Author - Gobinda Pokharel
नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो ।
सन् २०१८ भएका थुप्रै घटनाहरुका कारण यो इतिहासमा अविष्मरणीय वर्षका रुपमा दर्ज हुन सफल रह्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका नेताहरु माझ मचाएको कोकोहोलोदेखि इण्डोनेसियामा वर्षको अन्तिम महिना आएको सुनामीसम्मका कारण यो अंग्रेजी वर्षलाई धेरैले आफ्नो सुविधा अनुसार याद गर्ने छन् ।
विश्व राजनीतिमा अमेरिका र चीनबीचको व्यापार युद्ध, रुस र बेलायतबीच नोकझोक, पाकिस्तान र भारतबीचको पुरानै झगडा, यूरोपीयन यूनियनबाट बेलायत बाहिरिने विषय र उत्तर कोरियाली नेता किम अनि सिरियाली युद्धका बारे चर्चा भए।
केही वनस्पतिहरू यस्ता हुन्छन् जो एक ठाउँबाहेक अन्य कहीं पाइँदैन । यी दुर्लभ वनस्पतिको संरक्षण अति आवश्यक हुन्छ । ‘साल्भिया’ प्रजातिको बिरुवा मनाङ–मुस्ताङमा मात्रै पाइन्छ । ‘मालोटस बाइकार्पेलेटस’, ‘हाइपेरिकम कोर्डिफोलियम’ नेपालमा मात्रै पाइन्छन् ।
हिन्दु धर्मावलम्बीका धेरैजसो चाडबाड विज्ञान र प्रकृतिसँग जोडिएका छन् । यो बेला सयपत्री र मखमली फूल जताततै ढकमक्क फुलेको छ । गाउँघर रमणीय बनेको छ । यी फूलले उज्यालो चाडको झल्को दिइसकेको छ ।
तिहारमा पूजा गरिने काग, कुकुर, गाई, गोरुको साइनो पनि प्रकृतिसँगै छ । तिहारमा पूजा गरिने यी पशुपन्छीको महत्त्व आफैंमा विशिष्ट छ । चराविद् हेमसागर बरालका बुझाइमा, ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो ।’
‘चन्द्रागिरी अवस्था, कफी खाएको अवस्था, हाइकिङ जादै गरेको अवस्था, घर आएको अवस्था,पास भएको अवस्था’आदि इत्यादि ! के भयो कुन्नी केही गर्ने बित्तिकै फेसबुकमा ‘…. अवस्था’ लेखेर् फेसबुकमा पोष्ट गर्न मनलाग्छ ।
आज विश्व हात्ती दिवस । हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो । क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस मनाउन सुरु गरिएको हो। वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने विश्वका ६० भन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदै आएका छन्।