Welcome to Gobinda Prasad Pokharel’s Personal Blog

Gobinda Pokharel is Nepal based researcher, educator, translator, and science writer with a keen interest in Climate Change, Wetland, ecology, biodiversity, water resources, space exploration, science policy, and health. He holds MSc in Environmental Science from Tribhuvan University. Previously, he looked after the science and environment bureau at Kantipur National Daily for over five years. Actively participating in various climate and conservation research projects, he has been honored with numerous National Science Awards from esteemed institutions including the Ministry for Education, Science and Technology, Nepal Academy of Science and Technology (NAST), and the Department of Environment of Nepal.

गन्तव्य गोदावरी 

प्रकृति

केही वनस्पतिहरू यस्ता हुन्छन् जो एक ठाउँबाहेक अन्य कहीं पाइँदैन । यी दुर्लभ वनस्पतिको संरक्षण अति आवश्यक हुन्छ । ‘साल्भिया’ प्रजातिको बिरुवा मनाङ–मुस्ताङमा मात्रै पाइन्छ । ‘मालोटस बाइकार्पेलेटस’, ‘हाइपेरिकम कोर्डिफोलियम’ नेपालमा मात्रै पाइन्छन् ।

Read More

तिहार अर्थात् प्रकृतिपूजा

हिन्दु धर्मावलम्बीका धेरैजसो चाडबाड विज्ञान र प्रकृतिसँग जोडिएका छन् । यो बेला सयपत्री र मखमली फूल जताततै ढकमक्क फुलेको छ । गाउँघर रमणीय बनेको छ । यी फूलले उज्यालो चाडको झल्को दिइसकेको छ ।

तिहारमा पूजा गरिने काग, कुकुर, गाई, गोरुको साइनो पनि प्रकृतिसँगै छ । तिहारमा पूजा गरिने यी पशुपन्छीको महत्त्व आफैंमा विशिष्ट छ । चराविद् हेमसागर बरालका बुझाइमा, ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो ।’

Read More

संसारबाट यसरी लोप भए डाइनोसर, यसरी उत्पति भयो मानिस

करिब साढे १४ करोड वर्षसम्म पृथ्वीमा राज गरेका डाइनेसोरहरु एकाएक कसरी लोप भए ? जल, जमिन, जंगल जताततै पाइने डाइनेसार लोप हुनुपर्ने कारण के थियो? पृथ्वीमा के त्यस्तो घटना भयो जसका कारण डाइनसोरको नामोनिशान नै मेटियो ?

Read More

‘म फेसबुके’ (व्यङ्ग्य)

‘चन्द्रागिरी अवस्था, कफी खाएको अवस्था, हाइकिङ जादै गरेको अवस्था, घर आएको अवस्था,पास भएको अवस्था’आदि इत्यादि ! के भयो कुन्नी केही गर्ने बित्तिकै फेसबुकमा ‘…. अवस्था’ लेखेर् फेसबुकमा पोष्ट गर्न मनलाग्छ ।

Read More

प्रकृतिको पाठशाला

नेपालमा पाइने जीव तथा वनस्पतिहरू एकै ठाउँमा अध्ययन गर्न चाहनेका लागि प्राकृतिक विज्ञान संग्राहलय एक महत्त्वपूर्ण पाठशाला बनिसकेको छ । संग्रहालयमा जीव, वनस्पति, फोसिल्सका असंख्य नमुना राखिएका छन् । हिमाली भेगमा पाइने डाँफे चरो, दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे), चरी बाघलगायतका ‘दुर्लभ’ प्रजाति नमुनालाई संग्रहालयमा राखिएको छ ।

