Category - Opinion

वन्यजन्तु दिवसको सार्थकता

वन्यजन्तु सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा बस्ने यी जीवहरु हेर्नका लागि सबै ललायित हुन्छन् । अझ बाघ, हात्ती, गैंडा, चितुवा, अजिंगर, रेड पान्डा, सालक,जिराफ हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् । राष्ट्रिय निकुञ्ज जाँदा पनि हाम्रो ध्यान वन्यजन्तु हेर्नमै केन्द्रीत हुन्छ । यी जीवहरु हेर्नकै लागि जंगल सफारी गर्छौँ ।

यिनीहरुको महत्व आफैंमा विशिष्ट छ। प्रकृतिको अनुपम वरदान नै हुन् वन्यजन्तु। पारस्थितकीय सन्तुलन कायम राख्न यिनीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। सबैको आ-आफ्नै महत्व र विशेषताहरु छन्।

Read More

ह्याप्पी भ्यालेन्टाइन्स डे

भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस । प्रेमको बढि चर्चा हुने दिन । प्रेमिल जोडीहरुको खास दिन । प्रेममा विश्वास गर्नेहरुको दिन । हरेक टोलहरुमा प्रेमलाई व्याख्या गर्ने धेरै ‘पण्डित’हरु भेटाइन्छन् । प्रेममा यस्तो नशा छ,जो शब्दमा भनेर साध्यै छैन । यो त प्रेमको सागरमा डुबेकाहरुलाई मात्र थाहा छ । एउटा भनाइ छ,प्रेम अन्धो हुन्छ,सच्चा प्रेम कहिल्यै मर्दैन ।

प्रेम प्रतिको सम्मान र प्रतिक देखाइनु नै प्रणय दिवस मनाउनुको सार्थकता हो । आम मानिसहरुको तुलनामा यस पर्वले खासै महत्व नराखेपनि प्रेमको टुसा अंकुरण गराउन तयार प्रेममात्माहरुका लागि, एकअर्काको मायामा चुर्लुम्मै डुबेका मायालु जोडिहरुका लागि यो दिनले विशेष महत्व राखेको छ । त्यसैले आज हरेक जसो पर्यटकीय एवं सार्वजनिक ठाउँहरुमा जीवनमा हरियाली ल्याउनका लागि प्रेमको सागरमा चुर्लुम्म डुबेकाहरुलाई देख्न सकिन्छ ।

Read More

जलवायु परिवर्तन न्यूनिकरणका लागि सिमसार

सन्दर्भ: विश्व सिमसार दिवस
‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने नाराका साथ आज विश्वभर सिमसार दिवस मनाइदैछ । सरकारको तर्फबाट पोखरामा यो दिवस मनाइदैछ । हिजोआज मुलुकका हरेकजसो स्थानीय तहमा ‘जलवायू परिवर्तन’ र तराई पर्यटकीय क्षेत्र भन्दै कृत्रिम ताल निर्माण गर्ने विषयले धेरै नै प्राथमिकता पाउने गरेका छन् । यसले सिमसारको संरक्षण र जलवायू परिवर्तनप्रति हामी केही सचेत छौ भन्ने देखाएको छ ।

Read More

तिहार अर्थात् प्रकृतिपूजा

हिन्दु धर्मावलम्बीका धेरैजसो चाडबाड विज्ञान र प्रकृतिसँग जोडिएका छन् । यो बेला सयपत्री र मखमली फूल जताततै ढकमक्क फुलेको छ । गाउँघर रमणीय बनेको छ । यी फूलले उज्यालो चाडको झल्को दिइसकेको छ ।

तिहारमा पूजा गरिने काग, कुकुर, गाई, गोरुको साइनो पनि प्रकृतिसँगै छ । तिहारमा पूजा गरिने यी पशुपन्छीको महत्त्व आफैंमा विशिष्ट छ । चराविद् हेमसागर बरालका बुझाइमा, ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो ।’

Read More

किन आवश्यक छ हात्ती संरक्षण ?

आज विश्व हात्ती दिवस । हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो । क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस मनाउन सुरु गरिएको हो। वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने विश्वका ६० भन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदै आएका छन्।

Read More

प्लास्टिकको प्रयोग कसरी कम गर्ने ?

सन्दर्भ : विश्व वातवरण दिवस

२०७२ साल वैशाख १ गते सरकारले काठमाडौंमा प्लास्टिक झोलालाई पूर्ण रुपमा प्रतिबन्ध लगायो । यसको सिकै गर्दै मुलुकका अन्य नगरपालिकाहरुमा पनि प्लास्टिकका झोला निषेधित गर्न थालियो । धमाधाम प्लास्टिक झोला नियन्त्रण अभियान चलाइयो । बोराका बोरा प्लास्टिक झोलाहरु नियन्त्रणमा लिइयो ।

प्लास्टिक झोला नियन्त्रण अभियान चलिरहँदा वैशाख १२ गते महाभूकम्प गयो । भूकम्पपछि प्लास्टिक झोलाको प्रयोग ह्वातै बढ्यो । हिजोआज काठमाडौं लगायत मुलुकका अधिकांश सहरमा प्लास्टिकजन्य फोहोरको थुप्रो छ ।
काठमाडौं महानगरिपालिकाको वातवरण व्यवस्थापन महाशाखाका अनुसार काठमाडौंमा निस्कने फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको मात्रा १५ प्रतिशत छ ।

जुन ५ तारिख विश्व वातवरण दिवस । यो वर्षको नारा प्लास्टिकसँग सम्बन्धित छ । त्यही भएर प्लास्टिकको चर्चा पुन: चल्न थालेको छ । काठमाडौंमा प्लास्टिकजन्य फोहोरहरु संकलन गर्दै प्लास्टिक प्रदूषण नियन्त्रणका लागि प्रयास थालिएको छ ।
Read More

जैविक आक्रमणको त्रासदी

पूर्व रुसी गुप्तचरलाई ग्यास आक्रमणको विषयलाई लिएर रुस र पश्चिमेली राष्ट्रहरुबीच अहिले दूरी बढ्दो छ । ती देशहरुबाट रसियाली कूटनीतिज्ञहरु निकालिन थालिएका छन् ।

गत मार्च ४ तारिख बेलायतको सालिसबरीमा ६६ वर्षीय पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीमाथि भएको विषालू ग्यास आक्रमणमा रुसको संलग्नता भएको भन्दै बेलायती कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने घोषणा गरेको थियो।

यही विषयलाई लिएर अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया तथा विभिन्न युरोपेली देशले एक सय ५० भन्दा बढी रुसी कूटनीतिज्ञलाई देश निकाले गरेका छन्। रसियाले भने विश्वकप फुटबलको आफ्नो देशमा हुन नदिनका लागि बेलायत र अमेरिकाले यस्तो आरोप लगाएको बताउँदै आएको छ। साथै रुसले पनि त्यही संख्यामा ति देशहरुका कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ।

मानिसको जन्म र मृत्यु सत्य हो। कहिले सुतेकै बेला मानिस मर्छ भने कहिले खाना खाइसकेपछि मर्छ। हामीले लिएको हावामा कसैले विष छाडिदियो भने के हुन्छ? वैदेशिक रोजगारीका सिलशिलामा जाने थुप्रै नेपालीहरुले सुतेकै बेला मृत्यु भएको खबरहरु सुन्न सकिन्छ। मृतकको फरेन्सिङ टेस्ट नगराई नेपाल फर्काई दिने परिपाटी छ। हरेक मृत्युको पछाडि कारण हुन्छन्। शरीरको कुनै एक महत्वपूर्ण अंगले काम गर्न छाड्यो भने शरिरले काम गर्न छाड्छ। र, यो पनि हुनसक्छ कि शरीरको कुनै अंगलाई कमजोर बनाउन रसायन वा विषक्त हावा सुतेको कोठामा छाडिदिएकाले पनि मृत्यु भएको हो।

