Author - Gobinda Pokharel

अलबिदा हकिङ : विश्वले सधै सम्झिरहनेछ

काठमाडौँ — आधुनिक विज्ञानका ज्ञाता एवं वैज्ञानिक स्टेफन हकिङको बुधबार मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइनका रुपमासमेत लिइन्थ्यो । आफ्नै निवास क्याम्ब्रिजमा ७६ वर्षको उमेरमा हकिङले देह त्याग गरे ।

भौतिक विज्ञानका ज्ञाता स्टेफन हकिङ ब्ल्याक होल, हिस्ट्री अफ टाइम र थेउरी अफ एभ्रिथिङका कारण चर्चित थिए/छन् । विज्ञानका पिता अल्बर्ट आइन्सटाइनले पत्ता लगाउन नसकेका तथ्यहरु उनले पत्ता लगइदिएर सिंगो विश्वलाई आफूतिर ध्यानाकर्षित गरे ।

ब्रह्माण्डको इतिहास, रचना, वर्तमान अवस्था र भविष्य, समयको व्याख्यलगायतको विषयमा उनको खोजलाई विश्वले सधै सम्झिरहनेछ ।

हकिङले पृथ्वीमा जन्मलिइरहँदा दोस्रो विश्व युद्ध थियो । सन् १९४२ को जनवरी ८ तारिखका दिन जन्मिए । न्यूरो सम्बन्धिको रोगका कारण २१ वर्षको उमेरमा प्यारालाइज्ड भए ।

डाक्टरहरुले दुई वर्षसम्म मात्र बाँच्छ भनेर घोषणा गरे, थप ५५ वर्षसम्म बाँचेर देखाइदिए । उनको त्यो ‘बोनस’को जीन्दगीले २१औँ शताब्दीको विज्ञानले ठूलो फड्को मार्‍यो ।

हकिङको जन्म यूकेको क्याब्रिजमा भयो । पीता फ्रयाङ र स्कटिस आमा इजोबेलको एक मात्र छोरा हकिङका दुईजना बहिनीहरु छन् । एक जना धर्मपूत्र दाजु ।

सेन्ट अल्बान्स स्कूलमा पढे, क्याब्रिजबाट ग्रयाजुएशन गरे भने अक्सफोर्डबाट पिजी गरे । सन् १९६६ मा कस्मोलोजी र एप्लाइड म्याथम्याटिक्समा पिएचडी पूरा गरे ।

क्याब्रिजमा १९७९ देखि २००९ सम्म लुकासियन म्याथम्याटिक्सको प्रोफसरका रुपमा काम गरे । सो अवधिमा ३९ जना पिएचडीका विद्यार्थीहरुलाई ‘सुपरभाइज्ड’गरे ।

शरिरका कुनै अंग चल्दैन थियो । न्यूरो सम्बन्धिको रोगले च्यापेपछि आवाज निस्किन छाड्यो । गालाको मांशपेशी मात्र चल्दथ्यो । मसिन स्पिकिङ जेनेरेटिङ डिभाइसको मद्दतले कुरा गर्थे । उनका दुई जना श्रीमती भएपनि कुनैसँग दाम्पत्य जीवन सफल हुन सकेन । सन् १९६५ मा जेन विल्डसँग विवाह गरेपनि १९९५ मा डिर्भोस भयो । दोस्रो श्रीमती इलेनी म्यासोनसँग १९९५ मै विवाह गरेपनि २००६ मा इलेनीले पनि हकिङलाई छाडिन् ।

सन् १९८८ मा हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक प्रकाशित भयो । पुस्तकले विश्वलाई हल्लाइ दियो । १० मिलियन भन्दा बढि पुस्तक विक्री भयो । पत्रपत्रिकाहरुमा दुई सय हप्तासम्म उनको पुस्तकबारे चर्चा/परिचर्चा भए ।

आधुनिक खगोलशास्त्र र आधुनिक भौतिक विज्ञान अध्ययन गर्नका लागि चाहिने जानकारी पुस्तकमा थियो । पुस्तकमा ब्रह्माण्डको शुरुवात, विकास र यसको अन्त्यका बारेमा चर्चा गरिएको थियो । अन्तरीक्ष र समयको बारेमा समेत पुस्तकमा उल्लेख गरिएको थियो ।

हकिङले बिक ब्याङ र ब्ल्याक होलको बारे विश्वलाई जानकारी गराए । ‘ब्ल्याक होल’ सिद्धान्त प्रतिपादन गरे । ‘थेउरी अफ एभ्रिथ्रिङ’ उनको अर्को महत्वपूर्ण खोज थियो ।

भौतिक विज्ञानका सबै सिद्धान्तलाई परिभाषित गर्ने ‘थेउरी अफ एभ्रिथिङ’मा हकिङ सफल बने । उक्त सिद्धान्त अध्ययन गर्ने क्रममा अल्बर्ट आइन्सटाइन भने असफल बनेका थिए । आइन्सटाइन ‘यूनिफाइड थेउरी’मा सफल पाउन सकेका थिएनन् । उनको जीवनमा आधरित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रिथिङ’ भन्ने हलिउड फिल्मको निर्माण भयो । जुन आज पनि चर्चित छ ।

ब्ल्याक होलको बारेमा विश्वका अधिकांश मुलुकहरुमा पढाइ हुन्छ । नेपालमा कक्षा १० को विज्ञान कितावमा पनि यसको बारेमा अध्ययन गर्नुपर्छ ।

ब्ल्याक होलको खोज खगोलीय विज्ञानको महत्वपूर्ण उपलब्धी मानिन्छ । ब्ल्याक होल अति धेरै गुरुत्वाकर्षण भएको क्षेत्र हो । जहाँबाट प्रकाश परावर्तन भएर बाहिर आउन सक्दैन । ब्ल्याक होलमा प्रकाश (फाटोन) प्रवेश गरेपछि बाहिर आउन सक्दैन । उनले यसको पुष्टि पनि गरिदिए । अन्तरीक्षको कुनै एउटा ठाउँमा प्रकाशका किरणहरु बाङ्गिएको थाहा पाएपछि अध्ययन गर्ने क्रममा उनले ब्ल्याक होल भएको पत्ता लगाएका थिए ।

हकिङले ब्रह्माण्डमा समयको शुरुवात सम्बन्धमा समेत व्याख्या गरिदिए । उनले आइन्सटाइनको सापेक्षताको सिद्धान्तलाई अझ व्याख्या गर्दै समय पनि सापेक्ष हुन्छ भन्ने कुरा सिद्धि गरिदिए ।

यस बाहेक हकिङले हकिङस् रेडिएसन, हकिङ फर्मूलाजस्ता सिद्धान्तहरु प्रतिपादन गरे । उनलाई संयुक्त राज्य अमेरिकाले सन् २००९ मा प्रेसिडेन्टल मेडल फर फ्रिडम पुरस्कारबाट सम्मानित गरेको थियो । सन् १९७८ मा अल्बर्ट आइन्सटईन अवार्ड, १९८८ मा वल्फ प्राइज, १९९६ मा अडाम्स् प्राइज, फाण्डमेन्टल फिजिक्स अवार्ड २०१२ पाएका थिए । सन् २०१५ मा उनलाई नलेज अवार्डबाट पुरस्कृत एवं सम्मानित गरिएको थियो ।

उनको जीवनकालमा बीबीसीको १०० ब्रिटोन्समा २५ औँ नम्बरमा समेत अटाउन सफल भए ।

हकिङ संसारबाट बिदा भएर त गए । तर, उनका मानवताको भविष्य सम्बन्धि भविष्यवाणी (सन् २००६), विज्ञान र आदर्श, धर्म सम्बन्धि कुराहरु हाम्रा लागि महत्वपूर्ण रहिरहने छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ 

रकेटले ल्याएको परिवर्तन

अमेरिकको स्पेस एक्स नामक संस्थाले केही साताअघि विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘फाल्टोन’ मंगल ग्रहका लागि पठायो । हाम्रो जस्तो अविकासित मुलुकहरुका लागि रकेट एउटा सपना हो । समृद्धिको पाइला मुलुक अघि बढेमा नेपालको रकेट सपना पक्कै पुरा होला ।

रकेट भन्ने बित्तिकै सबैलाई चासो हुन्छ। आखिर रकेट के हो र यसको प्रयोग किन गरिन्छ यस्ता प्रश्नले बेलाबेला हाम्रो मनमस्तिष्कले सोचिरहन्छ। सामन्यता रकेट भन्नले हामी अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई बुझ्ने गरेका छौँ ।

न्यूटनको चाल सम्बन्धिको तेस्रो नियम हरेक अवस्थामा क्रिया र प्रतिक्रिया बराबर हुन्छ भन्ने सिद्धान्तमा आधरित भएर रकेटको निर्माण गरिएको छ। तीव्र गतिमा रकेटको पछाडि फ्याक्दा अगाडिको दिशाको अनुपातमा बल मिल्छ र गति बढ्छ। विभिन्न क्षेप्यास्त्र, अन्तरिक्ष यान तथा जेट विमान पनि रकेटका उदाहरणहरु हुन्।
सवारी साधनहरुमा डिजेल र पेट्रोल इन्जिन जस्तै रकेटमा रकेट इन्जिनले काम गर्छ। यो अन्य इन्जिनहरुभन्दा फरक हुन्छ। यो प्रतिक्रिया इन्जिन हो। न्यूटनको चाल सम्बन्धिको तेस्रो नियममा आधरित भएर यसको निर्माण गरिएको हुन्छ। यो इन्जिनले एउटा दिशामा भार उत्सर्जन गर्छ भने अर्को दिशामा प्रतिक्रियाबाट लाभ उठाउँछ।