Read More

शंखेकिरा : ज्यानमारा जीव

हिजोआज ‘जेइन्ट अफ्रिकन स्नेल’ नामक शंखेकिरा करेसाबारी, फूलबारी, जथाभावी देख्न सकिन्छ । हेर्दा सानो, ढिलो हिँड्ने यो जीव निकै खतरनाक छ । यसले कृषिमा मात्र नभएर वातावरणीय र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ ।
बहिरी भाग डब्बाजस्तो, चारवटा टेन्टाकल, टेन्टाकालको टुप्पोमा आँखा अनि लमकलमक गर्दै हिँड्ने शंखेकिरा जैविक विविधता, मानव स्वास्थ्य र कृषकको शत्रु बन्दै गइरहेको छ । छुन खोज्दा खबटाभित्र शरीर लुकाउने यो जीव तराई तथा मध्यपहाडी क्षेत्रमा व्यापक रूपमा पाउन थालिएको छ । पूर्वी अफ्रिकाको रैथाने यो जीव नेपालको होइन । भारतको कलकत्ता हुँदै पूर्वी नेपालको तराई आएको मानिने यो जीव मुलुकका सबैजसो भूभागमा फैलिसकेको जीव विज्ञानका ज्ञाता भरत सुब्बाले बताए ।

Read More

किन आवश्यक छ हात्ती संरक्षण ?

आज विश्व हात्ती दिवस । हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो । क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस मनाउन सुरु गरिएको हो। वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने विश्वका ६० भन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदै आएका छन्।

Read More

दुईवटा विषालू गोमन सर्पलाई यसरी नियन्त्रणमा लिए प्रेम विष्टले [फोटो फिचर]

उर्लाबारी,मोरङ — विषालू सर्पहरुलाई समातेर चर्चा कमाएका प्रेम विष्ट पछिल्लो समय सर्प सम्बन्धि जनचेतना फैलाउने काममा सक्रिय छन् । मोरङ्को विराटनगर निवासी विष्टले गत साता उर्लाबारीस्थित सेक्टर वन कार्यालय म‌ंगलबारेमा विषालू सर्प सम्बन्धि जानकारी दिदै थिए ।

विष्टले ७ महिनाअघि नियन्त्रणमा लिएका दुई वटा गोमन सर्पको रेखदेख गरिरहेका छन् । नाग पञ्चमीमा जीवित सर्पको पुजा गर्ने अवसर जुटाइ दिनका लागि विष्टले यी सर्प यतिका दिनसम्म राखेका हुन् ।

 

दुई हप्ता अगाडि उद्धार गरेर दुई वटा धामन सर्प राखेका छन् । यी सर्पहरु नाग पञ्चमी पछि जंगलमा छाड्ने तयारी गरिरहेका छन् ।

सर्पका साथी

गत शुक्रबार बिहान मात्रै मोरङ, उर्लाबारीको सेक्टर वन कार्यालय परिसरमा भेटिए प्रेम विष्ट । सामुमा थिए— दुई गोमन सर्प । कार्यालयका कर्मचारीलाई सर्पबारे ‘ब्रिफिङ’ दिनमा व्यस्त देखिन्थे प्रेम ।

यी दुवै सर्प प्रेमसँग बितेको ६ महिनादेखि साथै छन् । झन्डै मार्न लागिएका यी सर्पलाई उर्लाबारीको झारसाँदी र मंगलबारेबाट उद्धार गरेर प्रेम आफैंले ल्याएका थिए । साउन पहिलो साता मात्रै पनि प्रेमले मंगलबारे चोकबाट दुई धामनको उद्धार गरेर साथमा राखेका छन् ।

यो त हालैका महिनाको गतिविधि भयो । यो महिना मात्रै उनले १७ वटा सर्पलाई मारिनुबाट जोगाएका छन् । अघिल्लो वर्ष प्रेमले ३७ वटा सर्पलाई मारिनुबाट जोगाए । उनी सर्पलाई केही महिना आफूसँगै राखेर जंगलमा लगेर छाडिदिन्छन् ।

विषालु सर्पलाई ६/७ महिनासम्म साथै राख्छन् । यसका लागि जाली लगाइएको एउटा बाकस बनाएका छन् । ‘सर्पले एकपटक खाएपछि केही दिनसम्म पुग्ने भएकाले सर्पलाई आहारा ख्वाइरहनुपर्दैन,’ प्रेम भन्छन्, ‘आहाराका लागि भने कार्यालय परिसरमै छाडिदिन्छु । आफूले नोटिस (रुँगालुझैं) गरिरहने भएकाले सर्प भाग्न पाउँदैनन् ।’आहाराका लागि विष्टले यदाकदा सर्पलाई जिउँदो भ्यागुता दिने गरेका छन् ।