एआई (आर्टिफिसियल इन्टिलिजेन्स) को यो जमनामा जैविक आतंक र ‘महामारी’को विषय पश्चिमेली राष्ट्रहरुका लागि नौलो नभएपनि हाम्रो लागि नौलो हो। गुप्तचर संयन्त्रहरु बेला बेला शत्रुको विनाशका लागि देखिने हतियार प्रयोग गर्दैनन्। हानिकारक ग्याँस र रसायनको प्रयोग गरेर आफ्ना शत्रुलाई खतम गर्छन् ताकी प्राकृतिक कारणले गर्दा मरेको देखियोस्। बेलायतमा रसियाले यही विधि अपनाएको पश्चमा मुलुकहरुको आरोप छ। बेलायतको शक्तिशाली सुरक्षा व्यवस्था र भरपर्दो अनुसन्धानले पूर्व कूट्नीतिज्ञलाई रसायनिक हमला गरेको हो भन्नसम्म पुग्यो। बेलायतको यो आरोप रुसले अस्वीकार गर्दै आएको छ।

दुई ठूला ‘जाइअन्ट’राष्ट्रका बीच हाम्रो भौगोलिक अवस्थिती छ। दुवै आणविक शक्तिले सुसज्जित छन्। शक्तिशाली राष्ट्रहरुले शत्रुसँग लड्दा आधुनिक हतियारको विकल्पमा जैविक हतियारमा बढि विश्वास राख्न थालेका छन्। पछिल्लो समयमा आएर यो हतियार एक देशले अर्को देशको खुफिया एजेन्टलाई मार्न प्रयोग गर्ने गरेको बताइन्छ।

जैविक हतियारको प्रयोगले एकै समयमा धेरै क्षति गर्न सकिने विश्वास हो। सिरियाली गृहयुद्धमा सरकारले रसायनिक हमला गरेको यसको एक उदाहरण हो। गृहयुद्धमा रसायनिक हमला भएको पश्चिमेली मुलुकहरुको दाबी छ। हमलामा कयौँ सिरियाली नागरिकको मृत्यु भयो। रसायनिक आक्रमण पनि एक किसिमको जैविक हतियारसँग सम्बन्धित छ।

आतंक सिर्जना गर्नु आफैमा एक अपराध हो। अझ जैविक हतियारको प्रयोग कोहीलाई पनि क्षम्य हुँदैन।

दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागसाकीमा खसालेको लिटल ब्वाइ र फ्याट मेन नामक बमको विध्वंशबाट विश्व समुदाय त्यसबेलादेखि नै आणविक हतियारबाट त्रासित बनेको थियो। जैविक हतियार पनि अब मानिसको रोजाइमा पर्न थालेको छ।

ढुंगे युग, विकास युग, अन्तरिक्ष युग हुँदै मार्सको खोजीमा पुगेको मानव जातिलाई बेला बेला ‘जैविक आतंक’ले त्रासित बनाउने गरेको छ।

सभ्यताको शुरुवातसँगै मानिसले आफूलाई जोगाउनका लागि विभिन्न हात हतियारको निर्माण गर्‍यो। शक्तिको उन्मादले मानिस यतिसम्म मात्यो कि उसले विश्वयुद्ध समेत गर्‍यो।
पहिलो विश्वयुद्धमा मानिसले आफ्नो ठाउँ र जमिनका लागि आफ्नै प्रजाति (मानिस) सँग लडाईँ गर्‍यो। दोस्रो विश्वयुद्धमा उसले गोली, बारुद र फाइटरको सहयातामा लडाइँ गर्‍यो। २१ औँ शताब्दीमा आइपुग्दा लडाइँ गर्न गोली र बारुदको आवश्यकता नभएर जैविक हतियार प्रयोग हुन थालेको छ।

सुरक्षासँग ताजुक राख्ने विभिन्न मुलुकका गोष्ठिहरुमा जैविक आतंकबाट फैलिएको महामारीको विषयहरु उठान हुन थालेका छन्।

जब वातावरणमा कसैले हानिकारक जैविक साधन वा प्रतिनिधि छाडिन्छ, त्यसलाई जैविक आतंकको रुपमा लिने गरिन्छ। जैविक प्रतिनिधिहरुमा बेक्टेरिया, भाइरस र टक्सिनहरु हुन्छन्। यिनीहरुलाई विभिन्न माध्यमबाट मानिसको स्नायू प्रणालीमा पुर्‍याएर मृत्युवरण गराइन्छ। ताकी कसैलाई लागोस् ऊ बिरामीका कारण मर्‍यो।

संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण महाशाखाका अनुसार भाइरस, वेक्टिेरिया, टक्सिन (विष) वा अन्य हानिकारक जिवाणुलाई जानीजानी मानिस, जनावर तथा विरुवाहरुमा फ्याँकिनु नै जैविक आतंक हो। यस्ता जीवाणुहरु पृथ्वीमा सजिलैसँग पाउन सकिन्छ। आतंककारीहरुले यी जीवाणुलाई उत्परिवर्तन (म्यूटेसन) गराएर वातवरणमा फ्याँकिदिन्छन्। यस्ता उत्परिवर्तित गराइएका जीवाणुहरुमा रोग फैलाउने कार्यमा सक्रिय हुन्छन्। प्रतिरोधात्मक क्षमता ज्यादा भएकाले औषधीको कुनै असर पर्दैन। यस्ता जीवहरुलाई प्राय: हावा, पानी वा खानाको माध्यमबाट फ्याँकेर माहामारी फैलाउने कार्यहरु हुन्छ।

अमेरिकी गूप्तचर विभागको वेभसाइटमा उल्लेख भएअनुसार आतंककारीहरु यस किसिमको हमलामा बढि नै सक्रिय हुने गरेका छन्। जैविक हमला गर्दा घण्टौँसम्म कसैलाई थाहा नहुने र मानिसहरुमा रोग फैलाई उनीहरुलाई मृत्युको मुखमा पुर्‍याउने कार्य हुन्छ।

फरेन्सिक जाँच नगराई मानिसको मृत्यु रोगको कारण भएको घोषित गरिन्छ। व्यक्तिको मृत्युको कारण र त्यस क्षेत्रको वातवरणीय अवस्थाको जाँच विरलै हुने गरेकाले आतंककारी हमलामा यस्ता हानिकारक जैविक वस्तुहरुको प्रयोग हुने गरेको छ।

जैविक हतियारको शिकारमा पश्चिमेली राष्ट्रहरु बढी भएका छन्। यो हमलाको शिकार सबैभन्दा पहिला अमेरिका भएको विश्लेषकहरु बताउँछन्। अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई ‘एन्थ्राक्स’आक्रमणको प्रयास भएको इतिहास छ। अमेरिकाको गुप्तचार विभागले विफर रोग, स्मल पक्सलाई जैविक हतियारको रुपमा लिए पनि एन्थ्राक्सलाई हतियारको रुपमा लिएको छैन।

विभिन्न देशका गुप्तचार विभागका तथ्यहरुको आधारलाई मान्ने हो भने जैविक हतियारको प्रयोग सजिलो र कम खर्चिलो हुने र एकैपटक धेरैमा रोग फैलाएर मार्न सकिने भएकाले यसको प्रयोग बढि हुने गरिएको उल्लेख छन्। यस्ता कार्यहरुमा औषधी निर्माण कम्पनीदेखि विकासित मुलुकहरु अघि रहेको बताइन्छ। ‘मास मसाकर’का लागि यसको प्रयोग हुने गरेको छ।

