मौसमविद्समेत रहेका इसिमोडका सिनियर क्लाइमेट चेन्ज स्पेसलिस्ट अरुणभक्त श्रेष्ठले भने, ‘जलवायु परिवर्तनको प्रत्यक्ष असर मनसुनी वर्षामा देखिन्छ । सन् २०५० सम्मको अवधिलाई हेर्दा ठूलो जलाशय क्षेत्रमा खासै ठूलो परिवर्तन नदेखिए पनि साना जलाधार क्षेत्रमा यसले प्रत्यक्ष प्रभाव राख्छ । यसले मनसुनी वर्षाको वृद्धि गराउनुका साथै खडेरीसमेत देखिन्छ । तापक्रम वृद्धि हुँदा यस क्षेत्रका हिमताल बढ्ने र फुट्ने सम्भावना बढ्छ । यसको प्रत्यक्ष असर जलविद्युत्, कृषिलगायतको क्षेत्रमा देखापर्छ ।’
शून्य दशमलव २ प्रतिशतले तापक्रम वृद्धि

हिमालयको वैज्ञानिक अनुसन्धानमा छलाङ
के हो हिन्दुकुश ?
अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरी ८ देशमा यो पर्वत शृङ्खला फैलिएको छ । संसारको १० ठूला नदी प्रणालीको उद्गमस्थल यही हो । पर्वत शृङ्खलामा झन्डै २५ करोड मानिसको बसोबास छ । पर्वत शृङ्खलामुनि संसारका १ अर्ब ९० करोड मानिस बसोबास गर्छन् । उनीहरूको जीविकोपार्जन यहाँबाट निस्किएको पानीमा निर्भर छ । पृथ्वीको दुई ध्रुवपछि संसारको सबैभन्दा बढी हिउँ यस क्षेत्रमा रहेकाले यसलाई ‘थर्ड पोल’ पनि भनिन्छ ।