुकुश हिमालयको दुई तिहाइ हिउँ पग्लने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । शताब्दीको अन्त्यतिर विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियस पुग्ने हो भने पनि यस क्षेत्रको एक तिहाइ हिउँ पग्लने बताइएको हो ।
५ वर्ष लगाएर २२ मुलुकका विभिन्न १ सय ८५ वटा संस्थाका ३ सय ५० जना अनुसन्धानकर्ता र विज्ञले तयार गरेको ६ सय २५ पृष्ठ लामो ‘द हिन्दुकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) ले यस्तो चेतावनी दिएको हो ।

Read More

५११ हिमताल थपिए

नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो ।

त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतीयन प्लेटुले सन् १९७७ देखि २०१७ सम्म नेपालमा रहेका हिमतालको अवस्थाबारे गरको अनुसन्धानले हिमताल बढेको देखाएको छ । अनुसन्धानअनुसार ३० वर्षको समयावधिमा हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । एक वर्ष लगाएर गरिएको अनुसन्धानमा ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमताललाई समावेश गरिएको थियो ।
नेपालमा सन् १९८७ मा ६५ वर्गकिलोमिटर क्षेत्रफल हिमतालले ओगटेका थिए, अहिले यो क्षेत्रफल ८१ वर्गकिलोमिटर पुगेको छ । थपिएका हिमतालले ओगटेको क्षेत्रफल १० दशमलव १ वर्गकिलोमिटर छ । २ हजार ४ सय ५६ देखि ५ हजार ८ सय ९३ मिटर उचाइमा नयाँ हिमताल बनेका छन् ।

Read More