अमेरिकको स्पेस एक्स नामक संस्थाले केही साताअघि विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘फाल्टोन’ मंगल ग्रहका लागि पठायो । हाम्रो जस्तो अविकासित मुलुकहरुका लागि रकेट एउटा सपना हो । समृद्धिको पाइला मुलुक अघि बढेमा नेपालको रकेट सपना पक्कै पुरा होला ।
रकेट भन्ने बित्तिकै सबैलाई चासो हुन्छ। आखिर रकेट के हो र यसको प्रयोग किन गरिन्छ यस्ता प्रश्नले बेलाबेला हाम्रो मनमस्तिष्कले सोचिरहन्छ। सामन्यता रकेट भन्नले हामी अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई बुझ्ने गरेका छौँ ।

उच्च दबाब परेपछि रकेट इन्जिनले सामान्यतय: उच्च चापमा वायवीय ग्याँस फ्याँक्छ। इन्जिनमा हुने प्रज्जवलनशील इन्धन र अक्सिडाइजरबीच रसायानिक प्रतिक्रिया भएपछि वायवीय ग्यास‘एक्जहस्ट ग्याँस’ निस्कन्छ। ईन्जिनले वायवीय ग्याँस फ्याँकेपछि अर्को दिशामा रकेटले प्रतिक्रिया गति प्राप्त गर्छ।
रकेट इन्जिनमा एक किलोग्राम इन्धन दोहन हुँदा रकेटको नोजलबाट उच्च तापक्रम र गतिमा एकै किलोग्राम बराबरको ग्यास उत्सर्जन हुन्छ। इन्धनको स्वरुपमा परिवर्तन भएपनि मात्रामा कुनै परिवर्तन आउँदैन। इन्धनको दोहनले वायुवीय ग्याँसलाई गति प्रदान गर्छ। यसरी रकेटले शक्ति प्रदान गर्छ। पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४० हजार कि.मि. प्रतिघण्टाको दरले उड्नुपर्छ। रकेटहरू खण्डखण्डमा निर्माण गरिएको हुन्छ। सामान्यतय रकेटमा ३ खण्डहरू हुन्छन्। प्रत्येक खण्ड काम पूरा भइसकेपछि खस्ने गर्छन्। इन्धन बोक्नका लागि यस्ता खण्डहरुको निर्माण गरिएको हो।
पृथ्वीमा सर्वप्रथम आतिशवाजीको रुपमा चिनियाँहरुले एक हजार बर्षअघि रकेट बनाएको इतिहास छ। गनपाउडरले चल्ने त्यस्ता रकेटहरुलाई टोकरीमा राखेर पड्काइन्थ्यो। २०औँ शताब्दीतिर अमेरिकामा पहिलो पटक इन्धनबाट चल्ने रकेटको निर्माण गरियो। सन् १९२६ मा अमेरिकी नागरिक रोर्बट गोडार्डले ३.५ मिटर लामो रकेट उडाए। यान दुईतले घरको उचाई बराबर मात्र उड्यो। २.५ सेकेन्ड अवधिमा यान ५६ मिटर पर पुगेर झर्यो।
रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो। उपग्रह र अन्तरिक्षयान प्रक्षेपण गर्न रकेटको आवश्यक पर्छ। अन्तरिक्षमा भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्याइन्छ ।