‘म फेसबुके’ (व्यङ्ग्य)

‘चन्द्रागिरी अवस्था, कफी खाएको अवस्था, हाइकिङ जादै गरेको अवस्था, घर आएको अवस्था,पास भएको अवस्था’आदि इत्यादि ! के भयो कुन्नी केही गर्ने बित्तिकै फेसबुकमा ‘…. अवस्था’ लेखेर् फेसबुकमा पोष्ट गर्न मनलाग्छ ।

बिहान निद्रा छुट्ने बित्तिकै मोबाइल अन गर्छु अनि फेसबुक खोल्छु । नोटिफिकेशन,लाइक कमेन्ट र न्यूज फिड हेर्छु । विहानकोे नृत्यकर्म गर्ने बित्तिकै पुनःफेसबुकमै म झुण्डिन खोज्छु,कति नोटिफिकेशन र लाइक आयो भनेर !

जुकरबर्गकले फेसबुक बनाएर ठुलै काम गरे । म जस्ता करडौँहरुलाई ‘…. अवस्था’ लेख्न र ‘कराईको पिद् जस्तो मेरो अनुहारलाई गोरो बनाएर फेसबुकमा हाल्न’पनि मलाई फेसबुक नै सघायो । कमसेम फेसबुकले मलाई ‘हेण्डसम’ त बनायो !

कतै डुल्न जादै छु भने ‘…जादै गएको अवस्था’भनेर पोष्ट गर्छु ! डुल्न गएको ठाँउमा रमाइलो गर्ने भन्दा पनि फोटो खिच्नेतर्पm ध्यान जान्छ । फोटो अत्याधिक खिच्छु । फेसबुकमा ‘ एयट फलानो ठाँउ,होटल आदि स्टाटस् लेखेर’ पोष्ट गर्छु । फोटो पोष्ट गरेर मात्र पुग्दैन,फोटोलाई कतिले लाइक र कमेन्ट गरे त्यतातिर ध्यान जान्छ । फोटो हालेपछि मलाई फेसबुक ‘च्याट’ आवश्यक हुदैन,कारण कमेन्ट नै च्याट बनिदिन्छ ! जति लाइक आएको छ,त्यति नै कमेन्ट आओस् भन्ने चाहना हो मेरो ! साथीभाइको प्रोफाइल हेर्ने गर्छु । उसले पोष्ट गरेको सबै फोटा तथा स्टाटसहरु लाइक हानिदिन्छु,कम्प्यूटरमा हुदाँ !

प्रोफाइल हेरी हेरी लाइक हान्नुको कारण छ । साथीले पनि मेलै पोष्ट गरेका फोटा तथा स्टाटस्हरु लाइक हानी दिओस् । मलाई यो फेसबुकले के गरिदियो….दियो । म त ‘फेसबुके’भएको पत्तै पाइनँ ।

०००००००००००००००००
हुन त मलाई ‘फेसबुक’ भन्ने शब्द थाहै थिएन । साथीभाइहरुले मलाई फेसबुक एकाउण्ट छ भन्दा जवाफमा ‘छैन’ भनेपछि पो मलाई यसकोे ‘आवश्कता’महसुस भयो । उनीहरुले फेसबुक आइडी नहुनेलाई ‘पाखे’ भन्छन् भनेपछि मलाई ‘सहरिया’ बन्नकै लागि पनि आइडी बनाउनुपर्ने बाध्यता भएको थियो ।

आइडी बनाउन पनि झन्झट उत्तिकै थियो,जिन्दगीमा ‘इन्टरनेट’ भन्ने शब्द पनि त्यही बेला थाहा भयो । केटाकेटी म ! ब्ल्याक एण्ड वाइट मोबाइल थियो,फोन आउने र जाने बाहेक अरु केही हुदैन थियो । साइबर गएँ,फेसबुक आइडी बनाउनका लागि भनेर !

फेसबुक त भनियो नि ! अब त्यसको आइडी चाही बनाउने कसरी ? कुनै तरिका थाहा नभएपछि,साथीलाई नास्ता ख्वाईदिपछि ,फेसबुक आइडी बनाइदियो । साइबरमा एक घण्टा समय खर्चिए ! साइबर बसेको र साथीलाई नास्ता ख्वाउदा बिल एक सय भयो । यसरी एक सय रुपैँया खर्च गरेपछि बल्ल फेसबुक आइडी बनाइयो ।

बेरोजगारै भएपनि त्यो एक सयको माया चाहिँ लागेन किनकी म ‘सहरिया’ हुन लागेको थिँए ।
००००००००००
फेसबुक आइडी त बनाए । फोटो हाल्न आएन । पुनः साथी को सहयोग चाहियो । फोटो हाल्ने तरिका साथिबाट पनि सिकियो । फोटो हाल्ने,कमेन्ट गर्ने अदि इत्यादि सुविधा साथीलाई सिकाइमाग्दा एक सयको रिजार्ज भ्mवाम्म् ! ‘एड गर्ने र फ्रेण्ड रिक्वेस्ट’ गर्ने तारिका पनि सिकियो । लाग्यो ‘ठूलै’भएछु, किनकी अब म ‘फेसबुके’ बन्दै छु ।

