Author - Gobinda Pokharel

गोही

वास्तवमा गोही कस्तो जीव हो ? यसले किन आक्रमण गर्छ ? कस्ता हुन्छन् यसका आनीबानी ? नेपालमा कस्ता–कस्ता गोही छन् ? विश्वभर कति प्रजातिका छन् ? गोहीका विशेषता के हुन् ? किन भनिन्छ ‘गोहीको आँसु’ ?

गोही महाप्रलयबाट बाँचेको जीव हो । उक्त महाप्रलयमा डाइनोसोरको अस्तित्व सकिएको थियो । यिनीहरू डाइनोसोरभन्दा अघिदेखि नै पृथ्वीमा उत्पत्ति भएका जीव हुन् । वैज्ञानिकहरूका अनुसार २५० मिलियन वर्षअघि गोही देखा परेका थिए । परापूर्व कालका गोही अहिलेका भन्दै धेरै ठूला थिए ।

Read More

Bhaktapur, The City of festival and Culture

Bhaktapur,One of the oldest City of the Nation. It is found that different types of art and architecture are originated from this ancient city. Bhaktapur is home to historical monuments, crafts, religions and temples.

It is also rich in culture and traditional art including different types of festivals. Bhaktapur is the ancient Newa city of nepal.

Bhaktapur Durbar square, Nyatapola, Bhairavnath Temple,Dattaraya Temple is located in this ancient city.

Bhaktapur is also known by city of Festivals and culture of Nepal.Different types of festivals and jatra are celebrated in this City.

Juju Dhau(Newari Curd) is famous here. Many tourist came to visit this palce due to its iconic beauty,culture,traditions and rituals inculding to taste the Curd.

के वन्यजन्तुले आत्महत्या गर्छन् ?

भवितव्यका कारण धेरैजसो जीवजन्तुको ज्यान जाने विज्ञहरू बताउँछन् । कहिलेकाहीँ ज्यान बचाउने क्रममा भाग्दा लडेर ती मर्ने गरेका घटना धेरै पाइन्छन् । यहाँ सँगै अर्को जिज्ञासा जाग्छ, के वन्यजन्तुले पनि आत्महत्या गर्छन् ?

‘समूहको नाइकेको पछिपछि जाने क्रममा अन्य जनावरको ज्यान जान सक्छ,’ त्रिवि केन्द्रीय जीव विज्ञान क्याम्पसका प्राध्यापक तेजबहादुर थापाले भने, ‘समूहको नाइके कुनै कारणले लडयो भने उसको पछिपछि गएका अन्य जनावर पनि लड्न सक्छन् ।’ यस्ता घटनाबारे नेपालमा डकुमेन्टेसन नभएको उनले बताए । भेडा जस्तो स्वभाव हुने जीवको मृत्यु पनि यस्तै कारणले हुने उनको भनाइ छ ।

वन्यजन्तुहरूमा आत्मविनाशकारी व्यवहार (सेल्फ डिस्ट्रक्टिभ बिहेभियर) हुन सक्ने उनले बताए । ‘जीवनको कुनै अवस्थामा पुगेपछि जीवहरू देहत्याग गर्न सक्छन्,’ थापाले भने, ‘तर यो उनीहरूको आचरणको कुरा हो । स्तनधारीहरूमा देहत्याग गरेका घटना विरलै पाइन्छ । हाम्रो जस्तो मुलुकमा यस्ता घटना कहिलेकाहीँ सुनिए पनि अध्ययन भएको छैन ।’

वन्यजन्तुहरूले आत्महत्या गर्ने सम्बन्धमा संसारमा अनुसन्धान धेरै भएका छन् । इकोलोजिस्ट एवं त्रिवि केन्द्रीय वातवरण विज्ञान क्याम्पसका उपप्राध्यापक मनकुमार धमला भन्छन्, ‘स्तनधारी जीवले कुनै हिंस्रक एवं आफूभन्दा शक्तिशाली जीवको अगाडि प्राण त्याग्न सक्छन् । तर त्यसलाई आत्महत्या नै भनेर यकिन गर्न भने सकिन्न ।’ डल्फिन, बाँदर, हात्तीजस्ता स्तनधारी जीव आफ्नो परिवारका कुनै सदस्यको मृत्यु हुँदा शोकमा बस्छन् । शोकमा रहेका बेला खानै नखाँदा उनीहरू मर्न सक्ने धमलाको भनाइ छ ।

