Category - Science and Environment

संसारबाट यसरी लोप भए डाइनोसर, यसरी उत्पति भयो मानिस

करिब साढे १४ करोड वर्षसम्म पृथ्वीमा राज गरेका डाइनेसोरहरु एकाएक कसरी लोप भए ? जल, जमिन, जंगल जताततै पाइने डाइनेसार लोप हुनुपर्ने कारण के थियो? पृथ्वीमा के त्यस्तो घटना भयो जसका कारण डाइनसोरको नामोनिशान नै मेटियो ?

Read More

प्रकृतिको पाठशाला

नेपालमा पाइने जीव तथा वनस्पतिहरू एकै ठाउँमा अध्ययन गर्न चाहनेका लागि प्राकृतिक विज्ञान संग्राहलय एक महत्त्वपूर्ण पाठशाला बनिसकेको छ । संग्रहालयमा जीव, वनस्पति, फोसिल्सका असंख्य नमुना राखिएका छन् । हिमाली भेगमा पाइने डाँफे चरो, दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे), चरी बाघलगायतका ‘दुर्लभ’ प्रजाति नमुनालाई संग्रहालयमा राखिएको छ ।

Read More

शंखेकिरा : ज्यानमारा जीव

हिजोआज ‘जेइन्ट अफ्रिकन स्नेल’ नामक शंखेकिरा करेसाबारी, फूलबारी, जथाभावी देख्न सकिन्छ । हेर्दा सानो, ढिलो हिँड्ने यो जीव निकै खतरनाक छ । यसले कृषिमा मात्र नभएर वातावरणीय र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ ।
बहिरी भाग डब्बाजस्तो, चारवटा टेन्टाकल, टेन्टाकालको टुप्पोमा आँखा अनि लमकलमक गर्दै हिँड्ने शंखेकिरा जैविक विविधता, मानव स्वास्थ्य र कृषकको शत्रु बन्दै गइरहेको छ । छुन खोज्दा खबटाभित्र शरीर लुकाउने यो जीव तराई तथा मध्यपहाडी क्षेत्रमा व्यापक रूपमा पाउन थालिएको छ । पूर्वी अफ्रिकाको रैथाने यो जीव नेपालको होइन । भारतको कलकत्ता हुँदै पूर्वी नेपालको तराई आएको मानिने यो जीव मुलुकका सबैजसो भूभागमा फैलिसकेको जीव विज्ञानका ज्ञाता भरत सुब्बाले बताए ।

Read More

किन आवश्यक छ हात्ती संरक्षण ?

आज विश्व हात्ती दिवस । हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो । क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस मनाउन सुरु गरिएको हो। वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने विश्वका ६० भन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदै आएका छन्।

Read More

सिकारीको सिकार सोख

ढोरपाटन सिकार आरक्षमा गत आर्थिक आर्थिक वर्षमा १९ नाउर र १० झारलको सिकार भएको रहेछ । नेपाल आएर र वन्यजन्तु सिकार गरेर विदेशी इलिटहरूले वर्षौं वर्षदेखि आफ्नो सोख पूरा गर्दै आएका छन् ।

नेपालमा वन्यजन्तु सिकारका लागि विदेशबाट सिकारी–यात्रु आउनु नौलो कुरा होइन । जंगबहादुरको पालादेखि नै विदेशी इलिट नेपालमा सिकारका लागि आउँथे । बेलायतका शाही परिवार सदस्यहरू ‘बिग गेम हन्टिङ’ का लागि यता आउँथे । सन् १८७६ को फेब्रुअरीमा रानी भिक्टोरियाका छोरा एवं वेल्सका तत्कालीन राजकुमार अल्बर्ट इडवार्ड (पछि गएर एडवार्ड–७ राजा) बिग गेम हन्टिङका लागि नेपाल आएका थिए । प्रधानमन्त्री जंगबहादुृर राणाको निमन्त्रणामा आएका इडवार्डले दुई साताको नेपाल बसाइमा २३ वटा बाघको सिकार गरेको इतिहासमा उल्लेख छ ।

‘बिग गेम हन्टिङ’ भन्नाले सिंह, बाघ, चितुवा र गैंडाको सिकार बुझिन्छ । नेपाल–भारतमा भने बाघ र गैंडाको सिकारलाई ‘बिग गेम हन्टिङ’ को रूपमा लिइन्थ्यो । राणा र राजाको शासनकालमा ‘बिग हन्ट’ चलिरह्यो । प्राकृतिक स्रोतमाथि उनीहरूले सधैं कब्जा जमाउँथे । पञ्चायती व्यवस्थाको अन्त्यसँगै जंगलमा गएर सिकार गर्ने परिपाटीको अन्त्य भयो ।

बिग गेम हन्टिङका लागि तराईको जंगल उपयुक्त थियो । जंगबहादुरको शासनकालमा एउटै सिजनमा तीन सयवटासम्म बाघ मारिएको कन्जर्भेसन एन्ड सोसाइटी नामक जर्नलमा उल्लेख छ । अध्येता निना भट्टको ‘किङ्स एज वार्डेन्स एन्ड वार्डेन्स एज किङ्स : पोस्ट राना टाइज विटुइन नेपाली रोयल्स एन्ड नेसनल पार्क स्टाफ’ नामक रिसर्च आर्टिकलमा शाही परिवारले सिकार खेल्ने क्रममा एक सिजनमा ३ सयवटा बाघ मारिएको दाबी (पेज २९) गरिएको छ ।

आफ्नो सत्ता टिकाउनका लागि राणाहरूले ‘बिग गेम हन्टिङ’ को आयोजना गर्थे । विभिन्न मुलुकका शाही परिवार तथा शासकलाई सिकारका लागि नेपाल बोलाइन्थ्यो । पछि राजाहरूलाई सिकार खेल्ने लत बसाइदिने काम राणाहरूले नै गरेका थिए भन्ने गरिन्छ ।

बिग गेम हन्टिङ राणाका लागि सत्ता टिकाउने एउटा राम्रो कूटनीतिक माध्यम बनेको थियो । रणोद्दीप सिंहको पालामा सन् १८८४ मा द ड्युक अफ पोर्टल्यान्ड बाघको सिकारका लागि नेपाल आएका थिए । राजा एडवार्डका जेठा छोरा राजकुमार अल्बर्ट भिक्टोर, ड्युक अफ क्लारेन्सी सन् १८८९–९० को जाडो याममा वीरशमशेरको निमन्त्रणामा बिग हन्टिङका लागि नेपाल आएको इतिहास छ ।