उच्च दबाब परेपछि रकेट इन्जिनले सामान्यतय: उच्च चापमा वायवीय ग्याँस फ्याँक्छ। इन्जिनमा हुने प्रज्जवलनशील इन्धन र अक्सिडाइजरबीच रसायानिक प्रतिक्रिया भएपछि वायवीय ग्यास‘एक्जहस्ट ग्याँस’ निस्कन्छ। ईन्जिनले वायवीय ग्याँस फ्याँकेपछि अर्को दिशामा रकेटले प्रतिक्रिया गति प्राप्त गर्छ।

प्रज्जवलन च्याम्बरले वायवीय ग्यासलाई तीव्र गतिमा रकेटको नोजलबाहिर उत्सर्जन गराइदिन्छ। इन्जिनमा ठोस इन्धन प्रज्जवलन हुँदा इन्धनबाट निस्क्ने वायवीय ग्याँसको मात्रामा कुनै कुनै अन्तर आउँदैन, समान हुन्छ।

रकेट इन्जिनमा एक किलोग्राम इन्धन दोहन हुँदा रकेटको नोजलबाट उच्च तापक्रम र गतिमा एकै किलोग्राम बराबरको ग्यास उत्सर्जन हुन्छ। इन्धनको स्वरुपमा परिवर्तन भएपनि मात्रामा कुनै परिवर्तन आउँदैन। इन्धनको दोहनले वायुवीय ग्याँसलाई गति प्रदान गर्छ। यसरी रकेटले शक्ति प्रदान गर्छ। पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४० हजार कि.मि. प्रतिघण्टाको दरले उड्नुपर्छ। रकेटहरू खण्डखण्डमा निर्माण गरिएको हुन्छ। सामान्यतय रकेटमा ३ खण्डहरू हुन्छन्। प्रत्येक खण्ड काम पूरा भइसकेपछि खस्ने गर्छन्। इन्धन बोक्नका लागि यस्ता खण्डहरुको निर्माण गरिएको हो।

पृथ्वीमा सर्वप्रथम आतिशवाजीको रुपमा चिनियाँहरुले एक हजार बर्षअघि रकेट बनाएको इतिहास छ। गनपाउडरले चल्ने त्यस्ता रकेटहरुलाई टोकरीमा राखेर पड्काइन्थ्यो। २०औँ शताब्दीतिर अमेरिकामा पहिलो पटक इन्धनबाट चल्ने रकेटको निर्माण गरियो। सन् १९२६ मा अमेरिकी नागरिक रोर्बट गोडार्डले ३.५ मिटर लामो रकेट उडाए। यान दुईतले घरको उचाई बराबर मात्र उड्यो। २.५ सेकेन्ड अवधिमा यान ५६ मिटर पर पुगेर झर्यो।

अन्तरिक्षमा आर–७ आइसिबिएम रकेट प्रक्षेपण भएको थियो। स्पुतनिक नाम मानवनिर्मित उपग्रहलाई छाड्नका लागि यो रकेट ४ अक्टोबर सन् १९५७ मा प्रयोग गरिएको थियो। सन् १९६१ मा तत्कालीन सोभियत यूनियनको भोस्तोक–१ नामक रकेटबाट यूरि गाग्रिनले पहिलो पटक पृथ्वीको फन्को मार्दै इतिहास रचे। अमेरिकाले सन् १९६९ मा अमेरिकाको एपोलो–११ रकेट चन्द्रमा अवतरण भयो। निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानव बने।
रकेट मिसाइलको निर्माण दोस्रो विश्वयुद्धमा जर्मनहरुले बनाए। वेर्नहर भन ब्राउनले पहिलो भिटू नामक रकेट मिसाइलको आविष्कार गरेसँगै आधुनिक रकेट मिसाइलहरुको निर्माण कार्य शुरु भयो।

रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो। उपग्रह र अन्तरिक्षयान प्रक्षेपण गर्न रकेटको आवश्यक पर्छ। अन्तरिक्षमा भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ ।

 फाल्गुन २७, २०७४ मा कान्तिपुरमा प्रकाशित 
https://www.kantipurdaily.com/technology/2018/03/11/20180311160659.html?author=1

उर्लावारीमा कांग्रेस कि कम्युनिष्ट बलियो ? (समाचार टिप्पणी)

‘सुखमा आत्तिने र दुःखमा मात्तिने हैन । नेतृत्व गर्नेले कसैको आश र त्रासमा बा“च्ने हैन ।’ चन्द्रबहादुर भट्टराई ‘भरत’ ले उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्षको हैसियतले रोष्टममा उभिएर बोलेको अन्तिम भाषणको वाक्य हो । भदौ ११ गते भएको निर्वाचनमा प्रितम खड्गीस“ग भट्टराई ६७ मत अन्तरले हारे ।

अध्यक्षमा विजयी खड्गीले व्यापारीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउने बताए । वाम र लोकतान्त्रिक गठबन्धन गरेर उर्लाबारीका व्यापारीहरु चुनावमा भोट माग्दै व्यपारीहरु कहाँ गएका थिए । नतिजा आइसकेको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य सचिव र दुई कार्यसमिति सदस्य सहित ५ पदमा लोकतान्त्रिक गठबन्धन विजयी भयो । बा“की पदहरुमा वाम गठबन्धनका उम्मेद्वारहरुले जिते ।

वाणिज्य संघको इतिहास हेर्ने हो भने काँग्रेसका लागि यो घाटा हो । कारण उर्लाबारीको वाणिज्य संघको धेरै वर्षसम्मको नेतृत्व काँग्रेसले लिनु र व्यापारीहरु काँग्रेस निकट बढी छन् । दुई ठूला पार्टी मिलेर बनेको कम्युनिष्ट पार्टीसँग एक्लैले भिड्नु उसका लागि कम चुनौती थिएन । अघिल्लो चुनावमा नराम्ररीले हार चाखेको काँग्रेसले यस पटक अध्यक्ष पद हत्याएरै छाडेको छ ।

व्यापारीहरुले नयाँ अनुहारलाई रुचाए, खड्गी विजयी बने । पार्टी सदस्यता वितरणको हिसाबले कम्युनिष्टको वर्चस्व रहेको उर्लाबारीमा पछिल्लो समय काँग्रेस शक्तिशाली बन्दै गएको र वामगठबन्धन अहमता र घमण्डका कारण कमजोर बन्दै गइरहेको हो भन्ने बहस ल्याइदिएको छ । एउटा चुनावलाई हेरेर कुन पार्टी बलियो र कमजोर भन्ने आ“कलन गर्न नमिले पनि यसका केही संकेतहरु चाहीँ देखिन्छन् । पंक्तिकार कुनै राजनीतिक विश्लेषक हैन । उर्लाबारीको धरातलीय यथार्थलाई केलाउन भने कोसिस गरेको छ ।

प्रदेश र केन्द्र चुनावमा वामगठबन्धनले जित्यो, स्थानीय तह चुनाव उर्लाबारीमा हार्यो । प्रसंग सुरु गरौँ अघिल्लो वर्षको सामुदायिक वनको चुनावबाट । कम्युनिष्टहरुको वर्चस्व रहेको बेतिनी सामुदायिक वनमा एकाएक काँग्रेस हाबी भयो । सचिव, सहसचिव र कोषाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वारहरु विजयी भए । कम्युनिष्ट गठबन्धनका उम्मेद्वारहरु हारे ।

उर्लाबारी नगरपालिकामा वाम गठबन्धनको स्पष्ट बहुमत भएपनि कम्युनिष्ट निकटका जनप्रतिनिधिहरुले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । उही पुरानो शैली र बानी व्यवहारका कारण उर्लाबारीका कम्युनिष्टहरुले जनमत त गुमाउदै छैनन् ?

उद्योग वाणिज्य संघको चुनाव यसको दृष्टान्त हो । सुरुबाटै पुरै प्यानल जित्ने आँकलन गरेको गठबन्धनले विपक्षीलाई सामान्य ठान्यो । व्यापारीलाई भोट खन्याउने ठाने । सो पार्टीका नेताहरु दम्भ देखाउँदै हिडे । काँग्रेसले आफ्नो भरपुर शक्ति परिचालन गरेको थियो । पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि काँग्रेस राम्ररी लागिपर्यो । उसले आप्mना जनप्रतिनिधिदेखि भातृसंगठनको परिचालन गर्न भ्यायो ।

काँग्रेसका बाबुछोरादेखि नातिसम्म आप्mनो पार्टीको उम्मेद्वारलाई जिताउन लागि परे । प्रचारमुखी अभियानलाई तीव्रता दिए । माहोल बनाए । माहोल बिग्रन नदिनका लागि काँग्रेस नेतृत्वले होसियारी अपनायो । यसअघिको चुनावको हारबाट गतिलो पाठ सिक्दै अन्तरघातीहरुलाई पहिचान गरेर उनीहरुलाई त्यही अनुसारको जिम्मेवारी दिँदै त्यसतर्फ ‘इन्गेज्ड’ गराइदियो ।

वाम गठबन्धन पहिलेदेखि नै चुनाव जित्नेमा ‘ओभर कन्फिडेन्ट’ देखिन्थ्यो । भातृ संगठनहरुलाई परिचालन नगरी उही ‘पुरतनवादी’ सोचाई भएका नेताहरु व्यपारी कहाँ“ भोट मागे । आप्mना जनप्रतिनिधिहरुलाई परिचालन गरेनन् । आफू निकटका व्यापारीहरुलाई भोट दिइहाल्छ, माग्नुपर्दैन भनेर टाउको गने । यस्तै प्mयाक्टरहरुले वामगठबन्धन चुक्यो ।

वाम गठबन्धनले चुनाव हार्नुको अर्को कारण भनेको ‘नया“पन’। व्यपारीहरु सधै“ परिवर्तन चाहन्छन् । उनीहरु आप्mनो समस्या कसैले सुनिदिओस् भन्छन् । व्यपार क्षेत्रमा देखिएको समस्या समाधान गरिदिनेलाई भोट दिन्छन् । दुःखमा मलहम पट्टि गरिदिने खोज्छन् । भरत भट्टराई र धर्म शाक्यलाई उनीहरुले यसअघि रुचाएकै हुन् । दुवैले संघको नेतृत्व गर्ने अवसर पाए । काम गर्न पनि खोजे । तर, कतिपय व्यापारीहरु यस्ता हुन्छन् जो नयाँ नेतृत्व रुचाउँछन् । यसअघि चुनाव हारेका खड्गीलाई यस पटक भोट दिऊँ न भन्ने ‘फ्याक्टर’ पनि खड्गीको जितको सारथी बन्यो ।

