Category - Health & Education
हिन्दु धर्मावलम्बीका धेरैजसो चाडबाड विज्ञान र प्रकृतिसँग जोडिएका छन् । यो बेला सयपत्री र मखमली फूल जताततै ढकमक्क फुलेको छ । गाउँघर रमणीय बनेको छ । यी फूलले उज्यालो चाडको झल्को दिइसकेको छ ।
तिहारमा पूजा गरिने काग, कुकुर, गाई, गोरुको साइनो पनि प्रकृतिसँगै छ । तिहारमा पूजा गरिने यी पशुपन्छीको महत्त्व आफैंमा विशिष्ट छ । चराविद् हेमसागर बरालका बुझाइमा, ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो ।’
गोविन्द पोखरेल
जोमसुमै बजारमा १२ बजे हावा सरर
ए हजूर घर हाम्रो पोखरा
अहिलेसम्म भा छैन घरबार
घर हाम्रो पोखरा…
चर्चित ब्याड नेपेथ्यले गाएको यो गीत काली गण्डकी किनारमा अवस्थित जोमसुममा बहने हावालाई इंकित गरेको छ । हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने रहर कसलाई पो नहोला र ? स्वदेशमै रमणिय ठाँउ छैन भन्नेहरुका लागि मुस्ताङको वातवरणले गिज्याइरहेको छ । तीव्र गतिको जोमसुममा बहने त्यो चिसो हावा सम्झनलायक छ ।
२०७३ साल मंसिर २१ दिउसो दुई बजे कालीगण्डकी किनार हुदै बेनीबाट मुस्ताङका लागि गाडीमा चढियो । नदीको तिरैतिर पहरा फोरेर बनाइएको त्यो बाटोमा ७६ किलोमिटरको यात्रा तय गर्नुपर्ने । झ्यालबाट बाहिर हेर्दा मुटुको ढुकढुकी थामिनसक्नुको ! खाल्डाखुल्डी सडकमा गाडि कुदाउने ती चालकको साहस वास्तवमै प्रशांसायोग्य छ । भिरै भिरको यात्रा थियो । अन्तिम सिटमा बसेर पहाडी क्षेत्रको कच्ची सडकमा हिड्दाको पहिलो अनुभव थियो ।
बस तलमाथि उफ्रनु र ढल्किनु त्यो यात्रामा स्वभावीक थियो । तर,बादलसँगै लुकामारी खेलिरहेको हिमालको दृश्यलाई कैद गर्न निकै गाह्रो भयो । हल्लिएको गाडि अनि साँघुरो बाटोमा हिमालको फाटो लिन हम्मेहम्मे पर्ने । हल्लिएको हातले तस्वीर कैद गर्नुपर्ने ! सुसाइरहेको अग्लो झरना, तलपट्टिको अन्ध गल्छी अनि नदी किनार र भिरालो निकै डरलाग्दा देखिन्थे । झरनाहरुले मन त प्रफुलित पार्थे,तर डर यथावत रहन्थ्यो । राती ९ बजे जोमसुम बजार पुगियो । एक ठाँउ गाडि बिग्रिए कारण अवेर हुन पुगेको थियो हाम्रो त्यस दिनको यात्रा । त्यहाँ स्थित एक होटलमा बास बसियो । घण्टौँसम्मको बसको सफरले शरीर पनि थाकेको थियो । चाडै नै निदाएछु ।
मंसिर २२ गते विहान । शिरशिर हावा चलि नै रहेको थियो । टलक्क टल्कििएको सेतो हिमाल,हिमाल मुनिका नाङगा डाँडा अनि डाँडा मुनि बग्ने गण्डकी खोला । आहा ! साह्रै रमणियो देृश्य देखिएको थियो । चिसो हावाको त्यो वेगमा हात ल्याउदा बेग्लै अनुभव । नाङगा डाँडालाई पछाडि देखाएर फोटाहरु धेरै नै खिच्यौँ । मित्र उज्जवल,दिपक,अभिषेक,पवन,नेत्रसँग फोटाहरु खिचियो । साथीहरु शान्ति, सुशिला, सञ्जु, सुस्मिता, लिला,सरिता,गिता, आनन्द,विवरण,विपिन,विजयले पनि आ–आफ्ना फोनमा दृश्य कैद गरे ।
