Category - Others

भारत र पाकिस्तान : सैन्य शक्ति कसको कति ?

कश्मिरको भू–भागलाई लिएर दशकौँदेखि आमनेसामने भारत र पाकिस्तानको शत्रुतापूर्ण इतिहास पुरानो छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै दुई देशबीच कश्मिर मुद्दाका कारण ३ पटक युद्ध भइसकेको छ ।

Read More

सुन्दरी जलमा जे गरियो…(फोटोसहित)

शुक्रबार बिदाको दिन पारेर पूर्वानिर्धारित कार्यतालिका अनुसार सुन्दरी जल क्षेत्र हुँदै शिपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको बाग्मतीको पानीको अवस्थाबारे अनुसन्धान गर्न गएको थिएँ । केश स्टडीका लागि हेडवाटर एसेस्मेन्ट गर्ने टुंगो लगाएका थिएँ ।

बिहानको कक्षा लिएर बत्तिसपुतलीबाट गौशाला हुँदै साथी पदम ढकालसँग सुन्दरी जल जाने गाडी चढियो । करिब डेढ घन्टाको सफरपछि सुन्दरी जल पुगियो ।

Read More

फर्केनन् वैज्ञानिक

देशमा एउटा वर्गको युवा पुस्ता उच्च शिक्षा अध्ययन गर्न युरोप, अमेरिका, अस्ट्रेलिया जान्छ । तीमध्ये अधिकांश उतै जागिर खान्छन् । कति उतै सेटल हुन्छन् । स्वदेश फर्कने कुरै गर्दैनन् । अमेरिका र अस्ट्रेलिया गएका यस्ता युवाको संख्या बढ्दो छ ।

ती मुलुकहरूमा विज्ञान र सूचना प्रविधि क्षेत्रमा दक्षता हासिल गरेका युवाहरू उतै बस्न रुचाउँछन् ।

Read More

ह्याप्पी भ्यालेन्टाइन्स डे

भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस । प्रेमको बढि चर्चा हुने दिन । प्रेमिल जोडीहरुको खास दिन । प्रेममा विश्वास गर्नेहरुको दिन । हरेक टोलहरुमा प्रेमलाई व्याख्या गर्ने धेरै ‘पण्डित’हरु भेटाइन्छन् । प्रेममा यस्तो नशा छ,जो शब्दमा भनेर साध्यै छैन । यो त प्रेमको सागरमा डुबेकाहरुलाई मात्र थाहा छ । एउटा भनाइ छ,प्रेम अन्धो हुन्छ,सच्चा प्रेम कहिल्यै मर्दैन ।

प्रेम प्रतिको सम्मान र प्रतिक देखाइनु नै प्रणय दिवस मनाउनुको सार्थकता हो । आम मानिसहरुको तुलनामा यस पर्वले खासै महत्व नराखेपनि प्रेमको टुसा अंकुरण गराउन तयार प्रेममात्माहरुका लागि, एकअर्काको मायामा चुर्लुम्मै डुबेका मायालु जोडिहरुका लागि यो दिनले विशेष महत्व राखेको छ । त्यसैले आज हरेक जसो पर्यटकीय एवं सार्वजनिक ठाउँहरुमा जीवनमा हरियाली ल्याउनका लागि प्रेमको सागरमा चुर्लुम्म डुबेकाहरुलाई देख्न सकिन्छ ।

Read More

गँड्यौला-भ्यागुताको मूल्य

विज्ञान
शौचालय र फोहोरमा बस्छ साङ्लो । देख्नेबित्तिकै घिनाउने हामी यही साङ्लो गोटागन्ती हिसाबमा बिक्छ भन्दा पत्याउन मुस्किल हुन्छ । हो, एउटा साङ्लाको मूल्य २ सयदेखि ५ सय रुपैयाँसम्म पर्छ । भ्यागुता र गड्यौलाको गोटागन्ती मूल्य पनि त्यस्तै छ । एउटा भ्यागुता ३० देखि डेढ सय रुपैयाँसम्म बिक्री हुन्छ । गँड्यौलाको मूल्य ३ देखि ५ रुपैयाँ प्रतिगोटा छ । बिच्छी ३ सय ५० देखि ६ सय रुपैयाँसम्ममा बिक्छ ।