यी जीवले समूहका कुनै सदस्यको मृत्यु हुँदा नजिकै जाने, सुमसुम्याउने जस्ता व्यवहार देखाउँछन् । वन्यजन्तुहरूले सामूहिक आत्महत्या नै गरेका घटना भने दुर्लभ रहेको उनले बताए । समूहको कसैलाई बचाउन खोज्दा वन्यजन्तुहरूको ज्यान जान सक्ने उनले सुनाए । मानिसले जस्तो अन्य जीवले आत्महत्या गर्न नसक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय जीव विज्ञानका प्राध्यापक एवं बाँदर विज्ञ मुकेश चालिसेको भनाइ छ । ‘संसारमा बुद्धि भएको प्राणी मानिस मात्रै हो । आर्थिक, सामाजिक, राजनीतिक एवं वंशानुगत कारणले उसले आत्महत्या गर्छ । यस्तो स्वभाव मानिसमा मात्रै हुन्छ ।’

कहिलेकाहीँ आत्तिएर, हिँड्दा, भाग्दा वा भीरपाखा, रूख आदि स्थानबाट खसेर वन्यजन्तु मर्ने गरेको विज्ञहरूको भनाइ छ । सारसको जोडीमा कुनै एकको मृत्यु हुँदा अर्कोले खानै नखाई पीडामा बस्ने गरेको भेटिन्छ । यसले पनि उनीहरूको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । धमिरालगायत अन्य स–साना कीराको सामूहिक मृत्यु हुने गरेको पाइन्छ ।

मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३ को एक पोखरीमा १६ वटा बाँदर हामफाल्दा डुबेर मरेको घटना सन्दर्भमा विज्ञहरूको एउटै मत छ– यो आत्महत्या होइन । बाँदरहरू पौडी खेल्न सक्ने भएकाले पोखरीमा केही दूषित पदार्थ वा विष मिसिएको हुन सक्ने उनीहरूको भनाइ छ । यस विषयमा अनुसन्धान आवश्यक रहेको उनीहरू बताउँछन् । ‘यो घटनामा पोखरी कस्तो थियो, बाहिर जाने ठाउँ थियो कि थिएन, तापक्रम कस्तो थियो भन्ने कुराले पनि ठूलो अर्थ राख्छ,’ चालिसेले भने ।

१० वर्षअघि पनि मरेका थिए बाँदर
१० वर्षअघि पशुपतिमा २० देखि ३० वटा बाँदेर मरेका थिए । पशुपतिस्थित एक बिजुलीको पोलमा एउटा बाँदरलाई करेन्ट लागेको थियो । कराउँदाकराउँदै उसको मृत्यु भएपछि अन्य बाँदर उसलाई बचाउन गएका थिए । त्यस क्रममा करेन्ट लागेर सबैको मृत्यु भएको थियो । ‘एउटालाई बचाउन जाँदा त्यसबेला २० देखि ३० वटा बाँदर करेन्ट लागेर मरेका थिए,’ चालिसेले भने ।

वनस्पतिको बीउ बैंक

गोदावरीमा बीउ बैंक (सिड बैंक) स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । वनस्पति विभागको सहयोगमा राष्ट्रिय वनस्पति उद्यानले वनस्पतिहरूको आनुवंशिक विविधता संरक्षण गर्न र प्रकृतिबाट वनस्पतिहरू लोप हुन नदिन सिड बैंक बनाउँदै छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत कृषि कार्यालयले खाद्य सुरक्षा र रैथाने बाली संरक्षण गर्न सिड बैंक स्थापना गरेका छन् ।

Read More

स्याटेलाइट

यो वर्षको सुरुमै नेपालले अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटेलाइट) पठाएपछि यसबारे धेरैको चासो बढेको छ  । कोपिलाको यो अंकमा हामी स्याटेलाइटबारे थुप्रै जानकारी लिएर आएका छौं  ।