फ्रेन्च फर्डिनान्ड वीरशमशेरको निमन्त्रणामा सन् १८९३ को मार्चमा नेपाल आएका थिए । उनलाई वीरशमशेरका काका केशरसिंह र उनका छोरा प्रेमशमशेर र ब्रिटिस रेसिडेन्टका कर्णेल एच वाइलीले स्वागत गरेका थिए । उक्त सिकार घटनाबारे आर्क ड्युकले आफ्नो डायरीमा राम्ररी वर्णन गरेका छन् ।

प्रिन्स अफ वेल्स (पछि गएर राजा एडवार्ड आठौँ) पनि सिकारका लागि सन् १९२१ मा चन्द्रशमशेरको शासनकालमा नेपाल आएका थिए । तत्कालीन बेलयाती राजा जर्ज पाँचौँले नेपालमा गरेको बिग हन्टिङको चर्चा अहिलेसम्म पश्चिमा जगत्मा हुने गर्छ । चन्द्रशमशेरको निमन्त्रणामा सन् १९११ मा राजा जर्ज पाँचौँले तराईको सुखिबार र कसरा जंगलमा १८ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म सिकार खेलेका थिए ।

नेपाली सेनाको कमान्डर इन चिफबाट राजीनमा दिएपछि सन् १९५६ मा जुद्धशमशेरका छोरा किरणशमशेर जबराले पहिलो पटक नेपाल सिकार प्राइभेट लिमिटेड नामक एउटा निजी कम्पनी सञ्चालनमा ल्याएका थिए । यो कम्पनीले ‘बिग गेम हन्टिङ’ लाई प्रमोट गथ्र्यो । किरणका छोरा सुबोधशमशरले आफ्नो ब्लगमा लेखेअनुसार सो कम्पनीले युरोप र अमेरिकाबाट आउने बिग गेम हन्टर्सका लागि सिकार खेल्न मद्दत गथ्र्यो । राणाशासनको अन्त्यपछि राजाहरूले यसलाई निरन्तरता दिए ।

राजा महेन्द्र आफ्ना दुई छोरा वीरेन्द्र र ज्ञानेन्द्रलाई लिएर सिकार गर्नका लागि तराईका जंगल जान्थे । राजा महेन्द्रले सन् १९६१ मा बेलयाती महारानी क्विन एलिजाबेथको नेपाल भ्रमणको अवसर पारेर बिग हन्टको आयोजना गरेका थिए । त्यसबेला एउटा बाघ र गैंडा मारिएको थियो ।

पश्चिमी मिडियाले जर्ज पाँचौँको १० दिने नेपाल भ्रमण क्रममा ६० भन्दा ठूला जनावरहरू मारेको उल्लेख गरेका छन् । राजा जर्जको नेपाल भ्रमण क्रममा खिचिएका फोटो एल्बम सार्वजनिक भएपछि यसबारे खुलासा भएको थियो । तस्बिरको क्याप्सन अस्ट्रेलियन नेसनल युनिभर्सिटीले गरेको थियो ।

राजा जर्जको नेपाल भ्रमणका १ सय ७९ वटा फोटो सार्वजनिक भएका थिए । फोटोहरूमा राजा जर्ज एउटा मृत रोयल बेंगल टाइगर र एउटा ठूलो गैंडाको अगाडि तस्बिर खिचाएका छन् । क्रिसमस आसपासमा जर्जले ३९ वटा बाघ, १८ वटा गैंडा र ४ वटा भालु मारेको ब्रिटिस पत्रिका द एक्सप्रेस डट को डट यूकेले लेखेको छ ।

जर्ज पाँचौंको टोली राप्ती नदीको किनारमा टेन्ट बनाएर बसेको थियो । राप्ती नदी क्षेत्रमा पर्ने सुखिबारमा उनले ५ दिन बिताए भने अन्य दिन कसरामा बिताएका थिए । सिकारी टोलीमा १४ हजार मानिस सहभागी थिए । त्यसबेला दुई हजार हात्ती परिचालन गरिएको थियो । चारदेखि ६ सयवटा हात्तीको मद्दतमा बाघलाई घेरेर चंगुलमा पारेपछि सिकार गरिएको थियो । हिस्टोरिकल रेकर्ड अफ द इमपेरियल भिजिट टु इन्डियाको पेज नम्बर २ सय ३१ देखि २३३ मा यो विवरण उल्लेख छ ।

नेपाल अन्डर द रानाजका लेखक एड्रिन सेभरले आफ्नो किताबमा राजा जर्ज पाँचौंले नेपालमा गरेको बिग हन्टको अझ बढी व्याख्या गरेका छन् । राणाहरूले हालको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रलाई सन् १८४६ देखि १९५१ सम्म सिकार–क्षेत्र बनाएका थिए । उनीहरूले सिकारलाई एउटा खेलको रूपमा लिँदै विभिन्न मुलुकका राजालाई ‘बिग गेम हन्टिङ’ मा सहभागी गराउँथे ।

यसरी बिग गेम हन्टिङबाट १९औँ शताब्दीमा नेपालका शाही परिवारको पारिवारिक, नेपालको सांंंस्कृतिक तथा राजनीतिक परिवेश बुझ्न मद्दत पुर्‍याएको छ । बिग गेम हन्टिङबाट पाठ सिक्दै शाही परिवारले इकोलोजी तथा वातावरणको संरक्षण–संवद्र्धनमा सहयोगमा पुर्‍याएको थियो । राजा महेन्द्रको निधनपछि वीरेन्द्रको पालामा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो ।

नेपालमा सन् १९७० को दशकबाट इकोलोजी र पारिस्थितिजन्य प्रणालीको संरक्षण गर्न थालिएको हो । राणाकालमा पनि वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि चिडियाखानाको स्थापना गरिएको थियो । यस्तै सन् १९५० को दशकमा प्राकृतिक विज्ञान संग्रहालय, गोदावारी वनस्पति उद्यान स्थापना भएको थियो ।

सन् १९७३ मा बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले वातवरण र वन्यजन्तु तथा वनस्पति संरक्षणमा ठूलो भूमिका खेलेका वातावरण एवं वन्यजन्तु जीव विज्ञानका प्राध्यापक अमूल्यरत्न तुलाधारको भनाइ छ । राष्ट्रिय संरक्षण रणनीतिले पनि नेपालमा प्राकृतिक सम्पदाको दोहनमा रोक लगाउँदै संरक्षणमा अगाडि बढाउन मद्दत पुर्‍यायो । वन्यजन्तु संरक्षणका लागि नेपाली सेनाले पनि ठूलो भूमिका खेलेको छ ।

