Category - Science and Environment
आज विश्व हात्ती दिवस । हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो । क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस मनाउन सुरु गरिएको हो। वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने विश्वका ६० भन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदै आएका छन्।
ढोरपाटन सिकार आरक्षमा गत आर्थिक आर्थिक वर्षमा १९ नाउर र १० झारलको सिकार भएको रहेछ । नेपाल आएर र वन्यजन्तु सिकार गरेर विदेशी इलिटहरूले वर्षौं वर्षदेखि आफ्नो सोख पूरा गर्दै आएका छन् ।
नेपालमा वन्यजन्तु सिकारका लागि विदेशबाट सिकारी–यात्रु आउनु नौलो कुरा होइन । जंगबहादुरको पालादेखि नै विदेशी इलिट नेपालमा सिकारका लागि आउँथे । बेलायतका शाही परिवार सदस्यहरू ‘बिग गेम हन्टिङ’ का लागि यता आउँथे । सन् १८७६ को फेब्रुअरीमा रानी भिक्टोरियाका छोरा एवं वेल्सका तत्कालीन राजकुमार अल्बर्ट इडवार्ड (पछि गएर एडवार्ड–७ राजा) बिग गेम हन्टिङका लागि नेपाल आएका थिए । प्रधानमन्त्री जंगबहादुृर राणाको निमन्त्रणामा आएका इडवार्डले दुई साताको नेपाल बसाइमा २३ वटा बाघको सिकार गरेको इतिहासमा उल्लेख छ ।
‘बिग गेम हन्टिङ’ भन्नाले सिंह, बाघ, चितुवा र गैंडाको सिकार बुझिन्छ । नेपाल–भारतमा भने बाघ र गैंडाको सिकारलाई ‘बिग गेम हन्टिङ’ को रूपमा लिइन्थ्यो । राणा र राजाको शासनकालमा ‘बिग हन्ट’ चलिरह्यो । प्राकृतिक स्रोतमाथि उनीहरूले सधैं कब्जा जमाउँथे । पञ्चायती व्यवस्थाको अन्त्यसँगै जंगलमा गएर सिकार गर्ने परिपाटीको अन्त्य भयो ।
बिग गेम हन्टिङका लागि तराईको जंगल उपयुक्त थियो । जंगबहादुरको शासनकालमा एउटै सिजनमा तीन सयवटासम्म बाघ मारिएको कन्जर्भेसन एन्ड सोसाइटी नामक जर्नलमा उल्लेख छ । अध्येता निना भट्टको ‘किङ्स एज वार्डेन्स एन्ड वार्डेन्स एज किङ्स : पोस्ट राना टाइज विटुइन नेपाली रोयल्स एन्ड नेसनल पार्क स्टाफ’ नामक रिसर्च आर्टिकलमा शाही परिवारले सिकार खेल्ने क्रममा एक सिजनमा ३ सयवटा बाघ मारिएको दाबी (पेज २९) गरिएको छ ।
आफ्नो सत्ता टिकाउनका लागि राणाहरूले ‘बिग गेम हन्टिङ’ को आयोजना गर्थे । विभिन्न मुलुकका शाही परिवार तथा शासकलाई सिकारका लागि नेपाल बोलाइन्थ्यो । पछि राजाहरूलाई सिकार खेल्ने लत बसाइदिने काम राणाहरूले नै गरेका थिए भन्ने गरिन्छ ।
बिग गेम हन्टिङ राणाका लागि सत्ता टिकाउने एउटा राम्रो कूटनीतिक माध्यम बनेको थियो । रणोद्दीप सिंहको पालामा सन् १८८४ मा द ड्युक अफ पोर्टल्यान्ड बाघको सिकारका लागि नेपाल आएका थिए । राजा एडवार्डका जेठा छोरा राजकुमार अल्बर्ट भिक्टोर, ड्युक अफ क्लारेन्सी सन् १८८९–९० को जाडो याममा वीरशमशेरको निमन्त्रणामा बिग हन्टिङका लागि नेपाल आएको इतिहास छ ।