Read More

२०१८ का बिर्सन नहुने विश्व-घटनाहरु

सन् २०१८ भएका थुप्रै घटनाहरुका कारण यो इतिहासमा अविष्मरणीय वर्षका रुपमा दर्ज हुन सफल रह्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका नेताहरु माझ मचाएको कोकोहोलोदेखि इण्डोनेसियामा वर्षको अन्तिम महिना आएको सुनामीसम्मका कारण यो अंग्रेजी वर्षलाई धेरैले आफ्नो सुविधा अनुसार याद गर्ने छन् ।

विश्व राजनीतिमा अमेरिका र चीनबीचको व्यापार युद्ध, रुस र बेलायतबीच नोकझोक, पाकिस्तान र भारतबीचको पुरानै झगडा, यूरोपीयन यूनियनबाट बेलायत बाहिरिने विषय र उत्तर कोरियाली नेता किम अनि सिरियाली युद्धका बारे चर्चा भए।

Read More

‘म फेसबुके’ (व्यङ्ग्य)

‘चन्द्रागिरी अवस्था, कफी खाएको अवस्था, हाइकिङ जादै गरेको अवस्था, घर आएको अवस्था,पास भएको अवस्था’आदि इत्यादि ! के भयो कुन्नी केही गर्ने बित्तिकै फेसबुकमा ‘…. अवस्था’ लेखेर् फेसबुकमा पोष्ट गर्न मनलाग्छ ।

Read More

दुईवटा विषालू गोमन सर्पलाई यसरी नियन्त्रणमा लिए प्रेम विष्टले [फोटो फिचर]

उर्लाबारी,मोरङ — विषालू सर्पहरुलाई समातेर चर्चा कमाएका प्रेम विष्ट पछिल्लो समय सर्प सम्बन्धि जनचेतना फैलाउने काममा सक्रिय छन् । मोरङ्को विराटनगर निवासी विष्टले गत साता उर्लाबारीस्थित सेक्टर वन कार्यालय म‌ंगलबारेमा विषालू सर्प सम्बन्धि जानकारी दिदै थिए ।

विष्टले ७ महिनाअघि नियन्त्रणमा लिएका दुई वटा गोमन सर्पको रेखदेख गरिरहेका छन् । नाग पञ्चमीमा जीवित सर्पको पुजा गर्ने अवसर जुटाइ दिनका लागि विष्टले यी सर्प यतिका दिनसम्म राखेका हुन् ।

 

दुई हप्ता अगाडि उद्धार गरेर दुई वटा धामन सर्प राखेका छन् । यी सर्पहरु नाग पञ्चमी पछि जंगलमा छाड्ने तयारी गरिरहेका छन् ।

सर्पका साथी

गत शुक्रबार बिहान मात्रै मोरङ, उर्लाबारीको सेक्टर वन कार्यालय परिसरमा भेटिए प्रेम विष्ट । सामुमा थिए— दुई गोमन सर्प । कार्यालयका कर्मचारीलाई सर्पबारे ‘ब्रिफिङ’ दिनमा व्यस्त देखिन्थे प्रेम ।

यी दुवै सर्प प्रेमसँग बितेको ६ महिनादेखि साथै छन् । झन्डै मार्न लागिएका यी सर्पलाई उर्लाबारीको झारसाँदी र मंगलबारेबाट उद्धार गरेर प्रेम आफैंले ल्याएका थिए । साउन पहिलो साता मात्रै पनि प्रेमले मंगलबारे चोकबाट दुई धामनको उद्धार गरेर साथमा राखेका छन् ।

यो त हालैका महिनाको गतिविधि भयो । यो महिना मात्रै उनले १७ वटा सर्पलाई मारिनुबाट जोगाएका छन् । अघिल्लो वर्ष प्रेमले ३७ वटा सर्पलाई मारिनुबाट जोगाए । उनी सर्पलाई केही महिना आफूसँगै राखेर जंगलमा लगेर छाडिदिन्छन् ।