नेपालमा कुनै समय बिग गेम हन्टिङका नाममा मारिएका बाघको संख्या जति (३ सयवटा) बाघ नेपालमा अहिले पनि छैन । सन् २०१३ मा गरिएको राष्ट्रिय बाघ गणनाका अनुसार नेपालमा अहिले एक सय ९८ वटा बाघ छन् । उबेलाको परिवेश र अहिलेको परिवेश भिन्न छ । चोरी सिकारी र वासस्थानको विनाश तथा बिग गेम हन्टिङका कारण बाघको संख्या घटेको हो । प्राध्यापक तुलाधार भन्छन्, ‘नेपालमा बिग गेम हन्टिङ हँुदा पारिस्थितिक प्रणालीमा त्यति असर परेको थिएन । कारण, त्यसबेला पाकिस्तान, आसाम र नेपालका जंगलहरू जोडिएका थिए, बाघको वासस्थान क्षेत्र पनि ठूलो थियो । त्यही भएर अन्यत्र क्षेत्रबाट पनि तराईमा बाघको आवतजावत हुन्थ्यो र प्राकृतिक सन्तुलन मिलिहाल्थ्यो ।’
राणाकालको अन्त्य र तराईमा मलेरियाको उन्मूलनसँगै बसाइसराइ दर बढ्यो । वनजंगलको फँडानी तीव्र बन्यो । बस्ती बढ्न थालेपछि बाघको प्राकृतिक वासस्थान मासिँदै गयो । धेरैपछि, विश्व संरक्षण कोषको सहयोगमा सन् १९७० को दशकबाट बाघ संरक्षणको कार्यक्रम सुरु भयो ।

बासस्थान टुक्रिँदा कुनै समय भारतको कोर्बेट राष्ट्रिय निकुञ्ज र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लोप भएको थियो । पछि अन्यत्रबाट त्यस ठाउँमा बाघ ल्याएर संंख्या बढाइएको थियो । बाघको संरक्षणका लागि स्थानान्तरणलाई एउटा उपयुक्त विकल्पका रूपमा सर्वस्वीकार्य बनाउन सक्नु जरुरी छ ।

प्रकाशित : श्रावण ५, २०७५ Kantipur Koseli

https://www.kantipurdaily.com/koseli/2018/07/21/153214476338975770.html?author=1

सन्दर्भ पृथ्वी दिवस : प्लाष्टिक प्रदूषण रोकौँ

आज अप्रिल २२ तारिख । विश्व पृथ्वी दिवस । प्लाष्टिक प्रदूषणलाई राकौँ भन्ने नाराका साथ यो दिवस आज संसारभर मनाइदै छ ।

सन् १९७० पहिलो पटक पृथ्वी दिवस मनाइएको थियो। सन् १९९० देखि यो दिवसलाई वार्षिक रुपमा मनाइदै आइएको छ। नेपालसहित विश्वका १ सय ९२ वटा मुलुकले यो दिवस मनाउन थालेका छन्। ती देशका १ अर्ब मानिसहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यो दिवसमा सहभागिता जनाएको विश्वास गरिएको छ।
पृथ्वी दिवसको मुख्य उद्देश्य वातावरण संरक्षण गर्नेमा केन्द्रित छ। यो दिवस मनाउनुको अर्को उद्देश्य मानिसहरुलाई वातावरण संरक्षणमा लगाउनु पनि हो।

करिव ६ अर्ब मानिससँगै रहेका करौडौँ प्रजातिका वनस्पति, लाखौँ उभयचर, चराचुरुङी, घ्रर्सने जनावर, एक कोषीयदेखि बहुकोषी जीवहरुको साझा बासस्थान हो, पृथ्वी। ब्रम्हाण्डमा जीवन्त बस्तु अरु कहि छ त पृथ्वीमा छ। त्यसैले यो आफैँमा महत्व छ।

हाम्रो दैनिक जीवनको कुरा गर्ने हो भने प्लाष्टिक हामीलाई नभई नहुने बस्तु बन्दै गएको छ। निर्माण गर्न सजिलो, कम लागत र किन्दा पनि सस्तो पर्ने भएकाले यसको प्रयोग हुन थालेको हो। बिहान उठेदेखि अबेर सुत्ने बेलासम्म हामी प्लाष्टिक प्रयोग गरिरहेका हुन्छौँ। हामीले प्रयोग गर्ने चप्पल, मोबाइल, ब्रस, ल्यापटपलगायतका धेरै सामानहरुमा प्लाष्टिकको प्रयोग छ।

हाइड्रोकार्बनबाट बनेका इन्धनबाट निस्कने ग्याँसहरुको समस्या त छँदै छ। अहिलेको अर्को समस्या बनेको छ, प्लाष्टिकको। बाल्दा हानिकारक ग्याँस निस्कने, विसर्जन गरौँ नकुहिने। प्रयोग नगरौँ भन्यो नभइ नहुने। यही कारणले पृथ्वीमा प्लाष्टिकको मात्रा बढ्दै गइरहेको छ। प्लाष्टिको थुप्रो अहिलेको प्रमुख चुनौती बनेर आइदिएको छ। हिमाल, पहाड, तराई, समुद्र, महासागर, समुद्रशैल (रिफ), उपत्यका, ध्रुवीय क्षेत्रहरु सबैमा प्लाष्टिकको थुप्रो पुगेको दृष्टान्त छ।

विश्वको सर्वोच्च शिखर सगरमाथादेखि प्रशान्त महासागरको सबैभन्दा गहिरो क्षेत्र मरिना ट्रेन्चसम्म प्लाष्टिक पुगेको छ। नकुहिने भएकाले यसले विकारल समस्या खडा गरिदिएको छ।

सन् १८६२ मा यूकेका वैज्ञानिक एलेक्जेन्डर पार्कले प्लाष्टिकको आविष्कार गरेका थिए। प्लाष्टिक सेन्थेटिक तथा ननसेन्थेटिक जैविक पदार्थहरुबाट बनेको छ। यो एक प्रकारको पोलिमर हो। धेरै वटा मोनोमरहरु मिलेर पोलिमर बनेको हुन्छ। पोलिमरमा तत्वहरुको लामो चेनहरु हुन्छन् जहाँ मोनोमरहरुलाई रहेका हुन्छन्।

प्राकृतिक ग्याँस अथवा कच्चा तेलमा उत्प्ररेकको प्रयोग गरेर इथाइलिन, प्रोपाइलिन, ब्युटेन जस्ता कमनोमर्सहरु बनाइन्छ। यिनीहरुलाई एउटा रासयनिक बन्डबाट बनेको चेन (पोलिमर) मा राखिन्छ। र, पोलिमराइजेशन प्रक्रियाबाट प्लाष्टि निर्माण गरिन्छ। पोलिमराइजेशन प्रकियामा केही हानिकारक मोनमरहरु प्लाष्टिकसँगै मिसिएका हुन्छन्।