यी सर्पप्रेमी विष्ट नेपाल प्रहरीका पूर्व प्रहरी हवल्दार हुन् । हाल उनी जिल्ला वन कार्यालय, मोरङअन्तर्गत सेक्टर वन कार्यालय मंगलबारेमा सशस्त्र वनरक्षक रूपमा कार्यरत छन् ।

वनरक्षकसँगै उनी सर्पसम्बन्धी जनचेतना फैलाउने काममा स्वेच्छामा लागिपरेका छन् । वन कार्यालय अवलोकन भ्रमणमा आउने विद्यार्थीलाई दिनुपर्ने सूचना होस् अथवा गाउँघर चहारेर दिनुपर्ने ‘सर्पज्ञान’ होस्— प्रेम कहींकतै पनि पछि सर्दैनन् ।

भोजपुरमा जन्मिएका विष्ट सर्पसँगै सानैदेखि नजिकिने गर्थे । सर्पसँग भय होइन, उनी प्रेम राख्थे । प्रेमले ९ वर्षको उमेरदेखि सर्प समात्न थालेका हुन् । २१ वर्षसम्म उनी नेपाल प्रहरीमा सेवारत रहे ।

प्रहरीमा छँदा तीन हजारभन्दा बढी गोमन/करेट सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेका ४७ वर्षे प्रेम ३ बर्षयता वन कार्यालयसम्बद्ध छन् । यो पूर्वी भेगमा कुनै ठाउँमा सर्प देखियो भने विष्टलाई फोन आइहाल्छ ।

प्रेमले भने ‘प्रकृतिको सम्पत्ति प्रकृतिकै हुने’ भन्ठानेर समातेका सर्प कोसीटप्पु वन्यजन्तु आरक्षणलगायतका जंगल क्षेत्रमा छाड्ने गरेका छन् ।

प्रेमले प्रत्यक्ष रूपमा र हाकाहाकी सर्प समातेको देख्दा वन कार्यालयका कर्मचारीहरू छक्क पर्छन् ।

कार्यालय प्रमुख तारणीप्रसाद चौधरी भन्छन्, ‘सुरुसुरुमा प्रेमले विषालू सर्पलाई खेलाएको देख्दा आङ जिरिङ्ङ हुन्थ्यो । प्रेमकै कारण अहिले हामी सबै सर्प संरक्षण अभियानमा सँगै छौँ ।’

प्रेमका अनुसार, नेपालमा ८२ प्रजातिका सर्प पाइन्छन् । कमन गोब्रा, नाजा गोब्रा र किङ कोब्रा गरी नेपालमा ३ प्रजातिका गोमन पाउने उनले बताए । हालै उद्धार गरिएका गोमन भने नाजा प्रजातिका हुन् ।

सर्पको आनीबानी बुझ्ने हो भने सर्पले कुनै बिगार नगर्ने विष्टले बताए । ‘सर्पलाई चलाउनुहुँदैन,’ उनी भन्छन्, ‘सर्पलाई अवरोध पुर्‍याउने अथवा उसको बासस्थान विनाश गरिदिएमा भने ऊ डस्न आउने हो । ’

अधिकांश मानिस सर्पले डस्नेबित्तिकै आत्तिन्छन्, त्यही भएर आत्तिएरै मर्नेको संख्या बढी भएको विष्टले दाबी गरे । आफूलाई पनि २०७१ साउन १५ गते सिन्धुली, जितपुरमा विषालु सर्पले टोकेको स्मरण गर्दै उनले सुनाए, ‘सर्पले हातमा टोक्दा म आत्तिइनँ, बरु बोलिरहें । अचेत अवस्थामा पुग्नुअघिसम्म पनि कुराकानी गरिरहें । सर्पको टोकाइबाट मरिन्छ भन्ने सोचाइ नल्याएकै कारण म बाँचेको थिएँ ।’