२०औँ शताब्दीतिर जैविक हतियारको पहिले पटक प्रयोग भएको इतिहास छ। पहिलो विश्वमा युद्धमा जनवारहरुमा एन्थ्राक्सको प्रयोग गरिएको थियो। जुन हमला विफल भयो। पहिलो विश्व युद्धको शुरुवातीमा जर्मनीले अमेरिका, तत्कालीन सोभित यूनियन (रुस), फ्रान्स र रोमानियाका विभिन्न जैविक प्रयोगशालाहरु ध्वस्त पार्नका लागि आफ्नो खुफिया एजेन्ट पठाएको थियो। जर्मनीले घोडा र खच्चडमा लाग्ने ग्लान्ड्रस नामक बेक्टेरिया रोग उसको एजेन्टलाई पठाएको थियो। अमेरिकामा रहेका उसको एजेन्टले अमेरिकाबाट जलमार्ग हुँदै पठाइने ती घोडाहरुमा ग्लान्ड्रस रोग लगाइदिने काम गर्दथे। फ्रान्स र रसियामा पठाइएका ती रोगी घोडाहरुको कारण ती देशमा जर्मनीले दबाब गर्दथ्यो। रोग फैलाउने कार्यका लागि जर्मनीले पठाएको एजेन्ट पक्राउ परेपछि पहिलो विश्वयुद्धमा उसले ठूलो क्षति व्यहोर्नुपरेको थियो।

टाइफाइड रोग फैलाउने कार्यमा संलग्न भएको आरोपमा अमेरिकाले सन् १९७२ मा दुई जना स्कूले विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको घटना छ। अमेरिकाकै ओरेगन सहरमा सन् १९८४ मा हुन लागेको स्थानीय चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्नका लागि त्यहाँको एक क्षेत्रीय दलले सलाद मार्फत ‘फुड पोइजनिङ’ गराएको थियो। उक्त घटनामा ७ सय ५० जना प्रभावित भएका थिए। यो घटनालाई अमेरिकी इतिहासकै पहिलो आंतककारी जैविक हमलाको रुपमा लिइने गरिन्छ।

सन् २००१ मा अमेरिका र चिलीमा आउने विभिन्न चिट्ठी पत्रमा एन्थ्राक्स पठाइ मानिसहरुलाई मार्ने कार्य भएको थियो। एन्थ्राक्स आक्रमण अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुसमाथि समेत हुन खोजेको थियो। अमेरिकी गुप्तचार विभागले सो घटनामा अलकायदाको हात रहेको बताएको थियो। त्यसैसमय अलकायदाले खानेपानीमा जीवाणू फैलाउन खोजेको थाहा पाएपछि अमेरिकाले देशभरका खानोपानी आयोजना तथा पानीका स्रोतहरुलाई कडा निगरानीमा राख्न थालेको हो।

जैविक आतंक मच्चाउनेहरुलाई एन्थ्राक्सको प्रयोग सजिलो माध्यम बनेको छ। एन्थ्राक्समा पाइने ब्यासिलस एन्थ्रासिस नामक जीवाणु सरुवा नभएका कारण कुनै एक व्यक्तिमात्र यसको शिकार हुने गरेकाले चिठ्ठी पत्रमा एन्थ्राक्सको पाउडर बनाएर पठाइने गरेको इतिहास छ। एन्थ्राक्सबाट अमेरिका यतिसम्म डरायो कि ऊ बाध्य भएर आफ्ना नागरिकलाई एन्थ्राक्स विरुद्धको खोप लगाउने अभियान शुरु गर्‍यो। पहिले उच्च पदस्थ कर्मचारीहरुलाई एन्थ्राक्स विरुद्धको खोप लगाएपछि पनि अमेरिकाले आफ्ना नागरिकहरुमा पनि यसको जोखिम हुनसक्ने भन्दै खोप अभियान नै चलाएको थियो। हाल एन्थ्राक्स आक्रमणका घटनाहरु बाहिर आएका छैनन्।

सन् २०११ सिएनएनका चिफ मेडिकल करेस्पोन्डेन्ट डाक्टर सञ्जय गुप्ताले तयार पारेको एक रिर्पोटलाई आधार मान्ने हो भने अमेरिका जैविक आक्रमण विरुद्ध लड्न सक्षम भइसकेको र आक्रमण विरुद्ध उसले चलाउदै आएको कदम प्रभावकारी बन्दै गइरएको छ। प्लेग, इबोला, स्वाइन फ्लू, बर्ड फ्लू, मर्सलगायतका रोगहरु यतिबेला जैविक हमालाका लागि विश्वमा चर्चित छन्।

केही वर्षअघि अफ्रिकी मुलुकहरुमा इबोला नामक रोगको महामारी चल्यो। इबोला भाइरसमा आतंककारीहरुको हमला थियो या कसैले परीक्षण गरेको हो भन्ने विषयमा आज बहसको विषय बनेको छ। कोरियामा देखिएको ‘मर्स’रोग पनि बहसको विषय बनेको छ। यो रोग महामारीका रुपमा फैलनु पनि जैविक आतंक हुन सक्ने तर्कहरु आउन थालेका छन्।

जैविक आक्रमण र नेपाल

नेपालमा हालसम्म सुरक्षा संयन्त्रले जैविक आतंक सम्बन्धि कुनै खोज तथा अनुसन्धान नगरेको प्रहरीका उच्च अधिकारीहरु बताउँछन्। केन्द्रिय अनुसन्धानका वन्यजन्तु क्राइम विभागका डिएसपी अनुपम शमशेर जबराको भनाइलाई आधार मान्ने हो भने नेपालमा यो विषयले प्रवेश नै नपाएको बताए। उनका अनुसार नेपालमा वातावरणीय अपराध हेर्ने कुनै इकाइ नै खडा भएको छैन।

सुरक्षासँग ताजुक राख्ने अन्य निकायहरुमा जैविकक आंतकको बारेमा कमै मात्रा थाहा हुने गरेको त्यहाँका अधिकृत स्तरका कर्मचारीहरु बताउँछन्। सरकारले यस विषयमा न त कुनै चासो दिएको छ न त कुनै निकाय नै गठन गर्न सकेको छ।

जाजरकोटमा वर्षेनी फैलने महामारीको विषयमा सरकारले सुक्ष्म अनुसन्धान गरेको पाइदैन। महामारीका कारण धेरैले ज्यान गुमइरहदा त्यहाँको पर्यावरण,हावापानीको नमुना संकलन गर्न राज्यले आवश्यक ठानेन। महामारी फैलनुको कारण के थियो? अज्ञात रोगको कारण मानिसको मृत्यु भनिन्छ। देशमा यस्ता किसिमका विभिन्न रोगहरुको बारेमा सामान्य उपचार गरेर त्यसै छाडिन्छ। बर्ड फ्लू संक्रमण बेलाबेला एक्कासी देखिन्छन्। यसमा राज्यले शंकाले गर्न जरुरी छ।

विदेशीहरुको लागि नेपाल स्याण्डविचको बीच भागका रुपमा लिइन्छ। उत्तरमा चीन र दक्षिणमा भारतको बीचमा अवस्थित भूपरिवेष्ठित राष्ट्र नेपाल प्राकृतिक विविधतामा भरिपुर्ण मुलुक हो। विश्वको सबै उचाईमा पाइने हावापानी हाम्रो मुलुकमा पाइन्छ। प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाललाई कुदृष्टि लगाउनेहरु धेरै नै छन्। हाम्रो देशले जैविक हमलाको बारेमा सचेत हुनु जरुरी छ। हिमाश्रंखलाहरुबाट निस्कने खोला तराईसम्म आइपुग्न घण्टौँ लाग्छ। हाम्रो देशका खोलाहरुमा विष हालेर माछा मार्ने परिपाटी छ। यस्ता गतिविधिहरु रोक्नका लागि सरकार निरीह देखिन्छ।