कम घनत्व भएको प्लाष्टिकलाई पोलिथिन भनिन्छ। यो हानिकारक प्लाष्टिक हो। यसलाई प्रयोग गर्न मिल्दैन। सरकारले पोलिथिनबाट निर्मित झोलाको निषेध यही कारणले गरेको हो। तर, यो व्यवहारमा लागु भएको छैन। पोलिभनल क्लोराइड जुत्तको सोल निर्माण गर्न प्रयोग हुन्छ। प्लाष्टिकलाई थर्मोसेटिङ र थर्मोप्लाष्ट गरेर दुई भागमा विभाजन गरिएको छ।
प्लाष्टिक निर्माणका लागि धेरै मात्रामा इन्धनको आवश्यकता पर्दछ। प्लाष्टिक ढुवानीमासमेत ठूलो मात्रामा इन्धनको खर्च हुन्छ। प्लाष्टिक निर्माण गर्दा लाग्ने तेल तथा इन्धन निस्कने ठूलो मात्राको हाइड्रोकार्बन ग्याँसहरु वायुमण्डमा उत्सर्जन हुन्छन्। यसले प्रदूषणका साथै हरित गृह प्रभाव बढाउँछ।

प्लाष्टिकलाई जलाउँदा विभिन्न प्रकारका हानिकारक ग्याँसहरु निस्कन्छन्। त्यसैले प्लाष्टिकको निर्माण कम गरेर प्रयोग गर्न मिल्ने खालका प्लाष्टिक प्रयोग गर्न सक्नुपर्छ। केही प्रकारका प्लाष्टिकहरु एक/दुई पटक प्रयोग गर्न मिलेपनि रिसाइक्लिङका क्रममा हानिकारक ग्याँसहरुको उत्सर्जनले रिसाइकल गरिएको प्लाष्टिकको गुणस्तर झनै खस्कदो हुन्छ।

प्लाष्टिकले हाम्रो दैनिक जीवनको विभिन्न पाटाहरुमा प्रभाव पारिरहेको छ। विश्वका वैज्ञानिक तथा वातवरणविद्हरुले प्लाष्टिकको असर सम्बन्धि गरेको अनुसन्धानमा सबैमा प्लाष्टिकको असर एउटै भएको पाएका थिए। नेपालमा निर्मित प्लाष्टिकको असर र अमेरिकामा निर्मित प्लाष्टिक वातवरणमा पार्ने असर एउटै हाे ।

सन् २०५० सम्ममा समुद्रमा माछाको संख्याभन्दा प्लाष्टिकको मात्रा धेरै हुने यूएन इन्भारोन्मेन्टले सर्वेक्षण गरेको छ। प्लाष्टिकको मात्रा बढी हुँदा समुद्रिक कछुवा तथा अधिकांश मराइन चराहरुको शरीरमा प्लाष्टिक पुगिसकेको छ। ढल, खोला, नदी तथा अन्य माध्यमबाट समुद्रिक क्षेत्रहरुमा प्लाष्टिक पुग्ने गरेको छ। यसले समुद्रको पारिस्थितिकीय प्रणालीलाई असर गर्नुका साथै विभिन्न जीवहरुको बासस्थानमा समेत खतरा निम्त्याएको छ।

प्लाष्टिकका कारण विश्वमा एक लाख जनावरहरु वार्षिक रुपमा मर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। जनावरहरु प्लाष्टिक र घाँस छुट्याउन सक्दैनन्। शाहकारी जनावरहरुले घाँससँगै प्लाष्टिक लिन्छन्। उनीहरुले यसलाई पचाउन सक्दैनन् र विभिन्न प्रकारका लक्षणहरु देखा पर्छन्। कोष तथा तन्तुहरुमा प्लाष्टिकका तत्वहरुले असर पुर्‍याउने गरेका छन्।

वार्षिक रुपमा ८० लाख टन प्लाष्टिक समुद्रमा थुप्रिने गरेको युएनको तथ्यांकमा उल्लेख गरिएको छ। संसारमा फ्याँकिएका कूल प्लाष्टिकको ५० प्रतिशत प्लाष्टिक एक पटक प्रयोग गरेर फ्याँकिएको छ। ती प्लाष्टिक पुन:प्रयोग गर्न मिल्ने खालका छन्। विश्वमा २ करोड मानिसहरु अन्तरिक र बाह्य प्रदूषणका कारण वर्षेनी मर्ने गरेका छन्। सन् २००३ मा ७० हजार मानिसहरु तपाक्रम वृद्धिका कारण मरे। जलवायु परिवर्तनका कारण सन् २०३० सम्म खाद्य सामग्रीको मूल्य ५० प्रतिशतले बढ्ने सर्वेक्षण गरिएको छ। बराम्बार आइरहने बाढी, आँधीहरु वातरणमा परेका यस्तै असरहरुको परिणाम हुन्।
वन डढेलो पनि यिनै कारणहरु मध्येका एक हुन्। उच्च तापक्रममा वनस्पतिहरुको घर्षणका कारण उत्पन्न हुने तापले आगोको रुपमा लिन्छ। डढेलोका कारण वायुमण्डलमा कार्बनडाइक्साइड ग्याँसको मात्रा बढेको छ। प्रत्येक वर्ष अशुद्ध खानेपानीका कारण विश्वमा ५ हजार मानिसहरुको मृत्यु हुन्छ।

सबै प्राणीहरुको साझा बासस्थान पृथ्वी भएकाले पृथ्वीलाई जोगाउनु जरुरी छ। खानेपानीको एउटा बोतललाई पुन:प्रयोग गर्दा ७ वाटको बत्ती ७ घण्टासम्म प्रयोग हुने उर्जाको खपत हुन्छ। विश्वमा हरेक वर्ष एक लाख प्राणीहरु प्लाष्टिक ब्यागका कारण मर्ने गरेको तथ्यांकसमेत पाइन्छ। यी प्राणीहरुमा चराचुरुङ्गी, पानीमा पाइने जनावरहरु बढी छन्।

धेरै वर्षसम्म थुप्रिएका प्लाष्टिबाट निस्कने माइक्रो प्लाष्टिकको असर झन् धेरै हुने आँकलन गरिएको छ। यसको अनुसन्धान समेत भइरहेको छ। यो समस्या हल गर्नका लागि समुद्रिक क्षेत्रमा बृहत सरसफाई, प्लाष्टिकको प्रयोगलाई कम गर्ने र प्रयोग भएका प्लाष्टिकलाई पुन:प्रयोग गर्न सकिने विकल्प समेत यूएनले दिएको छ।

