March is Mine Birthday’s Month. Friday is Free Day. As its’ my weekly off day in office. March Welcomes the spring with a glance.
Author - Gobinda Pokharel
सूर्यविनायक भक्तपुरका सुदीप ठकुरी ‘जलवायु परिवर्तन र उच्च हिमाली हिमनदी तथा जलस्रोत प्रणाली’ का सम्बन्धमा विद्यावारिधि गर्ने नेपालका एक माक्र व्यत्ति हुन् । उनको अनुसन्धानबारे गोविन्द पोखरेल लेख्छन्:
इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरेका सुदीप ठकुरीका करिब १ सय ५० रिसर्च वैज्ञानिक जर्नलमा प्रकाशित छन् । उच्च हिमालय क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमा सक्रिय ठकुरीका डेढ दर्जन बढी अनुसन्धान विश्वका उच्चकोटिका वैज्ञानिक जर्नलहरूमा प्रकाशित छन् । साइटेसन ५ सय बढी । त्यसैले उनलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागमा ‘एसोसिएट प्रोफेसर’ नियुक्तिसम्म दिलायो । विद्याभूषण पदकबाट विभूषित ठकुरीले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट फेलोसिप पाए । विश्व खाद्य संस्था, यूएनडीपीदेखि डब्लूडब्लूएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा विज्ञका रूपमा काम गरे ।
वन्यजन्तु सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा बस्ने यी जीवहरु हेर्नका लागि सबै ललायित हुन्छन् । अझ बाघ, हात्ती, गैंडा, चितुवा, अजिंगर, रेड पान्डा, सालक,जिराफ हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् । राष्ट्रिय निकुञ्ज जाँदा पनि हाम्रो ध्यान वन्यजन्तु हेर्नमै केन्द्रीत हुन्छ । यी जीवहरु हेर्नकै लागि जंगल सफारी गर्छौँ ।
यिनीहरुको महत्व आफैंमा विशिष्ट छ। प्रकृतिको अनुपम वरदान नै हुन् वन्यजन्तु। पारस्थितकीय सन्तुलन कायम राख्न यिनीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। सबैको आ-आफ्नै महत्व र विशेषताहरु छन्।
जीवहरू पानीमा भएको घुलनशील अक्सिजनको मात्रालाई लिएर संवेदनशील हुन्छन् । ढाड नभएका साना जीवहरू भनेको जैविक सूचकका आधार हुन् । पानीको अवस्थामा फरक आउनेबित्तिकै यी जीवहरूले प्रतिक्रिया दिन सुरु गर्छन् ।
शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको पानी मुहानको जैविक सूचकांक आधारमा हालै परीक्षण गरिएको थियो । कुनै रसायन प्रयोग नगरी पानीको स्वास्थ्य अवस्था जाँच गरिएको यो आफैंमा नौलो घटना थियो । Read More
कश्मिरको भू–भागलाई लिएर दशकौँदेखि आमनेसामने भारत र पाकिस्तानको शत्रुतापूर्ण इतिहास पुरानो छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै दुई देशबीच कश्मिर मुद्दाका कारण ३ पटक युद्ध भइसकेको छ ।
शुक्रबार बिदाको दिन पारेर पूर्वानिर्धारित कार्यतालिका अनुसार सुन्दरी जल क्षेत्र हुँदै शिपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको बाग्मतीको पानीको अवस्थाबारे अनुसन्धान गर्न गएको थिएँ । केश स्टडीका लागि हेडवाटर एसेस्मेन्ट गर्ने टुंगो लगाएका थिएँ ।

बिहानको कक्षा लिएर बत्तिसपुतलीबाट गौशाला हुँदै साथी पदम ढकालसँग सुन्दरी जल जाने गाडी चढियो । करिब डेढ घन्टाको सफरपछि सुन्दरी जल पुगियो ।
देशमा एउटा वर्गको युवा पुस्ता उच्च शिक्षा अध्ययन गर्न युरोप, अमेरिका, अस्ट्रेलिया जान्छ । तीमध्ये अधिकांश उतै जागिर खान्छन् । कति उतै सेटल हुन्छन् । स्वदेश फर्कने कुरै गर्दैनन् । अमेरिका र अस्ट्रेलिया गएका यस्ता युवाको संख्या बढ्दो छ ।
ती मुलुकहरूमा विज्ञान र सूचना प्रविधि क्षेत्रमा दक्षता हासिल गरेका युवाहरू उतै बस्न रुचाउँछन् ।
वैशाख ४ गते प्रक्षेपण गरिँदै
नेपालको पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।
शुक्रबार जापानस्थित क्यूसू इन्सिटिच्यूट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू–उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो। जापानमा रहेका उपकुलपति श्रेष्ठले कान्तिपुरसँग भने,‘स्याटालाइट निर्माण कार्य सम्पन्न भएको छ। यो हाम्रो लागि ऐतिहासिक दिन हो। ’
भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस । प्रेमको बढि चर्चा हुने दिन । प्रेमिल जोडीहरुको खास दिन । प्रेममा विश्वास गर्नेहरुको दिन । हरेक टोलहरुमा प्रेमलाई व्याख्या गर्ने धेरै ‘पण्डित’हरु भेटाइन्छन् । प्रेममा यस्तो नशा छ,जो शब्दमा भनेर साध्यै छैन । यो त प्रेमको सागरमा डुबेकाहरुलाई मात्र थाहा छ । एउटा भनाइ छ,प्रेम अन्धो हुन्छ,सच्चा प्रेम कहिल्यै मर्दैन ।
प्रेम प्रतिको सम्मान र प्रतिक देखाइनु नै प्रणय दिवस मनाउनुको सार्थकता हो । आम मानिसहरुको तुलनामा यस पर्वले खासै महत्व नराखेपनि प्रेमको टुसा अंकुरण गराउन तयार प्रेममात्माहरुका लागि, एकअर्काको मायामा चुर्लुम्मै डुबेका मायालु जोडिहरुका लागि यो दिनले विशेष महत्व राखेको छ । त्यसैले आज हरेक जसो पर्यटकीय एवं सार्वजनिक ठाउँहरुमा जीवनमा हरियाली ल्याउनका लागि प्रेमको सागरमा चुर्लुम्म डुबेकाहरुलाई देख्न सकिन्छ ।