Category - News

के वन्यजन्तुले आत्महत्या गर्छन् ?

भवितव्यका कारण धेरैजसो जीवजन्तुको ज्यान जाने विज्ञहरू बताउँछन् । कहिलेकाहीँ ज्यान बचाउने क्रममा भाग्दा लडेर ती मर्ने गरेका घटना धेरै पाइन्छन् । यहाँ सँगै अर्को जिज्ञासा जाग्छ, के वन्यजन्तुले पनि आत्महत्या गर्छन् ?

‘समूहको नाइकेको पछिपछि जाने क्रममा अन्य जनावरको ज्यान जान सक्छ,’ त्रिवि केन्द्रीय जीव विज्ञान क्याम्पसका प्राध्यापक तेजबहादुर थापाले भने, ‘समूहको नाइके कुनै कारणले लडयो भने उसको पछिपछि गएका अन्य जनावर पनि लड्न सक्छन् ।’ यस्ता घटनाबारे नेपालमा डकुमेन्टेसन नभएको उनले बताए । भेडा जस्तो स्वभाव हुने जीवको मृत्यु पनि यस्तै कारणले हुने उनको भनाइ छ ।

वन्यजन्तुहरूमा आत्मविनाशकारी व्यवहार (सेल्फ डिस्ट्रक्टिभ बिहेभियर) हुन सक्ने उनले बताए । ‘जीवनको कुनै अवस्थामा पुगेपछि जीवहरू देहत्याग गर्न सक्छन्,’ थापाले भने, ‘तर यो उनीहरूको आचरणको कुरा हो । स्तनधारीहरूमा देहत्याग गरेका घटना विरलै पाइन्छ । हाम्रो जस्तो मुलुकमा यस्ता घटना कहिलेकाहीँ सुनिए पनि अध्ययन भएको छैन ।’

वन्यजन्तुहरूले आत्महत्या गर्ने सम्बन्धमा संसारमा अनुसन्धान धेरै भएका छन् । इकोलोजिस्ट एवं त्रिवि केन्द्रीय वातवरण विज्ञान क्याम्पसका उपप्राध्यापक मनकुमार धमला भन्छन्, ‘स्तनधारी जीवले कुनै हिंस्रक एवं आफूभन्दा शक्तिशाली जीवको अगाडि प्राण त्याग्न सक्छन् । तर त्यसलाई आत्महत्या नै भनेर यकिन गर्न भने सकिन्न ।’ डल्फिन, बाँदर, हात्तीजस्ता स्तनधारी जीव आफ्नो परिवारका कुनै सदस्यको मृत्यु हुँदा शोकमा बस्छन् । शोकमा रहेका बेला खानै नखाँदा उनीहरू मर्न सक्ने धमलाको भनाइ छ ।

यी जीवले समूहका कुनै सदस्यको मृत्यु हुँदा नजिकै जाने, सुमसुम्याउने जस्ता व्यवहार देखाउँछन् । वन्यजन्तुहरूले सामूहिक आत्महत्या नै गरेका घटना भने दुर्लभ रहेको उनले बताए । समूहको कसैलाई बचाउन खोज्दा वन्यजन्तुहरूको ज्यान जान सक्ने उनले सुनाए । मानिसले जस्तो अन्य जीवले आत्महत्या गर्न नसक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय जीव विज्ञानका प्राध्यापक एवं बाँदर विज्ञ मुकेश चालिसेको भनाइ छ । ‘संसारमा बुद्धि भएको प्राणी मानिस मात्रै हो । आर्थिक, सामाजिक, राजनीतिक एवं वंशानुगत कारणले उसले आत्महत्या गर्छ । यस्तो स्वभाव मानिसमा मात्रै हुन्छ ।’

कहिलेकाहीँ आत्तिएर, हिँड्दा, भाग्दा वा भीरपाखा, रूख आदि स्थानबाट खसेर वन्यजन्तु मर्ने गरेको विज्ञहरूको भनाइ छ । सारसको जोडीमा कुनै एकको मृत्यु हुँदा अर्कोले खानै नखाई पीडामा बस्ने गरेको भेटिन्छ । यसले पनि उनीहरूको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । धमिरालगायत अन्य स–साना कीराको सामूहिक मृत्यु हुने गरेको पाइन्छ ।

मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३ को एक पोखरीमा १६ वटा बाँदर हामफाल्दा डुबेर मरेको घटना सन्दर्भमा विज्ञहरूको एउटै मत छ– यो आत्महत्या होइन । बाँदरहरू पौडी खेल्न सक्ने भएकाले पोखरीमा केही दूषित पदार्थ वा विष मिसिएको हुन सक्ने उनीहरूको भनाइ छ । यस विषयमा अनुसन्धान आवश्यक रहेको उनीहरू बताउँछन् । ‘यो घटनामा पोखरी कस्तो थियो, बाहिर जाने ठाउँ थियो कि थिएन, तापक्रम कस्तो थियो भन्ने कुराले पनि ठूलो अर्थ राख्छ,’ चालिसेले भने ।

१० वर्षअघि पनि मरेका थिए बाँदर
१० वर्षअघि पशुपतिमा २० देखि ३० वटा बाँदेर मरेका थिए । पशुपतिस्थित एक बिजुलीको पोलमा एउटा बाँदरलाई करेन्ट लागेको थियो । कराउँदाकराउँदै उसको मृत्यु भएपछि अन्य बाँदर उसलाई बचाउन गएका थिए । त्यस क्रममा करेन्ट लागेर सबैको मृत्यु भएको थियो । ‘एउटालाई बचाउन जाँदा त्यसबेला २० देखि ३० वटा बाँदर करेन्ट लागेर मरेका थिए,’ चालिसेले भने ।

वनस्पतिको बीउ बैंक

गोदावरीमा बीउ बैंक (सिड बैंक) स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । वनस्पति विभागको सहयोगमा राष्ट्रिय वनस्पति उद्यानले वनस्पतिहरूको आनुवंशिक विविधता संरक्षण गर्न र प्रकृतिबाट वनस्पतिहरू लोप हुन नदिन सिड बैंक बनाउँदै छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत कृषि कार्यालयले खाद्य सुरक्षा र रैथाने बाली संरक्षण गर्न सिड बैंक स्थापना गरेका छन् ।

Read More

अन्तरिक्ष सपना

भक्तपुरको कमलविनायकमा केही युवाहरूले नेपालमै स्याटेलाइट निर्माण गरी अन्तरिक्ष सपनालाई थप सघाउ पुर्‍याउने अभियानमा छन् ।

बुटवलका सौरभ पौडेल, इटहरीका जितेन थापा र भक्तपुरका राजेश धुसुले नेपालको पहिलो ‘पिको स्याटेलाइट’ निर्माण गरिरहेका छन् ।

Read More

मिहिनेती बन्न विज्ञान

गणित राम्रो छ भने विज्ञान पढ्नु राम्रो । अन्य प्रणाली तथा नीतिगत विषयमा इच्छा भने अर्को विषय छनोट गर्न भने हिच्किचाउनु हुंदैन ।

राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको एसईई नतिजा बिहीबार सार्वजनिक गरेको छ  । कुन विषय किन लिने भन्नेबारे विद्यार्थीहरू अन्योलमा हुन सक्छन्  ।

आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सके त्यसैलाई आफ्नो करियर बनाउन सकिन्छ । उत्कृष्ट अंक ल्याउनेले विज्ञान, अलिक कम अंक ल्याउनेले व्यवस्थापन अनि त्योभन्दा कम अंक ल्याउनेले मानविकी लिनुपर्छ भन्ने गलत मानसिकता छ । सबै विषयको महत्त्व आ–आफ्नै हुन्छ । अंकले विद्यार्थीको भविष्य निर्क्योल गर्दैन । Read More

गुणको बदला गुण

कुनै बेला मलाई पनि कसैले सहयोग गरिदिएका कारण म यो अवस्थामा छु  । अहिले त्यही मानवीय नाताले सडक र असहाय बालबालिकाहरूलाई उद्धार गर्न लागिपरेको छु,’ खेमराज पुरीले भने  ।