पृथ्वीमा प्राकृतिक रुपमा चलिरहने आफ्नै चक्र छ। यसको प्राकृति मौसम, हावापानी,जलवायू, तापक्रम आदिले वातवरणलाई सन्तुलित राखेको छ। यही सन्तुलित वातवरणमा जैविक प्राणीहरु बाँचेका छन्। मानवीय क्रियाकलापका कारण प्राकृतिक स्रोतमाथिको कब्जा, उद्योग कलकाराखानाको विकास र अन्य कारणले पृथ्वीलाई असर गर्न थालेको छ। तापक्रम तथा जलवायु परिवर्तन जस्ता समस्याहरु ती क्रियाकलापहरुका नतिजा हुन्।
प्लाष्टिकको प्रदूषण कम गर्नका लागि हामीले सकेसम्म प्लाष्टिकको प्रयोग नगर्ने। गरिहाले पनि पुन: प्रयोग गर्न मिल्ने खालका प्लाष्टिक प्रयोगमा जोड दिनु आवश्यक छ।
प्रकाशित : वैशाख ९, २०७५ १८:४८

अन्तिम नर्दन ह्वाईट गैंडा पनि मर्‍यो, गैंडाको हालत चाँडै डाइनोसारको जस्तो हुनसक्ने

पृथ्वीको अनुमानित उमेर ४.५ अर्ब मानिन्छ । विभिन्न कालखण्डहरुमा विविध प्रजातिका जीवहरुको उत्पत्ति, विकास र विनाश हुने क्रममा जारी रह्यो । जुन अहिले पनि  निरन्तर चलिरहेको छ । पृथ्वीको इतिहास अध्ययन गर्ने क्रममा डाइनासोसरको बारेमा हामीलाई धेरै चासो हुन्छ ।

पृथ्वीको मेसोज्वाइक इरामा यो जीवको उत्पति, विकास र विनाश भयो। यसलाई प्रत्यक्ष रुपमा कसैले नदेखे पनि प्राप्त जीवाशेष र प्रमाणहरुले पृथ्वीमा कुनै समय डाइनोसरको ‘साम्राज्य’ थियो भन्ने पुष्टि गर्छ।

पृथ्वी अहिले आधुनिककालमा आइपुगेको छ। यो काल मानव जातिको हो। जहाँ उसको साम्राज्य चलिरहेको छ। संसारको सबैभन्दा विवेकशील प्राणीको उत्पत्ति यही कालमा भएको छ, र यही कालमा यसको अस्तित्व हराउँछ कि हराउँदैन भन्न सकिन्न। किनभने पृथ्वीको हरेक कालमा एउटा जीवको उत्पति र विनाश निरन्तर रुपमा भइरहको छ।

जीवहरुको उत्पति, विकास र विनाश प्राकृतिक रुपमा हुन्छ। यो चलिरहने प्रक्रिया हो। प्रकृतिलाई नै चुनौती दिंदै जीवहरुलाई सांसरबाटै लोप बनाउने कार्यमा हामी आधुनिककालका मानव जाति लागिपरेका छौँ। यसले हामीलाई प्रत्यक्ष रुपमा अहिले त असर नगर्ला तर दीर्घकालीन रुपमा यसले धेरै असर पुर्‍याउने छ।
हामी मानव जाति पृथ्वीलाई हाम्रो ‘पेवा’ ठान्छौँ। धर्तीको सर्वश्रेष्ठ प्राणीको हैसियतले मानव जातिलाई यसो भन्न दिएको हो। वास्तवमा पृथ्वी जैविक र अजैविक बस्तुहरुको साझा धरोहर हो।

गत मंगलबार विश्वकै अन्तिम् नर्दन ह्वाईट गैंडा प्रजातिको एकमात्र भाले गैंडाको मृत्यु भयो। ४५ वर्षसम्म बाँचेको सुडान नाम गरेको उक्त गैंडा विश्वको सबैभन्दा धेरै वर्षसम्म बाँच्ने गैंडा पनि हो। गैंडाको औसत आयू ४० वर्षको हुन्छ। अब नर्दन ह्वाईट गैंडा पृथ्वीमा दुई वटा मात्र बाँकी छन्।

उक्त गैंडा केन्याको ओल पेजेता कन्जरभेन्सीमा संरक्षित गरिएको थियो। वेस्टर्न ब्ल्याक गैंडा सन् २०११ मै पृथ्वीबाट लोप भयो। गैंडा विश्वबाट लोप हुने खतरामा छ। १९ औ शताब्दीतिर विश्वमा १० लाख गैंडाहरु थिए। अहिले आएर यसको संख्या ३० हजारको हाराहारीमा मात्र छ।

यस्तो समय नआओस् कि गैंडा पनि हाम्रा लागि डाइनोसरको कथा सुने जस्तो नहोस्। सेतो, कालो, समुतरन, जभान र ग्रेटर–वान हर्न गरी संसारमा ५ प्रजातिका गैंडा छन्। जसको संख्या ३० हजारको हाराहारीमा छ। जसमा अफ्रिकन कालो गैंडाको संख्या ५ हजार देखि ५ हजार चार सय ५८, अफ्रिकन सेतोको संख्या १९ हजारदेखि २१ हजारसम्म, जभान गैंडाको संख्या ६३, सुमतरनको संख्या एक सयवटा र एसियामा पाइने ग्रेटर वान–हर्न राइनोको संख्या ३ हजार ५ सयभन्दा केही माथि मात्र रहेको सेभ द राइनो नामक संस्थाको तथ्यांक छ।

अफ्रिकामा अब साउदर्न ह्वाइट गैंडा मात्र बाँकी छन्। जसको संख्या २० हजारको हाराहारीमा छ। अफ्रिकामा प्रत्येक ९ घण्टामा एउटा गैंडा मारिने गरेको तथ्यांक छ। अघिल्लो वर्ष अफ्रिकामा एक हजार २८ वटा गैंडा मारिए। यही अवस्था रहिरहे गैंडा एक दशकमै लोप हुने खतरा छ।

गैंडा प्रकृतिमा पाइने उच्च शाहकारी (हाइ लेभल हर्बीभोरस) स्तनधारी जनावार हो। यसलाई ‘अम्ब्रेला स्पाइसिस’को रुपमा समेत लिइन्छ। अर्थात्, गैंडाको बसाइ वा मरणले अन्य स–सना प्रजातिका स्तनधारी, चरा, किरा, माछा र वनस्पतिहरुलाई प्रत्यक्ष रुपमा असर पुर्‍याउँछ। पारिस्थितीक पद्दतीमा गैंडाले ठूलो भूमिका खेलको हुन्छ।

