विकासले यसरी ती युवतीको बारेमा चर्चा गर्दै गयो । उसको कथा साथीहरुले सुनिरहेका थिए । नजिकै रहेको अविनाशले भनिहाल्योे–‘कोठामा गएपछि के भयो ? ’
अन्य साथीहरु पनि युवतीको बारेमा जानकारी लिनका लागि इच्छुक थिए । विकासको त्यो कथा कुनै फिल्मभन्दा कमी थिएन ।
विकासले विगत सम्झदै पुनः उसको कथा सुरु ग¥यो,
रुम पुगिसक्दा ४ बजिसकेको थियो । त्यसदिन म जिम पनि गइनँँ । उसैकाेे बारेमा सोचिरहेँँ । फेसबुकमा त्यसरी प्रस्तुत हुने उनलाई पहिलो पटक यस्तो अवस्थामा देख्दा मेरो मन कता कता दुखिरहेको थियो ।
उसको त्यो अवस्थाप्रति ममा माया,दया र घृणा सबै पलाएको थियो ।
उसको हालतलाई देखेर म पनि त उसको समस्यामा सरिक हुनुपथ्र्यो । पहिलो पटक नै सही उसको अवस्थाप्रति प्रति म गम्भीर हुुनुपथ्र्यो । यस्ता विभिन्न प्रश्नहरु मेरा मनमा उब्जिएका थिए ।
उसका फोटोहरु मेरो ग्यालेरीमा सेभ भएका थिए । मलाई उसको नाम थाहा पाउनै पर्ने थियो । त्यसका लागि के गर्ने ? यसको उत्तर थियो च्वाइस क्याफेमा जाने । अर्को दिन जसरी नि क्याफे पुग्छु भनी त्यसदिन त्यतिकै सुतेँ ।
भोलिपल्ट म विहान सवेरै उठेँ । दैनिकी सिध्याएर कलेजतिर गएँ । मेरो कलेज बानेश्वरमा थियो । होटल म्यानेजमेन्टको विद्यार्थी थिएँ ।
उसलाई विहान क्याफेमा पो भेट्छु कि भनेर म क्याफेतिर गएँ । क्याफे विहानै खुलेको थिएन । त्यतिकै फर्केँ । त्यसदिन १५ कलेजपुग्दा पन्ध्र मिनेट ढिला भएको थियो ।
सरहरुले पढाएको कुरा पनि केही बुझिनँ । टिफिनमै घर आएँ । घर आउने क्रममा पुनःक्याफे छिरे । क्याफे भरीभराउ थियो । विभन्न कलेजका विद्यार्थीहरु थिए । कोही चिया÷कफी लिदै गरेका त कोही चु्रोट तान्दै गरेका । क्याफेमा म जानुको उद्देश्य अर्कै थियो ।
म त्यही केटी आएकी छे कि भनेर क्याफे गएको थिएँ । म टिफनमै घर आउनुको कारण पनि ऊ नै थिईँ ।
उसलाई एकपटक देख्दा मेरो मन,मस्तिष्क सबै ऊप्रति केन्द्रीत हुन थासिकेको थियो ।
मनमै एउटै प्रश्न उब्जिरहन्थ्यो ,को थिई ऊ ? उसको नाम के हो ? ऊ किन त्यस्तो हालतमा पुगी ?
क्याफेमा धेरै भिडभाड भएकाले उसको बारेमा दिउँसो जान्नुपरो भनी म सरासर कोठातर्पm लम्किएँ ।
दिउँसो म अघिल्लै दिनको समयमै क्याफे पुगँ । ३ कप कफी लिइसक्दा चार बजिसकेको थियो । अहिलेसम्म उसको कुनै अत्तोपत्तो थिएन । ऊ आएकी थिनँ ।
क्याफेमा ऊ यसअघि पनि आउने गर्थी कि गर्थिन ? यसको बारेमा कुनै जानकारी नै नलिई म उसको आगमनलाई पर्खिरहेको थिएँ । ऊ सधैँ आउने क्याफे पनि नहुन सक्थ्यो ।
यसबारे जान्नका लागि क्याफे सञ्चालकलाई भन्ने आँट आएन । वेटर मेरै उमेरको थियो । कफी मगाएँ । उसलाई युवतीको बारेमा सोध्ने निष्कर्श निकालेँ । युवतीको बारेमा भन्दा वेटरले को हो भनेर ठ्याक्कै ठम्याउन सकेन । अघिल्लो दिनको कुराहरु गरेपछि मात्र उसले थाहा पायो ।
युवतीलाई उसले चिन्न त चिन्यो । तर नाम थाहा रहेनछ । क्याफेमा ऊ पनि आउने गरेको कुरा उसले बतायो । प्रायःकलेजको ब्रेकमा ऊ आउने गरेको वेटेरले बतायो । तर,त्यसदिन युवती नआएको उसले बतायो ।
वेटर मार्पmत ऊ पढ्ने कलेजको जानकारी लिएँ । बानेश्वरकै केएमके कलेज पढ्ने गरेको उसले बतायो ।
म कान्तिपुर इन्टरनशनल कलेजको विद्यार्थी थिएँ । उनीसँगको भेटमा कलेजबारे भन्नुपर्दा ‘केआइके’ कलेज भन्ने सोचेको थिएँ । उसको नाम नै नथाहापाइकन मैले भेट्ने कुरा सम्झिएछु ।
त्यसदिन क्याफेमा ६ कप कफी लिएछु । जीवनमै यतिधेरै कफी कल्यिै लिएको थिइनँ । उसका लागि ६ कप कफी त के म ६ बोतल बियर पनि लिन सक्थेँ । कुनै अपसोच भएन । त्यसदिन मेरो क्याफेमै बित्यो ।
भोलिपल्ट म पुनःकलेजको ब्रेकमा क्याफेमा दौडिदै आइपुगेँ । तर,ऊ आएकी थिनँ । यसरी हप्तादिनसम्म म कलेजको ब्रेकमा उसलाई हेर्नका लागि भनी आएँ । तर ऊ आइँन । मेरो पढाइ र हाजिरी पनि छुट्थ्यो । कुनै प्रवाह नगरी उसलाई हेर्न चाहेको थिएँ ।
१० दिनपछि मैले उसलाई क्याफेमा देखेँ । त्यसपछि……….