नेपालले पठाएको नानो (सानो) स्याटेलाइटले के गर्दै छ ? नेपालले फेरि अर्को वर्ष प्रक्षेपण गर्न लागेको स्याटेलाइट कस्तो खाले हो ? वास्तवमा स्याटेलाइट के हो र यसले कसरी काम गर्छ ? पहिलोपल्ट कसले प्रक्षेपण गरेको थियो स्याटेलाइट ? अहिले आकाशमा कति स्याटेलाइट छन् ? यस्ता धेरै सवालको जवाफ यो लेखले दिने छ ।

Read More

अन्तरिक्ष सपना

भक्तपुरको कमलविनायकमा केही युवाहरूले नेपालमै स्याटेलाइट निर्माण गरी अन्तरिक्ष सपनालाई थप सघाउ पुर्‍याउने अभियानमा छन् ।

बुटवलका सौरभ पौडेल, इटहरीका जितेन थापा र भक्तपुरका राजेश धुसुले नेपालको पहिलो ‘पिको स्याटेलाइट’ निर्माण गरिरहेका छन् ।

Read More

मिहिनेती बन्न विज्ञान

गणित राम्रो छ भने विज्ञान पढ्नु राम्रो । अन्य प्रणाली तथा नीतिगत विषयमा इच्छा भने अर्को विषय छनोट गर्न भने हिच्किचाउनु हुंदैन ।

राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको एसईई नतिजा बिहीबार सार्वजनिक गरेको छ  । कुन विषय किन लिने भन्नेबारे विद्यार्थीहरू अन्योलमा हुन सक्छन्  ।

आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सके त्यसैलाई आफ्नो करियर बनाउन सकिन्छ । उत्कृष्ट अंक ल्याउनेले विज्ञान, अलिक कम अंक ल्याउनेले व्यवस्थापन अनि त्योभन्दा कम अंक ल्याउनेले मानविकी लिनुपर्छ भन्ने गलत मानसिकता छ । सबै विषयको महत्त्व आ–आफ्नै हुन्छ । अंकले विद्यार्थीको भविष्य निर्क्योल गर्दैन । Read More

गुणको बदला गुण

कुनै बेला मलाई पनि कसैले सहयोग गरिदिएका कारण म यो अवस्थामा छु  । अहिले त्यही मानवीय नाताले सडक र असहाय बालबालिकाहरूलाई उद्धार गर्न लागिपरेको छु,’ खेमराज पुरीले भने  ।

Read More

नेपालको दैनिक तापक्रम दर बढ्दो

नेपालमा दैनिक तापक्रम परिवर्तन दर ०.०३४ डिग्रीले वार्षिक रुपमा बढिरहेको पाइएको छ । बेलायतबाट प्रकाशित हुने एट्मोस्फेरिक रिसर्च जर्नलनमा अघिल्लो साता प्रकाशित एक अनुसन्धानात्मक प्रतिवेदनले यस्तो उल्लेख गरेको हो ।

दैनिक तापक्रम परिवर्तन दर (डूयुरिनल टेम्प्रेचर रेन्ज) भनेको दिनको उच्चतम् र न्यूनतम् तापक्रमबीचको फरक हो। सन् १९७६ देखि २०१५ सम्मको तथ्यांकलाई समावेश गरिएर गरिएको उक्त अनुसन्धानमा ३ नेपाली र ४ इटालियन अनुसन्धानकर्ताहरुलेसंलग्न थिए।

Read More

सन्दर्भ विश्व वातावरण दिवस : प्रदूषण रोक्ने चुनौती

केही दशकअघि काठमाडौ‌ंमा अहिलेको तुलानामा धेरै हरियाली, सफा र सुन्दर थियो । त्यसबेला काठमाडौंमा मास्क लगाएर हिँड्नुपर्ने अवस्था थिएन । थोरै सवारी साधन, उद्योग, निर्माण र जनघनत्व कम हुँदा धूवाँधूलो स्वभावैले न्यून थियो । तर, काठमाडौंमा अहिले स्वच्छ हावा पाइँदैन । स्वच्छ हावा त परको कुरा भयो, धूलो मास्क नलगाई सडकमा हिँड्न सकिने अवस्था छैन । Read More