कुनै समय थियो जतिबेला बाघ मार्नु भनेको गौरव हुन्थ्यो । सन् १९११ मा बेलायती राजा जर्ज पञ्चमको नेपाल भ्रमणका क्रममा केवल एकै दिनमा ३५ वटा बाघलगायतका वन्यजन्तु मारेको अभिलेख छ । नेपालका राजारजौटाहरूले वन्यजन्तुको शिकारलाई एउटा शान र तागतको रूपमा लिन्थे ।
तराई क्षेत्रमा भएको अधिक वन विनाश र शिकारका कारण कुनै समय नेपालमा बाघको संख्या एक सयभन्दा कममा झरेको विगत छ ।
बाघ संरक्षणमा नेपाल विश्वकै अग्रपङ्तिमा छ । सन् २००९ मा १२१ मा सीमित बाघको संख्या हाल ३५५ पुगेको छ । यो संख्या बाघ दोब्बर गर्ने अन्तर्राष्ट्रिय लक्ष्यभन्दा पनि भयो । यो सबै सही नीति, वैज्ञानिक अनुसन्धान, स्थानीय समुदायको सहभागिता र संरक्षित क्षेत्रको विस्तार तथा बासस्थान सुधार जस्ता कार्यक्रमहरूले पनि सघाउ पुर्याएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चितवनबाट उद्धार गरेका बाघ । यो बाघ भरतपुर महानगरपालिकाको बुद्धनगर भन्ने गाउँ नजिकै देखिएपछि यसलाई उद्धार गरेर निकुञ्जको कोर क्षेत्रमा पर्ने राष्ट्रपति ताल नजिकै छाडिएको थियो । यो घटना २०८२ साल साउनको पहिलो हप्ताको हो ।

Tiger Captured in Camera Trap Image
बाघ संरक्षणका चुनौतीहरू अझै बाँकी छन् । जलवायु परिवर्तनका कारण बाघको बसोबास खुम्चिँदै गएको, तस्करी र मानव-बाघ द्वन्द्व चुनौतीका रूपमा देखा परेका छन् ।
संरक्षण केवल संख्या मात्रै हैन, सहअस्तित्व पनि हो ।
तस्बिरहरूमा देखिने शान, शक्ति र शिकार अब इतिहास भइसके । अहिले बेलायतलगायत अन्य मुलुकहरूले नेपालको संरक्षणका लागि धेरै नै अनुदान दिने मुलुकभित्र पर्छ ।

Tiger Hunting in the Past by the West Elite Royalities
बाघ संरक्षण सम्बन्धी मैले लेखेका लेखहहरू :
समस्याग्रस्त बाघ व्यवस्थापनमा संरक्षणकर्मी विभाजित
के बाघहरू मान्छे खोज्दै आक्रमण गर्छन् ?
बाह्र वर्षमा तेब्बर बाघ
हरेक महिना तीन जना बाघको आक्रमणमा
बाघ संरक्षणको बाटो
#GlobalTigerDay #TigerConservation #Biodiversity #HistoryToHarmony #NepalForTigers #GobindaPokharel