विषालु सर्पलाई ६/७ महिनासम्म साथै राख्छन् । यसका लागि जाली लगाइएको एउटा बाकस बनाएका छन् । ‘सर्पले एकपटक खाएपछि केही दिनसम्म पुग्ने भएकाले सर्पलाई आहारा ख्वाइरहनुपर्दैन,’ प्रेम भन्छन्, ‘आहाराका लागि भने कार्यालय परिसरमै छाडिदिन्छु । आफूले नोटिस (रुँगालुझैं) गरिरहने भएकाले सर्प भाग्न पाउँदैनन् ।’आहाराका लागि विष्टले यदाकदा सर्पलाई जिउँदो भ्यागुता दिने गरेका छन् ।

यी सर्पप्रेमी विष्ट नेपाल प्रहरीका पूर्व प्रहरी हवल्दार हुन् । हाल उनी जिल्ला वन कार्यालय, मोरङअन्तर्गत सेक्टर वन कार्यालय मंगलबारेमा सशस्त्र वनरक्षक रूपमा कार्यरत छन् ।

वनरक्षकसँगै उनी सर्पसम्बन्धी जनचेतना फैलाउने काममा स्वेच्छामा लागिपरेका छन् । वन कार्यालय अवलोकन भ्रमणमा आउने विद्यार्थीलाई दिनुपर्ने सूचना होस् अथवा गाउँघर चहारेर दिनुपर्ने ‘सर्पज्ञान’ होस्— प्रेम कहींकतै पनि पछि सर्दैनन् ।

भोजपुरमा जन्मिएका विष्ट सर्पसँगै सानैदेखि नजिकिने गर्थे । सर्पसँग भय होइन, उनी प्रेम राख्थे । प्रेमले ९ वर्षको उमेरदेखि सर्प समात्न थालेका हुन् । २१ वर्षसम्म उनी नेपाल प्रहरीमा सेवारत रहे ।

प्रहरीमा छँदा तीन हजारभन्दा बढी गोमन/करेट सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेका ४७ वर्षे प्रेम ३ बर्षयता वन कार्यालयसम्बद्ध छन् । यो पूर्वी भेगमा कुनै ठाउँमा सर्प देखियो भने विष्टलाई फोन आइहाल्छ ।

प्रेमले भने ‘प्रकृतिको सम्पत्ति प्रकृतिकै हुने’ भन्ठानेर समातेका सर्प कोसीटप्पु वन्यजन्तु आरक्षणलगायतका जंगल क्षेत्रमा छाड्ने गरेका छन् ।

प्रेमले प्रत्यक्ष रूपमा र हाकाहाकी सर्प समातेको देख्दा वन कार्यालयका कर्मचारीहरू छक्क पर्छन् ।

कार्यालय प्रमुख तारणीप्रसाद चौधरी भन्छन्, ‘सुरुसुरुमा प्रेमले विषालू सर्पलाई खेलाएको देख्दा आङ जिरिङ्ङ हुन्थ्यो । प्रेमकै कारण अहिले हामी सबै सर्प संरक्षण अभियानमा सँगै छौँ ।’

प्रेमका अनुसार, नेपालमा ८२ प्रजातिका सर्प पाइन्छन् । कमन गोब्रा, नाजा गोब्रा र किङ कोब्रा गरी नेपालमा ३ प्रजातिका गोमन पाउने उनले बताए । हालै उद्धार गरिएका गोमन भने नाजा प्रजातिका हुन् ।

सर्पको आनीबानी बुझ्ने हो भने सर्पले कुनै बिगार नगर्ने विष्टले बताए । ‘सर्पलाई चलाउनुहुँदैन,’ उनी भन्छन्, ‘सर्पलाई अवरोध पुर्‍याउने अथवा उसको बासस्थान विनाश गरिदिएमा भने ऊ डस्न आउने हो । ’

अधिकांश मानिस सर्पले डस्नेबित्तिकै आत्तिन्छन्, त्यही भएर आत्तिएरै मर्नेको संख्या बढी भएको विष्टले दाबी गरे । आफूलाई पनि २०७१ साउन १५ गते सिन्धुली, जितपुरमा विषालु सर्पले टोकेको स्मरण गर्दै उनले सुनाए, ‘सर्पले हातमा टोक्दा म आत्तिइनँ, बरु बोलिरहें । अचेत अवस्थामा पुग्नुअघिसम्म पनि कुराकानी गरिरहें । सर्पको टोकाइबाट मरिन्छ भन्ने सोचाइ नल्याएकै कारण म बाँचेको थिएँ ।’