फ्रेन्च फर्डिनान्ड वीरशमशेरको निमन्त्रणामा सन् १८९३ को मार्चमा नेपाल आएका थिए । उनलाई वीरशमशेरका काका केशरसिंह र उनका छोरा प्रेमशमशेर र ब्रिटिस रेसिडेन्टका कर्णेल एच वाइलीले स्वागत गरेका थिए । उक्त सिकार घटनाबारे आर्क ड्युकले आफ्नो डायरीमा राम्ररी वर्णन गरेका छन् ।
प्रिन्स अफ वेल्स (पछि गएर राजा एडवार्ड आठौँ) पनि सिकारका लागि सन् १९२१ मा चन्द्रशमशेरको शासनकालमा नेपाल आएका थिए । तत्कालीन बेलयाती राजा जर्ज पाँचौँले नेपालमा गरेको बिग हन्टिङको चर्चा अहिलेसम्म पश्चिमा जगत्मा हुने गर्छ । चन्द्रशमशेरको निमन्त्रणामा सन् १९११ मा राजा जर्ज पाँचौँले तराईको सुखिबार र कसरा जंगलमा १८ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म सिकार खेलेका थिए ।
नेपाली सेनाको कमान्डर इन चिफबाट राजीनमा दिएपछि सन् १९५६ मा जुद्धशमशेरका छोरा किरणशमशेर जबराले पहिलो पटक नेपाल सिकार प्राइभेट लिमिटेड नामक एउटा निजी कम्पनी सञ्चालनमा ल्याएका थिए । यो कम्पनीले ‘बिग गेम हन्टिङ’ लाई प्रमोट गथ्र्यो । किरणका छोरा सुबोधशमशरले आफ्नो ब्लगमा लेखेअनुसार सो कम्पनीले युरोप र अमेरिकाबाट आउने बिग गेम हन्टर्सका लागि सिकार खेल्न मद्दत गथ्र्यो । राणाशासनको अन्त्यपछि राजाहरूले यसलाई निरन्तरता दिए ।
राजा महेन्द्र आफ्ना दुई छोरा वीरेन्द्र र ज्ञानेन्द्रलाई लिएर सिकार गर्नका लागि तराईका जंगल जान्थे । राजा महेन्द्रले सन् १९६१ मा बेलयाती महारानी क्विन एलिजाबेथको नेपाल भ्रमणको अवसर पारेर बिग हन्टको आयोजना गरेका थिए । त्यसबेला एउटा बाघ र गैंडा मारिएको थियो ।
पश्चिमी मिडियाले जर्ज पाँचौँको १० दिने नेपाल भ्रमण क्रममा ६० भन्दा ठूला जनावरहरू मारेको उल्लेख गरेका छन् । राजा जर्जको नेपाल भ्रमण क्रममा खिचिएका फोटो एल्बम सार्वजनिक भएपछि यसबारे खुलासा भएको थियो । तस्बिरको क्याप्सन अस्ट्रेलियन नेसनल युनिभर्सिटीले गरेको थियो ।
राजा जर्जको नेपाल भ्रमणका १ सय ७९ वटा फोटो सार्वजनिक भएका थिए । फोटोहरूमा राजा जर्ज एउटा मृत रोयल बेंगल टाइगर र एउटा ठूलो गैंडाको अगाडि तस्बिर खिचाएका छन् । क्रिसमस आसपासमा जर्जले ३९ वटा बाघ, १८ वटा गैंडा र ४ वटा भालु मारेको ब्रिटिस पत्रिका द एक्सप्रेस डट को डट यूकेले लेखेको छ ।
जर्ज पाँचौंको टोली राप्ती नदीको किनारमा टेन्ट बनाएर बसेको थियो । राप्ती नदी क्षेत्रमा पर्ने सुखिबारमा उनले ५ दिन बिताए भने अन्य दिन कसरामा बिताएका थिए । सिकारी टोलीमा १४ हजार मानिस सहभागी थिए । त्यसबेला दुई हजार हात्ती परिचालन गरिएको थियो । चारदेखि ६ सयवटा हात्तीको मद्दतमा बाघलाई घेरेर चंगुलमा पारेपछि सिकार गरिएको थियो । हिस्टोरिकल रेकर्ड अफ द इमपेरियल भिजिट टु इन्डियाको पेज नम्बर २ सय ३१ देखि २३३ मा यो विवरण उल्लेख छ ।