Read More

नेपालको दैनिक तापक्रम दर बढ्दो

नेपालमा दैनिक तापक्रम परिवर्तन दर ०.०३४ डिग्रीले वार्षिक रुपमा बढिरहेको पाइएको छ । बेलायतबाट प्रकाशित हुने एट्मोस्फेरिक रिसर्च जर्नलनमा अघिल्लो साता प्रकाशित एक अनुसन्धानात्मक प्रतिवेदनले यस्तो उल्लेख गरेको हो ।

दैनिक तापक्रम परिवर्तन दर (डूयुरिनल टेम्प्रेचर रेन्ज) भनेको दिनको उच्चतम् र न्यूनतम् तापक्रमबीचको फरक हो। सन् १९७६ देखि २०१५ सम्मको तथ्यांकलाई समावेश गरिएर गरिएको उक्त अनुसन्धानमा ३ नेपाली र ४ इटालियन अनुसन्धानकर्ताहरुलेसंलग्न थिए।

Read More

चलेन पिरामिड प्रयोगशाला

विश्वकै सबभन्दा उच्च हिमाली क्षेत्रमा रहेको पिरामिड प्रयोगशालामा इटाली सरकारले बजेट कटौती गरेपछि काम अवरूद्ध छ
सगरमाथा आधारशिविर नजिकै लोबुचेस्थित पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला र अवलोकन केन्द्रमा काम अवरुद्ध भएको छ । सन् १९९० देखि सञ्चालनमा आएको पिरामिड प्रयोगशालाको बजेट कटौती भएपछि काम अवरुद्ध हुन पुगेको हो ।

Read More

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।

Read More

आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु

सुनसरी

कोसी गाउँपालिका-३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । त्यही वडाकी शारदा मिश्रको हालत पनि विमलाको जस्तै । वन्यजन्तुको डरले बिहान सबेरै उठ्न र राति शौचालय जानुपर्दा उनीहरु डराउँछन् । विमला र शारदा मात्र होइनन्, कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिकाका बासिन्दा बिहानै उठ्न र राति शौचाललय जानुपर्दा वन्यजन्तुको त्रास बाँचिरहेका छन् । उनीहरुलाई अर्ना, हात्ती, बँदेल, स्याल लगायत वन्यजन्तुले आक्रमण गर्लान् भन्ने चिन्ता छ ।

६ महिनाअघि हात्तीको आक्रमणबाट मृत्यु भएका बोरिलाल सरदारको भत्किएको घर । 

Read More

अर्धजंगली चौपायाले समस्या

 कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र हजारौंको संख्यामा अर्धजंगली गाईभैंसी छन् । ती आरक्षभित्रै बस्छन्, त्यहीँ चर्छन् । गाउँ फर्कन्नन् । जंगलमै ब्याउँछन्, बाच्छा, पाडा हुर्काउँछन् । अर्धजंगली चौपायाको संख्या १० हजार पुगेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यस्ता चौपाया आरक्षको पश्चिमीे सिमाना क्षेत्रमा बढी छन् ।

कम क्षेत्रफल, सीमित खाना र धेरै जनावरका कारण खानाका लागि आरक्षमा प्रतिस्पर्धा बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत एवं वार्डेन रामदेव चौधरीले बताए । अर्धजंगली चौपायाका कारण जंगली जनावरको बासस्थानमा समेत असर पुगेको छ ।अर्धजंगली गाईभैंसीका कारण आरक्षमा वन्यजन्तुलाई चाहिने आहारा अभाव हुँदै गइरहेको छ । आरक्ष क्षेत्रमा शाकाहारी जन्तुको संख्या धेरै छ । ४ सय ४१ वटा अर्ना, एक दर्जनभन्दा बढी हात्ती, ५० देखि ६० को हाराहारीमा नीलगाईलगायत छन् । आहारा नपाउँदा जंगली जनावर गाउँ पस्ने गरेका छन् ।

Read More