Category - Others

के यी पत्नी पीडितले न्याय पाऊलान् ?

दुई छोरी र एक छोराकी आमा श्रीमानले कमाएको साह्रा सम्पत्ति लिएर भाग्दा कस्तो होला ? श्रीमान विदेश भएको मौका छोपी दुई वर्षको काखे छोरा अनि ५ र १० वर्षकी छोरीहरुलाई छाडेर भाग्दा के होला ? नानीहरुको अवस्था कस्तो हुदो हो ? नियमति फोन सम्पर्क हुदाहुदै पनि ३९ महिनापछि स्वदेश फर्कदा सहरावीहिन नानीहरु देख्दा ती अभागी बाबूलाई कस्तो भयो होला ? भोग्नेलाई नै थाहा हुन्छ !
मोरंग टाँडी–२का जितेनहाङ लिम्बू(नाम परिवर्तन) लाइ भयो यस्तै । ३९ महिनापछि मकाउबाट स्वदेश फर्कदा आप्mनो सहारा विहिन नानीहरुसँग भेट्दा उनी भक्कानिए । विदेशीहरुको गुलामी गरेर कमाएको पैसा उनकी श्रीमतीले लिएर भागिन् । मकाउ र इराकमा गरी साढे ६ वर्ष काम गरेर आर्जेको सम्पत्ति लिई तीन छोराछोरीलाई छाडेर भाग्दा ती निर्दयीलाई के भन्ने लिम्बूले सोच्नै सकिरहेका छैनन । न्यायको खोजीमा उनी भौतारिदै बीहिबार इलाका प्रहरी कार्यालय पुगे । कार्यालय परिसरमा उनले ‘श्रीमती हराएको’ विषयमा निवदेन दर्ता गराउदै आप्mनो विगतका दिनहरु सुनाउन थाले ।
२०५९ सालमा जितेनहाङले मोरंङ टाँडी–२का विरबहादुर माखिमकी एलिना भनेर चिनिने रुपमाया लिम्बूसँग विवाह बन्धनमा बाँधिएका थिए । सशस्त्र प्रहरीका जवान उनीे विवाह भएको चार वर्षपछि जागिर छाडी कमाउनका लागि भनेर इराका हानिए । मुलुकमा २०६३सालमा गणतन्त्र आउदै उनी आप्mनो सुनौलो भविष्य बनाउनका लागि भनी दुई वर्षकी छोरी र श्रीमतीलाई छाडेर इराका गएका थिए । जोखिमपूर्ण काम गर्दा इराकमा लिम्बूले मासिक दुई लाख १७ हजार पाउथे । ४१ महिनासम्म इराकमा रहदा उनले पटकपटक गरी श्रीमतीलाई करिब ५० लाख रुपैँया पठाएका थिए । श्रीमानले पठाएको रकमबाट रुपमायाले नि उर्लाबारी–२ स्कूलडाँडामा १६ धूर जमिन र टाँडी–२ स्थित चोक्टे भन्ने ठाँउमा घर सहित ८ रोपनी जमिन खरिद गरेकी थिइन् । घर घडेरी सबै श्रीमतीको नाममा थिए । २०६५ सालमा जितेनहाङ स्वदेश फर्के । २०७० सालसम्म स्वदेशमा रहँदा लिम्बू दम्पत्तिका अन्य दुई सन्तान जन्मिए । सुखमयले उनीहरुको जीवन व्यतित भइरहेको थियो ।
२०७० सालमा जितेनहाङको मकाउका लागि भिसा लागेपछि पुनःविदेशीए । ३९ महिनासम्म मकाउ बसिकेपछि उनी गत असोज २२ फर्कदा भयभित बने । मकाउमा रहदा श्रीमतीलाई पठाएको १६ लाखको के कुरा, उनले आप्mनो घर र घडेरी नै बेचिएको थाहा पाए । छोराछोरीको कान्ति विजोग देखे । घरमा श्रीमती थिइनन् । डेढ वर्ष अघि नै(२०७२ साल वैशाख) श्रीमती भागेको थाहा भए । छोराछोरीको अवस्था देखेर उनले आप्mनो आँशु थाम्न सकेनन् ।