कतै डुल्न गयो फोटो खिच्न थालियो । केही समस्या आयो,स्टाट्स लेखो । यतिले मलाई पुगेन अब मलाई कति लाइक र कमेन्ट आयो भन्नेमा ध्यान केन्द्रित हुन थाल्यो । कम लाइक र कमेन्ट आउदाँ आपूm कमजोर छु जस्तो लाग्न थाल्यो । साथीहरुको लाइक र कमेन्टमा पचास÷सय आउथ्योे,मेरामा चाहि बल्लतल्ल बीस वटा आउथ्यो ।

विस्तारै साथीहरुको संख्या धेरै हुन थालेपछि लाइक र कमेन्टको बढोत्तरी हुन थाल्यो । फेसबुकमा साथीको संख्या बढाउनका लागि पनि ‘म्यूचल पे्रmण्ड’देख्ने बित्तिकै ‘रिक्वेस्ट’ पठाइहाल्थे । कोही नयाँ मानिस चिन्ने बित्तिकै फेसबुक आइडी मागेर पे्रmण्ड रिक्वेस्ट पठाउन थाले ।

पाँच सय बढि पे्रmण्ड हुन थालेपनि रिक्वेस्ट पठाउन छाडियो । अब अरुको रिक्वेस्ट आउन थालेपछि आपूmले आपूmलाई नै ‘फेसबुकको हिरो सम्झिन’ थालेपछि के नै लाग्छ र ! नचिनेको मानिसको रिक्वेस्टलाई त एसेप्ट नै नगर्ने भइयो । फेसबुक सेटिङमा गएर ‘फलोर’अन गर्न थालियो । लाग्यो अब म पनि फेसबुकको कुनै हिरो भए । नेपाली शब्दलाई किक गरेरै टुटेफुटे अंग्रेजी लेख्न थालियो । अलिक जान्ने जस्तो गर्नुको ढोङ रच्नु जो थियो !
००००००००००००००
कम्प्यटुरबाट फेसबुक चलाइथ्यो,साइबर गएर । नोकियाको १२ सय ८ मोडल । ब्लायक एण्ड वाइट आवश्यक हुन थाल्यो । इन्टरनेट चल्ने खालको मोबाइल आवश्यकता देखियो । फेसबुक चलाउन कै लागि बुवालाई दूध दिने गाई बेच्न लगाए । नेट चल्ने फोन किनेँ । बेरोजगार भएपनि रिजार्च र डाटा किन्ने पैसा चाहि कहाँबाट आउथ्यो थाहै हुदैनथ्यो ।

नेपाल टेलिकमको सिमबाट फेसबुक चलाउँदा नेट नै स्लो हुन्थ्यो । एनसेलको छुट्टै सिम किनियो । नेट छिटो चल्ने थालेपछि फोन चार्ज गर्दै फेसबुकमा झुण्डिन थालियो । एनटीसीको सिम हँदा पैसा अलि अलि काट्थ्यो, एनसेलले त एकै दिनमा दुईसयको रिचार्ज खान थाल्यो । बाउबाजेले आर्जेको पूख्यौँली सम्पत्ति एनसेलले एकै दिनमा दुईसय सिध्याइदिन थालेपछि त…..। त्यही भएरै होला एकजना मित्रले आफ्नो फेसबुक आइडी नै ‘एनसेलले गरिब भनायो,एनसेल नेपाल लुट्न कै लागि’ जस्ता नाम लेखेर चलाउन थाले ।
००००००००००००००

फेसबुक चलाउदा मेरो हालत त यस्तो भयो । अझ उमेरले नेटो काटिसकेकाहरुको हालत कस्तो भयो होला भन्नै गाह्रो ! छिमेकी भाउजु दाई विदेशमा हँुदा फोनमै कुरा गर्नुहुन्थ्यो । दाजुले विदेशबाट फोन गरी भाउजुको फेसबुक आइडी बनाइदे भनेपछि त बाध्यातै भयो नि !
फेसबुक चलाउने तरिका भाउजुलाई पनि सिकाइयो । ५ सयको रिजार्ज कार्ड पाइयो,बक्सिस्मा !
फेसबुक चलाउन थालेपनि त भाउजुको रहनसहन मै परिवर्तन आउन थल्यो नि !