सर्पको टोकोइबाट बच्नका लागि ‘एन्टि–स्नेक भेनम’ आवश्यक पर्छ । यो भेनम विषालू सर्पबाटै निकालिन्छ । यो औषधि नेपालमा पाइँदैन, भारतबाट अनुदानमा ल्याइने गरिएको छ ।

भारतमा सर्पको संख्या कम भएकाले नेपालबाट सर्पको तस्करी हुने गरेको विष्टको दाबी छ । बिशेषगरी भारतीय सपेराहरू नेपाल आएर सर्प नचाउने बहानामा भारततर्फ सर्प तस्करी गर्ने गरेको विष्टले बताए ।

नेपालमा पनि एन्टी–स्नेक भेनम उत्पादनका लागि सुनसरीको बराह क्षेत्र नगरपालिकामा सरकारले स्वीकृति दिइसकेको छ ।

तर, वन मन्त्रालयले सर्पसम्बन्धी नियमावली तयारी गर्नमा ढिलाइ गरेकाले सर्पको संकलन, प्रजनन र पालनका लागि समस्या उब्जिएको उनले जानकारी दिए । प्रेमको एउटै चाहना छ— सर्पको टोकाइबाट औषधोपचार नपाएर कोही नेपाली नमरुन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९

Published in Kantipur Koseli
https://www.kantipurdaily.com/koseli/2018/08/04/153335609438912.html?author=1

सिमसारको सहर [फोटो फिचरसहित]

एक वर्षयता मोरङको उर्लाबारी मुलुकमा विभिन्न कारणले चर्चामा रहदै आएको छ । मिस नेपाल २०१७ की विजेता निकिता चाण्डक र नेपाल आइडलका रनर अप निशान भट्टराईको गृह नगरका कारण उर्लाबारीमा चिनियो । त्यसको केही महिना नबित्दै चर्चित ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरण उर्लाबारीसँगै जोडियो ।

जिल्लाको दोस्रो ठूलो सहर उर्लाबारी सम्भवतः मुलुकमै पहिलो पटक सिमसारको सहर भनेर घोषणा गरिएको सहर हो। सरकारको एक नगर एक पहिचान अन्तर्गत उर्लाबारीलाई सिमसारको सहर भनेर घोषणा गरियो।

प्रधानमन्त्री केपी ओलाको ‘छिमेकी सहर’ उर्लाबारी जैविक विविधतामा धनी भएको सहर हो। क्षेत्रफलको हिसाबले औसत भएपनि यो सहर मोरङको राजनीतिक,सामाजिक,आर्थिक तथा अन्य विविध क्षेत्रले गर्दा जिल्लाको राजनीतिमा प्रत्यक्ष रुपमा प्रभाव राख्दै आएको छ।

प्रकृति र पर्यावरणको महत्व भावी सन्ततीहरुलाई दर्शाउने हेतुले उर्लाबारीले सिमसारलाई अगाडि बढाएको स्थानीय अगुवा टिका भट्टराईले बताए।

‘सिमसारयुक्त पर्यटकीय नगरी’उर्लाबारीलाई नै किन भनियो भन्ने सवालमा नगरपालिकाका मेयर खड्ग फागो भन्छन्, ‘ उर्लाबारीमा धेरै सिमसारीय क्षेत्र भएको र भावी सन्ततिहरुलाई वातवरण संरक्षण र सिमसारको महत्व दर्शाउनका लागि घोषणा गरिएको हो। ’

वातवरण विज्ञानले सिमसारलाई ताल, तलाउ, पोखरी, दह, कण्ड, नदीनाला, बाढी क्षेत्र,जलाश्य, धाप वा दलदल सिम,जलक्षेत्रका घाँसे मैदान वा जंगल क्षेत्रलाई जनाउने गरेको छ। उर्लाबारीमा यस्ता क्षेत्रहरु धेरै छन्।