गैंडाले आफू बसेको क्षेत्रमा अरु स–साना शाहकारी जनावहरुका लागि खानेकुराको जोह गरिदिएको हुन्छ। ठूलाठूला घासपातलाई खानेक्रममा उसले ससना शाहकारी जनावरलाई खानाका लागि पहुँच स्थापित गराइदिएको हुन्छ। गैंडाको गोबरले माटोको उर्वरशक्ति क्षमतामा वृद्धि गराउन मद्दत पुर्‍याउछ जसले वनस्पतिका लागि पर्याप्त पौष्टिक तत्वको जोह गरिदिन्छ।

स्मिथसोनियन डट कमका अनुसार गैंडा बसेको ठाँउमा हरिण, जंगली खरायो, जेब्रा जस्ता जनावहरुलाई २० गुणा बढी चरिचरण क्षेत्रको निर्माण गरिदिएको हुन्छ। अथार्त, गैंडा पाइने स्थानमा २० गुणा बढिले स–सना जनावरहरुलाई चरिचरण क्षेत्र प्राकृतिक रुपमा निर्माण भइरहेको हुन्छ। जसले सन्तुलित पारिस्थीतिक प्रणाली निर्माणका लागि सहयोग गरेको हुन्छ। खाद्य चक्र सन्तुलनको हिसाबले यो महत्वपूर्ण मानिन्छ।

पृथ्वीमा करिब चार करोड वर्षअघि गैंडाको उत्पति भएको थियो। वन क्षेत्रमा मानवीय अतिक्रमण, शिकारी र प्रदूषणका कारण गैंडाको संख्या घट्दै गइरहेको छ। चोरी शिकारीका कारण गैंडाको संख्या घट्दै गएको हो। अफ्रिकामा सन् २००७ देखि २०१४ मा ९ हजार प्रतिशतले गैंडाको शिकारी बढेको तथ्यांक सेफ द राइनो नामक संस्थाले निकालेको छ। जुन निकै संवेदनशील छ।

नेपाल, भारत, मलेसिया, अफ्रिकालगायतका देशहरुमा यसको बासस्थान छ।

गैंडाको खाग बहुमुल्य मानिन्छ। खागका लागि यसको तस्करी हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा एक किलो गैंडाको खागको मूल्य ५० हजार डलरभन्दा माथि छ।अफिमर सुन तस्करीभन्दा गैंडाको खाग तस्करीमा पैसा बढि देखिएपछि यसको चोरी शिकारी बढ्न गएको हो।

गैंडाको खाग रसायनिक रुपमा जटिल किसिमका पदार्थहरुले निर्माण भएको हुन्छ। सल्फरको मात्रा बढि भएको एमिनो एसिडले खाग बनेको हुन्छ।

चिनियाँहरुले दुई हजार वर्षअघिदेखि गैंडाको खाग औषधीको रुपमा प्रयोग गरेका थिए। ज्वरो, बाथलगायत अन्य रोगका लागि यसको प्रयोग हुँदै आएको छ। चिनियाँहरुले सर्पको डसाई, टाइफाइड, टाउको दुखाई, वाकवाकीलगायतको रोगहरु निको पार्नका लागि प्रयोग गरेपनि खागले ती रोगको निदान गर्छ भन्ने कुनै प्रमाणिक तथ्याङ छैन।

विशेषत: गैंडाको खागलाई कामोत्तेजकको रुपमा लिइन्छ। मानिसको कामवासना जागृत गराउने भएकाले कामवासना जगाउने औषधीको रुपमा प्रयोग हुन्छ। तातोपानीमा धुलो बनाइएको गैंडाको खागलाई मिसाएर विरामीहरुलाई ख्वाएमा विभिन्न रोगहरुको निको हुने चिनियाँ विश्वास छ।

‘टाइगर बोन एण्ड राइनो हर्न’का लेखक रिचार्ड इलिसका अनुसार गैंडाको खागले हालसम्म कुन रोगलाई निको पार्छ भनेर कुनैपनि आधिकारिक तथ्यांक नभएकाले पुरातनवादी उपचार विधिमा विश्वास गर्नेहरुले मात्र प्रयोग गरेको बताएका छन्।

नेपालमा चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २००० देखि २००३ सम्म ९१ वटा गैंडा मारिएको इतिहास छ। सरकाले वन क्षेत्रमा संरक्षण र सुरक्षालाई गम्भीर रुपमा लिएपछि यसको संरक्षण हुन थालेपनि तस्करी रोकिएको छैन।

सबै वन्युजन्तुहरुका आ–आफ्ना महत्वहरु रहेका हुन्छन्। हामी डाइनोसरलाई कल्पना मात्र गर्न सक्छौं। तर, प्रत्यक्ष रुपमा देख्न सक्दैनौँ। गैंडा जस्ता अन्य जनवारहरुलाई हामीले संरक्षण गर्न सक्यौ भने भावी पुस्ताले प्रत्यक्ष रुपमा देख्न पाउने अवसर पाउनेछन्।

नर्दन ह्वाईट प्रजातिको भाले गैंडा संसारबाटै लोप भयो। संसारबाट तस्मनियन टाइगर, गोल्डेन टोड, जन्जिबार लियोपार्ड, जवान टाइगरलगायतका जनवारहरु लोप भए। यस्ता जनवारहरु चोरी शिकारी र मानवीय क्रियाकलापका कारण लोप भएका हुन्।

पृथ्वीमा सबै प्राणीलाई समान रुपमा बाँच्न पाउने हक छ। जनवारहरुको विकास क्रमको इतिहास केलाउने हो भने मानव जातिभन्दा अगाडि पृथ्वीमा उत्पति भएर आएका जनवारहरुको अहिले पनि अस्तित्व छ। मानवीय कारणले प्राणीहरुलाई हानी पुर्‍याउनु गलत हो किनभने पृथ्वी सबै प्राणी र वनस्पतिको साझा हो।
प्रकाशित : चैत्र ११, २०७४ १३:०६

यस्ती छन्, साउदीकी ‘रोबोट नागरिक’ सोफिया

सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो । हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ । कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ मसिन बन्यो ।

साउदी सरकारले गत अक्टोवरमा रोबोट सोफियालाई आफ्नो नागरिकता दिएदेखि नै विश्वमा चर्चा चुलिएको थियो। हो त्यही सोफियाले बुधबार यूएनडीपीसहितका साझेदारको आयोजना गर्ने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा मन्तव्य दिने छिन्। यूएनडीपीको ‘इन्नोभेसन च्याम्पियन’ समेत पदवी पाएकी सोफिया कस्ता छिन् भन्ने बारेमा धेरैमा चासो बढेको छ।
सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो। हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ। कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ मसिन बन्यो।