छोराछोरीको स्कूल,पढाइ,खानपीनमा ध्यान नै दिन छाडिन भाउजुले । ४० हजार महिनाको कमाइ गर्ने दाइको फेसबुकले घरयासी खर्चमा ह्वातै बढोत्तरी गरिदियो । हप्तैपिच्छे नयाँ नयाँ चप्पल,लुगा,ब्याग लगाएर हिड्न थालेको देखियो,भाउजुलाई ।

दुईदुई छोराछोरीकी आमा समेत रहनुभएकी मेरी भाउजुको रहनसहनमा यतिबेला ‘फेसबुकले’ परिवर्तन गरिदिएको देख्दा अचम्म लाग्छ । चाउरी परेको गालामा पाउडर धसेर अविवाहित युवती जस्तै बनेर फेसबुकमा फोटो हाल्दा ‘लाइक नहानुँ त कसरी ?’ बाध्यतै पर्छ ।

‘ब्यूटिफुल नभएपनि’ फेसबुकमा उहाँले हालेका फोटाहरु प्रायः‘हट’ नै हुन्थे । यही समस्याले गर्दा होला एक जना मित्रले पनि आफ्नो स्टाट्स लेखिहाले‘युवतीको अनुहार फेसबुकमा भन्दा पनि उसको नगरिकता वा मतादाता नामावली हेरेर थाहा पाइन्छ’ । ती मित्रले लेखेको कुरा पनि ठिकै हो । दाजु विदेश गएपनि भाउजुलाई स्वदेशमै फाइदा छ,दिनभर नानीहरुलाई स्कूल पठायो,आपूm चाहिँ दिउँसो फेसबुकमा रमाइलो गरो ।

फेसबुक चलाउन थालेको १५ दिन बित्न नपाउदै भाउजुको घरमा मोटरसाइकल आउन थाल्यो ।

सरपाइज दिन भनेर विदेशबाट आएका दाजु भाउजु कसैको मोटरसाइकलमा हिडेको देख्दा छक्क परे । भाउजुको चर्तिकला थाहा पाएपछि ‘डिभोर्स’ नै गराइदियो यो फेसबुकले ! अब तपाइँ भन्नुहोस् गल्ती कसको ?

०००००००००००
दाजू भाउजुको हालत त यस्तो छ,तन्नेरीहरुको अवस्था छ छताछुल्ल नै हुन्छ । सार्वजनिक पद धारण गरेका र भिआइपीहरुलाई फेसबुक नभइनहुने चिज बनेको छ । कुनै कार्यक्रममा गएको छ भने ‘आजको ….कार्यक्रमका झलकहरु’भनेर फेसबुकमा फोटो हालेपछि के नै लाग्छ । उनीहरु आपैmँ ‘फेसबुके पत्रकार’ भएको देख्दा अचम्म लाग्छ बा’ । यस्ता ‘भिआइपीहरु’ गएका कार्यक्रमहरुमा पत्रकार नजाँदा हुन्छ ! उनीहरुको फेसबुकमै थाहा पाइहालिन्छ नि,सम्पूर्ण विवरण । कार्यक्रमको फोटा र कुन अतिथिले के भने भनेर ‘फेसबुके पत्रकार’ले लेखिहाल्छन् । यो भन्दा बढि पत्रकारलाई अरु के नै चाहियो र ?

भिआइपीलाई कार्यक्रमको औचित्यभन्दा पनि फेसबुका हाल्ने फोटोप्रति चिन्ता हुन्छ । बेन्चमा अतिथी भएर बसेको आपैmँ कसरी फोटो खिचूँ ! ‘प्रेस्टिज’को पनि त ख्याल गर्नु पर्ने बाध्यता छ । आयोजकको कुनै सदस्यलाई बोलाएर,स्क्रिन टच मोबाइल दिदै ‘मेरो पनि आएको फोटो खिचिदिनु है’भन्दै क्यामेरा अन गरेर दिएपछि के नै लाग्छ र ! फोटो खिचेको मिनेट नपाउदै फेसबुक रंगीन थाल्छ ।  पत्रकारलाई अफिसमा बसि बसि ‘भिआइपी’हरुका ‘फेसबुके समाचार र फोटो’हेरेपछि काफी ! काठामै बन्छ समाचार ।
०००००००००००

कसैले केही गरिहाल्यो भने पनि फेसबुककमा फोटो र स्टाट्स लेख्ने त चलन छदै छ । कहिले काँही विभिन्न अपशब्द तथा अशलील सामग्रीहरु प्रयोग गर्दा फसेपछि ‘तोरिको पुल देखिन्छ’ । ‘साइबर क्राइम’लागाएपछि सय रुपैँया खर्चिएर बनाएको फेसबुकले कहिले काँही जेल सजायको भागिदार भनाएपछि बल्ल थाहा हुन्छ,‘पाखे कि सहरीया’ !

फेसबुकलाई सही सदुपयोग गरे पो ‘स्टार’ ! नभए त ….नै हो नि ! तर,म चाहिँ ‘फेसबुके नै हो । ’ तपाइँ नि ?

( यो व्यङ्ग्य तीन वर्षअघि उद्घोष दैनिकमा प्रकाशित भएको थियो । ठाँउहरुको केही नाम परिमार्जित गरेर पुन पोष्ट गरेको हुँ ।)

About author View all posts Author website

Gobinda Pokharel