सिमासरलाई जैविक विविधताको धनी समेत भन्ने गरिन्छ। चरा, माछा, उभयचर, कीटपतंग र बोटका लागि सिमसार महत्वपूर्ण मानिन्छ। वातावरणीय सन्तुलन, जैविक विविधता र जीवनचक्रसँग सम्बन्धित भएको हुँदा यसको संरक्षण सिंगो जलवायुसँग समेत सम्बन्धित छ।

उर्लाबारीमा बेतिनी,लामपाते,बुढाठाकूर र बाँसेचौर गरी अन्य सिमसारीय क्षेत्रहरु छन्। वन,वातवरण,हावापानी,नदीनाला,खोला तथा सिचाईाको पर्याप्त सुविधा भएको उर्लाबारीको पर्यावरणीय अवस्था जिल्लाका अन्य सहरभन्दा राम्रो छ।

यी हुन् सिमसारको सहर उर्लाबारीका केही सिमसारीय क्षेत्रहरुः

बेतिनी सिमसारः

उर्लाबारीका अधिकांश सिमसारहरु वडा नम्बर–२ अवस्थित छन्। वडा नम्बर ३ मंगलबारे चोक उत्तरबाट करिब ३ किलोमिटरको दूरीमा बेतिनी सिमसार छ। चराचुरुंगीहरुको आवाज,कृत्रिम पोखरी र यहाँको प्राकृतिक वन जंगललले यो सिमसारको महत्व अझ बढी दर्शाइदिएको छ।

१।५ वर्ग क्षेत्रबाट निस्किएको जरुवा पानीले यस क्षेत्रमा पानीको सञ्जितीकरण गरिदिएको छ। पोखरीको बीच भागमा निर्माण गरिएको टापूले पर्यटकहरुलाई आकर्षित गर्न खोजिएको छ। सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले यसको संरक्षण सम्बद्र्धनका लागि नगरपालिका र वन दुवैले लगानी गरिरहेका छन्।

कृत्रिम पाटे बाघ,बाल उद्यान,बोटिङ, कृत्रिम पोखरी तथा पानी हाँसहरु यहाँ प्रशस्तै छन्। चरा अवलोकनकर्ताहरुका लागि यो सिमसार महत्वपूर्ण छ। यस क्षेत्रमा विभिन्न प्रजातिका चरा,हाँस,वन कुखुरा,मांसाहरी चारहरु पाइन्छन्।

कछुवा,माछा लगायतका जलीय प्राणीहरु प्रचूर मात्रामा पाइन्छन्। दर्जनभन्दा बढी प्रजातिका वनस्पति अनि विभिन्न प्रजातिका सुनाखरीहरु यो सिमसारमा पाइन्छन्।

कृत्रिम पोखरीको वरीपरी रहेका सालका रुख अनि कृत्रिम टापूमा बस्ने पानीहाँसको बथानले यहाँको प्राकृतिक सौन्दर्यतामा पर्यटकहरु रमाउछन्।

बुढाठाकूर सिमसारीय क्षेत्रः

जैविक विविधतामा धनी यो सिमसार भूमि पुत्र धिमालहरुको ऐतिहासिक थलोको रुपमा समेत चिनिन्छ। वि।स‍ १९४४ सालबाट धिमाल समुदायले यो क्षेत्रमा पुजाआजा गर्दै आएका छन्।

प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल समुदायको भव्य पुजा सहित श्रीजात जात्री मेलाको आयोजना गरिन्छ। उर्लाबारी–३को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्वासी वस्ती छेउमा यो सिमसार रहेको छ।

सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारको गुरुयोजना तयार भइसको छ। हरिणका बथान पानी खाने यही आउने गरेको स्थानीय रामबहादुर धिमालले बताए। दुम्सी,वन कुखुरा,बदेँल,हात्ती लगायतका जंगली जनावरहरु यहाँ पाइन्छन्।

लामपाते सिमसारः

उर्लाबारी–३ नयाँ मंगलबारेबाट तीन किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुदै लामपाते सिमसार क्षेत्रमा पुग्न सकिन्छ।