उर्लाबारीका पूर्व एमाले र एमाओवादीका केही नेता÷कार्यकर्ताहरुको हालसम्म बोलचाल छैन । उनीहरुभित्र गुट उपगुट मौलाउदै गएको छ । एकले अर्कालाई सिध्याउने खेलमा छन् उर्लाबारीका कम्युनिष्टहरु । अर्काको अस्तित्व स्वीकार नगर्ने परिपाटी, आफैँ सर्वोपारी ठान्ने, नेता÷मन्त्री चिनेको धाक लगाउने, शक्तिको पछाडि दौडने अनि आफूलाई नेता हुँ भन्दै हिड्ने तर जनताको काम नगरिदिने एउटा जमात छ उर्लाबारीका कम्युनिष्टहरुमा छ । जुन खिल बनेर उनीहरुस“ग बसेको छ । यसमा उनीहरुको ध्यान गएको देखिदैन ।

उर्लाबारीका वामपन्थीहरु आश्वासन बढी दिने खालका छन् । केही नेता राम्रा पनि छन् । काँग्रेसका नेताकहाँ कोही गयो भने तत्काललै पहलकदमी गरिदिन्छन् । उनीहरु बढी ‘रेस्पोन्सिप’ छन् । यो प्mयाक्टरले पनि वाणिज्य संघमा काँग्रेसले अध्यक्ष पद हत्यायो ।

उर्लाबारीमा त्यही पुराना नेता, घ्याङ्लो व्यवहार, गफ बढी काम कम, खुट्टा तान्ने प्रवृत्ति, सबै नेता हुन खोज्ने परिपाटी र वामपन्थीहरुको व्यक्तिगत स्वार्थका कारण पनि उनीहरुले जनमत गुमाउदै गएका छन् । उर्लाबारीबाट निर्वाचित भएकै जनप्रतिनिधिहरु स्वयम् यहा“का नेताहरुलाई मान्दैनन् । उही पुरानो बानी, काम पर्दा मात्र युवाहरुलाई सम्झने अरुबेला वास्ता नगर्ने परिपाटी उर्लाबारीका कम्युनिष्ट नेताहरुमा छ । वाणिज्य संघमा वामगठबन्धनको स्पष्ट बहुमत देखिएपनि मुख्य पद नै हारेपछि त्यसको कुनै अर्थ राख्दैन ।

र अन्त्यमा,उर्लाबारीमा हुने सामाजिक संघसंस्थाका चुनावमा राजनीतिक दलहरुले प्यानल खडा गरेपनि चुनावमा व्यक्ति ‘प्mयाक्टर’का कारण जित्ने गरेको पाइएको छ । वाणिज्य संघको यो पटकको चुनावमा वामगठबन्धनका डिल्ली खतिवडाले सार्वधिक मत ल्याए । उनले पाएको उक्त भोट पार्टीका व्यपारीहरुको मात्र होइन । विपक्षी दलहरुका व्यपारीहरुस“गको राम्रो सम्बन्ध, नेतृत्वमा हुने गुण, सबैसँग तालमेल गर्न सक्ने क्षमताका कारण खतिवडाले धेरै मत पाए । काँग्रेसबाट महासचिवमा उठेका हेमराज गुरुङले पाएको मतलाई पनि कम आँक्न मिल्दैन । छोटो समयमा धेरैको मनमस्तिष्कमा पर्न सफल गुरुङ चुनाव हारेपनि अर्को पटक उनी शक्तिशाली उम्मेद्वार बन्ने निश्चित छ ।

उर्लाबारीमा काँग्रेसमा एक÷दुई जना राम्रा नेता भए पनि अन्यको हलचल पनि वामपन्थी नेताहरुकै जस्तो परिपाटी ज्यादा छ । आलाका“चाहरुलाई पार्टी नेतृत्व सुम्पिने होडबाजी पनि छ । काँग्रेसको सिद्धान्त नबुभ्mने, राजनीतिक अपरिपक्वता, हाहाहुहु, हुलदुंगा गर्ने तत्वहरु पनि उर्लाबारीको काँग्रेसमा बढ्दै गएको देखिन्छ । वामगठबन्धनमा कुशल संगठककको अभाव खड्किएको छ भने काँग्रेसमा वैचारिक कार्यकर्ताको अभाव देखिएको छ ।

२०७५ भदौ १४ गतेको निगरानी दैनिकमा प्रकाशित

को थिई ऊ ? भाग –२(कथा)

विकासले यसरी ती युवतीको बारेमा चर्चा गर्दै गयो । उसको कथा साथीहरुले सुनिरहेका थिए । नजिकै रहेको अविनाशले भनिहाल्योे–‘कोठामा गएपछि के भयो ? ’

अन्य साथीहरु पनि युवतीको बारेमा जानकारी लिनका लागि इच्छुक थिए । विकासको त्यो कथा कुनै फिल्मभन्दा कमी थिएन ।

विकासले विगत सम्झदै पुनः उसको कथा सुरु ग¥यो,
रुम पुगिसक्दा ४ बजिसकेको थियो । त्यसदिन म जिम पनि गइनँँ  । उसैकाेे बारेमा सोचिरहेँँ  । फेसबुकमा त्यसरी प्रस्तुत हुने उनलाई पहिलो पटक यस्तो अवस्थामा देख्दा मेरो मन कता कता दुखिरहेको थियो ।

उसको त्यो अवस्थाप्रति ममा माया,दया र घृणा सबै पलाएको थियो ।

उसको हालतलाई देखेर म पनि त उसको समस्यामा सरिक हुनुपथ्र्यो । पहिलो पटक नै सही उसको अवस्थाप्रति प्रति म गम्भीर हुुनुपथ्र्यो । यस्ता विभिन्न प्रश्नहरु मेरा मनमा उब्जिएका थिए ।

उसका फोटोहरु मेरो ग्यालेरीमा सेभ भएका थिए । मलाई उसको नाम थाहा पाउनै पर्ने थियो । त्यसका लागि के गर्ने ? यसको उत्तर थियो च्वाइस क्याफेमा जाने । अर्को दिन जसरी नि क्याफे पुग्छु भनी त्यसदिन त्यतिकै सुतेँ ।

भोलिपल्ट म विहान सवेरै उठेँ । दैनिकी सिध्याएर कलेजतिर गएँ । मेरो कलेज बानेश्वरमा थियो । होटल म्यानेजमेन्टको विद्यार्थी थिएँ ।

उसलाई विहान क्याफेमा पो भेट्छु कि भनेर म क्याफेतिर गएँ । क्याफे विहानै खुलेको थिएन । त्यतिकै फर्केँ । त्यसदिन १५ कलेजपुग्दा पन्ध्र मिनेट ढिला भएको थियो ।

सरहरुले पढाएको कुरा पनि केही बुझिनँ । टिफिनमै घर आएँ । घर आउने क्रममा पुनःक्याफे छिरे । क्याफे भरीभराउ थियो । विभन्न कलेजका विद्यार्थीहरु थिए । कोही चिया÷कफी लिदै गरेका त कोही चु्रोट तान्दै गरेका । क्याफेमा म जानुको उद्देश्य अर्कै थियो ।

म त्यही केटी आएकी छे कि भनेर क्याफे गएको थिएँ । म टिफनमै घर आउनुको कारण पनि ऊ नै थिईँ ।
उसलाई एकपटक देख्दा मेरो मन,मस्तिष्क सबै ऊप्रति केन्द्रीत हुन थासिकेको थियो ।

मनमै एउटै प्रश्न उब्जिरहन्थ्यो ,को थिई ऊ ? उसको नाम के हो ? ऊ किन त्यस्तो हालतमा पुगी ?

क्याफेमा धेरै भिडभाड भएकाले उसको बारेमा दिउँसो जान्नुपरो भनी म सरासर कोठातर्पm लम्किएँ ।

दिउँसो म अघिल्लै दिनको समयमै क्याफे पुगँ । ३ कप कफी लिइसक्दा चार बजिसकेको थियो । अहिलेसम्म उसको कुनै अत्तोपत्तो थिएन । ऊ आएकी थिनँ ।

क्याफेमा ऊ यसअघि पनि आउने गर्थी कि गर्थिन ? यसको बारेमा कुनै जानकारी नै नलिई म उसको आगमनलाई पर्खिरहेको थिएँ । ऊ सधैँ आउने क्याफे पनि नहुन सक्थ्यो ।

यसबारे जान्नका लागि क्याफे सञ्चालकलाई भन्ने आँट आएन । वेटर मेरै उमेरको थियो । कफी मगाएँ । उसलाई युवतीको बारेमा सोध्ने निष्कर्श निकालेँ । युवतीको बारेमा भन्दा वेटरले को हो भनेर ठ्याक्कै ठम्याउन सकेन । अघिल्लो दिनको कुराहरु गरेपछि मात्र उसले थाहा पायो ।

युवतीलाई उसले चिन्न त चिन्यो । तर नाम थाहा रहेनछ । क्याफेमा ऊ पनि आउने गरेको कुरा उसले बतायो । प्रायःकलेजको ब्रेकमा ऊ आउने गरेको वेटेरले बतायो । तर,त्यसदिन युवती नआएको उसले बतायो ।

वेटर मार्पmत ऊ पढ्ने कलेजको जानकारी लिएँ । बानेश्वरकै केएमके कलेज पढ्ने गरेको उसले बतायो ।

म कान्तिपुर इन्टरनशनल कलेजको विद्यार्थी थिएँ । उनीसँगको भेटमा कलेजबारे भन्नुपर्दा ‘केआइके’ कलेज भन्ने सोचेको थिएँ । उसको नाम नै नथाहापाइकन मैले भेट्ने कुरा सम्झिएछु ।

त्यसदिन क्याफेमा ६ कप कफी लिएछु । जीवनमै यतिधेरै कफी कल्यिै लिएको थिइनँ । उसका लागि ६ कप कफी त के म ६ बोतल बियर पनि लिन सक्थेँ । कुनै अपसोच भएन । त्यसदिन मेरो क्याफेमै बित्यो ।

भोलिपल्ट म पुनःकलेजको ब्रेकमा क्याफेमा दौडिदै आइपुगेँ । तर,ऊ आएकी थिनँ । यसरी हप्तादिनसम्म म कलेजको ब्रेकमा उसलाई हेर्नका लागि भनी आएँ । तर ऊ आइँन । मेरो पढाइ र हाजिरी पनि छुट्थ्यो । कुनै प्रवाह नगरी उसलाई हेर्न चाहेको थिएँ ।

१० दिनपछि मैले उसलाई क्याफेमा देखेँ । त्यसपछि……….

