को थिई ऊ ? भाग-१ (कथा)

 

….मलाई न उनको नाम न त कुनै ठेगाना नै थाहा थियो । उनलाई पुन,त्यही फेसबुक ग्रुपमा भेट्नेछु । फेसबुकमा टाइटलमा नाम राखेकी थिइन् । उनले ग्रुपमा पोष्ट गरेको हरेक कुराहरुले मन छुन्थ्यो । उनले पोष्ट गरेका कुराहरु मनमा खेलाइरहन्थ्यो । उनका ती हृदयस्पर्शी पोष्टहररुको झझल्को आइरह्न्थ्यो ।

ग्रुपको नोटिफिकेशन इनेबल गरेको थिएँ । ताकी उनले पोष्ट गरेका कुराहरू थाहा पाऊँ । उनले पोष्ट गरेकी स्टाटसहरुबाट म एक प्रकारले ‘फिदा’ नै भइसकेको थिएँ । दिनहरु यसरी नै बित्दै थिए ।

ग्रुपमा उनका पोष्टहरु नआएको पनि हप्ता बितिसकेको थियो । नवौँ दिनमा उनी कमेडियन स्टाटस सहित ग्रुपमा पुनरागमन गरिन् । उनको पोष्ट सुहाउँदो एउटा सिल्ली कमेन्ट गरिदिए“ ।

कमेन्ट लाइक गरिदिइन् ण। खुसीको सिमा रहेन । कमेन्टमा उनको रिप्लाई नि आयो । फेसबुक एमोक्सनबाट हामीले कमेन्टमा रिप्लाई भयो । त्यो ग्रुपमा हामी एकअर्काबीच यसरी जोडियौँँ  कि उसको पोष्टमा म र मेरो पोष्टमा उनी कमेन्ट गर्ने अनि त्यही बोल्ने तथा जिस्कने क्रम बढ्न थाल्यो ।

ग्रुपबाट हामी दुवैको घनिष्टता बढ्दै गयो । दैनिक १० वटासम्म कमेडियन स्टाटसहरु पोष्ट हुन थाल्यो । यति हुँदासम्म हामी दुवै फेसबुकमा जोडिएका थिएनौँ ।

यही दौरानका बीच उनको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । उनकै प्रोफाइल पिक्चर भएको फोटो थियो उनको प्रोफाइलमा । उनको नाम त्यत्रो दिनसम्म पनि थाहा थिएन । ‘उनले मलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी’ खुसीको कुनै सिमा नै रहेन । एटिटियुट देखाएर उनको त्यो रिक्वेस्टलाईलाई पेन्डिङमा राखिदिए ।

प्रोफाइल पब्लिक भएकाले मेरा हरेक पोष्टहरु अरुले हेर्न र पढ्न पाउथेँँ  । फ्रेण्ड रिक्वेस्ट एसेप्ट नगरेपनि मेरा पोष्ट तथा स्टाटसहरुमा उनका लाइक त कमेन्टहरु आउन थालिसकेका थिए । फ्रेण्ड रिक्वेस्ट एसेप्ट नगरेर होला त्यो ग्रुपमा हामी दुवैको कमेन्ट पातलिन थाल्न थाल्यो ।

मनमा अनेकौँ कुराहरु खेल्न थाले । र,उनलाई फेसबुमा साथी बनाउने निधो भयो । अनि रिक्वेस्ट एसेप्ट गरे । यतिका दिनबितिसक्दा पनि उनको वास्तविक नाम र ठेगाना थाहा पाएको थिन“ । कारण फेसबुकमा उनले टाइटल नाम राखेकी थिइन् ।

उनको म्यासेज आयो । ‘वाइ आर यू लेट ’ भनेर प्रतिउत्तरमा मैले ‘वाट अवाउट ’ भनेर पठाएँ । उनले ‘वाइ डीड यू डू लेट इन एसेप्टिङ माइन फ्रेण्ड रिक्वेस्ट ’ नजानिदो पारामा मैले थपे,‘ टुडे आइ सी योर रिक्वेस्ट’ । उताबाट ‘सो यू समटाइम सी द फ्रेण्ड रिक्वेस्ट इन फेसबुक’ भनेर म्यासेज आयो । यसरी हामी दुवै फेसबुकमा कनेक्टट भयौँ ।
00000000000