कतिपय मुलुहरुमा मानिसले नागरिकता नपाएर अनागरिक भइ शरणार्थी जीवन बिताइरहेका बेला रोबोटले नागरिकता पायो भनेको सन्दा अचम्म लाग्न सक्ला। तर, यो सत्य हो। महिलाहरुलाई खुल्ला रुपमा हिँड्डुल गर्न बन्देज लगाइएको मुलुक साउदी अरवले सोफियालाई नागरिकता दिएपछि तरंगित नहुने कुरै थिएन।

डिज्नीका पूर्व सर्जक डाक्टर डेभिड ह्यान्सनले निर्माण गरेको यो रोवर्टलाई साउदी सरकारले २५ अक्टोबर २०१७ मा नागरिकता दिएको हो।

सोफिया मानवीय आकृति भएको एक ह्युमोनोइड रोबोट हो। हङकङस्थित ह्यानसन रोबटिक्सले सोफियाको निर्माण गरेको हो। सोफियालाई १९ अप्रिल २०१५ मा अमेरिकाको टेक्सासमा पहिलो पटक विश्व सामू प्रस्तुत गरिएको थियो। सोफिया सन् २०१६ को मध्य मार्चमा सार्वजनिक भई।

सोफियामा आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बुद्धि), भिजुअल डाटा प्रोसेसिङ र फेस रिकग्निेशन प्रयोग गरिएको छ। यसको सहायताले बोल्ने, देख्ने, चिन्ने गर्छे। गुगलको अल्बेट कम्पनीले सोफियाको आवाज (भ्वाइज रिकग्निेसन) को निर्माण गरेको हो।

मानिस जस्तै उसले ६२ भन्दा बढि हाउभाउ देखाउन सक्छे। मानिससँग सिधै साक्षत्कार र प्रश्नहरु गर्न सक्ने खुबी उसमा छ। मानवीय समेवदनासँगै ऊ आफ्नो प्रस्तुति दिन सक्छे। त्यसैले ऊ मानवीय समवेदना भएको विश्वको पहिलो मानव निर्मित रोबोट हो।

सोफियाको आँखामा कप्युटर क्यामेरा जडान गरिएको छ। जसको सहायताले उसले आकृतिहरु पहिचान गर्न सक्छे। गत जनवरीमा उसलाई पुन: विकासित गरेर हिड्न सक्ने बनाइएको छ। सोफिया वार्तालापका लागि पहिलो पटक निर्माण गरिएको कम्पयूटर प्रोगाम ‘एलिजा’सँग मिल्दो जुल्दो छ। यो सफ्टवेयरले लेखेर दिइएका प्रश्नहरुको जवाफ दिन्छ। जसको मद्दतले रोबोटलाई वार्ता गर्ने, शेयर बजारको उत्तर दिनेलगायतको क्षमता वृद्धि गराउन मद्दत पुर्‍याउछ।
डेभिड ह्यान्सले सोफियालाई स्वास्थ्य, थेरापी, शिक्षा, भीड नियन्त्रणलगायतका क्षेत्रहरुमा प्रयोग गर्न सकिने बताउदै आएका छन्। सोफियालाई सामाजिक कार्यहरुका लागि पनि प्रयोग गर्न सकिन्छ।

सोफियाको अनुहार चर्चित ब्रिटिस अभिनेत्री एड्री हेपबर्नको अनुहारसँग मिल्दोजुल्दो छ।
सोफियाको बारेमा १० बिलियन पटक समाचारहरु पढिएको र हेरिएको छ। यो रोबोटले विश्वका उच्च तहका मानिसँग साक्षत्कार गरेको छ। सोफियाले उद्योग तथा व्यापारिक क्षेत्रको बारेमा आफ्ना धारणाहरु सार्वजनिक गरेकी छे।

अन्तर्वार्ताको क्रममा सोफियाले आफू प्राविधिक रुपमा कुनै लैङ्गिक प्राणी नभएको बताएपनि आफूलाई महिलाको रुपमा संसारले चिनेको उल्लेख गरेकी थिई।
साउदी सरकारले सोफियालाई नागरिकता दिएपछि सोफियाको बारेमा थुप्रै टिप्पणीहरु भए। साउदीमा महिलाहरुलाई एक्लै बाहिर हिड्न बन्देज लगाइएको छ। सेफिया भने कुनै पुरुष अभिभावक बिना हिंडिरहको भन्दै उसको नागरिकताको विषयलाई लिएर अलोचना सुरु भएको छ। साउदी सरकारले मुस्लिम समुदायलाई मात्र नागरिकता दिन्छ। यसले सोफियाको धर्म के हो र ऊ किन मुस्लिम समुदायका महिलाहरुले लगाउने हइजाव लगाउदिन भन्ने प्रश्नहरु पनि उठेको छ।

नागरिकता लिएपछि उक्त देशको कानुन र सर्तहरु मान्नुपर्ने आलोचकहरुको भनाइ छ। सोफियाको विषयमा डेभिड हयान्सनले ऊ साउदीको नागरिकको तर्फबाट विश्वमा महिला अधिकारको बारेमा वकालत गर्ने बताएका थिए। डेभिडको प्रतिक्रियालाई ‘न्यूज विक’ पत्रिकाले ‘कुरा नबुझिए’को भन्दै प्रश्नको जवाफ बङ्गाएको आरोप लगाएको थियो।
सोफिया विकासित हुने क्रममा छे। नयाँ सोचका साथ हिजोको भन्दा आज ऊ विकासित हुदैछे। उसमा नयाँ नयाँ प्रयोग गरिंदै ‘अपग्रेड’गरिंदैछ।
प्रकाशित : चैत्र ६, २०७४ १९:२४
https://www.kantipurdaily.com/news/2018/03/20/152155318496627240.html?author=1

अलबिदा हकिङ : विश्वले सधै सम्झिरहनेछ

काठमाडौँ — आधुनिक विज्ञानका ज्ञाता एवं वैज्ञानिक स्टेफन हकिङको बुधबार मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइनका रुपमासमेत लिइन्थ्यो । आफ्नै निवास क्याम्ब्रिजमा ७६ वर्षको उमेरमा हकिङले देह त्याग गरे ।

भौतिक विज्ञानका ज्ञाता स्टेफन हकिङ ब्ल्याक होल, हिस्ट्री अफ टाइम र थेउरी अफ एभ्रिथिङका कारण चर्चित थिए/छन् । विज्ञानका पिता अल्बर्ट आइन्सटाइनले पत्ता लगाउन नसकेका तथ्यहरु उनले पत्ता लगइदिएर सिंगो विश्वलाई आफूतिर ध्यानाकर्षित गरे ।

ब्रह्माण्डको इतिहास, रचना, वर्तमान अवस्था र भविष्य, समयको व्याख्यलगायतको विषयमा उनको खोजलाई विश्वले सधै सम्झिरहनेछ ।