के उर्लाबारी क्राइम सिटी बन्दै गरेकाे हाे ?

–गोविन्द पोखरेल

शनिबार उर्लाबारीमा आयोजित एक कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारीमा काण्डै काण्ड हुन थालेको भन्दै चिन्ता प्रकट गरे ।

उर्लाबारी नगर क्षेत्रमा विगत एक वर्षयता भए÷घटेका घटनाहरुको चर्चा/परिचर्चा गर्दा यस्तै संकेत गर्छ । उर्लाबारीमा पछिल्ला दिनहरुमा बढिरहेको जनघनत्व र त्यही अनुपातमा अपराधिक गतिविधिहरु पनि बढ्दै गइरहेको छ ।

कल्पना नै नगरिएका घटनाहरु उर्लाबारीमा हुन थालेका छन् । एक हिसाबले भन्नुपर्दा उर्लाबारीमा ‘छाडातन्त्र’ मौलाउदै गएको छ । सबै मै हुँ भन्ने प्रवृत्ति बढ्दै गएको छ । यसले भविष्यमा अझ बढी समस्या ल्याउने निश्चत छ ।

उर्लाबारीमा अराजकता बढ्दै गइरहेकोप्रति सरोकारवालाहरुले सम्बन्धित निकाययलाई सचेत गराउन जरुरी छ । उर्लाबारीवासी सर्तक हुनुपर्ने अवस्था सिर्जना हुदै गइरहेको छ ।

उर्लाबारीको एउटा तीतो सत्य छ । यहाँ हरेक घटनालाई राजनीतिक आखाँले हेर्ने अनि त्यसलाई राजनीतिक रुप दिने । हरेक गतिविधिमा राजनीतिकरण गर्ने परिपाटी ।

हुन त,उर्लाबारीको विगत त्यति राम्रो होइन । उर्लाबारीको विगतको तीतो यथार्थसँग यहाँको सरोकारवालाहरु परिचित छन् । सुनौली विहानीको लम्किरहेको एउटा ‘इमरजिङ सिटी’ विगत जस्तै, ‘क्राइम सिटी’ बन्नु हुदैन ।

प्रसंग सुरु गरौ“ एउटा नेपाली उखानबाट,ऋण लागोस् तर दीन नलागोस् । उर्लाबारीको भलो हुन्छ भने उर्लाबारीलाई ऋण लाग्नु सामान्य हो । तर,उर्लाबारीको ‘इमेज’ बिग्रिनु भनेको दीन लाग्नु सरह हो ।

देशभरका स्थानीय तहहरुमध्ये अहिले चर्चा छ त उर्लाबारीको । चर्चा राम्रो तवरले कमाउनु सुखद हो तर नराम्रो तवरबाट चर्चित हुन दुःखद हो ।

उर्लाबारीले निकिता चाण्डक र निशान भट्टराई जस्ता प्रतिभा नपाएका होइनन् । प्रतिभाको सहर भनेर उनीहरुले उर्लाबारीलाई चिनाउने कोशिस गरे ।

यतिमात्र होइन, उपचार नपाए उर्लाबारी जानु भन्नेसम्मको इमेज उर्लाबारीले पाएको थियो । यसको एउटै कारण थियो उर्लाबारीमा सहयोगी हातहरुको संख्या धेरै छ । यी राम्रा कुराहरुमा पर्दा लागइएको छ । नराम्रा कुराहरु बाहिर आएका छन् ।

विभिन्न काण्ड र फण्डाहरुले उर्लाबारी मुलुकमा चिनिन थालेको छ । हाम्रो जस्तो मुलुकमा सकारात्मक भन्दा नकारात्मक कुरा बढी पैmलिन्छ । भएको पनि छ यस्तै ।
अब हामी उर्लाबारीभित्रकै प्रसंग र यथार्थबारे चर्चा गरौ“ । गत वर्ष उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीमाथि सामूहिक रुपमा आक्रमण भयो । चक्कु प्रहार भयो ।

त्यसको केही दिनपछि आइतबारेमा एक कामदारमाथि खुकुरी प्रहार भयो । उर्लाबारीको मधुमल्ला बस स्टेण्डमा एक जना युवामाथि खुकुरी प्रहरा भयो । पशुपति मार्गमा युवाहरुबीच ‘ग्याङ फाइट’भयो ।

एक जनाको टाउको र हातमा गम्भी र चोट लाग्यो । यी बाहेक गुपचुप राखिएका घटनाहरुको फेरिस्त उर्लाबारीमा धेरै छन् । यी घटनाहरु त्यतिकै सेलाए । कानूनी प्रक्रिया अगाडि बढाइएन । मिलापत्र गरेर घटनालाई दबाइयो ।

यस्तै,लागूऔषध प्रयोग गरेको पाएपछि प्रहरीले दुईदर्जनभन्दा बढी प्रयोगकर्ताहरुलाई नियन्त्रणमा लिई चेतावनी दिदै छाड्यो । प्रहरीले दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रमहरु पनि ल्यायो । तर सबै स्वाहा भयो । अहिले पनि उर्लाबारीमा लागूऔषध प्रयोगकर्ता र विक्री वितरण छ्यापछ्याप्ति छ ।

४३ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई त्रूmरता पूर्वक बलात्कार ग¥यो । बालिकाको उपचारमा संलग्न डाक्टरहरुले ‘एक्ट अफ बु्रटालिटी’भने । ती बालिकाको अवस्था के छ,के गर्दै छन्,उनको बारेमा यहाँका महिला अधिकारर्मी र बालबालिका क्षेत्रमा संलग्नहरुले कुनै चासो देखाएनन् । सामुहिक बलात्कार तथा जवरजस्ती करणीका घटनाहरु उर्लाबारीमा बढ्दो अवस्था रहेको तथ्यांकले देखाउँछ ।

उर्लाबारीमा युवाहरुबीच दूरी बढाउने अर्को कारक तत्व हो,नदीजन्य पदार्थ । नदीजन्य पदार्थ उत्खनन् अनि प्रहरीसँग सेटिङ गरेर ओसारपोसर गर्ने होडबाजी चल्छ ।

यसले एउटै व्यवसाय गरिरहेकाहरुबीच दुरी बढाउने काम भइरहेको छ । नदीजन्य पदार्थको उत्खनन् उर्लाबारीमा द्वन्द बढाउने माध्यम बनेको छ । यस सम्बन्धिका घटनाहरु उर्लाबारीमा मिलामत्र मै टुंग्याइने गरिएको छ ।

जुवा काण्ड उर्लाबारीका लागि नौलो होइन । जुवाडेहरुको उद्घमस्थल बनिसकेको छ उर्लाबारी । यसमा विशेष गरेर उर्लाबारीका ‘ठूलाबडा’बढी संलग्न हुने गरेको पाइएको छ । प्रहरीसँगको सेटिङ गरेर जुवा खेलाइने गरेको तथ्य यसअघिका प्रहरी प्रमुखको पालामै खुलिसकेको छ ।

जबजब उर्लाबारीमा नयाँ प्रहरी प्रमुखहरु आउँछन् । उनीहरुको हिमचिम ‘सेटिङ’वालाहरुसँग बढ्छ । उर्लाबारीको इन्चार्ज हुन लागि प्रहरी अधिकृतहरु तछाँ डमछाँड गर्न गरेको प्रहरी वृत्तमा सुनिन्छ । यतिसम्म कि रकम बुझाएर र सोर्स फोर्स लगाएर उर्लाबारीमा प्रहरी अधिकृत आउन ललायित हुने गरेको बताइन्छ । यद्यपि तथ्यगत प्रमाण भने पंक्तिकारसँग छैन ।

उर्लाबारीमा रातको समयमा कर छलेर चीन तथा भारतबाट ल्याइएको सामानहरु प्रहरीस“गको मिलोमतोमा झारिन्छ । यो पनि उर्लाबारीको समस्या हो ।

कुनै तथ्य र क्रस चेक नगर्ने परिपाटी हामीमा छ । सत्यतथ्य नबुझी हचुवाको भरमा भड्किने परिपाटी छ । यो उर्लाबारीको गम्भीर समस्या हो । उर्जाशील युवाहरु धेरै छन् ।

उनीहरुलाई सहि ठाउँमा परिचालन गरिएको छैन । उनीहरुको उचित व्यवस्थापन र स्वरोजगारमा लगाउनु जरुरी छ । युवाहरु राजनीतिक दलहरुको ‘यस मेन’ बन्दै गइरहेका छन् । बेरोजगारी र लागूऔषध दुव्र्यसन यहाँको अर्को समस्या हो ।