हावाको माध्यमबाट कसैले जीवाणु फ्याँक्यो भने यसको प्रभाव कहाँसम्म पुग्छ? सोचनीय विषय बनेको छ। हाम्रो ध्यान वातवरण संरक्षणमा गइरहदा वातवरणीय क्राइमको बारेमा पनि जान जरुरी छ। यस्ता विषयहरु राज्यले सोच्नुपर्ने हो।

नेपालले जस्तो विकासोन्मुख मुलुकहरले यस्ता ‘माइक्रो’कुराहरुलाई सचेत हुन जरुरी छ। दुई जनालाई मार्नका लागि बेलायतमा भएको एउटा ‘रासायनिक ग्याँस’हमलाले विश्वमा कत्रो तरंग ल्याइदियो। यो हमला पनि एक किसिमको जैविक आक्रमण जस्तै हो। के हाम्रो जस्तो मुलुकका लागि जैविक हमला र वातवरणीय अपराध हेर्ने छुट्टै संयन्त्रको आवश्यता परेको छैन?
प्रकाशित : चैत्र २१, २०७४ १६:३१

उर्लावारीमा कांग्रेस कि कम्युनिष्ट बलियो ? (समाचार टिप्पणी)

‘सुखमा आत्तिने र दुःखमा मात्तिने हैन । नेतृत्व गर्नेले कसैको आश र त्रासमा बा“च्ने हैन ।’ चन्द्रबहादुर भट्टराई ‘भरत’ ले उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्षको हैसियतले रोष्टममा उभिएर बोलेको अन्तिम भाषणको वाक्य हो । भदौ ११ गते भएको निर्वाचनमा प्रितम खड्गीस“ग भट्टराई ६७ मत अन्तरले हारे ।

अध्यक्षमा विजयी खड्गीले व्यापारीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउने बताए । वाम र लोकतान्त्रिक गठबन्धन गरेर उर्लाबारीका व्यापारीहरु चुनावमा भोट माग्दै व्यपारीहरु कहाँ गएका थिए । नतिजा आइसकेको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य सचिव र दुई कार्यसमिति सदस्य सहित ५ पदमा लोकतान्त्रिक गठबन्धन विजयी भयो । बा“की पदहरुमा वाम गठबन्धनका उम्मेद्वारहरुले जिते ।

वाणिज्य संघको इतिहास हेर्ने हो भने काँग्रेसका लागि यो घाटा हो । कारण उर्लाबारीको वाणिज्य संघको धेरै वर्षसम्मको नेतृत्व काँग्रेसले लिनु र व्यापारीहरु काँग्रेस निकट बढी छन् । दुई ठूला पार्टी मिलेर बनेको कम्युनिष्ट पार्टीसँग एक्लैले भिड्नु उसका लागि कम चुनौती थिएन । अघिल्लो चुनावमा नराम्ररीले हार चाखेको काँग्रेसले यस पटक अध्यक्ष पद हत्याएरै छाडेको छ ।

व्यापारीहरुले नयाँ अनुहारलाई रुचाए, खड्गी विजयी बने । पार्टी सदस्यता वितरणको हिसाबले कम्युनिष्टको वर्चस्व रहेको उर्लाबारीमा पछिल्लो समय काँग्रेस शक्तिशाली बन्दै गएको र वामगठबन्धन अहमता र घमण्डका कारण कमजोर बन्दै गइरहेको हो भन्ने बहस ल्याइदिएको छ । एउटा चुनावलाई हेरेर कुन पार्टी बलियो र कमजोर भन्ने आ“कलन गर्न नमिले पनि यसका केही संकेतहरु चाहीँ देखिन्छन् । पंक्तिकार कुनै राजनीतिक विश्लेषक हैन । उर्लाबारीको धरातलीय यथार्थलाई केलाउन भने कोसिस गरेको छ ।

प्रदेश र केन्द्र चुनावमा वामगठबन्धनले जित्यो, स्थानीय तह चुनाव उर्लाबारीमा हार्यो । प्रसंग सुरु गरौँ अघिल्लो वर्षको सामुदायिक वनको चुनावबाट । कम्युनिष्टहरुको वर्चस्व रहेको बेतिनी सामुदायिक वनमा एकाएक काँग्रेस हाबी भयो । सचिव, सहसचिव र कोषाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वारहरु विजयी भए । कम्युनिष्ट गठबन्धनका उम्मेद्वारहरु हारे ।

उर्लाबारी नगरपालिकामा वाम गठबन्धनको स्पष्ट बहुमत भएपनि कम्युनिष्ट निकटका जनप्रतिनिधिहरुले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । उही पुरानो शैली र बानी व्यवहारका कारण उर्लाबारीका कम्युनिष्टहरुले जनमत त गुमाउदै छैनन् ?

उद्योग वाणिज्य संघको चुनाव यसको दृष्टान्त हो । सुरुबाटै पुरै प्यानल जित्ने आँकलन गरेको गठबन्धनले विपक्षीलाई सामान्य ठान्यो । व्यापारीलाई भोट खन्याउने ठाने । सो पार्टीका नेताहरु दम्भ देखाउँदै हिडे । काँग्रेसले आफ्नो भरपुर शक्ति परिचालन गरेको थियो । पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि काँग्रेस राम्ररी लागिपर्यो । उसले आप्mना जनप्रतिनिधिदेखि भातृसंगठनको परिचालन गर्न भ्यायो ।

काँग्रेसका बाबुछोरादेखि नातिसम्म आप्mनो पार्टीको उम्मेद्वारलाई जिताउन लागि परे । प्रचारमुखी अभियानलाई तीव्रता दिए । माहोल बनाए । माहोल बिग्रन नदिनका लागि काँग्रेस नेतृत्वले होसियारी अपनायो । यसअघिको चुनावको हारबाट गतिलो पाठ सिक्दै अन्तरघातीहरुलाई पहिचान गरेर उनीहरुलाई त्यही अनुसारको जिम्मेवारी दिँदै त्यसतर्फ ‘इन्गेज्ड’ गराइदियो ।

वाम गठबन्धन पहिलेदेखि नै चुनाव जित्नेमा ‘ओभर कन्फिडेन्ट’ देखिन्थ्यो । भातृ संगठनहरुलाई परिचालन नगरी उही ‘पुरतनवादी’ सोचाई भएका नेताहरु व्यपारी कहाँ“ भोट मागे । आप्mना जनप्रतिनिधिहरुलाई परिचालन गरेनन् । आफू निकटका व्यापारीहरुलाई भोट दिइहाल्छ, माग्नुपर्दैन भनेर टाउको गने । यस्तै प्mयाक्टरहरुले वामगठबन्धन चुक्यो ।

वाम गठबन्धनले चुनाव हार्नुको अर्को कारण भनेको ‘नया“पन’। व्यपारीहरु सधै“ परिवर्तन चाहन्छन् । उनीहरु आप्mनो समस्या कसैले सुनिदिओस् भन्छन् । व्यपार क्षेत्रमा देखिएको समस्या समाधान गरिदिनेलाई भोट दिन्छन् । दुःखमा मलहम पट्टि गरिदिने खोज्छन् । भरत भट्टराई र धर्म शाक्यलाई उनीहरुले यसअघि रुचाएकै हुन् । दुवैले संघको नेतृत्व गर्ने अवसर पाए । काम गर्न पनि खोजे । तर, कतिपय व्यापारीहरु यस्ता हुन्छन् जो नयाँ नेतृत्व रुचाउँछन् । यसअघि चुनाव हारेका खड्गीलाई यस पटक भोट दिऊँ न भन्ने ‘फ्याक्टर’ पनि खड्गीको जितको सारथी बन्यो ।