हकिङले पृथ्वीमा जन्मलिइरहँदा दोस्रो विश्व युद्ध थियो । सन् १९४२ को जनवरी ८ तारिखका दिन जन्मिए । न्यूरो सम्बन्धिको रोगका कारण २१ वर्षको उमेरमा प्यारालाइज्ड भए ।

डाक्टरहरुले दुई वर्षसम्म मात्र बाँच्छ भनेर घोषणा गरे, थप ५५ वर्षसम्म बाँचेर देखाइदिए । उनको त्यो ‘बोनस’को जीन्दगीले २१औँ शताब्दीको विज्ञानले ठूलो फड्को मार्‍यो ।

हकिङको जन्म यूकेको क्याब्रिजमा भयो । पीता फ्रयाङ र स्कटिस आमा इजोबेलको एक मात्र छोरा हकिङका दुईजना बहिनीहरु छन् । एक जना धर्मपूत्र दाजु ।

सेन्ट अल्बान्स स्कूलमा पढे, क्याब्रिजबाट ग्रयाजुएशन गरे भने अक्सफोर्डबाट पिजी गरे । सन् १९६६ मा कस्मोलोजी र एप्लाइड म्याथम्याटिक्समा पिएचडी पूरा गरे ।

क्याब्रिजमा १९७९ देखि २००९ सम्म लुकासियन म्याथम्याटिक्सको प्रोफसरका रुपमा काम गरे । सो अवधिमा ३९ जना पिएचडीका विद्यार्थीहरुलाई ‘सुपरभाइज्ड’गरे ।

शरिरका कुनै अंग चल्दैन थियो । न्यूरो सम्बन्धिको रोगले च्यापेपछि आवाज निस्किन छाड्यो । गालाको मांशपेशी मात्र चल्दथ्यो । मसिन स्पिकिङ जेनेरेटिङ डिभाइसको मद्दतले कुरा गर्थे । उनका दुई जना श्रीमती भएपनि कुनैसँग दाम्पत्य जीवन सफल हुन सकेन । सन् १९६५ मा जेन विल्डसँग विवाह गरेपनि १९९५ मा डिर्भोस भयो । दोस्रो श्रीमती इलेनी म्यासोनसँग १९९५ मै विवाह गरेपनि २००६ मा इलेनीले पनि हकिङलाई छाडिन् ।

सन् १९८८ मा हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक प्रकाशित भयो । पुस्तकले विश्वलाई हल्लाइ दियो । १० मिलियन भन्दा बढि पुस्तक विक्री भयो । पत्रपत्रिकाहरुमा दुई सय हप्तासम्म उनको पुस्तकबारे चर्चा/परिचर्चा भए ।

आधुनिक खगोलशास्त्र र आधुनिक भौतिक विज्ञान अध्ययन गर्नका लागि चाहिने जानकारी पुस्तकमा थियो । पुस्तकमा ब्रह्माण्डको शुरुवात, विकास र यसको अन्त्यका बारेमा चर्चा गरिएको थियो । अन्तरीक्ष र समयको बारेमा समेत पुस्तकमा उल्लेख गरिएको थियो ।

हकिङले बिक ब्याङ र ब्ल्याक होलको बारे विश्वलाई जानकारी गराए । ‘ब्ल्याक होल’ सिद्धान्त प्रतिपादन गरे । ‘थेउरी अफ एभ्रिथ्रिङ’ उनको अर्को महत्वपूर्ण खोज थियो ।

भौतिक विज्ञानका सबै सिद्धान्तलाई परिभाषित गर्ने ‘थेउरी अफ एभ्रिथिङ’मा हकिङ सफल बने । उक्त सिद्धान्त अध्ययन गर्ने क्रममा अल्बर्ट आइन्सटाइन भने असफल बनेका थिए । आइन्सटाइन ‘यूनिफाइड थेउरी’मा सफल पाउन सकेका थिएनन् । उनको जीवनमा आधरित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रिथिङ’ भन्ने हलिउड फिल्मको निर्माण भयो । जुन आज पनि चर्चित छ ।

ब्ल्याक होलको बारेमा विश्वका अधिकांश मुलुकहरुमा पढाइ हुन्छ । नेपालमा कक्षा १० को विज्ञान कितावमा पनि यसको बारेमा अध्ययन गर्नुपर्छ ।

ब्ल्याक होलको खोज खगोलीय विज्ञानको महत्वपूर्ण उपलब्धी मानिन्छ । ब्ल्याक होल अति धेरै गुरुत्वाकर्षण भएको क्षेत्र हो । जहाँबाट प्रकाश परावर्तन भएर बाहिर आउन सक्दैन । ब्ल्याक होलमा प्रकाश (फाटोन) प्रवेश गरेपछि बाहिर आउन सक्दैन । उनले यसको पुष्टि पनि गरिदिए । अन्तरीक्षको कुनै एउटा ठाउँमा प्रकाशका किरणहरु बाङ्गिएको थाहा पाएपछि अध्ययन गर्ने क्रममा उनले ब्ल्याक होल भएको पत्ता लगाएका थिए ।

हकिङले ब्रह्माण्डमा समयको शुरुवात सम्बन्धमा समेत व्याख्या गरिदिए । उनले आइन्सटाइनको सापेक्षताको सिद्धान्तलाई अझ व्याख्या गर्दै समय पनि सापेक्ष हुन्छ भन्ने कुरा सिद्धि गरिदिए ।

यस बाहेक हकिङले हकिङस् रेडिएसन, हकिङ फर्मूलाजस्ता सिद्धान्तहरु प्रतिपादन गरे । उनलाई संयुक्त राज्य अमेरिकाले सन् २००९ मा प्रेसिडेन्टल मेडल फर फ्रिडम पुरस्कारबाट सम्मानित गरेको थियो । सन् १९७८ मा अल्बर्ट आइन्सटईन अवार्ड, १९८८ मा वल्फ प्राइज, १९९६ मा अडाम्स् प्राइज, फाण्डमेन्टल फिजिक्स अवार्ड २०१२ पाएका थिए । सन् २०१५ मा उनलाई नलेज अवार्डबाट पुरस्कृत एवं सम्मानित गरिएको थियो ।

उनको जीवनकालमा बीबीसीको १०० ब्रिटोन्समा २५ औँ नम्बरमा समेत अटाउन सफल भए ।

हकिङ संसारबाट बिदा भएर त गए । तर, उनका मानवताको भविष्य सम्बन्धि भविष्यवाणी (सन् २००६), विज्ञान र आदर्श, धर्म सम्बन्धि कुराहरु हाम्रा लागि महत्वपूर्ण रहिरहने छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४