अपराधिक गतिविधिमा उर्लाबारीका सडक बालबालिकाहरु !

पारिबारीक बन्धनमा नबाँधिनु र परिवारबाट माया नपाएका कारण यिनीहरु सडकमा भौतिकारिएका छन् |

गोविन्द पोखरेल, उर्लाबारी

चार वर्ष अघि उर्लाबारीमा हत्या गरी ट्यांकीमा फ्याकिएको एक बालक फेरा प¥यो । प्रहरीले अनुसन्धान गर्दा बालक हत्यामा सडक जीवन व्यतित गर्दै हिड्ने ‘काली’नाम गरेकी बालिका र अर्का एक जना व्यक्ति दोषी देखिए ।

तीन महिना अघि उर्लाबारीमा सडके जीवन व्यतित गरिरहेकी एक जना महिलालाई यहाँका सडक बालकहरुले सामूहिक रुपमा बलात्कार गरे । घटना त्यतिकै सेलायो । बलात्कृत ती महिलाको अत्तोपत्तो छैन । उर्लाबारीका सडक बालकहरुले सामूहिक रुपमा ती महिलालाई उर्लाबारीको मुख्य चोकमा बलात्कार गरेको स्वीकार्दै आएका छन् ।

उर्लाबारीको पूर्व बस स्टेण्डमा एक दर्जनभन्दा बढि बालकहरु सार्वजनिक यातायातमा पैसा माग्छन् । पैसा माग्नका लागि अनेक उपायहरु रोज्छन् । बुवा/आमा नभएको पर्चा हातमा बोकेर यात्रुको अगाडि बोल्न नसक्ने अभिनय गर्दै पैसा माग्छन् । पैसाका लागि उनीहरुको यात्रको खुट्टा समेत ढोग्ने गर्छन् । संकलित रकम उनीहरु ‘डेन्ड्राइट’किन्नमा खरिद गर्छन् । विभिन्न हार्डवेयर पसलहरुबाट खरिद गरी ल्याएको उक्त डेन्ड्राइट नशाको रुपमा लिन्छन् । दिनभर उनीहरु डेन्ड्राइडको नशामा बस्छन् । अनि साँझ परेपछि विभिन्न पसलहरुमा उनीहरु ‘चोरी’गर्छन् । कहिले नगद त कहिले खानेकुरा पसलहरुबाट चोर्ने गरेका छन् । साँझमा उर्लाबारीको पूर्व बसस्टेण्डको उत्तरमा रहेका ‘छाप्रा’पछाडि सुत्छन् । यसरी उनीहरुको दैनिकी बितिरहेको छ ।

उर्लाबारीका सडक बालबालिकाहरु ।

नगर आसपासमा हुने छिटफुटका चोरीका घटनाहरुमा उनीहरुको संलग्नता हुने गरेको छ । कहिले माछा पसलमा त कहिले करिना पसलमा उनीहरुको संलग्नता हुने गरेको देखिएको छ । कतिपयलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई ‘सम्झाउदै’छाडेको छ ।

सडक बालकहरुको यस्ता हर्कतले बेला बेला उर्लाबारी झस्कने गरेको छ । कतिसम्म उनीहरु कोही नभएको घरमा पसेर सबै सोरपटार गर्नमा समेत खप्पिस भइसकेका छन् । जुन कुरा उनीहरु स्वयंम खुलासा गर्छन् । कतिपय सडक बालकहरुले कुटाई खाएर घाइते पनि भएका छन् ।

उर्लाबारीमा सडक बालकहरुको संख्या १७ जना छन् । सरोकारवाला संस्थाहरुलाई समेत सडक बालकहरुको याकिन संख्या भन्न सक्दैनन् ।
प्रायःजसो सडक बालकहरको आफ्नै घर भए पनि उनीहरु सडकमै रमाउने गरेका छन् । पारिवारिक कारणले उनीहरुलाई घरबाट विस्थापित गराइएको त कोही बुवा जेलमा र आमा अर्कै केटासँग विवाह गरेर गएपछि एक्लै भएकाले सडकमा पुगेका हुन् ।