नेपाल अन्डर द रानाजका लेखक एड्रिन सेभरले आफ्नो किताबमा राजा जर्ज पाँचौंले नेपालमा गरेको बिग हन्टको अझ बढी व्याख्या गरेका छन् । राणाहरूले हालको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रलाई सन् १८४६ देखि १९५१ सम्म सिकार–क्षेत्र बनाएका थिए । उनीहरूले सिकारलाई एउटा खेलको रूपमा लिँदै विभिन्न मुलुकका राजालाई ‘बिग गेम हन्टिङ’ मा सहभागी गराउँथे ।
यसरी बिग गेम हन्टिङबाट १९औँ शताब्दीमा नेपालका शाही परिवारको पारिवारिक, नेपालको सांंंस्कृतिक तथा राजनीतिक परिवेश बुझ्न मद्दत पुर्याएको छ । बिग गेम हन्टिङबाट पाठ सिक्दै शाही परिवारले इकोलोजी तथा वातावरणको संरक्षण–संवद्र्धनमा सहयोगमा पुर्याएको थियो । राजा महेन्द्रको निधनपछि वीरेन्द्रको पालामा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो ।
नेपालमा सन् १९७० को दशकबाट इकोलोजी र पारिस्थितिजन्य प्रणालीको संरक्षण गर्न थालिएको हो । राणाकालमा पनि वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि चिडियाखानाको स्थापना गरिएको थियो । यस्तै सन् १९५० को दशकमा प्राकृतिक विज्ञान संग्रहालय, गोदावारी वनस्पति उद्यान स्थापना भएको थियो ।
सन् १९७३ मा बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले वातवरण र वन्यजन्तु तथा वनस्पति संरक्षणमा ठूलो भूमिका खेलेका वातावरण एवं वन्यजन्तु जीव विज्ञानका प्राध्यापक अमूल्यरत्न तुलाधारको भनाइ छ । राष्ट्रिय संरक्षण रणनीतिले पनि नेपालमा प्राकृतिक सम्पदाको दोहनमा रोक लगाउँदै संरक्षणमा अगाडि बढाउन मद्दत पुर्यायो । वन्यजन्तु संरक्षणका लागि नेपाली सेनाले पनि ठूलो भूमिका खेलेको छ ।
नेपालमा कुनै समय बिग गेम हन्टिङका नाममा मारिएका बाघको संख्या जति (३ सयवटा) बाघ नेपालमा अहिले पनि छैन । सन् २०१३ मा गरिएको राष्ट्रिय बाघ गणनाका अनुसार नेपालमा अहिले एक सय ९८ वटा बाघ छन् । उबेलाको परिवेश र अहिलेको परिवेश भिन्न छ । चोरी सिकारी र वासस्थानको विनाश तथा बिग गेम हन्टिङका कारण बाघको संख्या घटेको हो । प्राध्यापक तुलाधार भन्छन्, ‘नेपालमा बिग गेम हन्टिङ हँुदा पारिस्थितिक प्रणालीमा त्यति असर परेको थिएन । कारण, त्यसबेला पाकिस्तान, आसाम र नेपालका जंगलहरू जोडिएका थिए, बाघको वासस्थान क्षेत्र पनि ठूलो थियो । त्यही भएर अन्यत्र क्षेत्रबाट पनि तराईमा बाघको आवतजावत हुन्थ्यो र प्राकृतिक सन्तुलन मिलिहाल्थ्यो ।’
राणाकालको अन्त्य र तराईमा मलेरियाको उन्मूलनसँगै बसाइसराइ दर बढ्यो । वनजंगलको फँडानी तीव्र बन्यो । बस्ती बढ्न थालेपछि बाघको प्राकृतिक वासस्थान मासिँदै गयो । धेरैपछि, विश्व संरक्षण कोषको सहयोगमा सन् १९७० को दशकबाट बाघ संरक्षणको कार्यक्रम सुरु भयो ।