घर र जग्गा गरी श्रीमतीले ७६ लाख बेची भागेको थाहा पाए । श्रीमतीले एक करोड १० लाख बराबरको सम्पत्ति लिएर भागेको पीडित लिम्बू बताए । टाउकमो ठूलो भज्रपात परेको बताउदै उनले भावुक हुदै भने–‘मलाई जोगी नै बनाएर भागिछे । कमसेकम छोराछोरीको त माया हुन्छ नि ! ’
‘घर घडेरी र नगद के कुरा, निष्ठूरीले मेरी बहिनीको दुईतोला सुन र घरको ६ तोला सुन समेत लिएर भागिछे’लिम्बूले भने–‘भाडामा बस्ने नै बनाइ । ’ हाल जितेनहाङ उर्लाबारी–१मा एक घर भाडामा लिई छोराछोरीका साथ बसेका छन् ।
प्रहरी कार्यालय परिसरमा लिम्बूले आप्mनो विगत सुनाइरहदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक समेत भावुक देखिन्थे । भने–‘कानूनी अड्चनहरु धेरै नै छन् । पुरुष हिंसा देखीएपनि नेपालको कानूनमा यो सम्बन्धि कानून नै निर्माण भएको छैन । मानिस हराएको निवदेनको आधारमा श्रीमतीको खाजी गर्न मात्र सक्छौँ ।’
श्रमीतको खोजी गर्नका लागि जितेनहाङले ससुरालीकहाँ जादा समेत उल्टै हप्कादप्की खानुपरेको गुनासो गरे । आप्mना व्यथाहरु सुनाउदै श्रीमतीको खोजी गर्न आग्रह गर्दै उनले आफूलाई न्याय दिलाइदिन कानूनका ज्ञाताहरुसँग आग्रह समेत गरेका छन् । आप्mनो साहारका कोही नभएको उनले बताए ।

‘श्रीमती हराएको सूचना’निवदेन बढेः
चालू आर्थिक वर्षको कत्र्तिक पहिलो सातासम्म इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘श्रीमती हराएको’ निवेदन दिनेको संख्या ८ पुगेको छ । श्रीमान वैदेशिक रोजगारीमा रहदा छोराछोरीलाई घरमै छाडेर नगद र गरगहना लिएर भागेको भन्दै ‘श्रीमती खोजिदिन’भन्दै इलाका प्रहरी कार्यालयमा पीडितहरु आउने गरेका छन् । भागेका अधिंकाश अन्य केटासँग विवाह बन्धनमा बाँधिने गरेका छन् । श्रीमती अन्य केटासँग भागे पनि श्रीमानले अर्को केटीसँग विवाह गर्दा ‘बहुविवाह’मुद्दा लाग्ने डरले ती ‘श्रीमती पीडित’न्यायको खोजीमा भौतारिदै गरेका छन् ।
उर्लाबारी नगर क्षेत्रबाट चालू आर्थिक वर्षमा नगद सहित गरगहना लिएर भाग्नेहरुमा टाँडी–४की कमला पराजुली,उर्लाबारी–६की राधिका श्रेष्ठ,उर्लाबारी–४की सीता तामाङ,मधुमल्ला–७की आशा मगर,उर्लाबारी–६की जानुका राई रहेका छन् । भागेका ८ जना मध्ये दुई जना फर्केर पारिवारीक मिलापत्र गरेर बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक राजकुमार राईले जानकारी दिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको महिला तथा बालबलिका विभागकी सुनिता चौधरीका अनुसार भागेकाहरु अधिकांशले नगद लिएर गएको उजूरीहरु उल्लेख गरिएको जानकारी दिइन् । भागेका अधिकांशहरुको छोराछोरी रहेको तथा श्रीमान वैदेशिक रोजगारीमा आबद्ध रहेको चौधरीले बताइन्!

के गनिताले इन्द्रको मायालाई बुझ्लिन् ?