सर्पको टोकोइबाट बच्नका लागि ‘एन्टि–स्नेक भेनम’ आवश्यक पर्छ । यो भेनम विषालू सर्पबाटै निकालिन्छ । यो औषधि नेपालमा पाइँदैन, भारतबाट अनुदानमा ल्याइने गरिएको छ ।

भारतमा सर्पको संख्या कम भएकाले नेपालबाट सर्पको तस्करी हुने गरेको विष्टको दाबी छ । बिशेषगरी भारतीय सपेराहरू नेपाल आएर सर्प नचाउने बहानामा भारततर्फ सर्प तस्करी गर्ने गरेको विष्टले बताए ।

नेपालमा पनि एन्टी–स्नेक भेनम उत्पादनका लागि सुनसरीको बराह क्षेत्र नगरपालिकामा सरकारले स्वीकृति दिइसकेको छ ।

तर, वन मन्त्रालयले सर्पसम्बन्धी नियमावली तयारी गर्नमा ढिलाइ गरेकाले सर्पको संकलन, प्रजनन र पालनका लागि समस्या उब्जिएको उनले जानकारी दिए । प्रेमको एउटै चाहना छ— सर्पको टोकाइबाट औषधोपचार नपाएर कोही नेपाली नमरुन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९

Published in Kantipur Koseli
https://www.kantipurdaily.com/koseli/2018/08/04/153335609438912.html?author=1

सिमसारको सहर [फोटो फिचरसहित]

एक वर्षयता मोरङको उर्लाबारी मुलुकमा विभिन्न कारणले चर्चामा रहदै आएको छ । मिस नेपाल २०१७ की विजेता निकिता चाण्डक र नेपाल आइडलका रनर अप निशान भट्टराईको गृह नगरका कारण उर्लाबारीमा चिनियो । त्यसको केही महिना नबित्दै चर्चित ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरण उर्लाबारीसँगै जोडियो ।

जिल्लाको दोस्रो ठूलो सहर उर्लाबारी सम्भवतः मुलुकमै पहिलो पटक सिमसारको सहर भनेर घोषणा गरिएको सहर हो। सरकारको एक नगर एक पहिचान अन्तर्गत उर्लाबारीलाई सिमसारको सहर भनेर घोषणा गरियो।

प्रधानमन्त्री केपी ओलाको ‘छिमेकी सहर’ उर्लाबारी जैविक विविधतामा धनी भएको सहर हो। क्षेत्रफलको हिसाबले औसत भएपनि यो सहर मोरङको राजनीतिक,सामाजिक,आर्थिक तथा अन्य विविध क्षेत्रले गर्दा जिल्लाको राजनीतिमा प्रत्यक्ष रुपमा प्रभाव राख्दै आएको छ।

प्रकृति र पर्यावरणको महत्व भावी सन्ततीहरुलाई दर्शाउने हेतुले उर्लाबारीले सिमसारलाई अगाडि बढाएको स्थानीय अगुवा टिका भट्टराईले बताए।

‘सिमसारयुक्त पर्यटकीय नगरी’उर्लाबारीलाई नै किन भनियो भन्ने सवालमा नगरपालिकाका मेयर खड्ग फागो भन्छन्, ‘ उर्लाबारीमा धेरै सिमसारीय क्षेत्र भएको र भावी सन्ततिहरुलाई वातवरण संरक्षण र सिमसारको महत्व दर्शाउनका लागि घोषणा गरिएको हो। ’

वातवरण विज्ञानले सिमसारलाई ताल, तलाउ, पोखरी, दह, कण्ड, नदीनाला, बाढी क्षेत्र,जलाश्य, धाप वा दलदल सिम,जलक्षेत्रका घाँसे मैदान वा जंगल क्षेत्रलाई जनाउने गरेको छ। उर्लाबारीमा यस्ता क्षेत्रहरु धेरै छन्।