काली गण्डकी खोलाको किनारमा अवस्थित जोमसुम हिमाल पारीको जिल्ला मुस्ताङको सदरमुकाम हो । हिमाल पछाडि अवस्थित रहेकाले मुस्ताङलाई हिमाल पारीको जिल्ला भनिएको हो । जोमसुम बजारबाट केही मिटरको दुरीमा अवस्थित बौद्ध गुम्बा निकै नै कालात्मक तरिकाले निर्माण गरिएको छ । गुम्बामा विहानै देखि भिक्षूहरुको उपस्थिती देखिन्थ्यो । त्यहाँबाट देखिने नाङगा डाँडा,हिमाल,उजाड पहाड अनि डाडामा खोपिएका गुफाले बेग्लै रौनक दिन्छ । पृथ्वी मै स्वर्ग भेटिएको आभाष भएको थियो ।
जोमसुमबाट मुक्तिनाथ जानका लागि छुट्टै गाडि लाग्छ । जोमसोमबाट मुक्तिनाथको दुरी २६ किलोमिटर हो । भ्रमण टोलीमा धेरै सदस्य भएकाले बस रिजर्भ गरियो । ८ बजे मुत्तिनाथका लागि जोमसुमबाट प्रस्थान ग¥योैँ । काली गण्डकीको बगरै–बगरमा गाडी हिड्ने ट्रायाक खोलिएको छ । चट्टानका पहाड हेरौँहर्रौँ लाग्ने । हिउँले ढाकिएको पहाड,धावुलागिरी हिमालको हिम श्रंखला ज्यादै मनोरम देखिएको थियो । हिमालबाट बग्ने काली गण्डकी नदीको त्यो किनारको दृश्य सायद पृथ्वीको अन्य कुनै ठाँउमै छ । ती दृश्यहरु हेर्दा हेर्दै मुक्तिनाथ कतिखेर पुगिएछ । पत्तै भएन । डेढ घण्टाको गाडी यात्रा भएको थियो ।
नाङगा डाँडाबाट हावासँगै आउने बलुवाका कणले मुक्तिनाथ धुलाम्मे छ । मन्दिर जानका लागि घोडाचढिको व्यवस्था पनि गरिएको छ । हिडेरै जाने निधो गरियो ।
आधा घण्टा उकालो चढेपछि तीन हजार सात सय १० फिट उचाईमा अवस्थित पवित्र मुक्तिनाथ मन्दिर पुगियो । मन्दिर प्रवेशसँगै सुनिने पानीको छङछङ आवाज अनि हातैले छुन सकिएला जस्तो देखिने त्यो पहाडले बेक्लै अनुभूति दिलाउथ्यो । मन्दिर परिसरमा रूख, बिरुवा त थिए तर उजाड । रंगीन ध्वजापातकाले भुई सजाइएका थिए । कैलाशको हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिरको त्यो चिसो बतासले भिन्नै ठाउँमा पुगेको अनुभव दिलाउथ्यो । साथी दिपकले मन्दिर क्षेत्रबाट देखिने धौलागिरि, निलगिरि हिमचुली देखाउदै तस्विर पनि खिचे ।
हिन्दू र बौद्ध धर्मालम्बीहरु दुवैका लागि यो मन्दिर प्रसिद्ध छ । दुवै धर्मलम्बीको साझा धार्मिक स्थल एउटै स्थानमा हुनु आपैmँमा एक चमात्कार हो । धार्मिक सहिष्णुताको यो भन्दा गतिलो उदाहरण संसारका अन्य मुलुकहरुमा विरलै पाइन्छ ।
यो मन्दिरलाई हिन्दू धर्मालम्बीहरुले मुक्ति क्षेत्र र बौद्धधर्मालम्बीहरुले ‘सय पानी’ अर्थात छुमिङ ग्यात्सा भन्दा रहेछन् । तिब्बतीहरुको २४ वटा तान्त्रिक स्थलहरुमध्ये छुमिङ ग्यात्सा पनि एक हो । जुन नेपालमा छ । मुक्तिनाथमा हावा, पानी,आगो अनि पृथ्वी सबै उपस्थिती पाइन्छ । यो ठाँउलाई सृष्टिकार ब्रह्माले शक्ति आर्जेको ठाँउको रुपमा पनि चिनिन्छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिरभित्र प्रवेश गरेसँगै आगो बलेको स्थान देख्न सकिन्छ । मन्दिरमा पूर्ण कदको भग्वान नारायणको मूर्ति अवस्थित छ ।