गोविन्द पोख्रेल, उर्लाबारी
पढाइको सिलसिलामा मोफसल छाडी राजधानी हुकिँएका थिए, इन्द्र । राजधानीमा बसेपनि उनी आफ्नो गाउँठाउँको चियो–चर्चा लिन्थे । स्वाभाविक नै हो, स्थानीय अनलाइन र फेसबुक पेजमार्पmत गृहनगरीका गतिविधिहरुमा उनी कण्डस्थ हुन्थे । गतिविधिहरुको सुक्ष्म अनुसन्धान गरी स्थानीय पत्रिकाहरुमा आफ्ना विचारहरु सम्प्रेषण गर्ने इन्द्रको बानी थियो ।
राजधानी गएको करिब ५ वर्ष भएको थियो । विकासको गतिले गृह नगरीको स्वरुप नै बदलिएको थियो । शैक्षिकसंस्था, होटल, कलकारखाना तथा नयाँ–नयाँ अस्पतालहरु खोलिने क्रम बढेको थियो । घरमा आउँदा उनी अधिकांश समय स्थानीय पत्रकारसँग व्यतीत गर्थे । सञ्चार क्षेत्र र पत्रकारिता पेशा उनको साइड जब थियो र छ पनि ।
रिर्पोटिङको दौरान इन्द्र एक दिन स्थानीय अस्पताल पुगेका थिए । मृत्युको मुखमा पुगिरहेको एक बिमारीलाई सेतो एप्रोन लगाइएकी एक नर्सले सिपिआर दिइरहेकी थिइन् । पत्रकार भएका नाताले इमरजेन्सी वार्डको पर्दा खोलिएको थियो, उनका लागि । बिमारीको उपचार गरिने विधिबारे प्रत्यक्ष रुपमा उनले त्यो दृश्य हेरेका थिए ।
सिपिआर दिँदै गरेकी ती नर्सलाई सघाउन अर्का एक जना डाक्टर आए । नर्सले बिमारीलाई सिपाआर दिन छाडिन् । नर्सको क्षमताले सिपाआर दिन सकिनन्, कारण थियो उनको शारीरिक वनावट । शारीरिक वनावट जजस्तो भएपनि उनी त्यो भन्दा चौगुणा फुर्तिलो थिइन् । त्यसपछि उनी घाइतेको शरीरमा लागेका अन्य विभिन्न घाउहरु सफा गर्न व्यस्त भईन् । नर्सले गरेको उपचारको तस्विर इन्द्रले लिन खोजे तर सकेनन् । घाइतेको बारेमा जानकारी लिन अस्पताल पुगेका इन्द्र, ती नर्सले बिमारीप्रति गरेको सेवाभाव हेर्न मै व्यस्त भएँ । पाँच मिनेटको समयमा उनको रिर्पोटिङ सकिन्थ्यो । तर, ५० मिनेट भन्दा बढी समय उनले व्यतीत गरे । कारण थियो, ती नर्स !
अफिस आँउदा पनि नर्सको झझल्को आइरह्यो, उनलाई । के गरुँ–नगरुँ, मनमा अनेक प्रश्नहरु इन्द्रलाई आउन थाले । नर्सहरुको बारेमा उनले एउटा आर्टिकल नै तयार पारे । तर विडम्बना त्यसदिन अन्य नर्सको नाम मात्र अटाउन सके त्यो आर्टिकलमा ।
तीन दिनको विदामा उनी घर आएका थिए । राजधानी फर्कनका लागि दोस्रो दिन नै टिकट बुकिङ गरेका थिए, इन्द्रले ।
नर्सलाई देखेपछि उनी एकाएक आपूmलाई बिसर्न थाले । नयाँ अस्पतालमा नयाँ मान्छे देखेर उनी सोच्दै चिया गफमा त्यही अस्पतालको बारेमा जानकारी लिन खोज्थे म मार्पmत । नर्सको बारेमा जानकारी कहाँबाट प्राप्त गर्ने भन्ने विषयले उनलाई सताउन थालेको थियो ।