सिमासरलाई जैविक विविधताको धनी समेत भन्ने गरिन्छ। चरा, माछा, उभयचर, कीटपतंग र बोटका लागि सिमसार महत्वपूर्ण मानिन्छ। वातावरणीय सन्तुलन, जैविक विविधता र जीवनचक्रसँग सम्बन्धित भएको हुँदा यसको संरक्षण सिंगो जलवायुसँग समेत सम्बन्धित छ।

उर्लाबारीमा बेतिनी,लामपाते,बुढाठाकूर र बाँसेचौर गरी अन्य सिमसारीय क्षेत्रहरु छन्। वन,वातवरण,हावापानी,नदीनाला,खोला तथा सिचाईाको पर्याप्त सुविधा भएको उर्लाबारीको पर्यावरणीय अवस्था जिल्लाका अन्य सहरभन्दा राम्रो छ।

यी हुन् सिमसारको सहर उर्लाबारीका केही सिमसारीय क्षेत्रहरुः

बेतिनी सिमसारः

उर्लाबारीका अधिकांश सिमसारहरु वडा नम्बर–२ अवस्थित छन्। वडा नम्बर ३ मंगलबारे चोक उत्तरबाट करिब ३ किलोमिटरको दूरीमा बेतिनी सिमसार छ। चराचुरुंगीहरुको आवाज,कृत्रिम पोखरी र यहाँको प्राकृतिक वन जंगललले यो सिमसारको महत्व अझ बढी दर्शाइदिएको छ।

१।५ वर्ग क्षेत्रबाट निस्किएको जरुवा पानीले यस क्षेत्रमा पानीको सञ्जितीकरण गरिदिएको छ। पोखरीको बीच भागमा निर्माण गरिएको टापूले पर्यटकहरुलाई आकर्षित गर्न खोजिएको छ। सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले यसको संरक्षण सम्बद्र्धनका लागि नगरपालिका र वन दुवैले लगानी गरिरहेका छन्।

कृत्रिम पाटे बाघ,बाल उद्यान,बोटिङ, कृत्रिम पोखरी तथा पानी हाँसहरु यहाँ प्रशस्तै छन्। चरा अवलोकनकर्ताहरुका लागि यो सिमसार महत्वपूर्ण छ। यस क्षेत्रमा विभिन्न प्रजातिका चरा,हाँस,वन कुखुरा,मांसाहरी चारहरु पाइन्छन्।

कछुवा,माछा लगायतका जलीय प्राणीहरु प्रचूर मात्रामा पाइन्छन्। दर्जनभन्दा बढी प्रजातिका वनस्पति अनि विभिन्न प्रजातिका सुनाखरीहरु यो सिमसारमा पाइन्छन्।

कृत्रिम पोखरीको वरीपरी रहेका सालका रुख अनि कृत्रिम टापूमा बस्ने पानीहाँसको बथानले यहाँको प्राकृतिक सौन्दर्यतामा पर्यटकहरु रमाउछन्।

बुढाठाकूर सिमसारीय क्षेत्रः

जैविक विविधतामा धनी यो सिमसार भूमि पुत्र धिमालहरुको ऐतिहासिक थलोको रुपमा समेत चिनिन्छ। वि।स‍ १९४४ सालबाट धिमाल समुदायले यो क्षेत्रमा पुजाआजा गर्दै आएका छन्।

प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल समुदायको भव्य पुजा सहित श्रीजात जात्री मेलाको आयोजना गरिन्छ। उर्लाबारी–३को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्वासी वस्ती छेउमा यो सिमसार रहेको छ।

सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारको गुरुयोजना तयार भइसको छ। हरिणका बथान पानी खाने यही आउने गरेको स्थानीय रामबहादुर धिमालले बताए। दुम्सी,वन कुखुरा,बदेँल,हात्ती लगायतका जंगली जनावरहरु यहाँ पाइन्छन्।

लामपाते सिमसारः

उर्लाबारी–३ नयाँ मंगलबारेबाट तीन किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुदै लामपाते सिमसार क्षेत्रमा पुग्न सकिन्छ।

सालबारी सामुदायिक वनद्वरा संरक्षित यो सिमसार क्षेत्र ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। एउटा ठूलो कृत्रिम ताल निर्माण गरेर पर्यटन आकर्षण गर्न खोजिएको छ।