बासस्थान टुक्रिँदा कुनै समय भारतको कोर्बेट राष्ट्रिय निकुञ्ज र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लोप भएको थियो । पछि अन्यत्रबाट त्यस ठाउँमा बाघ ल्याएर संंख्या बढाइएको थियो । बाघको संरक्षणका लागि स्थानान्तरणलाई एउटा उपयुक्त विकल्पका रूपमा सर्वस्वीकार्य बनाउन सक्नु जरुरी छ ।
प्रकाशित : श्रावण ५, २०७५ Kantipur Koseli
https://www.kantipurdaily.com/koseli/2018/07/21/153214476338975770.html?author=1
आज अप्रिल २२ तारिख । विश्व पृथ्वी दिवस । प्लाष्टिक प्रदूषणलाई राकौँ भन्ने नाराका साथ यो दिवस आज संसारभर मनाइदै छ ।
पृथ्वीको अनुमानित उमेर ४.५ अर्ब मानिन्छ । विभिन्न कालखण्डहरुमा विविध प्रजातिका जीवहरुको उत्पत्ति, विकास र विनाश हुने क्रममा जारी रह्यो । जुन अहिले पनि निरन्तर चलिरहेको छ । पृथ्वीको इतिहास अध्ययन गर्ने क्रममा डाइनासोसरको बारेमा हामीलाई धेरै चासो हुन्छ ।
सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो । हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ । कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ मसिन बन्यो ।
काठमाडौँ — आधुनिक विज्ञानका ज्ञाता एवं वैज्ञानिक स्टेफन हकिङको बुधबार मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइनका रुपमासमेत लिइन्थ्यो । आफ्नै निवास क्याम्ब्रिजमा ७६ वर्षको उमेरमा हकिङले देह त्याग गरे ।
भौतिक विज्ञानका ज्ञाता स्टेफन हकिङ ब्ल्याक होल, हिस्ट्री अफ टाइम र थेउरी अफ एभ्रिथिङका कारण चर्चित थिए/छन् । विज्ञानका पिता अल्बर्ट आइन्सटाइनले पत्ता लगाउन नसकेका तथ्यहरु उनले पत्ता लगइदिएर सिंगो विश्वलाई आफूतिर ध्यानाकर्षित गरे ।
ब्रह्माण्डको इतिहास, रचना, वर्तमान अवस्था र भविष्य, समयको व्याख्यलगायतको विषयमा उनको खोजलाई विश्वले सधै सम्झिरहनेछ ।
हकिङले पृथ्वीमा जन्मलिइरहँदा दोस्रो विश्व युद्ध थियो । सन् १९४२ को जनवरी ८ तारिखका दिन जन्मिए । न्यूरो सम्बन्धिको रोगका कारण २१ वर्षको उमेरमा प्यारालाइज्ड भए ।
डाक्टरहरुले दुई वर्षसम्म मात्र बाँच्छ भनेर घोषणा गरे, थप ५५ वर्षसम्म बाँचेर देखाइदिए । उनको त्यो ‘बोनस’को जीन्दगीले २१औँ शताब्दीको विज्ञानले ठूलो फड्को मार्यो ।
हकिङको जन्म यूकेको क्याब्रिजमा भयो । पीता फ्रयाङ र स्कटिस आमा इजोबेलको एक मात्र छोरा हकिङका दुईजना बहिनीहरु छन् । एक जना धर्मपूत्र दाजु ।
सेन्ट अल्बान्स स्कूलमा पढे, क्याब्रिजबाट ग्रयाजुएशन गरे भने अक्सफोर्डबाट पिजी गरे । सन् १९६६ मा कस्मोलोजी र एप्लाइड म्याथम्याटिक्समा पिएचडी पूरा गरे ।
क्याब्रिजमा १९७९ देखि २००९ सम्म लुकासियन म्याथम्याटिक्सको प्रोफसरका रुपमा काम गरे । सो अवधिमा ३९ जना पिएचडीका विद्यार्थीहरुलाई ‘सुपरभाइज्ड’गरे ।