नर्सको बारेमा जानकारी लिनका उनलाई ठूलै पापड पेल्नुपर्यो । अस्पतालको प्रवेशद्वारमा पत्रकारलाई कुनै अवरोध थिएन । तर, पनि पत्रकार भएर र एउटा ‘आशिकी’ भएर अस्पताल जानु अफ्ठ्यारो हुन्थ्यो, उनलाई । कुनै एउटा वाहाना बनाउदै उनले मलाई त्यही लग्थे उनी । अस्पतालका कर्मचारीहरुसँग इन्द्रको पहिलेदेखि नै राम्रो सम्बन्ध थियो । नयाँ अस्पतालको बारेमा उनले जानकारी लिइसकेपछि अस्पतालमा कार्यरत स्टाफहरुको बारेमा चासो देखाए । सबैको जानकारी प्राप्त गरे । उनी‘फिदा’भएका ती नर्सको पनि नाम पाए । खोज्दै जादा र सम्पर्कमै रहेर उनले ती नर्सको हुलिया प्राप्त गरे । नर्सको नाम थियो, गनिता ।
तीन दिनको विदा लिएर राजधानीबाट घरमा आएको छोरो तीस दिन बित्न लाग्दा जाने सुरसार नगर्दा परिवारले इन्द्रमाथि शंका गर्न थालिसकेका थिए । १५ दिन लगाएर गनिताको ‘न्वारनदेखि अस्पतालमा जागिर खादासम्मको विस्तृत विवरण’ पत्ता लगाएका थिए ।
नर्सको नाम गनिता भएको थाहा पाएपछि सिधैँ, अफिस ग्ए । फेसबुक खोले । गनिता नाम सर्च गरेँ । गनिताले पोष्ट गरेको फोटाहरु हेरेँ । इन्द्रको त्यो डेल कम्पनीको ल्यापटपमा तस्विरहरु डाउनलोड गरे । फ्रेण्ड रिक्वेस्ट पठाएँ । गनिताले फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्ने/नगर्ने भन्ने विषयले चासो भएको थियो ।
गनितालाई हेर्दै उनी दिनचर्या बिताउन थालिसकेका थिए । नर्सको ड्यूटीको समय तालिका उनलाई स्मरण हुन्थ्यो । कतिबेला जाने र आउने समय उनलाई स्पष्ट थाहा थियो । कतिसम्म नर्स आउने समयमा बसस्टेण्डमा उनी कुरिरहेका हुन्थे । पंक्तिकारलाई अन्य धेरै कुरा थाहा थियो । सहकर्मीहरुलाई चियागफमा पनि उनी त्यही नर्सको बारेमा अप्रत्यक्ष रुपमा गर्थे । कुरा गरे पनि उनी खुलेर नर्सको बारेमा बोल्दा लजाइरहन्थे ।
त्यसबेला इन्द्र सधैैँ, गनिताको ड्यूटी कतिखेर हो भन्ने विषयमै केन्द्रित हुन्थे । बेला–बेला बिमारीको ‘नाटक’ गरेर उनी अस्पताल विभिन्न बहानामा जान्थे । गनितासँग भेट्ने र बोल्ने इच्छा इन्द्रको औधी थियो, तर उनको इच्छा इच्छामै सीमित हुन संकेत देखिन थाल्यो । हुँदा–हँुदा उनी गनितासँग बोल्नका लागि उनले बिमारीको नाटक समेत गरे ।
कहिले राजधानी र कहिले गाउँ हुन थालेपछि इन्द्रले गनितालाई पाउनेमा पुरा आशावादी थिए । कारण थियो, गनिताको ब्वाईफ्रेण्ड छैन भन्ने आत्मविश्वास ।
नर्स गनितासँग इन्द्रले प्रत्यक्ष रुपमा बोल्ने आँट गर्न सकेनन् । किनभने उनको त्यो फ्रेण्ड रिक्वेस्ट गनिताले एसेप्ट नगरेको एक हप्ता भइसकेको थियो । इन्द्रले डाइरेक्ट ‘प्रपोज’ गरे, फेसबुक म्यासेन्जरबाट । केही दिनपछि एउटा रिप्ले आयो । रिप्ले आएपछि उनी सोच्न सकेनन् । मुटु ढुकढुक भयो । निराश भए ।