यस क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावार,विभिन्न प्रकारका वनस्पतिहरु यहाा पाइने स्थानीय एवं जनप्रतिनिधि भिष्म बुढाथोकीले बताए। यो सिमसारलाई बोटिङ तथा युगल जोडीहरुका लागि उत्कृष्ठ गन्तव्य बन्न सक्छ।

बाँसे चौर सिमसार क्षेत्रः

यो सिमसारीय क्षेत्र पनि वडा नम्बर–२मा अवस्थित छ। सिमसारको पूर्वपट्टि ठूलो चौर र घाँसे मैदान छ। पश्चिममा जरुवा पानी तथा सिमसारीय क्षेत्रहरु छन्।

यो क्षेत्रलाई उर्लाबारी नगरपालिकाले पर्यटक तथा आगन्तुकहरुलाई आकर्षित गर्नका लागि छुट्टै कार्यक्रमका ल्याउन लागेको वडाध्यक्ष राजन कडेँलले जानकारी दिए।

जाडोयाममा विभिन्न क्षेत्रबाट वनभोजका लागि आगन्तुकहरु आउने गरेको कडेँलले बताए। यी सिमसारहरुमध्ये बेतिनी सिमसारमा मात्रै दैनिक रुपमा ४ सयभन्दा बढी पर्यटकहरु आउने गरेको नगरपालिकाले जनाएको छ।

अन्य सिमसारीय क्षेत्रहरु प्रचारप्रसारको कमीका कारण पर्यटकहरुको उपस्थ्तिी न्यून रहेको वडा नम्बर–५का जनप्रतिनिधि रविन लामाको भनाइ छ। वडा नम्बर १ मा पनि विभिन्न सिमसारीय क्षेत्रहरु रहेको लामाले बताए।

मुलुकमा सिमसारको सहर भनेर घोषणा गरिएको उर्लाबारी मात्रै रहेको नगरपालिकाका मेयर फागोले दाबी गरे।

अन्य नगरपालिकाहरुमा सिमसारीय क्षेत्रहरु भएपनि उर्लाबारीको जतिको संख्यामा नभएको उनले बताए। उर्लाबारीमा आधा दर्जनभन्दा बढी सिमसारीय क्षेत्रहरुको रहेको नगरपालिकाले जनाएको छ।

यो वर्षबाट नगरपालिकाले गुरुयोजना तथा सिमसारको संरक्षण र प्रबद्र्धनका लागि डीपीआर तयार गर्नका लागि पर्यटन बोर्डमा प्रस्ताव अगाडि बढाएको मेयर फागोले जानकारी दिए।

नगरपालिकाले अन्य जिल्लाबाट आउने पर्यटकहरुलाई लक्षित गरेर सिमसारीय क्षेत्रहरुको अवलोकन भ्रमणका लागि छुट्टै कार्ययोजना ल्याउन लागेको छ।

उर्लाबारीको वडा नम्बर–१मा रहेको प्रगतिशिल सामुदायिक वन क्षेत्रमा जलशाय क्षेत्रहरु धेरै छन्। बेतिनी सिमसारभन्दा पााच सय मिटर उत्तरमा यो क्षेत्र रहेको छ। यहाँ विभिन्न प्रकारका जलचरहरु पाइन्छन्।

सोल्टि खोलाको रमणीय दृश्यहरु समेत हेर्न सकिन्छ। वडा नम्बर–२मा रहेको सिर्जना सामुदायिक वनले जलशाय क्षेत्रमा कृत्रिम ताल निर्माण गर्ने तयारी गरिरहेको अध्यक्ष मोतिलाल परियारले बताए।

त्यस क्षेत्रमा पोखरी निर्माण गरेर चिल्ड्रेन पार्कसहित स्विमिङ स्पटको रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिए।

यो वर्षबाट नगरपालिकाले पर्यापर्यटकहरुलाई लक्षित गरेर सिमसारहरुलाई अगाडि बढाएको छ।
प्रकाशित : श्रावण १४, २०७५ १५:४६