उर्लाबारीका पूर्व एमाले र एमाओवादीका केही नेता÷कार्यकर्ताहरुको हालसम्म बोलचाल छैन । उनीहरुभित्र गुट उपगुट मौलाउदै गएको छ । एकले अर्कालाई सिध्याउने खेलमा छन् उर्लाबारीका कम्युनिष्टहरु । अर्काको अस्तित्व स्वीकार नगर्ने परिपाटी, आफैँ सर्वोपारी ठान्ने, नेता÷मन्त्री चिनेको धाक लगाउने, शक्तिको पछाडि दौडने अनि आफूलाई नेता हुँ भन्दै हिड्ने तर जनताको काम नगरिदिने एउटा जमात छ उर्लाबारीका कम्युनिष्टहरुमा छ । जुन खिल बनेर उनीहरुस“ग बसेको छ । यसमा उनीहरुको ध्यान गएको देखिदैन ।

उर्लाबारीका वामपन्थीहरु आश्वासन बढी दिने खालका छन् । केही नेता राम्रा पनि छन् । काँग्रेसका नेताकहाँ कोही गयो भने तत्काललै पहलकदमी गरिदिन्छन् । उनीहरु बढी ‘रेस्पोन्सिप’ छन् । यो प्mयाक्टरले पनि वाणिज्य संघमा काँग्रेसले अध्यक्ष पद हत्यायो ।

उर्लाबारीमा त्यही पुराना नेता, घ्याङ्लो व्यवहार, गफ बढी काम कम, खुट्टा तान्ने प्रवृत्ति, सबै नेता हुन खोज्ने परिपाटी र वामपन्थीहरुको व्यक्तिगत स्वार्थका कारण पनि उनीहरुले जनमत गुमाउदै गएका छन् । उर्लाबारीबाट निर्वाचित भएकै जनप्रतिनिधिहरु स्वयम् यहा“का नेताहरुलाई मान्दैनन् । उही पुरानो बानी, काम पर्दा मात्र युवाहरुलाई सम्झने अरुबेला वास्ता नगर्ने परिपाटी उर्लाबारीका कम्युनिष्ट नेताहरुमा छ । वाणिज्य संघमा वामगठबन्धनको स्पष्ट बहुमत देखिएपनि मुख्य पद नै हारेपछि त्यसको कुनै अर्थ राख्दैन ।

र अन्त्यमा,उर्लाबारीमा हुने सामाजिक संघसंस्थाका चुनावमा राजनीतिक दलहरुले प्यानल खडा गरेपनि चुनावमा व्यक्ति ‘प्mयाक्टर’का कारण जित्ने गरेको पाइएको छ । वाणिज्य संघको यो पटकको चुनावमा वामगठबन्धनका डिल्ली खतिवडाले सार्वधिक मत ल्याए । उनले पाएको उक्त भोट पार्टीका व्यपारीहरुको मात्र होइन । विपक्षी दलहरुका व्यपारीहरुस“गको राम्रो सम्बन्ध, नेतृत्वमा हुने गुण, सबैसँग तालमेल गर्न सक्ने क्षमताका कारण खतिवडाले धेरै मत पाए । काँग्रेसबाट महासचिवमा उठेका हेमराज गुरुङले पाएको मतलाई पनि कम आँक्न मिल्दैन । छोटो समयमा धेरैको मनमस्तिष्कमा पर्न सफल गुरुङ चुनाव हारेपनि अर्को पटक उनी शक्तिशाली उम्मेद्वार बन्ने निश्चित छ ।

उर्लाबारीमा काँग्रेसमा एक÷दुई जना राम्रा नेता भए पनि अन्यको हलचल पनि वामपन्थी नेताहरुकै जस्तो परिपाटी ज्यादा छ । आलाका“चाहरुलाई पार्टी नेतृत्व सुम्पिने होडबाजी पनि छ । काँग्रेसको सिद्धान्त नबुभ्mने, राजनीतिक अपरिपक्वता, हाहाहुहु, हुलदुंगा गर्ने तत्वहरु पनि उर्लाबारीको काँग्रेसमा बढ्दै गएको देखिन्छ । वामगठबन्धनमा कुशल संगठककको अभाव खड्किएको छ भने काँग्रेसमा वैचारिक कार्यकर्ताको अभाव देखिएको छ ।

२०७५ भदौ १४ गतेको निगरानी दैनिकमा प्रकाशित

उर्लाबारीमा किन हार्‍यो एमाले ? (विश्लेषण)

– गोविन्द पोखरेल

उर्लाबारी । ‘जितिन्छ भनेको हारियो’ उर्लाबारीको वडा नम्बर ३ मा एमालेले हारेपछि एक नेताले दिएको अभिव्यक्ति हो यो । हुन त उर्लाबारीमा एमालेले वडा नम्बर १ देखि ५ अनि ८ र ९ नम्बर वडामा पहिलेदेखि नै जित्छौ भन्दै आएको थियो । चुनावी परिणाम सोचे जस्तो भइदिएन । यसले जित्छु भनेको वडा नम्बर २, ३ र ५ मा कांग्रेसले आफ्नो झण्डा गाड्यो । चुनावमा सिद्धान्त गौण हुन्छ, यहाँ अंक गणितको खेल शुरु हुन्छ । जसले बढी अंक ल्याउछ, उही विजेता ठहरिन्छ ।

कुनै पनि पार्टी बलियो हुनका लागि उसका सिद्धान्त र विचार, संगठनको आधार, जनसम्पर्कको आधार, संघर्षको क्षमताको विकासको आधार बलियो हुनुपर्छ भनिन्छ । एमाले उर्लाबारीको यो आधार सबै भत्किएको छ । मतदातालाई उर्लाबारी एमालेले सधैं नै ‘बाउको बिर्ता’ सम्झियो । र, यसपालि दोस्रो संविधानसभाको चुनावभन्दा राम्ररी पछारियो । उर्लाबारीमा एमालेका केपी ओलीले असार १५ मा विपक्षी दलहरुलाई हिलोमा पछार्नु पर्छ भनेका थिए, उर्लाबारीमा एमाले आफै हिलोमा पछारियो ।

गोविन्द पोखरेल

मेयरमा पदमा एमालेका उम्मेदवार भुपालसिं जिमीले फराकिलो मत अन्तरले कांग्रेसका खड्ग फागोसँग हारे । लेखक कुनै राजनीतिक विश्लेषक हैन । राजनीति जान्दैन पनि । पंक्तिकारको नजरमा उर्लाबारीमा एमाले हार्नुका कारणहरु उल्लेख गर्न खोजिएको छ:

उम्मेद्वार छनोट :

चुनावमा जब हारिन्छ, अनि उम्मेदवार नै राम्रो थिएन भन्ने गरिन्छ । उर्लाबारीको हकमा एमालेले उम्मेदवार छनोटमा गुटबन्दी गरेको प्रष्ट देखिन्छ । केही वडाहरुमा एमालेले उम्मेदवार छनोट गर्ने क्रममा त्रुटिहरु देखियो । जस्तै,वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदवार एमालेका पुराना कार्यकर्ता भएपनि उनी पार्टीमा त्यति सक्रिय थिएनन् । वडा नम्बर–६ का वडाध्यक्ष उम्मेदवार एमालेमा त्यति सक्रिय थिइनन् । वडा नम्बर–२ का वडाध्यक्ष उम्मेदवार पार्टीमा सक्रिय भएपनि उनी बढी ढुक्कका कारणले चुनाव हारे ।

