Author - Gobinda Pokharel

के हो हिमपहिरो ?

गोविन्द पोखरेल

काठमाडौँ — अन्नपूर्ण सर्किटको देउराली आसपासमा ४ कोरियाली पर्यटकसहित ३ नेपाली शुक्रबारदेखि सम्पर्क विहीन छन् । सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सयजना पर्यटक तथा गाइडहरुको शनिबार उद्धार गरिएको पर्यटन विभागले जनाएको छ ।

Read More

भयानक डढेलोपछि अस्वस्थ्य अस्ट्रेलिया !

 

गोविन्द पोखरेल

काठमाडौँ — सेप्टेम्बरबाट सुरु भएको डढेलोको कारण अस्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । हालसम्म दुई दर्जन मानिसहरुले ज्यान गुमाएका छन् भने करिब ५० करोड वन्यजन्तु तथा चराचुरुंगीहरु डढेलोमा परेर मारिएका छन् । अहिले अस्ट्रेलिया अस्वस्थ्य बनेको छ ।

Read More

प्रकृति चिनाउने तिहार

तिहार कस्तो पर्व हो ? काग, कुकुर, गाई, लक्ष्मी, गोरूको पूजा र भाइटीका सम्झेर केके गर्छौं भनेर हामी भन्न सक्छौं  । साथमा देउसी र भैलो खेल्ने कुरा पनि छुटाउँदैनौं  ।

दसैं, तिहारजस्ता चाडपर्वहरू मनाउने तरिका फरक छन् । यी बेला हामीले खाने परिकार पनि फरकफरक छन् ।
चाडपर्वहरू स्कुल छुट्टी हुने भएकाले खुसी मान्नुपर्ने समय मात्रै होइन । सबै धर्म, संस्कृतिमा चाडपर्वका आआफ्नै महत्त्व र बुझ्नैपर्ने सन्देश लुकेका हुन्छन् ।

Read More

हिमनदी बर्सेनि १ मिटरले घट्दै

हिमाली क्षेत्र र तल्लो तटीय क्षेत्रका लागि जोखिम
पग्लने गति बढ्दा भविष्यमा तल्लो तटीय क्षेत्रमा पिउने पानीको उपलब्धता प्रभावित हुने

अब्दुल्लाह मियाँ, गोविन्द पोखरेल

काठमाडौँ — हिमाली क्षेत्रमा पछिल्लोपटक गरिएका अध्ययनहरूले हिमाल र हिमनदी पग्लिने क्रम बढेको देखाएको छ। नेपालका पूर्वदेखि पश्चिमसम्मकै हिमनदीहरूको पग्लने गति बढिरहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

‘लाङटाङ हिमनदीको सतह वार्षिक झन्डै १ मिटरले घटिरहेको छ,’ लाङटाङका हिमनदीबारे १० वर्षदेखि अनुसन्धान गर्दै आएका नेदरल्यान्ड्सको उत्रेच विश्वविद्यालयका सह-प्राध्यापक वाल्टर डब्लु इमरजेलले भने, ‘सन् २०१३ देखि प्रत्येक वर्ष १ मिटरको दरले घट्नु भनेको हिमाली क्षेत्र र तल्लो तटीय क्षेत्रका लागि गम्भीर हो।’

Read More

नेपालबाट पत्ता लागे १६५८ फूल फुल्ने वनस्पति, अन्य मुलुकमा नभेटिएका ३७४

नेपालबाट पत्ता लागेका फूल फूल्ने वनस्पतिको विवरण संग्रहीत पुस्तक तयार भएको छ । विश्वमा पाइने फूल फूल्ने वनस्पतिहरुमध्ये १ हजार ६ सय ५८ वटा नेपालबाट पहिलोपटक पत्ता लागेको उक्त पुस्तकमा उल्लेख छ । वनस्पति विभागले मंगलबार सार्वजनिक गरेको ‘फ्लावरिङ प्लान्टस् डिस्कभर्ड फ्रम नेपाल’ पुस्तकमा सन् १८०५ देखि २०१९ सम्म फूल फूल्ने वनस्पति प्रजातिहरु नेपालबाट पहिलोपटक पत्ता लागेको उल्लेख छ ।

Read More

 ग्राउन्ड स्टेसन तयार

अन्तरिक्षमा भू–उपग्रह छाडिएको तीन महिनापछि नेपालको ग्राउन्ड स्टेसन तयार भएको छ। गत बिहीबारदेखि स्टेसन पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ।

गत वैशाख ५ मा अमेरिकाको भर्जिनियास्थित नासाको मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडबाट बिहान २ बजेर ३१ मिनेटमा नेपाली स्याट–१ सहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह एकसाथ प्रक्षेपण गरिएको थियो। ती स्याटेलाइट अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा करिब दुई महिनासम्म परीक्षण गरेर असार २ को अपराह्न ४ बजे अन्तरिक्षमाछाडिएको थियो।

Read More

हिमालका हिमताल

प्रकृति

सन् १९७७ देखि २०१७ सम्मको अवधिमा नेपालमा हिमतालले ओगटेको क्षेत्रफल २५ प्रतिशतले बढेको छ।

तिलिचो मास्तिर पनि अर्को ताल देखिएपछि मनाङका बासिन्दा खुसी भए। गत साउन दोस्रो साता चामे गाउँपालिका–४ को अग्लो स्थानमा हिमताल भेटिएको भन्दै निकै चर्चा भयो।

Read More

सूचना प्रविधि किन ?

कक्षा ११/१२ मा आफूले रोजेको विषय लिए पनि त्यसको २ वर्षपछि विद्यार्थीलाई अन्य विषय/क्षेत्रमा जान मन लाग्छ । आफूले भनेजस्तो नभएपछि विद्यार्थीहरू फ्रस्टेसनमा जाने गरेका छन्।

Read More

‘फ्लोरा अफ नेपाल’ २० वर्षमा एउटा अंक

वनस्पतिहरुको ‘संविधान’ मानिने पुस्तक प्रकाशन ढिलाइ हुनुमा सरोकारवाला संस्थाहरुले एकअर्कालाई दोष दिने गरेका छन् ।

उन्युँ र फूल फुल्ने/नफुल्ने वनस्पतिहरूको विवरण ‘फ्लोरा अफ नेपाल’ १० वर्षमा १० वटा प्रकाशन गर्ने समझदारीअनुरूप काम सुरु गरिए पनि २० वर्षमा एक अंक मात्र छापिएको छ । अन्य अंक कहिले प्रकाशन हुने, टुंगो पनि छैन ।

Read More

गोही

वास्तवमा गोही कस्तो जीव हो ? यसले किन आक्रमण गर्छ ? कस्ता हुन्छन् यसका आनीबानी ? नेपालमा कस्ता–कस्ता गोही छन् ? विश्वभर कति प्रजातिका छन् ? गोहीका विशेषता के हुन् ? किन भनिन्छ ‘गोहीको आँसु’ ?

गोही महाप्रलयबाट बाँचेको जीव हो । उक्त महाप्रलयमा डाइनोसोरको अस्तित्व सकिएको थियो । यिनीहरू डाइनोसोरभन्दा अघिदेखि नै पृथ्वीमा उत्पत्ति भएका जीव हुन् । वैज्ञानिकहरूका अनुसार २५० मिलियन वर्षअघि गोही देखा परेका थिए । परापूर्व कालका गोही अहिलेका भन्दै धेरै ठूला थिए ।

Read More