यस विषयमा उर्लाबारी नगरपालिका मेयर खड्ग फागो जनघनत्व बढेसँगै यस्ता गतिविधि बढिरहेको स्वीकार्छन् । उनी कतिपय काण्डहरु यथार्थ रहेको त कतिपय बनावटी काण्डहरु रहेको दाबी गर्छन् । उर्लाबारी क्राइम सिटी भन्दापनि अराजकता र छाडातन्त्र मौलाएको उनले दाबी गरे ।

उर्लाबारीमा अर्को समस्या हो,‘हनुमान प्रवृत्ति’ । उर्लाबारीमा यस्ता हनुमानको बिगबिगी छ । नेकपा र कांग्रेस पार्टीका ‘हनुमान’ को संख्या धेरै छन् । अाफू निकटका नेता रिझाउनका लागि उनीहरु जुनसुकै र जस्तो सुकै गतिविधि र फाण्डा गराउन तयार छन् ।

यस्ता हनुमानहरुलाई पार्टी तथा दलका नेताहरुले प्रयोग गर्ने गरेका छन् । यो गलत प्रवृत्ति हो । यसका अलवा विभिन्न पार्टी चाहारेर नेकपा र कांग्रेस पार्टीमा आउने नया“ कार्यकर्ताहरुले ‘हनुमान’ प्रवृत्ति देखाउने गरेका छन् ।

यसका अलवा उर्लाबारीका राजनीतिक दलका नेताहरुले युवाहरुले गलत कार्यमा प्रयोग गर्दै आएका छन् । आप्mनो राजनीतिक अभिष्ट पुरा गर्नका लागि विभिन्न फण्डा र अवैधानिक क्रियाकलापमा उनीहरुले युवाहरुलाई प्रयोग गरिरहेका छन् । यसले युवाहरुबीच आन्तिरक द्वन्द बढाएको छ ।

पछिल्लो समय उर्लाबारीमा नेपाली कांग्रेस र नेकपाका नेताहरुबीच दूरी बढ्दो छ । उनीहरु एक अर्कालाई सिध्याउने खेलमा लागिपरेका छन् । आप्mनो गल्ती ढाकछोप गर्नका लागि ती दलहरुले अर्को गल्ती गरिरहेका छन् ।

ती दलका नेताहरुको व्यक्तिगत स्वार्थका लागि उर्लाबारीका पत्रकारहरु प्रयोग भइरहेका छन् । राजनीतिक दलका नेताहीको चेपुवा परेका कारण उर्लाबारीको पत्रकारिता क्षेत्र पनि बद्नाम हुन पुगेकाे छ ।

जब सबै क्षेत्र बद्नाम बढ्दै जान्छ,सरोकारवाला निष्क्रय,कानून कमजोर,प्रशासन सेटिङमा फस्दै जान्छन् तब सहरमा अपराध बढ्दै जान्छ । यस विषयमा अहिले नै सचेत नभए कहिले हुने ?

यस्ता गतिविधिहरु उर्लाबारीमा रोकिएनन् भने उर्लाबारी क्राइम सिटी बन्न बेर छैन । उर्लाबारीको ईमेज राम्रो बनाउनका लागि सबैले सहकार्य र मिल्नुको विकल्प छैन । यसका लागि युवाहरुको भूमिका महत्वपूर्ण छ । युवाहरु दलका नेताहरुको हनुमान बढ्दै हिड्ने कि अाफ्नो भविष्यप्रति सेचत हुने ?

को थिई ऊ ? भाग-१ (कथा)

 

….मलाई न उनको नाम न त कुनै ठेगाना नै थाहा थियो । उनलाई पुन,त्यही फेसबुक ग्रुपमा भेट्नेछु । फेसबुकमा टाइटलमा नाम राखेकी थिइन् । उनले ग्रुपमा पोष्ट गरेको हरेक कुराहरुले मन छुन्थ्यो । उनले पोष्ट गरेका कुराहरु मनमा खेलाइरहन्थ्यो । उनका ती हृदयस्पर्शी पोष्टहररुको झझल्को आइरह्न्थ्यो ।

ग्रुपको नोटिफिकेशन इनेबल गरेको थिएँ । ताकी उनले पोष्ट गरेका कुराहरू थाहा पाऊँ । उनले पोष्ट गरेकी स्टाटसहरुबाट म एक प्रकारले ‘फिदा’ नै भइसकेको थिएँ । दिनहरु यसरी नै बित्दै थिए ।

ग्रुपमा उनका पोष्टहरु नआएको पनि हप्ता बितिसकेको थियो । नवौँ दिनमा उनी कमेडियन स्टाटस सहित ग्रुपमा पुनरागमन गरिन् । उनको पोष्ट सुहाउँदो एउटा सिल्ली कमेन्ट गरिदिए“ ।

कमेन्ट लाइक गरिदिइन् ण। खुसीको सिमा रहेन । कमेन्टमा उनको रिप्लाई नि आयो । फेसबुक एमोक्सनबाट हामीले कमेन्टमा रिप्लाई भयो । त्यो ग्रुपमा हामी एकअर्काबीच यसरी जोडियौँँ  कि उसको पोष्टमा म र मेरो पोष्टमा उनी कमेन्ट गर्ने अनि त्यही बोल्ने तथा जिस्कने क्रम बढ्न थाल्यो ।

ग्रुपबाट हामी दुवैको घनिष्टता बढ्दै गयो । दैनिक १० वटासम्म कमेडियन स्टाटसहरु पोष्ट हुन थाल्यो । यति हुँदासम्म हामी दुवै फेसबुकमा जोडिएका थिएनौँ ।

यही दौरानका बीच उनको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । उनकै प्रोफाइल पिक्चर भएको फोटो थियो उनको प्रोफाइलमा । उनको नाम त्यत्रो दिनसम्म पनि थाहा थिएन । ‘उनले मलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी’ खुसीको कुनै सिमा नै रहेन । एटिटियुट देखाएर उनको त्यो रिक्वेस्टलाईलाई पेन्डिङमा राखिदिए ।

प्रोफाइल पब्लिक भएकाले मेरा हरेक पोष्टहरु अरुले हेर्न र पढ्न पाउथेँँ  । फ्रेण्ड रिक्वेस्ट एसेप्ट नगरेपनि मेरा पोष्ट तथा स्टाटसहरुमा उनका लाइक त कमेन्टहरु आउन थालिसकेका थिए । फ्रेण्ड रिक्वेस्ट एसेप्ट नगरेर होला त्यो ग्रुपमा हामी दुवैको कमेन्ट पातलिन थाल्न थाल्यो ।

मनमा अनेकौँ कुराहरु खेल्न थाले । र,उनलाई फेसबुमा साथी बनाउने निधो भयो । अनि रिक्वेस्ट एसेप्ट गरे । यतिका दिनबितिसक्दा पनि उनको वास्तविक नाम र ठेगाना थाहा पाएको थिन“ । कारण फेसबुकमा उनले टाइटल नाम राखेकी थिइन् ।

उनको म्यासेज आयो । ‘वाइ आर यू लेट ’ भनेर प्रतिउत्तरमा मैले ‘वाट अवाउट ’ भनेर पठाएँ । उनले ‘वाइ डीड यू डू लेट इन एसेप्टिङ माइन फ्रेण्ड रिक्वेस्ट ’ नजानिदो पारामा मैले थपे,‘ टुडे आइ सी योर रिक्वेस्ट’ । उताबाट ‘सो यू समटाइम सी द फ्रेण्ड रिक्वेस्ट इन फेसबुक’ भनेर म्यासेज आयो । यसरी हामी दुवै फेसबुकमा कनेक्टट भयौँ ।
00000000000

भोलिपल्ट सेवेरै उनको ‘हेल्लो’ भनेर मेरो म्यासेज आएको रहेछ । ‘हाई’ लेखेर रिप्ले दिएँ । नृत्यकर्म सकेर पत्रिका पढ्न थाले । उनले डाइरेक्ट ‘तपाई उर्लाबारीको होइन’ भनेर सोधिन । म्यासेजलाई रिप्ले गर्दै ‘हो त ’ भनेर जवाफ फर्काएँँ  । म्यासेज गर्दा प्रश्न,विस्मयादिकबोधका र फुलस्टप चिन्हको प्रयोग गर्ने भएकाले उनलाई पनि गरेँ । उनको जवाफ आउँछ भनेर केही समय फर्किएँ । तर उनी ‘अफलाइन’ भइसकेकी थिइन् ।

फेसबुकमा उसका फोटाहरु त थिएँ । हसिलो चेहरामा कालो क्याप लगाएर हिमालको काखमा खिचिएको फाटो अाफ्नाे प्रोफाइल पिक्चरमा उसले.राखेकी थिई । फोटाहरु त थिए तर नाम र ठेगाना उल्लेख भएको थिएन । उसको बारेमा सोच्न थालेँ । उसका र मेरो १३ जना म्यूचल फ्रेण्ड थिए । उसकाे बारेमा जान्न इच्छुकता झनै बढ्न थाले ।

फेसबुक ग्रुपमा भेटिएकी कुनै एक अपरिचित युवतीको त्यो प्रश्नले साेच मग्न बनायाे ।

बानेश्वरको ‘द च्वाइस क्याफे’ मा कफी लिने दैनिकी जस्तै भएको थियो ।

एक दिन उसलाई कलेजेको पोशाकमा क्याफेमा देखेँ । उसलाई नदेखे झैँ गरेँ । उसका गतिविधि नियाल्न मन लाग्यो । म एउटा कुनामा बसे । ऊ अर्को कुनामा थिई । चुरोटको धुवाँ लिदै लामो सास फेरी । एस्ट्रेमा चुरोट राख्दै कसैसँग फोनमा कुरा गरिरहेकी थिई । घरी फोनमा रिसाए जसरी बोल्थी त घरी टाउकोमा हात राखेर कुनै कुरामा पश्चताप गरे झैँ देखिन्थी ।

फेसबुकमा देखिएजस्तो उसको चेहरामा मुस्कान थिएन । हाउभाउले ऊ तनावमा भएको प्रष्ट देखिन्थ्यो । कलेजको पोशाकमा त्यसरी धुवाँ तान्न उसले कसरी सकेकी होला भन्दै मेरो मनमा कुराहरु खेल्न थाले ।

उसका साथीहरुले उसलाई लिन आएका थिए । साथीहरुले केही भनिरहेका थिए । सम्झाउदै थिए हाेलान् सायद । चुरोटको ठूटो नसकुञ्जेल उसका साथीहरु उसँगै बसे । त्यसपछि उनीहरु क्याफेबाट निस्के ।

फेसबुकमा मात्र देखेकाे केटीलाई पहिलाे पटक यस्तो हालतमा देख्दा मेरो मन एक हिसाबले कुडियाे पनि । उसका बारेमा जान्ने उत्सुक्ता बढ्न थाल्याे ।

ग्रुपमा सधै कमेडियन स्टाटसहरु पोष्ट गर्ने युवती कसरी यो अवस्थामा पुगी ? मेरो बारेमा जानकारी थाहा पाउने अनि मेरो प्रतिउत्तर नदिई अफलाइन भएकी ऊ को होली ? यस्तै यस्तै प्रश्नहरु मनमा उब्जिन थाले ।

क्याफेबाट म सिधै रुममा गएँ । त्यसपछि..

