शुक्रबार बिदाको दिन पारेर पूर्वानिर्धारित कार्यतालिका अनुसार सुन्दरी जल क्षेत्र हुँदै शिपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको बाग्मतीको पानीको अवस्थाबारे अनुसन्धान गर्न गएको थिएँ । केश स्टडीका लागि हेडवाटर एसेस्मेन्ट गर्ने टुंगो लगाएका थिएँ ।

बिहानको कक्षा लिएर बत्तिसपुतलीबाट गौशाला हुँदै साथी पदम ढकालसँग सुन्दरी जल जाने गाडी चढियो । करिब डेढ घन्टाको सफरपछि सुन्दरी जल पुगियो ।

त्यहाँ भाइ प्रतिक श्रेष्ठ कुरिरहेका थिए । उनीसँगै उनका अन्य तीन जना साथीहरु पनि थिए ।

भाइ अम्बर थापा र बहिनीहरु युसा थापामगर र कृतिका श्रेष्ठपनि अनुसन्धान कै लागि आएका थिए । करिब आधा घन्टाको उकालो चढेपछि पहिलो सेम्पिलङ साइटमा पुग्यौ ।

त्यहाँ आधा घन्टामा हाम्रो सम्पेल कलेक्शन र वाटर भेलोसिटीको मापन लिइसकेपछि हामी पुनः उकालो लाग्यौ ।


दोस्रो साइटमा पनि त्यही काम गर्यौ । यहा अघिल्लो साइटको भन्दा पानीको धेरै सफा थियो । तर चिसो । फोटो खिच्यो । भिडियो पनि लियौ ।

त्यसबेला २ बज्न लागेको थियो । निकै भोकाएका थियौ । भोकले रन्थनिएका नै थियौ । करिब आधा घन्टा उकालो लागेपछि हामी ओख्रेनी (शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने गाउँमा पुग्यौ ।

प्रतिकले त्यहाँ एक जना दिदीलाई खाना बनाउनका अर्डर्र दिएका रहेछन् । हामी पुग्दा खाना तयार भइसकेको थियो ।

खाना निकै मिठो भएकाले हामीले थपीथपी खायौँ । प्रतिक भाइ भन्दै थिए,‘दाई हजुरले ब्लग लेख्नु भयो भने यहाँ खाना खाएको कुरा नछुटाउनु होला है । ’

खाना खाइसक्दा सवा तीन बजेको थियो । त्यसपछि पुन उकालो लाग्यौँ । अनि बाग्मति खोलाको शिरानमा पानीका परीक्षण गर्यौ । त्यहाँबाट निस्कदा ४ बजिसकेको थियो ।

निकै वेगले चलेको हावाले केही असहज भएपनि फर्कने क्रममा हामीलाई पढाउने प्राध्यापकहरुको ‘किस्सा ’सुनाउदै फकिर्यौ । बहिनी युसाले खुब चासो दिएर सरहरुको किस्सा सुन्थिन ।

प्रतीक पुराना कुराहरु निकाल्दै हसाउनमा तल्लीन थिए । अम्बर भाइले सेन्ट्रल क्याम्पसमा एमएस्सीमा नाम निकालेका रहेछन् । सेन्ट्रल क्याम्पस नपढी अन्य क्याम्पसमा पढ्ने सोच बनाएका रहेछन् ।

 

पदमले उनलाई सेन्ट्रल क्याम्पसमै पढ्न भनेर प्रेरित गरेपछि उनी केही द्वविधामा परे । अम्बर पनि पढाइ र गफसँगै भुलिए । बाटोमा गफ गर्दै आएका हामी कतिबेला सुन्दरी जलको ड्याम् नजिकै आइपुगेछौ पत्तै भएन । उनीहरुको अर्को दिन पनि अनुसन्धान गर्नुपर्ने कार्यतालिका भएर पदम र म चाही फर्कियौ ।


यो ब्लगमा मैले फोटो मात्र हाल्न चाहेको थिए तर साथी पदम ढकालले ‘केही नलेखी नहाल अलिकति भएपनि लेखेर हाल्न’भनेपछि केही शब्द जति लेखेको हुँ ।

यस क्षेत्रमा मानिसहरुको बाक्लो चहलपहल हुने भएकाले जलाशय क्षेत्रहरुमा फोहोरहरु फ्याँक्ने परिपाटी देखिएको छ । यस्तै निकञ्जभित्र रहेका गाउँलेहरुको जीवन अलिक कष्टकार नै थियो । सेवा सुविधा,यातायात जस्ता कुराको समस्या थियो ।

यस्तै,विद्यालय पुर्‍याउनका लागि एक घन्टा हिडेर सुन्दरी जल जानुपर्ने बाध्यता रहेछ । गाउमै विद्यालय भएपनि त्यहा कमैले आफ्ना छोराछोरी पढाउदा रहेछन् । यतिबेला बस्ती स्थान्तरणको विषय आएपछि गाउहरु असन्तुष्ट देखिन्थे ।


त्यहाका एक जना दिदीले भन्दै हुनुहुन्थ्यो,‘सरकारले हामीलाई थोरै पैसा र जग्गा दिएर यहाबाट हटाउन खोज्दै छ रे । ’

निकुञ्जभित्र रहेका वस्तीलाई स्थान्तरण गर्नु चानचानु कुरा भने होइन । ओख्रेनी क्षेत्रमा धेरै घरपरिवार,विद्यालय,समुदाय र कृषि क्षेत्रमा इलम गर्ने मानिसहरुको बसोबास छ । यहाबाट स्थानन्तरण गर्दार् राज्यले उनीहरुको बासस्थान,समुदाय,स्थानन्तरण,रितिरिवाजको संरक्षण,संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।

यसका अलवा यस क्षेत्रमा एउटै समुदायका मानिसहरुको बाक्लो बसोबास रहेकाले राज्यले स्थानन्तरण गर्दा उनीहरुलाई अहिलेकै जस्तो समुदायमा र समाज आवश्यक देखिन्छ । यसतर्फ राज्य गम्भीर हुनु जरुरी छ ।

About author View all posts Author website

Gobinda Pokharel