गनिताले रिप्लेमा ‘ननसेन्स’ भन्ने शब्द लेखेकी थिइन् । अनि उनलाई त्यसपछि ‘ब्लक’ गरिन् ।
आपूmले मन पराएको केटीबाट यस्तो रिप्ले आउँछ भन्ने इन्द्रले कहिल्यै सोचका थिएनन् । नजिकका साथीहरुलाई सुनाएनन् । रिप्ले आएकै दिन राजधानी गए । ३५ दिनपछि राजधानी फर्केका थिए ।
राजधानीमा गएपनि इन्द्रका मनका पीडाहरु गुम्सन सकेनन् । नजिकका मित्र थुप्रै थिए, सबैलाई सुनाए । उनको ‘वान साइडेड लभ’ छताछुल्ल भयो । कुनै युवतीलाई कहिल्यै नबोेली एक्कासी ‘प्रपोज गर्नु’ नै इन्द्रको पहिलो भूल थियो ।
पीडाहरुलाई सम्हाल्न नसेपछि इन्द्रले गनितालाई रातको समयमा फोन गर्न थाले । नर्सबाट उनले सोचेजस्तो जवाफ पाउन सकेनन् । फेसबुकमा जोडिन खोजे तर सकेनन् । इन्द्रको ममतारुपी मनले पठाएको फ्रेण्ड रिक्वेस्ट गनिताले टुक्राइदिएपछि, बाध्य भएर गनितालाई ‘घमण्डी’को संज्ञा दिए ।
नर्सको मायामा उनी कतिसम्म गहिरिएका थिए भने उनको नजिकको साथी विस्की र रम बन्न थाल्यो । मापसेका चार्जमा साथीभाइहरुलाई सारा बेलीविस्तार सुनाए । तर, कसैले ती व्यस्त नर्ससँग गएर इन्द्रको समस्या सुनाइदिने चेष्ठा गरेनन् । उल्टै गनितालाई लाइन मार्न खोजे इन्द्रको साथीहरुले ! साथीहरुले उनलाई गनितासँग माया नभएर आकर्षणको संज्ञा दिए । इन्द्र्रले त्यसपछि कसैलाई भनेन् ।
आफ्नो खुट्टामा उभिएकी एक नर्सले कुनै अपरिचित व्यक्तिलाई फेसबुकमा कसरी साथी बनाउन सक्थी । मायाको वास्तविक अर्थ नबुझी उनको त्यो ‘एकतर्फी’ ढिपी व्यवारिक थिएन । गनिताले ईन्द्रलाई देखेपनि वास्ता गरेकी थिइनन् । अपरिचित व्यक्तिसँग गनितालो कसरी मायापिरती लगाउन सक्थिन् । इन्द्रले त्यो पनि सोचेनन् ।
दैनिक ड्यूटी र विरलै फुर्सद अनि बिमारीको टेककेयर नै गनिताका दिनचर्या थिए । इन्द्रको दैनिक आउने फ्रेण्ड रिक्वेस्टबाट दिक्क भएर नर्सले दुई पटक नाम चेञ्ज गरेपनि अहिलेसम्म तीनलाई माया गर्न छाडेको छैनन् ।
गनिताको मायामा यतिबेला इन्द्र पानी विनाको माछा भैm तड्पिरहेका छन् । नियमित रुपमा घर जान छाडेको छन् । पत्रिकाका पानाहरुमा उनका नामहरु विरलै आउन थालेका छन् । गनितालाई आकर्षित गर्न उनी घर आउँदा पनि अस्पताल चाहिँ छाडेका छैनन् । अस्पताल प्रशासनभन्दा बढी उनलाई गनिताले स्वास्थ्य परीक्षण गरेका प्रत्येक बिमारीहरुको बारेमा जानकार छन् ।
यतिबेला पढाइ सकेर गाँउ फर्केपछि उनको माया भने अझ प्रगाढ बनेर गएको छ । गनिताका हरेक क्रियाकलाप पहिले भन्दा यतिबेला चाख दिन थालेका छन्, इन्द्रले । गनिताले बोलाउने आशामा उनी अहिले पनि अस्पतालको गेटमा उभिरहेका हुन्छन् । उनको इशारालाई फर्किरहेका छन् ।
के गनिताले इन्द्रको मायालाई बुझ्लिन् ?