विपत्तिसँगै सतकर्ताको खाँचो

गोविन्द पोख्रेल
शनिबार मध्याह्नदेखि लगातार आएको महाभूकम्पका कारण देश कोलाहल छ । विभिन्न ठाउँहरुमा मानिसहरुको मृत्यु तथा भौतिक संरचनाहरुको क्षति भएको छ । कयौं मानिसहरु प्रभावित बनेको छन् । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार करिब ३ हजार बढीको मृत्यु भइसकेको छ । प्राकृतिक विपत्ती आइपर्दा एकले अर्कालाई दोषारोपण गर्नुभन्दा घाइतेहरुलाई उद्धार गर्नु जरुरी रहेको छ । प्राकृतिक प्रकोप मानिसले चाहेर आउने र जाने हुदैन । कतिखेर आउँछ, जान्छ कसैलाई पत्तो हुदैन । नेपाल भूकम्पीय दृष्टिकोणले उसै पनि खतरामा रहेको छ । कयौं मानिसहरु प्रभावित भएका छन् । अन्तर्राष्ट्रिय जगतमा नेपालमा आएको महाभुकम्पका कारण मृत्यु तथा घाइते हुनेहरुका लागि उद्धार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पृथ्वीकोे भित्री भागमा रहेको तरल पदार्थ जसलाई म्याग्मा ‘ःबनmब’, लाभा ‘ीबखब’ आदिको आन्तरिक बहाबले बाहिरी भागमा रहेका चट्टानहरू एक आपसमा धसिएर बसेका हुन्छन् । या भनौ यिनीहरु एकआपसमा सिगौंरी खेलिरहेका हुन्छन् । यी चट्टानहरुमा कहिले काहिँ एकआपसमा खटपट या भनौं ‘क्ष्mदबबिलअभ’ हुन सक्छन् । जब कुनै एकले धान्न सक्दैन तब एकैचोटी एकमाथि अर्काे खप्टिन पुग्छ या छुट्टिन पुग्छ । जसका कारण जमिनमा कम्पन उत्पन्न हुन्छ । हामीले के नसौचौ भने ठूला चट्टानबीचमा मात्रै होइन एउटै चट्टानभित्र पनि बिभिन्न ठाउँमा धाँजाहरू फाटेका हुन्छन् जसका कारण कम्पन उत्पन्न हुन पुग्छन् । यो कम्पनलाई हामी भुईचाले भन्ने गर्छौं ।

भुकम्पीय दृष्टिकोणले नेपाल उच्च जोखिममा किन ?
भुकम्पीय दृष्टिकोणले नेपाल विश्वमा सबैभन्दा उच्च जोखिममा रहेको छ । यूएसएडले प्रकाशित गरेको ‘ऋयलतझउचयचबचथ भ्लखष्चयलmभलतब ि क्ष्ककगभक इा ल्भउब’ि नामक पुस्तक यस बारेमा विस्तृत विवरण तथा तथ्य प्रमाण उल्लेख गरिएका छन् । पृथ्वीको शुरुवाती दिनहरु भनौं वा आज भन्दा करिब ३ सय करोड बर्ष पहिले नेपाल र भारतमा सागर थियो । अफ्रिकाको इन्डियन टेक्टोनिक प्लेट (क्ष्लमष्बल त्भअतयलष्अ एबितभ० सर्दै तिब्बतीयन प्लेट ९त्ष्दभतष्बल एबितभ० एकआपसमा ठोकिएका थिए । यी दुई प्लेटहरुको एकआपसमा ठोकी हिमालय पर्वत श्रृङ्खलाको निर्माण भएको थियो । हिमालय पर्वत श्रृङ्खला पूर्व सिक्कमदेखि पश्चिम अफगानस्थानसम्म पैmलिएको छ । हिमालय पर्वत श्रृङ्खला बनिनुभन्दा अगाडि अफ्रिकाको इन्डियन टेक्टोनिक प्लेट टुक्रिएर सरेको थियो । अफ्रिकाबाट अलग्गिएर आएको इन्डियन टेक्टोनिक प्लेट तिब्बतीयन टेक्टोनिक प्लेटसँग ठोकिदा हिमालय पर्वत श्रृङ्खला निर्माण भएको भन्ने वैज्ञानिक तथ्य रहेको छ । नेपाल हिमालय पर्वतमा अवस्थित छ । हिमालय पर्वतको संरचना सिक्कमदेखि अफगानस्तानसम्म पैmलिएको छ । हिमालय पर्वतलाई भूगर्वविद्हरुले ‘थ्यगलनभकत’ पहाड भन्ने गरेका छन् । यो हिमालय पर्वत श्रृङ्खलालाई हिमालायलाई इस्र्टन हिमालय समेत भन्ने गरिन्छ । तिब्बतीयत टेक्टोनिक प्लेट पृथ्वीको जन्मसँगै स्थिर अवस्थामा रहेको अवस्थामा छ । अफ्रिन टेक्टोनिक प्लेट प्रायःसर्ने हुुँदा भुईचालो जाने गरेको वैज्ञानिहरु बताँउछन् । त्रिभूवन विश्वविद्यालयमा वातावरण विज्ञानमा विद्यावारिधी गरिरहनुभएका दमक बहुमुखी क्याम्पसका प्राध्यापक मोहन संग्रौलाका अनुसार अफ्रिकन टेक्टोनिक प्लेट हरेक एक दशकमा एक चोटी चलायमन भइरहेको पाउनमा सकिन्छ । तिब्बतीयन टेक्टोनिक प्लेट र इन्डियन टेक्टोनिक प्लेटमा रहेको हाम्रो देश नेपालमा भुकम्पको जोखिम अधिक छ । वैज्ञानिकहरुले आजका मितिसम्म अफ्रिकन टेक्टोनिक प्लेट सर्नुको कारण पत्ता लगाउन सकेका छैनन् । उनीहरुले यो पृथ्वीको अन्त्य हुनुभन्दा अगाडि नेपाल विश्व मानचित्रबाट हराइसकेको हुन्छ । यसको कारण उनीहरुले अफ्रिकन टेक्टोनिक प्लेट तिब्बतीयन टेक्टिोनिक प्लेटबाट टाढा भइसकेको हुनेछ । नेपाल यो हिमालय पर्वत श्रृङ्खलाको ‘ःबष्ल भ्लखष्चयलmभतब ित्जचगकत’ मा रहेको छ । यही थ्रस्टका कारण नेपाल भूकम्पीय जोखिममा परेको हो ।
नेपाल भूकम्पीय दृष्टिकोणले खतरा त छँदैछ । पहाडी जिल्लाहरुभन्दा तराई जिल्लाहरु अलिक खतरामुक्त रहेका छन् । हामी सबैले के ख्याल गर्नुुपर्छ भने, भूकम्पले मानिसको ज्यान लिँदैन, मानिसहरु आपैmले निर्माण गरेको संरचनाहरुले किचिएर मर्ने गरेका छन् । त्यसैले त भन्ने गरिन्छ, भूकम्प आएको बेला खुल्ला चौरमा जानुपर्छ । पहाडी क्षेत्रको भू–वनोट तराई क्षेत्रको जस्तो एकरुपता हुदैन । पहाडी क्षेत्रको भू–वनोटमा एक रुपता नहुनु, ठूला–ठूला चट्टानहरु हुने गरेको र त्यस्ता संरचनाहरु ढल्ने सम्भावना अधिक रहेका कारण पहाडी क्षेत्रमा भूकम्पको जोखिम अधिक रहेको भूगर्वविद्हरु बताउँछन् । तराई क्षेत्रमा मानवनिर्मित संरचनाहरु भूकम्पबाट ध्वस्त हुने सम्भावना बढी हुनु र तिनमा परी मानिसहरुको ज्यान जाने गरेको पाइन्छ ।
उर्लाबारी नगरपालिकाका इन्जिनियर रोशनकुमार उदासका अनुसार उर्लाबारी क्षेत्रमा निर्माण गरिएका पछिल्ला घरहरु भूकम्प प्रतिरोधात्मक रहेका छन् । उहाँले पुराना र चर्केका घरहरु भुकम्पको जोखिम रहेको उहाँले बताउनुभयो । ईन्जिनियर उदासका अनुसार उर्लाबारीको इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन पुरानो भएको र यसको पुनः निर्माण आवश्यक रहेको बताउनुभयो ।
शनिबार मध्याह्न गएको महाभूकम्पले दुई हजारभन्दा बढीको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ । कति घाइते भए, कतिले प्राण त्यागे त भौतिक संरचनाको क्षतिको यकिन विवरण अहिलेसम्म आइसकेको छैन । भूकम्पको कारण मुलुकभर कोलाहलको अवस्था सिर्जना भएको छ । मानिसहरु खुला चौरमा बसेका छन् । घर छाडेर उनीहरु खुला आकाशमुनि ओत लाग्न पुगेको छन् । भुकम्पले मानिसलाई मार्दैन तर यसका कारणले चाहिँ मानिसले निर्माण गरेको संरचनाबाट आपैmँ मारिन्छन् । हामीमा एउटा नराम्रो पक्ष के छ भने संकटको घडिमा मात्र हामी सावधानीका पक्षहरुको कुरा गर्छौ । नेपाल उसै पनि भुकम्पको जोखिम उच्च छ । नेपालमा निर्माण गरिएका अधिकांश भौतिक संरचनाहरुमा वैज्ञानिक मापदण्ड पुरा गरेको पाइदैन । जथाभावी रुपमा घडेरी प्लटीङ र भौतिक संरचनाहरुको निर्माण गरिएको छ । भूकम्पीय दृष्टिकोणको मापदण्ड अपनाइएको पाइदैन । सरकारले भवन निर्माण र घडेरी प्लटीङको स्पष्ट नीति ल्याएको छैन । नेपालमा आएको भूकम्पका कारण अधिकांश मानिसहरु भूकम्पका कारण थिचिएर मृत्युवरण गरेका छन् । घर बनाउदा नक्सामा भूकम्प प्रतिरोध भएको छ÷छैन मात्र हेरिन्छ ।
तर, नियमक निकायले त्यसको स्थलगत अवलोकन गरेको देखिदैन । यसका लागि सरकार र मातहतका निकायहरुले कडा अनुगमन गर्नु जरुरी रहेको छ । अर्को कुरा नेपालमा निर्माण गरिने घर÷भौतिक संरचनाहरुको स्थानको माटो परीक्षण गरिदैन । नीति सबैलाई एउटै छ । तराई क्षेत्र र पहाडी क्षेत्रमा निर्माण गरिने घरहरुका लागि एउटै नीति छ । पहाडी क्षेत्रमा निर्माण हुने घरहरु कस्तो हुनुपर्छ, यो सरकारलाई समेत थाहा छैन । अर्को पक्ष नगरपालिकामा मात्रै भूकम्प प्रतिरोधात्मक घर निर्माण भएको छ÷छैन, हेरिन्छ तर गाविसमा हेरिदैन । यसमा सरकार गम्भीर हुनुपर्ने देखिन्छ । भूकम्प आउँदा सबैभन्दा पहिले सुरक्षित स्थानमा जानुपर्छ । यसका लागि खुला चौर सबैभन्दा उत्तम उपाय हो । भूकम्प आउदा आत्तिनु हुदैन । सबै संयमित हुनुपर्छ ।