भोलिपल्ट सेवेरै उनको ‘हेल्लो’ भनेर मेरो म्यासेज आएको रहेछ । ‘हाई’ लेखेर रिप्ले दिएँ । नृत्यकर्म सकेर पत्रिका पढ्न थाले । उनले डाइरेक्ट ‘तपाई उर्लाबारीको होइन’ भनेर सोधिन । म्यासेजलाई रिप्ले गर्दै ‘हो त ’ भनेर जवाफ फर्काएँँ  । म्यासेज गर्दा प्रश्न,विस्मयादिकबोधका र फुलस्टप चिन्हको प्रयोग गर्ने भएकाले उनलाई पनि गरेँ । उनको जवाफ आउँछ भनेर केही समय फर्किएँ । तर उनी ‘अफलाइन’ भइसकेकी थिइन् ।

फेसबुकमा उसका फोटाहरु त थिएँ । हसिलो चेहरामा कालो क्याप लगाएर हिमालको काखमा खिचिएको फाटो अाफ्नाे प्रोफाइल पिक्चरमा उसले.राखेकी थिई । फोटाहरु त थिए तर नाम र ठेगाना उल्लेख भएको थिएन । उसको बारेमा सोच्न थालेँ । उसका र मेरो १३ जना म्यूचल फ्रेण्ड थिए । उसकाे बारेमा जान्न इच्छुकता झनै बढ्न थाले ।

फेसबुक ग्रुपमा भेटिएकी कुनै एक अपरिचित युवतीको त्यो प्रश्नले साेच मग्न बनायाे ।

बानेश्वरको ‘द च्वाइस क्याफे’ मा कफी लिने दैनिकी जस्तै भएको थियो ।

एक दिन उसलाई कलेजेको पोशाकमा क्याफेमा देखेँ । उसलाई नदेखे झैँ गरेँ । उसका गतिविधि नियाल्न मन लाग्यो । म एउटा कुनामा बसे । ऊ अर्को कुनामा थिई । चुरोटको धुवाँ लिदै लामो सास फेरी । एस्ट्रेमा चुरोट राख्दै कसैसँग फोनमा कुरा गरिरहेकी थिई । घरी फोनमा रिसाए जसरी बोल्थी त घरी टाउकोमा हात राखेर कुनै कुरामा पश्चताप गरे झैँ देखिन्थी ।

फेसबुकमा देखिएजस्तो उसको चेहरामा मुस्कान थिएन । हाउभाउले ऊ तनावमा भएको प्रष्ट देखिन्थ्यो । कलेजको पोशाकमा त्यसरी धुवाँ तान्न उसले कसरी सकेकी होला भन्दै मेरो मनमा कुराहरु खेल्न थाले ।

उसका साथीहरुले उसलाई लिन आएका थिए । साथीहरुले केही भनिरहेका थिए । सम्झाउदै थिए हाेलान् सायद । चुरोटको ठूटो नसकुञ्जेल उसका साथीहरु उसँगै बसे । त्यसपछि उनीहरु क्याफेबाट निस्के ।

फेसबुकमा मात्र देखेकाे केटीलाई पहिलाे पटक यस्तो हालतमा देख्दा मेरो मन एक हिसाबले कुडियाे पनि । उसका बारेमा जान्ने उत्सुक्ता बढ्न थाल्याे ।

ग्रुपमा सधै कमेडियन स्टाटसहरु पोष्ट गर्ने युवती कसरी यो अवस्थामा पुगी ? मेरो बारेमा जानकारी थाहा पाउने अनि मेरो प्रतिउत्तर नदिई अफलाइन भएकी ऊ को होली ? यस्तै यस्तै प्रश्नहरु मनमा उब्जिन थाले ।

क्याफेबाट म सिधै रुममा गएँ । त्यसपछि..

About author View all posts Author website

Gobinda Pokharel