वडा नम्बर–३ का उम्मेदवार आफ्नै व्यक्तिगत कारणले पराजय व्यहोरे । यस्तै, एमालेभित्रको गुट–उपगुटले एकले अर्कालाई सिध्याउने खेल भएपछि एमाले पराजय हुन पुग्यो । उम्मेदवार छनोटको क्रममा एमालेमा गुटगत राजनीति हावी हुँदा टिकट वितरण पहिलेदेखि नै विवादित बनेको थियो ।

एमालेमा चुनाव जित्ने अह्मता थियो :

कांग्रेसका मेयर उम्मेदवारलाई एमालले हलुका रुपमा लियो । उसले मधुमल्ला, राजघाटबाट आफ्नो पक्षमा बढी मत आउनेपछि चुनाव जितिन्छ भन्दै बस्यो । आफ्नो लालकिल्ला कसैले तोड्न नसक्ने उसको अहम्ताले अन्त्यमा एमालेलाई नै पोल्यो ।

पार्टी धारण राख्न नसक्नु : विपक्षी पार्टीहरुका सामान्य समर्थक पनि चुनावी प्रचारप्रसारमा हिंडेका थिए । उर्लाबारी नगर क्षेत्रमा रहेका एमालेका पार्टी संगठित सदस्यहरुलाई कुनै भेला नगरी चुनावी प्रचारप्रसारमा हिड्यो । जसका कारण एमालेका कार्यकर्ता एवं सदस्यहरुमा नैराश्यता उत्पन्न भएको बुझ्न सकिन्छ । उर्लाबारीको स्थानीय तह चुनावी प्रचारप्रसारमा एमालेका धेरै समर्थक खुल्ला रुपमा भोट माग्दै हिडेनन् । यो पनि हारको अर्को कारण हुन सक्छ ।

कांग्रेस खट्यो, एमाले हट्यो :

नेपाली कांग्रेसको खटाइ यो चुनावमा धेरै नै थियो । एमालेको तुलानामा नेपाली कांग्रेसले चुनावमा धेरै खट्यो । एमालेले युवा संघ र अनेरास्ववियुबाहेक उसका कुनै भ्रातृ संगठनलाई चलायमान बनाउन सकेन । नेपाली कांग्रेसले चुनावका लागि भनेर धेरै पहिलेदेखि नै खटेको थियो । एमालेले चुनावको मिति हुनुभन्दा एक महिनाअघि मात्र खट्यो । जसका कारण एमालेका मेयर सबै टोलमा पुग्न सकेनन् ।

साना दलहरुसँग समन्वय गर्न नसक्नु :

यो चुनावमा उर्लाबारीमा नेपाली कांग्रेसले आफ्नो पार्टीगत मतले मात्र जितेको देखिदैन । उसले साना दलसँग समन्वय गर्‍यो र सफल पनि बन्यो । साना दलहरुलाई ‘क्यास’मा लिन नसक्नु पनि एमाले हार्नुको अर्को कारण हो ।

एमाले विरोधी शक्ति एक हुनु :

केन्द्रीय राजनीतिमा एमाले विरोधी शक्ति एक भएको दृष्टान्त तल्लो तहमा आएर पनि देखियो । एमाले विरोधी शक्तिलाई कांग्रेसले हातमा लियो । अहम्ता र घमण्डका कारणले उर्लाबारीमा एमाले हार्‍यो । यस्तै, एमालेभित्रको अन्तरद्वन्द्वमा यो चुनावमा नेपाली कांग्रेसले मज्जाले खेल्यो । असारमा अन्य दलहरुलाई हिलोमा पछार्छु भन्दै हिडेको एमाले, उर्लाबारीमा भने कांग्रेसले राम्ररी नै पछार्यो ।

नेतृत्व तहको कमी कमजोरी :

उर्लाबारीमा एमालेका नेता हुँ भन्दै हिड्ने सबै ‘ठालू’ पल्टने गर्छन् । एकले अर्कालाई नगन्ने परिपाटी एमाले नेताहरुमा हावी छ । टिकट नपाएको झोकमा ‘पार्टीलाई सिध्याइदिन्छु भन्दै हिड्ने’ उर्लाबारीका एमाले नेतागणले आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन् । जसका कारण एमालेले अरुसँग समन्वय गर्न चुक्यो ।

माओवादीलाई विश्वासमा लिन नसक्नु :

माओवादी केन्द्रलाई एमालेले विश्वासमा लिन नसक्नु पनि उसको हारको कारणमध्ये एक हो । वडा नम्बर २ र ६ मा एमालले माओवादीलाई सघाएर चुनावमा जाँदा एमालेलाई फाइदा थियो । कम्युनिष्ट शक्ति एक हुन नसक्नु एमाले हारको अर्को कारण हो ।

आर्थिक चलखेल :

एमालेले पराजय भोग्नुको अर्को कारण थियो, आर्थिक चलखेल । विपक्षी पार्टीहरुले आर्थिक चलखेल गरिरहँदा एमाले मौन रह्यो । उसले चुनावमा खर्च नगर्ने रणनीति अपनाएपनि त्यसको घाटा उसैलाई हुन गयो । एक्काइसौं शताब्दीमा राजनीतिज्ञहरु आर्थिक चलेखेललाई चुनाव जित्ने अस्त्र मान्छन् । केही ठाउँमा एमालेले चलखेल गर्न खोजेपनि त्यो प्रभावकारी भने देखिएन ।

तडकभडक देखाउन नसक्नु :

कतैपनि नलागेका मतदातालाई आकर्षित गर्न तडकभडक र प्रचारबाजी पनि आवश्यकत पर्छ । एमालेले अन्य विविध क्षेत्रमा तामझाम देखाएपनि उर्लाबारी नगर क्षेत्रका चोकहरुमा उसले तडकभड देखाउन मात्र सकेन,आफ्नो मेयर उम्मेदवारको प्रचारका लागि कुनै अस्त्रै प्रयोग गर्न सकेन ।

आफ्नो मत सुरक्षित गर्न नसक्नु :

पार्टीभित्रको मत सुरक्षित गर्न नसक्नु एमाले हार्नुको अर्को कारण हो । पार्टी पंक्तिमा उसले आफ्नो मत सुरक्षित राख्ने रणनीति अपनाउन सकेन ।

स्वयंसेवक परिचालन :

चुनावको दिन एमालले आफ्नो स्वयंसेवकलाई परिचालन गर्न सकेन । उसका विपक्षी दलहरुले व्यवस्थित ढंगले स्वयंसेवक परिचालन गरेर मतदातालाई आकर्षित गर्न सफल बने ।

विपक्षीलाई कटाक्ष गर्न नसक्नु :

चुनाव जित्ने अर्को अस्त्र हो, कटाक्ष । एमालले विपक्षी दलहरुलाई कटाक्ष गर्न सकेन । भ्रम चिर्न नसक्नु नै एमालेको हार पहिलेदेखि नै देखिएको थियो ।

विपक्षीको अन्तरकलहमा खेल्न नसक्नु :

एमालेले विपक्षी दलहरुभित्रको अन्तरकलहमा खेल्न सकेन । जसका कारण अन्य दलहरुको भोट उसले तान्न सकेन ।

एमालेका मेयर उम्मेदवारको ‘ड्यासिङ पावर’नहुनु :

कांग्रेसका मेयर उम्मेदवारसँग ड्यासिंङ पावर थियो । उनी मतगणनास्थल पुग्दा माहोल नै अर्को हुन्थ्यो । कांग्रेसका स्वयसेवकले स्कर्टिङ गरेर डुलाउथे, जसको असर कुनै पक्षमा नलागेका मतदातालाई भयो, भोट खड्ग फागोलाई हाले ।

गुटगत राजनीति :