मेयर कपको उपाधि वडा नम्बर ५ लाई

 

१३ माघ,उर्लाबारी

प्रथम मेयर कप उर्लाबारीको उपाधि वडा नम्बर ५ ले उचालेको छ । शनिबार भएको खेलमा उसले वडा नम्बर ७ लाई १–० गोल अन्तरले हराउदै विजयी भएको हो । जितसँगै उसले नगद ७५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र हात पा¥यो । विजयी टिमलाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले ट्रफि प्रदान गरे । गत वर्ष पनि वडा नम्बर ५(साविक उर्लाबारी–२)ले नगरकपको उपाधि जितेको थियो ।
उपविजेतामा सिमित वडा नम्बर ७लाई नेपाल आर्मीका मेजर सुस्मन कट्वालले ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार बापत् वडा नम्बर ७ले नगद ५० हजार हात पा¥यो ।

वडा नम्बर ५को जितका लागि टिम कप्तान निरज बस्नेतको योगदान रहन गयो । दोस्रो हाफको २२औँ मिनेटमा जर्सी नम्बर २५ लगाएका बस्नेतले उत्कृष्ट गोल गर्दै आप्mनो टिमलाई विजयी बनाउन सफल भएका थिए । पहिलो गोल गरे बापत बस्नेतलाई पुरस्कार वितरण समारोहमा वडा नम्बर ३का व्यवसायी कुमार तामाङले नगद प्रदान गरेका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ५का गोल रक्षक सूर्य अधिकारी भए । पहिलो हाफको १५औँ मिनेटमा वडा नम्बर ५का खेलाडीले डिबक्समा फल गरेपछि वडा नम्बर ७का लागि गोल गर्ने अवसर जुरेको थियो । वडा नम्बर ७का खेलाडी सुरेश राई‘जेट्ली’को प्रहार गोल रक्षक अधिकारीले विफल पारिदिएका थिए ।

Team of ward 5

यसैबीच,प्रथम मेयर कप फुटबल प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ठ भएका खेलाडीहरुलाई ट्राफि प्रदान गरिएको छ । जस अन्तर्गत वडा नम्बर ५का रविन मगरलाई उदयमान खेलाडी,वडा नम्बर ६का रुद्र कार्कीलाई उत्कृष्ठ डिफेन्डर,वडा नम्बर ७का सुरेश राई‘जेट्ली’लाई उत्कृष्ठ मिडफिल्ड, वडा नम्बर २का समिर चेम्जोङ उत्कृष्ठ गोल किप्पर,उत्कृष्ठ फर्वाडमा वडा नम्बर–९का सुहाङ लिम्बू,सार्वाधिक गोलकर्तामा वडा नम्बर ६का मिलन धिमाल र म्यान अफ द सेरिजमा वडा नम्बर ५का गो किप्पर सूर्य अधिकारी भएको आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिए । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मेयरकपले उर्लाबारी नगर क्षेत्रमा फुटबल खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा उल्लेख गरेका थिए । सोही कार्यक्रममा मेयर फागोले नगरपालिकाले खेलकुद विकासका लाई पर्याप्त बजेट विनियोजन गरेको दाबी गर्दै उर्लाबारी नगर क्षेत्रको खेलकुद विकास गर्नका लागि नगरखेलकुद विकास समितिको पुर्नगठन गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।

यस्तै,नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले खेलकुद कार्यक्रमले युवाहरुलाई लागूऔषध दुव्र्यसनबाट टाढा लैजाने कुरा उल्लेख गर्दै खेलकुद विकासमा जोड दिइने बताइन् । खेलकुदको माध्यमबाट युवाहरु कुलतमा नफस्ने समेत उनले विश्वास गर्दै आयोजकलाई प्रतियोगिता सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

उर्लाबारी फुटबल क्लबको आयोजना,उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग र नगरखेलकुद विकास समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न स्वास्थ्य सहयोग गर्ने मंगलबारे अस्पताल,अरनिको अस्पताल लगायत विभिन्न संघसंस्थाहरुलाई आयोजकले धन्यवाद ज्ञापन गरेको थियो ।

समापन समारोहमा उर्लाबारीका विभिन्न वडाका वडाध्यक्षहरु,सुरक्षा निकाय प्रतिनिधि,वन कार्यालयका प्रतिनिधिहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

अपराधिक गतिविधिमा उर्लाबारीका सडक बालबालिकाहरु !

पारिबारीक बन्धनमा नबाँधिनु र परिवारबाट माया नपाएका कारण यिनीहरु सडकमा भौतिकारिएका छन् |

गोविन्द पोखरेल, उर्लाबारी

चार वर्ष अघि उर्लाबारीमा हत्या गरी ट्यांकीमा फ्याकिएको एक बालक फेरा प¥यो । प्रहरीले अनुसन्धान गर्दा बालक हत्यामा सडक जीवन व्यतित गर्दै हिड्ने ‘काली’नाम गरेकी बालिका र अर्का एक जना व्यक्ति दोषी देखिए ।

तीन महिना अघि उर्लाबारीमा सडके जीवन व्यतित गरिरहेकी एक जना महिलालाई यहाँका सडक बालकहरुले सामूहिक रुपमा बलात्कार गरे । घटना त्यतिकै सेलायो । बलात्कृत ती महिलाको अत्तोपत्तो छैन । उर्लाबारीका सडक बालकहरुले सामूहिक रुपमा ती महिलालाई उर्लाबारीको मुख्य चोकमा बलात्कार गरेको स्वीकार्दै आएका छन् ।

उर्लाबारीको पूर्व बस स्टेण्डमा एक दर्जनभन्दा बढि बालकहरु सार्वजनिक यातायातमा पैसा माग्छन् । पैसा माग्नका लागि अनेक उपायहरु रोज्छन् । बुवा/आमा नभएको पर्चा हातमा बोकेर यात्रुको अगाडि बोल्न नसक्ने अभिनय गर्दै पैसा माग्छन् । पैसाका लागि उनीहरुको यात्रको खुट्टा समेत ढोग्ने गर्छन् । संकलित रकम उनीहरु ‘डेन्ड्राइट’किन्नमा खरिद गर्छन् । विभिन्न हार्डवेयर पसलहरुबाट खरिद गरी ल्याएको उक्त डेन्ड्राइट नशाको रुपमा लिन्छन् । दिनभर उनीहरु डेन्ड्राइडको नशामा बस्छन् । अनि साँझ परेपछि विभिन्न पसलहरुमा उनीहरु ‘चोरी’गर्छन् । कहिले नगद त कहिले खानेकुरा पसलहरुबाट चोर्ने गरेका छन् । साँझमा उर्लाबारीको पूर्व बसस्टेण्डको उत्तरमा रहेका ‘छाप्रा’पछाडि सुत्छन् । यसरी उनीहरुको दैनिकी बितिरहेको छ ।

उर्लाबारीका सडक बालबालिकाहरु ।

नगर आसपासमा हुने छिटफुटका चोरीका घटनाहरुमा उनीहरुको संलग्नता हुने गरेको छ । कहिले माछा पसलमा त कहिले करिना पसलमा उनीहरुको संलग्नता हुने गरेको देखिएको छ । कतिपयलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई ‘सम्झाउदै’छाडेको छ ।