सडक बालबालिकाको यो समस्याले उर्लाबारीमा अपराधिक गतिविधि बढाउन सक्ने सम्भावना धेरै रहेको स्थानीय अम्बिका खतिवडा बताँउछन् ।

सडक बालबालिकाहरुलाई अहिले नै व्यवस्थापन नगरिए चुनौती आउन सक्ने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा बताँउछन् ।

आइतबार पुनःस्थापनका लागि काठ्माडौँ जानुअघि तस्विर खिचाउदै सडक बालकहरु ।

सडक बालबालिकाका सारथीः

उर्लाबारी–७ का खेमराज पुरी पूर्व सडक बालक हुन् । राजधानीको एक सामाजिक संस्थाले उनलाई उद्धार गरेपछि उनले नयाँ जीवन पाए । सोही संस्थाको सहयोगमा उनले अष्ट्रेलियामा गएर आफ्नो ग्रायाजुऐशन सके ।

तिनै पुरी यतिबेला राजधानीमा सडक बालबालिकहरुलाई पुनस्थापना गर्नका लागि भनेर एउटा संस्था सञ्चालनमा ल्याएका छन् । दुई वर्षअभि उनले द ट्वीनअटर फाउण्डेशन नामक संस्था सञ्चालनमा ल्याई सडक बालबालिकाहरुलाई पुनःस्थापना गराउने प्रयासमा जुटेका छन् ।उर्लाबारीमा आउदा प्रत्येक वर्ष उनले चारजना सडक बालबालिकालाई पुनःस्थापना गराउने हेतुले राजधानी लैजाने गरेका छन् । सोमबार उनले उर्लाबारीका ७ जना सडक बालकहरुलाई उनले पुनःस्थापनका लागि राजधानी लगेका छन् ।

उर्लाबारी पश्चिम बसस्टेण्डमा कागज देखाएर पैसा माग्दै एक सडक बालक ।

‘उनीहरुलाई पारिवारिक समबन्ध गाँस्दै माया दिन सके सामाजिक पाटोमा डो¥याउन सकिन्छ । ’ पुरी भन्छन्–‘परिबारीक बन्धनमा नबाँधिनु र परिवारबाट माया नपाएका कारण यिनीहरु सडकमा भौतिकारिएका हन् । सडक बालकहरुलाई पैसा नदिन उनले आग्रह गरेका छन् । पैसाको सट्टामा खानेकुरा दिन उनले सुझाव दिए । खानेकुरा दिदाँ पनि उनीहरुलाई प्याकेट खोलेर दिन उनले आग्रह गरे ।

यसैबीच उर्लाबारी नगर क्षेत्रका सडक बालबालिकाहरुलाई व्यस्थापनका लागि नगरपालिकाका मेयर खड्ग फागोले आप्mनो व्यक्तिगत खर्च कटौती गरेर सहयोग गरेका छन् । फागोले नगर क्षेत्रका ७ जना सडक बालबालिकाहरुलाई राजधानीमामा पुनःस्थापनका गराउनका लागि फागोले एउटा निजी गाडि रिजर्भ गरेर उनीहरुलाई लत्ता कपडा समेत किनिदएका छन् । चालू आर्थिक वर्षमा सडक बालबालिका व्यवस्थापनका लागि नगरसभाले कुनै निर्णय गर्न नसक्दा फागोले आप्mनो व्यक्तिगत खर्चमा उनीहरुको व्यवस्थापनका लागि सहयोग गरेका हुन् । यसअघि पनि फागोले सडक बालबालिकाहरुलाई लत्ता कपडा तथा भोजन गराउदै आएका छन् ।

पुशमा बस्ने नगर सभाबाट सडक बालबालिकाहरुलाई व्यवस्थापनका लागि नगरपालिकाले विशेष योजना लिएर अगाडि बढ्ने मेयर फागोले प्रतिबद्धता जनाएका छन् । डेन्ड्राइटको नशा लिएर अपराधिक गतिविधिमा संलग्न हुन सक्ने जनाउदै मेयर फागोले नगर क्षेत्रका हार्डवेयर पसलहरुलाई सडक बालबालिकाहरुलाई डेन्ड्राइट नबेच्न समेत आग्रह गरे ।

About author View all posts Author website

Gobinda Pokharel