उर्लाबारीमा एमाले नेता हुँ भन्दै हिड्नेहरु गुटगत राजनीतिलाई बढी पश्रय दिने गरेका छन् । योग्य उम्मेदवार भन्दा पनि आफ्नो पक्षको मानिसलाई टिकट दिने अनि अन्तरघात गर्ने परिपाटी छ । गुटगत राजनीतिका कारण एमालेमा देखिएको अन्तरघातलाई विपक्षी दलहरुले उर्लाबारीको चुनावमा एमालेमा ‘लोकतन्त्र’देखिएको बताएका थिए । सात सूर्य सात छाप भन्दै भोट मागेको एमालेलाई गुटगत राजनीतिका कारण धेरैले एक रुख ६ छाप भोट खसालेका थिए ।

खड्ग फागोको लहर :

आम जनमानसमा खड्ग फागो स्थापित व्यक्तित्व हुन् । उनलाई एकपटक अवसर दिनुपर्छ भन्ने आममतदातामा देखियो । फागोको सहयोगी भावना र पार्टी नहेरी काम गरिदिने व्यवहारबाट आमा मानिस प्रभावित बने । जसका कारण उनले इतर पार्टीका मतका साथै आममतदाताको मन जित्न सफल हुँदै अत्यधिक मतका साथ विजयी बने ।

उर्लाबारीमा एमालेका नेताहरु विरुद्ध सामाजिक सञ्जालमा आक्रोश देखिन थालेको छ । विगतका कमीकमजोरीलाई नसच्याए, एमाले उर्लाबारीबाट ‘आउट’ हुने सम्भावना पनि उतिकै छ ।

समस्या बन्दै अव्यवस्थित घडेरी प्ल्टीङ

भौतिक सुःख र सहरीया बन्ने होडमा धमाधम भौतिक संरचनाहरु निर्माण हुन थालेका छन् । विकासको द्योतक मानिने भौतिक संरचनाहरु निर्माण गरिए पनि जथाभावी रुपमा गरिने यस्ता क्रियाकलापले प्रकृतिक सौन्दर्यतामा मात्र नभएर वातवरणीय समस्या समेत निम्तन थालेको छ । खेतीयोग्य जमिनहरुमा धमाधम भौतिक संरचनाहरु निर्माण गरिनु नै खाद्य संकट निम्तिने खतरा बढ्न थालेको छ ।
तीव्र रुपमा भौतिक संरचनाहरु निर्माण तथा अव्यस्थित घडेरी प्लटीङले वातवरामा कस्तो प्रभाव परेको छ । सबैले बुभ्mनु जरुरी छ । ‘क्षणिक आनन्द’ प्राप्तिका लागि घडेरी व्यपारीहरु वातवरणीय समस्या निम्त्याउन लागि परेका छन् ।

जनमानसमा घडेरी प्लटीङले विकास हुने मानसिकता त्याग्न आवश्यक रहेको छ । वातावरणलाई अव्यवस्थित रुपमा गरिएको घडेरी प्लटीङले कत्तिको असर पु¥याइरहेको छ ? पैसाका लागि मरिमेट्नेहरुले उब्जनी हुने जमिनमा जथाभावी रुपमा भौतिक संरचनाहरु खडा गरी मरुभूमिकरणको खतरा निम्तयाउन थालेका छन् ।

बढ्दो अवस्थामा रहेको जनघनत्वका लागि उचित ठाँउको अवश्यकता पर्छ । यही कारणले पनि घडेरी व्यवसाय अहिले व्यापक रुपमा फस्टाइरहेको छ । तर, अन्नउब्जनी हुने जमिनमा नै ‘भूमाफिया’हरुले घर बसाल्न थाले भने अन्न उत्पादन कहाँबाट गर्ने भन्ने प्रश्न आउन थालेको छ । आजको फाइदाका लागि गरिने अव्यवस्थित सहरीकरणले भावी सन्ततिहरुका लागि घातक छ ।

उब्जनी जमिनलाई सदुपयोग गर्न आजको अवश्यकता रहेको छ । भूकम्पकले थलिको देश तथा आर्थिक संकटबाट ग्रसित देशमा कृषिजन्य पदार्थहरु निर्यात गरिनुपर्ने अवस्था आइसकेको छ ।
एउटा उदाहरण लिऔँ, कृषिकर्म गरिरहेको जमिनलाई खण्डीकरण गरे भौतिक संरचना बनाइयो भने त्यहा कस्तो समस्या आउन सक्ला ? उत्पादनमा कमी ।

बजार भाउ दिनानूदिन बढिरहेको छ । एक केजी अन्न किन्न १० रुपैँया तिर्ने मानिस आज एक दशकको समायवधिमा ६० रुपैँया हालेर किन्न बाध्य छ । महंगी बढ्नुको एउटा कारण यो पनि हो ।
कृषिप्रदान देश नेपालको अन्न भण्डार मानिने तराई क्षेत्रमा यतिबेला सहरीकरण बढ्दो छ । देशको कूल गृहस्थ उत्पादन घटेको घटै छ । यसतर्पm सरकारले ध्यान दिइरहेको पाइदैन । निति निर्माण बनाए पनि त्यो व्यवहारमा कार्यान्वयन भएको पाइदैन । अव्यवस्थित सहरीकरण तथा घडेरी प्लटिङ सबैको टाउको दुःखाइको विषय भए पनि व्यवसायीहरुलाई ‘फाइदा’ हो ।

जतातै महगीं र आर्थीक संकट परेको देश नेपालमा तीव्र रुपमा विकासित भइरहेको सहरीकरण र बढ्दो जसंख्या वृद्धिको परिणामा हो । महंगी र आर्थीक वृद्धिले जीवनस्तरलाई संकट बनाउदै छ । आफ्नो अस्तित्व जोगानका लागि मानिस संघर्षशील हुनुपर्ने अवस्था आउन थालेको छ ।
यही रुपमा अव्यवस्थित सहकरीकरण तथा घडेरी प्लटिङ बढिरहने हो भने मानिसले मानिसलाई नै सिध्याउने खेल खेल्न थाल्छ । चाल्र्स डार्विनको सिद्धान्त मानिसको हकमा पनि लागू हुने छ भन्न सकिने अवस्था छैन । उनले भनेभैmँ जसले बाँच्नका लागि संघर्ष गर्छ उसैको अस्तित्व सम्भव छ र मिहिनेत नगर्नेको मृत्यु निश्चित छ ।

सहरीकरणका लागि घडेरी प्लटीङ गर्ने गरिन्छ, जगजाहेर भएको कुरा हो । अन्न उब्जनी हुने जमिनमा सहरीकरण गर्न खोजियो भने उत्पादन बन्द हुन्छ । यसको प्रत्यक्ष प्रभाव भने यसले वातवरणलाई नकारात्मक असर पु¥याउँछ । वैज्ञानिक मान्यता अनुसार घडेरी प्लटीङ त्यस्तो ठाँउमा गर्न उपयुक्त मानिन्छ जहाँ अन्न उब्जनी हुँदैन र जमिन खेर गइरहेको छ । तर हाम्रो देशमा चाहि ठ्याक्कै उल्टो छ । अन्न भण्डारका रुपमा लिइने तराई क्षेत्रमा तीव्र रुपमा विकासित भइरहेको घडेरीकरणले निम्त्याएको अव्यवस्थित सहरीकरण भने जहाँ अन्न उब्जनी हुँदैन त्यहाँ कृषि गर्न खोजिन्छ । जनसङ्ख्या वृद्धिले गर्दा मागहरु बढ्छन् तर माग अनुसारको अपूर्ति नहुनाले मानिस जस्तो सुकै पनि मूल्य तिरेर भएपनि ऊ आफ्नो आवश्यकतालाई पूरा गर्नतर्पm लाग्दछ । भनिन्छ हाम्रो देश नेपालका करिब ६० प्रतिशत मानिसहरु कृषि पेशामा अबद्ध रहेका छन् तर माग अनुसारको उत्पादन हुन सकिरहेको छैन र सधैँ भारतबाट आयतित उत्पादनको भरमा पर्नु पर्छ अहिले कृषि गरेर उत्पादन हुने धान, चामाल,गहूँ, लसुन, आलु, प्याज समेत भारतबाट आयत गनुपर्ने बाध्यता छ । विगतका दिनहरुमा हामीले यतिधेरै आयत गर्नु परेको थिएन तर आज हामीले छदाछदैको उब्जनीहुने उर्वर भूमिलाई पैसाको प्रलोभनमा परी भू–माफियाहरुलाई दिनानूनिदिन ती हिरा उत्पादन हुने जमिनलाई बेचि रहेका छौँ ।