सडक बालकहरुको यस्ता हर्कतले बेला बेला उर्लाबारी झस्कने गरेको छ । कतिसम्म उनीहरु कोही नभएको घरमा पसेर सबै सोरपटार गर्नमा समेत खप्पिस भइसकेका छन् । जुन कुरा उनीहरु स्वयंम खुलासा गर्छन् । कतिपय सडक बालकहरुले कुटाई खाएर घाइते पनि भएका छन् ।

उर्लाबारीमा सडक बालकहरुको संख्या १७ जना छन् । सरोकारवाला संस्थाहरुलाई समेत सडक बालकहरुको याकिन संख्या भन्न सक्दैनन् ।
प्रायःजसो सडक बालकहरको आफ्नै घर भए पनि उनीहरु सडकमै रमाउने गरेका छन् । पारिवारिक कारणले उनीहरुलाई घरबाट विस्थापित गराइएको त कोही बुवा जेलमा र आमा अर्कै केटासँग विवाह गरेर गएपछि एक्लै भएकाले सडकमा पुगेका हुन् ।

सडक बालबालिकाको यो समस्याले उर्लाबारीमा अपराधिक गतिविधि बढाउन सक्ने सम्भावना धेरै रहेको स्थानीय अम्बिका खतिवडा बताँउछन् ।

सडक बालबालिकाहरुलाई अहिले नै व्यवस्थापन नगरिए चुनौती आउन सक्ने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा बताँउछन् ।

आइतबार पुनःस्थापनका लागि काठ्माडौँ जानुअघि तस्विर खिचाउदै सडक बालकहरु ।

सडक बालबालिकाका सारथीः

उर्लाबारी–७ का खेमराज पुरी पूर्व सडक बालक हुन् । राजधानीको एक सामाजिक संस्थाले उनलाई उद्धार गरेपछि उनले नयाँ जीवन पाए । सोही संस्थाको सहयोगमा उनले अष्ट्रेलियामा गएर आफ्नो ग्रायाजुऐशन सके ।

तिनै पुरी यतिबेला राजधानीमा सडक बालबालिकहरुलाई पुनस्थापना गर्नका लागि भनेर एउटा संस्था सञ्चालनमा ल्याएका छन् । दुई वर्षअभि उनले द ट्वीनअटर फाउण्डेशन नामक संस्था सञ्चालनमा ल्याई सडक बालबालिकाहरुलाई पुनःस्थापना गराउने प्रयासमा जुटेका छन् ।उर्लाबारीमा आउदा प्रत्येक वर्ष उनले चारजना सडक बालबालिकालाई पुनःस्थापना गराउने हेतुले राजधानी लैजाने गरेका छन् । सोमबार उनले उर्लाबारीका ७ जना सडक बालकहरुलाई उनले पुनःस्थापनका लागि राजधानी लगेका छन् ।

उर्लाबारी पश्चिम बसस्टेण्डमा कागज देखाएर पैसा माग्दै एक सडक बालक ।

‘उनीहरुलाई पारिवारिक समबन्ध गाँस्दै माया दिन सके सामाजिक पाटोमा डो¥याउन सकिन्छ । ’ पुरी भन्छन्–‘परिबारीक बन्धनमा नबाँधिनु र परिवारबाट माया नपाएका कारण यिनीहरु सडकमा भौतिकारिएका हन् । सडक बालकहरुलाई पैसा नदिन उनले आग्रह गरेका छन् । पैसाको सट्टामा खानेकुरा दिन उनले सुझाव दिए । खानेकुरा दिदाँ पनि उनीहरुलाई प्याकेट खोलेर दिन उनले आग्रह गरे ।

यसैबीच उर्लाबारी नगर क्षेत्रका सडक बालबालिकाहरुलाई व्यस्थापनका लागि नगरपालिकाका मेयर खड्ग फागोले आप्mनो व्यक्तिगत खर्च कटौती गरेर सहयोग गरेका छन् । फागोले नगर क्षेत्रका ७ जना सडक बालबालिकाहरुलाई राजधानीमामा पुनःस्थापनका गराउनका लागि फागोले एउटा निजी गाडि रिजर्भ गरेर उनीहरुलाई लत्ता कपडा समेत किनिदएका छन् । चालू आर्थिक वर्षमा सडक बालबालिका व्यवस्थापनका लागि नगरसभाले कुनै निर्णय गर्न नसक्दा फागोले आप्mनो व्यक्तिगत खर्चमा उनीहरुको व्यवस्थापनका लागि सहयोग गरेका हुन् । यसअघि पनि फागोले सडक बालबालिकाहरुलाई लत्ता कपडा तथा भोजन गराउदै आएका छन् ।

पुशमा बस्ने नगर सभाबाट सडक बालबालिकाहरुलाई व्यवस्थापनका लागि नगरपालिकाले विशेष योजना लिएर अगाडि बढ्ने मेयर फागोले प्रतिबद्धता जनाएका छन् । डेन्ड्राइटको नशा लिएर अपराधिक गतिविधिमा संलग्न हुन सक्ने जनाउदै मेयर फागोले नगर क्षेत्रका हार्डवेयर पसलहरुलाई सडक बालबालिकाहरुलाई डेन्ड्राइट नबेच्न समेत आग्रह गरे ।

पूर्वी मोरङमा सवारी दुर्घटनामा कमी

 

,उर्लाबारी,२ साउन
पूर्वी मोरङमा सवारी दुर्घटनामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष ०७२÷०७३ को तुलानामा ०७३÷०७४ मा दुर्घटनामा कमी आएको हो ।
ट्राफिक प्रहरी कार्यालय पथरीको ०७३÷०७४ को वार्षिक प्रतिवेदनमा यस क्षेत्रमा दुई सय ७३ वटा सवारी दुर्घटना भएका छन् भने अघिल्लो आव ०७२÷०७३ मा तीन सय १८ वटा सवारी दुर्घटना भएका थिए ।
ट्राफिक कार्यालय पथरीका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु तिम्सिनाका अनुसार ट्राफिक सचेतना र दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रमले सवारी दुर्घटनामा कमी आएको हो । ट्राफिक कार्यालय पथरीले आर्थिक वर्ष ०७३÷०७४ को प्रतिवेदनमा दुई सय ७३ वटा सवारी दुर्घटनाका घटनामा तीन सय ९९ वटा सवारी साधनहरु दुर्घटनामा परेको जनाएको छ ।
ती घटनाहरुमा परी ५२ जना पुरुष, १० जना महिला, ४ जना बालक र एक बालिका गरी ६७ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा परी यो अवधिमा एक सय ८० जना अंगभंग भएका छन् । जसमा पुरुषको संख्या बढि छ । दुर्घटनामा परी एक सय ३३ जना पुरुष अंगभंग बनेका छन् । यस्तै,४० महिला, ५ बालक र दुई बालिका पनि दुर्घटनका कारण अंगभंग हुन पुगेको प्रनानि तिम्सिनाले बताउनुभयो । सवारी दुर्घटनाका घटनाहरुमा विशेष गरी मोटरसाइकल दुर्घटना बढि देखिएको छ । कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा एक सय ९२ वटा मोटरसाइकल दुर्घटनाका घटना दर्ता भएका थिए ।
यसैबीच, ट्राफिक प्रहरी कार्यालय पथरीको राजस्व संकलनमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७२÷०७३ को तुलानामा अघिल्लो आर्थिक वर्षमा कार्यालयले २८ लाख ९२ हजार ८ सय बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७३÷०७४ मा कार्यालयले सवारी कारवाहीबाट एक करोड १० लाख ९६ हजार राजस्व संकलन गरेको थियो । सवारी नियम उल्लंघन गर्दा तिरिने जरिवाना शुल्क वृद्धि भएपछि राजस्व संकलन बढि भएको प्रनानि तिम्सिनाले बताउनुभयो ।
आर्थिक वर्ष ०७३÷०७४ मा यस क्षेत्रमा १८ हजार सवारी साधन कारवाहीमा परेका थिए, जुन त्यसअघिको वर्षभन्दा आठ सयले कम हो । कारवाहीमा परेका सवारी साधानहरु मध्ये मोटरसाइकल बढि छन् । ६ हजार ९ सय ६६ वटा मोटरसाइकल कारवाहीमा परेका थिए । कारवाहीमा परेको ती मोटरसाइकल चालकलाई जरिवाना बापत कार्यालयले ५१ लाख ९ हजार ५ सय राजस्व संकलन गरेको थियो ।
यस्तै, कार्यालयले तीन हजार ७ सय ९५ वटा जीप तथा भेनबाट १९ लाख ९४ हजार, तीन हजार दुई सय १९ वटा ट्रकबाट १७ लाख ५ हजार ५ सय, एक सय ७७ वटा बसबाट ६ लाख ७४ हजार ५ सय, दुई हजार ५ सय ६४ वटा ट्याक्टरबाट १४ लाख ५० हजार र अन्य दुई सय ८० वटा सवारी साधनबाट एक लाख ६२ हजार ५२ रुपैँया राजश्व कारवाहीबाट संकलन भएको ट्राफिक कार्यालय पथरीका प्रहरी जवान मगेन्द्र प्रधानले जानकारी दिनुभयो ।
उर्लाबारीदेखि गछियासम्म कार्यक्षेत्र रहेको ट्राफिक प्रहरी कार्यालय पथरी मातहत ५ वटा अस्थायी ट्राफिक पोष्टहरु रहेका छन् । सवारीका चाप अत्याधिक भएको यस क्षेत्रमा ट्राफिक प्रहरी १८ जना मात्र छन् । ट्राफिकलाई चाहिने उपकरणको अभाव हुँदा यस क्षेत्रमा ट्राफिक प्रहरीले सहज रुपमा काम गर्न नपाएको देख्न सकिन्छ । लाइसेन्स नभएका मोटरसाइकल चालकहरुका कारण सवारी दुर्घटना गराउने हुँदा यस क्षेत्रमा ‘हिट एण्ड रन’ केश बढी नै हुने गरेको छ ।