शरिरका कुनै अंग चल्दैन थियो । न्यूरो सम्बन्धिको रोगले च्यापेपछि आवाज निस्किन छाड्यो । गालाको मांशपेशी मात्र चल्दथ्यो । मसिन स्पिकिङ जेनेरेटिङ डिभाइसको मद्दतले कुरा गर्थे । उनका दुई जना श्रीमती भएपनि कुनैसँग दाम्पत्य जीवन सफल हुन सकेन । सन् १९६५ मा जेन विल्डसँग विवाह गरेपनि १९९५ मा डिर्भोस भयो । दोस्रो श्रीमती इलेनी म्यासोनसँग १९९५ मै विवाह गरेपनि २००६ मा इलेनीले पनि हकिङलाई छाडिन् ।
सन् १९८८ मा हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक प्रकाशित भयो । पुस्तकले विश्वलाई हल्लाइ दियो । १० मिलियन भन्दा बढि पुस्तक विक्री भयो । पत्रपत्रिकाहरुमा दुई सय हप्तासम्म उनको पुस्तकबारे चर्चा/परिचर्चा भए ।
आधुनिक खगोलशास्त्र र आधुनिक भौतिक विज्ञान अध्ययन गर्नका लागि चाहिने जानकारी पुस्तकमा थियो । पुस्तकमा ब्रह्माण्डको शुरुवात, विकास र यसको अन्त्यका बारेमा चर्चा गरिएको थियो । अन्तरीक्ष र समयको बारेमा समेत पुस्तकमा उल्लेख गरिएको थियो ।
भौतिक विज्ञानका सबै सिद्धान्तलाई परिभाषित गर्ने ‘थेउरी अफ एभ्रिथिङ’मा हकिङ सफल बने । उक्त सिद्धान्त अध्ययन गर्ने क्रममा अल्बर्ट आइन्सटाइन भने असफल बनेका थिए । आइन्सटाइन ‘यूनिफाइड थेउरी’मा सफल पाउन सकेका थिएनन् । उनको जीवनमा आधरित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रिथिङ’ भन्ने हलिउड फिल्मको निर्माण भयो । जुन आज पनि चर्चित छ ।
ब्ल्याक होलको बारेमा विश्वका अधिकांश मुलुकहरुमा पढाइ हुन्छ । नेपालमा कक्षा १० को विज्ञान कितावमा पनि यसको बारेमा अध्ययन गर्नुपर्छ ।
ब्ल्याक होलको खोज खगोलीय विज्ञानको महत्वपूर्ण उपलब्धी मानिन्छ । ब्ल्याक होल अति धेरै गुरुत्वाकर्षण भएको क्षेत्र हो । जहाँबाट प्रकाश परावर्तन भएर बाहिर आउन सक्दैन । ब्ल्याक होलमा प्रकाश (फाटोन) प्रवेश गरेपछि बाहिर आउन सक्दैन । उनले यसको पुष्टि पनि गरिदिए । अन्तरीक्षको कुनै एउटा ठाउँमा प्रकाशका किरणहरु बाङ्गिएको थाहा पाएपछि अध्ययन गर्ने क्रममा उनले ब्ल्याक होल भएको पत्ता लगाएका थिए ।
हकिङले ब्रह्माण्डमा समयको शुरुवात सम्बन्धमा समेत व्याख्या गरिदिए । उनले आइन्सटाइनको सापेक्षताको सिद्धान्तलाई अझ व्याख्या गर्दै समय पनि सापेक्ष हुन्छ भन्ने कुरा सिद्धि गरिदिए ।
यस बाहेक हकिङले हकिङस् रेडिएसन, हकिङ फर्मूलाजस्ता सिद्धान्तहरु प्रतिपादन गरे । उनलाई संयुक्त राज्य अमेरिकाले सन् २००९ मा प्रेसिडेन्टल मेडल फर फ्रिडम पुरस्कारबाट सम्मानित गरेको थियो । सन् १९७८ मा अल्बर्ट आइन्सटईन अवार्ड, १९८८ मा वल्फ प्राइज, १९९६ मा अडाम्स् प्राइज, फाण्डमेन्टल फिजिक्स अवार्ड २०१२ पाएका थिए । सन् २०१५ मा उनलाई नलेज अवार्डबाट पुरस्कृत एवं सम्मानित गरिएको थियो ।
उनको जीवनकालमा बीबीसीको १०० ब्रिटोन्समा २५ औँ नम्बरमा समेत अटाउन सफल भए ।
हकिङ संसारबाट बिदा भएर त गए । तर, उनका मानवताको भविष्य सम्बन्धि भविष्यवाणी (सन् २००६), विज्ञान र आदर्श, धर्म सम्बन्धि कुराहरु हाम्रा लागि महत्वपूर्ण रहिरहने छन् ।