मुक्तिनाथ शालिग्रामका लागि प्रसिद्ध मनिन्छ । धार्मिक ग्रन्थमा भगवान विष्णूले यस ठाँउबाट मोक्ष प्राप्त गरेको भन्ने किब्दन्ती रही आएको छ । जहलान्दरकी श्रीमती विन्दा पति व्रत थिइन् । पतिव्रत विन्दाको भग्वान विष्णु धर्मनाश गरिदिएपछि विन्दाले श्राप दिएकी थिईन् । विन्दाले विभिन्न वस्तुहरु भएर वस्नु भनि श्राप दिएकी थिइन् । भगवान विष्णुलाई ढुंगा भएर वस्नु भनेपछि,मुक्तिनाथ किनारमा भग्वान विष्णू शालिग्राम भएर बसेको किब्दन्ती छ ।
शालिग्रामलाई हिन्दूहरुले पवित्र शिलाको रुपमा लिन्छन् । शालिग्रामलाई पूजनीयको रुपमा लिइन्छ । शालिग्राम नेपालको काली गण्डकी नदीमा मात्र पाइन्छ ।
मुक्तिनाथ मन्दिर परिसरमा एक सय ८ वटा धाराहरु छन् । यी धारामा नुहाए शुद्ध भइने धार्मिक मान्यता छ । साँढेको मुखाकृतिबाट पानी बगेको छ । यो धाराबाट निस्किएको पानी ज्यादै चिसो हुन्छ । चिसोको प्रवाह नगरी साथी उमेश,छवि,कमल,रविन,सुरज,अभिषेक,सुवास लगायतले धारामा नुहाए । धाराहरुमा नुहाएको खण्डमा पाप पखालिन्छ भन्ने धार्मिक मान्यता छ । यस्तै, मुक्तिनाथ मन्दिर अगाडि दुई पोखरी छन् । धाराबाट आएको पानी यहाँ संकलन हुन्छ । डुबेर नहुउन मन पर्नेका लागि यो पोखरीको निर्माण गरिएको हुनसक्छ ।
मुक्तिनाथमा वर्षायामका समय बाहेक अन्य महिना भीड हुन्छ । सोह्र श्राद्धका बेला कागबेनी आउने तीर्थालूहरु यहाँ आएरै छाड्छन् । त्यतिखेर यहाँ धेरै नै भीड हुने गरेको स्थानीय पेम्बा गुरुङले बताईन् । वर्षेनी मुस्ताङमा लाखौँ भक्तालूहरु देश विदेशबाट आउने गरेका छन् ।
मन्दिरबाट फर्कदा शान्तिराम सर सँगै आइयो । केही साथीहरु मन्दिरमै थिए । मुक्तिनाथबाट फर्कने क्रममा रानीपौवा पनि निस्कियो । तीन सय वर्षअघि सुवर्ण प्रभाले ‘धर्मपौवा’को नाममा निर्माण गरेकी थिइन् । त्यहीबाट यो भवनको नाम रानीपौवा रहन गएको हो । रानीपौवामा खाना र बस्नका व्यवस्था रहेको बताइएपनि सो भवनमा हाल प्रहरी कार्यालय अवस्थित छ ।
मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कदा मध्यान्नको १२ बजेको थियो । त्यहाँ स्थित एक होटलमा थकाली खाना खाइयो । त्यहाँका होटलहरु सबै सुविधासम्पन्न तथा होटल व्यवसायमा धेरै नै लगानी रहेको पाइयो । उजाड पहाडमुनिको ती दृश्यहरुलाई अबको केही वर्षमा ‘कंक्रिट’ले ढाकिने हाम्रो भ्रमण टोलीले विश्लेषश गर्यो ।
तीन बजेको थियो,जोमसुम पुग्दा । त्यसैदिन राती साढे ८ बजे बेनी बजार पुगेर बास बस्यौँ । मंसिर २३ गते विहान ५ बजे हाम्रो गाडि पूर्वतर्पm हानियो । २२ घण्टाको बस यात्रापछि सबै आ–आप्mनो गन्तव्यतर्फ पुगे । त्यो २२ घण्टाको सफर भने यादकार रहन पुग्यो । यो पंक्तिकार,मित्र सुवास अनि सुरज मिली एउटा कार्यक्रम बनाइयो । कार्यक्रमका लागि बनाइएका पात्राहरुःभष्मे डन, भ्याक्सो, झोल, ग्यान्टे, अल्कोहलिक, हात्ती, साढे, पप्पी, रुन्चे, दलाल, बेहुला, मोडल,रज्नीकान्त,साइलेन्ट किलर,गफाडी,टूरिस्ट,भाडा माज्ने अनि बार डान्सर जस्ता पात्राहरु बनाइएका थिए । ती पात्राहरुका कारण भ्रमण टोलीका सदस्यहरुले त्यो सफरलाई मिस गरिरहनेछन् ।