सालबारी सामुदायिक वनद्वरा संरक्षित यो सिमसार क्षेत्र ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। एउटा ठूलो कृत्रिम ताल निर्माण गरेर पर्यटन आकर्षण गर्न खोजिएको छ।

यस क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावार,विभिन्न प्रकारका वनस्पतिहरु यहाा पाइने स्थानीय एवं जनप्रतिनिधि भिष्म बुढाथोकीले बताए। यो सिमसारलाई बोटिङ तथा युगल जोडीहरुका लागि उत्कृष्ठ गन्तव्य बन्न सक्छ।

बाँसे चौर सिमसार क्षेत्रः

यो सिमसारीय क्षेत्र पनि वडा नम्बर–२मा अवस्थित छ। सिमसारको पूर्वपट्टि ठूलो चौर र घाँसे मैदान छ। पश्चिममा जरुवा पानी तथा सिमसारीय क्षेत्रहरु छन्।

यो क्षेत्रलाई उर्लाबारी नगरपालिकाले पर्यटक तथा आगन्तुकहरुलाई आकर्षित गर्नका लागि छुट्टै कार्यक्रमका ल्याउन लागेको वडाध्यक्ष राजन कडेँलले जानकारी दिए।

जाडोयाममा विभिन्न क्षेत्रबाट वनभोजका लागि आगन्तुकहरु आउने गरेको कडेँलले बताए। यी सिमसारहरुमध्ये बेतिनी सिमसारमा मात्रै दैनिक रुपमा ४ सयभन्दा बढी पर्यटकहरु आउने गरेको नगरपालिकाले जनाएको छ।

अन्य सिमसारीय क्षेत्रहरु प्रचारप्रसारको कमीका कारण पर्यटकहरुको उपस्थ्तिी न्यून रहेको वडा नम्बर–५का जनप्रतिनिधि रविन लामाको भनाइ छ। वडा नम्बर १ मा पनि विभिन्न सिमसारीय क्षेत्रहरु रहेको लामाले बताए।

मुलुकमा सिमसारको सहर भनेर घोषणा गरिएको उर्लाबारी मात्रै रहेको नगरपालिकाका मेयर फागोले दाबी गरे।

अन्य नगरपालिकाहरुमा सिमसारीय क्षेत्रहरु भएपनि उर्लाबारीको जतिको संख्यामा नभएको उनले बताए। उर्लाबारीमा आधा दर्जनभन्दा बढी सिमसारीय क्षेत्रहरुको रहेको नगरपालिकाले जनाएको छ।

यो वर्षबाट नगरपालिकाले गुरुयोजना तथा सिमसारको संरक्षण र प्रबद्र्धनका लागि डीपीआर तयार गर्नका लागि पर्यटन बोर्डमा प्रस्ताव अगाडि बढाएको मेयर फागोले जानकारी दिए।

नगरपालिकाले अन्य जिल्लाबाट आउने पर्यटकहरुलाई लक्षित गरेर सिमसारीय क्षेत्रहरुको अवलोकन भ्रमणका लागि छुट्टै कार्ययोजना ल्याउन लागेको छ।

उर्लाबारीको वडा नम्बर–१मा रहेको प्रगतिशिल सामुदायिक वन क्षेत्रमा जलशाय क्षेत्रहरु धेरै छन्। बेतिनी सिमसारभन्दा पााच सय मिटर उत्तरमा यो क्षेत्र रहेको छ। यहाँ विभिन्न प्रकारका जलचरहरु पाइन्छन्।

सोल्टि खोलाको रमणीय दृश्यहरु समेत हेर्न सकिन्छ। वडा नम्बर–२मा रहेको सिर्जना सामुदायिक वनले जलशाय क्षेत्रमा कृत्रिम ताल निर्माण गर्ने तयारी गरिरहेको अध्यक्ष मोतिलाल परियारले बताए।

त्यस क्षेत्रमा पोखरी निर्माण गरेर चिल्ड्रेन पार्कसहित स्विमिङ स्पटको रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिए।

यो वर्षबाट नगरपालिकाले पर्यापर्यटकहरुलाई लक्षित गरेर सिमसारहरुलाई अगाडि बढाएको छ।
प्रकाशित : श्रावण १४, २०७५ १५:४६