यदि हामीले धान फलाउने जमिनलाई भू–माफियाहरुसँगको मिलोमातोमा घडेरी प्लटीङलाई प्रोत्साहोन गरेका थिएनौँ भने आजको यो दिन देख्ने थिएनौँ । हामीले आजको फाइदालाई मात्र हेरेर पुग्दैन भविष्यलाई पनि मनन गर्न सक्नुपर्छ । यदि उर्वर भूमि तराईमा जताततै सहरीकरण गर्न खोजिए हामीले पनि कोरीयाली र खाडी मुलुकहरुका भैmँ शत्प्रतिशत अन्न विदेशी मुलुकहरुबाट आयततित गर्नुपर्ने दिनहरु न्आउला भन्न सकिन्न । कोरीयाली र खाडी मुलुकहरु त आर्थीक रुपमा विकिशित पनि छन् उनीहरुलाई आयत गर्न कुनै समस्या नपर्ला तर आर्थीक रुपमा विपन्न भएको हाम्रो देशमा ‘भोकमारी’को अवस्था सिर्जना होला भन्न सकिन्न ।

Gobinda Pokharel

उब्जनी हुने जमिन थोरै हुनु र मागहरु धेरै हुनाले महंगी बढ्ने गरेको यथार्थ सबैलाई थाहा नहुन पनि सक्छ । सबैलाई थाहा भएकै कुरा न हो जमिनमा कृषकले अन्न उब्जाएर अन्य विविध पेशा अँगालेका मानिसहरुको पेटमा चारो हालिदिने काम गर्छ । त्यही भएर पनि कृषक सबैको अन्नदाताको रुपमा चिनिएको छ । तर तिनै किसानहरुलाई माग अनुसारको अपूर्ति गर्नका लागि उनीहरुले विभिन्न विषादीको प्रयोग गर्न बाध्य हुन्छन् । र माग अनुसारको अपूर्ति त हुँछन् तर शरीरलाई चाहिने आवश्यक भिटामिन, प्राटिन, कार्बोहाइड्रेट अदि अति अवश्यक तत्वहरु ती कृषि जन्य उत्पादन(तरकारी, धान, गहूँ आदि)हरुमा कमी हुन्छन् । फलस्वरुप ती विषादी हालेको तरकारीको खानाले शरीर कमजोर हुन पुग्दछ र विभिन्न रोगहरुले सजिलै आक्रमण गर्दछन् जसले गर्दा हामी नै असुरक्षित हुन पुग्छौँ । यो समस्या अहिले देशभरमा छन् । अहिले अत्याधिक रुपमा विषादी टमाटर र खोर्सानीमा बढि प्रायोग हुने गरेको विभिन्न अध्ययन तथा अनुसान्धानले देखाएको छ । यो त एउटा अहिले हामीले भोगि रहेको समस्या हो । त्यही भएर जमिनलाई दुरपयोग होइन सदुपयोक गर्न जरुरी रहेको छ ।

पहाडी भेगमा तराई भेगमा भन्दा कम रुपमा अन्न उब्जनी हुने गरेको छ भने प्रशस्तै मात्रामा खेर गइरहेको जमिन पनि छन् त्यस्तो ठाँउमा सहरीकरण गर्न उपयुक्त मानिन्छ । जहाँ कृषि गर्नुपर्ने हो त्यहाँ प्लटीङ गरिन्छ र जहाँ प्लटीङ गर्नुपर्ने हो त्यहाँ कृषि गरिन्छ । त्यही भएर पनि हामीले आजका दिनसम्म प्रगति गर्न सकिरहेका छैनौँ । प्रायः खाडी मुलुकहरुमा अन्न उब्जनी कम हुने गर्छ र त्यहाँ भौतिक पूर्वाधारको विकाससँगै आर्थीक वृद्धिदरले तीव्र रुपमा गति लिइरहेको छ । उनीहरु उब्जनी नहुने जमिनको क्षेत्रफल भरी भौतिक संरचनाको निर्माण गर्छन् । तर हामी यसको ठ्याक्कै उल्टो छ । यसलाई हामीले एउटा सशुभ संकेतको रुपमा हामीले लिनु जरुरी रहेको छ ।

हुन पनि हो कुनै पनि ठाँउको स्वरुप बदलिने किसिमको कार्य नै परिवर्तन हो । चाहे त्यो नकारात्मक पक्ष नै किन नहोस् । तर नेपाली समाजमा भौतिक रुपका संरचनाहरु निर्माण हुनलाई नै विकासको प्रमुख अंगका रुपमा लिएको पाइन्छ । यही उर्लाबारी नगरपालिका कै कुरा गरौँ तीव्र रुपमा विकासित भइरहेको अव्यवस्थित घडेरी प्लटीङमा निर्माणाधिन भौतिक संरचनाहरु र निर्माण भइसकको संरचनाहरु, आम मानिसले विकास भनेकै नयाँ नयाँ संरचनाहरु निर्माण हुनु भनेर । विचरा ! निर्दोष मानिसहरुलाई के थाहा यही भौतिक संरचना निर्माण गर्नका लागि सधैँभरी लाखौँ रुपँैया दिलाउन सक्ने उर्वर भूमि जमिन भू–माफियाको प्रालोभनमा परी मासिदै गएको । यो ती सबै मानिसहरुले बुझन जरुरी रहेको छ । सारकारले उर्वरभूमि विनाशलाई रोक्नका लागि कडा कानूनको व्यवस्था ल्याउन जरुरी रहेको छ । विशेष गरी सरकारले उब्जनीहने जमिनलाई घडेरी प्लटीङ गर्न खोज्नेलाई कारवाहीको दायारमा ल्याउन सके वातावरण संरक्षणमा टेवा पुग्नेछ भने अर्को तर्पm विभिन्न प्रकृतिक प्रकोभको भय पनि कम हुने छ । यस्तै घडेरी प्ल्टीङको सट्टामा घडेरी व्यवपारीहरुले ‘ग्रप हाजिङ’ गर्न सक्छन् । गुप्र हाउजीङमा एउटा ठूलो धेरै तल्लाको घरको निर्माण गरिन्छ र त्यहाँका प्रत्येक फ्ल्याटमा एक परिवार बस्न सक्छन् जसले गर्दा थोरै जमिनमा पनि धेरै परिवारहरु सजिले बस्न सक्छन् । यो सिस्टम अहिले राजधानी लगायत देशका अन्य सहर जस्तै पोखरा,विराटनगर आदि विभिन्न सहरहरुमा थालनी भैसकेको छ । आजैबाट हामीले जमिनको सदुपयोक गरेर यो धर्तीलाई जोगाउने की पैसाको प्रलोभनमा परी उब्जनी हुने जमिनलाई भू–माफियाहरुको हात लाग्न दिने यो कुराको मनन तपाईँहरु आपैmँ गर्नुहोस् ।