आज विश्व हात्ती दिवस । हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो । क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस मनाउन सुरु गरिएको हो। वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने विश्वका ६० भन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदै आएका छन्।
Author - Gobinda Pokharel
उर्लाबारी,मोरङ — विषालू सर्पहरुलाई समातेर चर्चा कमाएका प्रेम विष्ट पछिल्लो समय सर्प सम्बन्धि जनचेतना फैलाउने काममा सक्रिय छन् । मोरङ्को विराटनगर निवासी विष्टले गत साता उर्लाबारीस्थित सेक्टर वन कार्यालय मंगलबारेमा विषालू सर्प सम्बन्धि जानकारी दिदै थिए ।

विष्टले ७ महिनाअघि नियन्त्रणमा लिएका दुई वटा गोमन सर्पको रेखदेख गरिरहेका छन् । नाग पञ्चमीमा जीवित सर्पको पुजा गर्ने अवसर जुटाइ दिनका लागि विष्टले यी सर्प यतिका दिनसम्म राखेका हुन् ।

दुई हप्ता अगाडि उद्धार गरेर दुई वटा धामन सर्प राखेका छन् । यी सर्पहरु नाग पञ्चमी पछि जंगलमा छाड्ने तयारी गरिरहेका छन् ।







गत शुक्रबार बिहान मात्रै मोरङ, उर्लाबारीको सेक्टर वन कार्यालय परिसरमा भेटिए प्रेम विष्ट । सामुमा थिए— दुई गोमन सर्प । कार्यालयका कर्मचारीलाई सर्पबारे ‘ब्रिफिङ’ दिनमा व्यस्त देखिन्थे प्रेम ।
यी दुवै सर्प प्रेमसँग बितेको ६ महिनादेखि साथै छन् । झन्डै मार्न लागिएका यी सर्पलाई उर्लाबारीको झारसाँदी र मंगलबारेबाट उद्धार गरेर प्रेम आफैंले ल्याएका थिए । साउन पहिलो साता मात्रै पनि प्रेमले मंगलबारे चोकबाट दुई धामनको उद्धार गरेर साथमा राखेका छन् ।
यो त हालैका महिनाको गतिविधि भयो । यो महिना मात्रै उनले १७ वटा सर्पलाई मारिनुबाट जोगाएका छन् । अघिल्लो वर्ष प्रेमले ३७ वटा सर्पलाई मारिनुबाट जोगाए । उनी सर्पलाई केही महिना आफूसँगै राखेर जंगलमा लगेर छाडिदिन्छन् ।
विषालु सर्पलाई ६/७ महिनासम्म साथै राख्छन् । यसका लागि जाली लगाइएको एउटा बाकस बनाएका छन् । ‘सर्पले एकपटक खाएपछि केही दिनसम्म पुग्ने भएकाले सर्पलाई आहारा ख्वाइरहनुपर्दैन,’ प्रेम भन्छन्, ‘आहाराका लागि भने कार्यालय परिसरमै छाडिदिन्छु । आफूले नोटिस (रुँगालुझैं) गरिरहने भएकाले सर्प भाग्न पाउँदैनन् ।’आहाराका लागि विष्टले यदाकदा सर्पलाई जिउँदो भ्यागुता दिने गरेका छन् ।
यी सर्पप्रेमी विष्ट नेपाल प्रहरीका पूर्व प्रहरी हवल्दार हुन् । हाल उनी जिल्ला वन कार्यालय, मोरङअन्तर्गत सेक्टर वन कार्यालय मंगलबारेमा सशस्त्र वनरक्षक रूपमा कार्यरत छन् ।
वनरक्षकसँगै उनी सर्पसम्बन्धी जनचेतना फैलाउने काममा स्वेच्छामा लागिपरेका छन् । वन कार्यालय अवलोकन भ्रमणमा आउने विद्यार्थीलाई दिनुपर्ने सूचना होस् अथवा गाउँघर चहारेर दिनुपर्ने ‘सर्पज्ञान’ होस्— प्रेम कहींकतै पनि पछि सर्दैनन् ।
भोजपुरमा जन्मिएका विष्ट सर्पसँगै सानैदेखि नजिकिने गर्थे । सर्पसँग भय होइन, उनी प्रेम राख्थे । प्रेमले ९ वर्षको उमेरदेखि सर्प समात्न थालेका हुन् । २१ वर्षसम्म उनी नेपाल प्रहरीमा सेवारत रहे ।
प्रहरीमा छँदा तीन हजारभन्दा बढी गोमन/करेट सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेका ४७ वर्षे प्रेम ३ बर्षयता वन कार्यालयसम्बद्ध छन् । यो पूर्वी भेगमा कुनै ठाउँमा सर्प देखियो भने विष्टलाई फोन आइहाल्छ ।
प्रेमले भने ‘प्रकृतिको सम्पत्ति प्रकृतिकै हुने’ भन्ठानेर समातेका सर्प कोसीटप्पु वन्यजन्तु आरक्षणलगायतका जंगल क्षेत्रमा छाड्ने गरेका छन् ।
प्रेमले प्रत्यक्ष रूपमा र हाकाहाकी सर्प समातेको देख्दा वन कार्यालयका कर्मचारीहरू छक्क पर्छन् ।
कार्यालय प्रमुख तारणीप्रसाद चौधरी भन्छन्, ‘सुरुसुरुमा प्रेमले विषालू सर्पलाई खेलाएको देख्दा आङ जिरिङ्ङ हुन्थ्यो । प्रेमकै कारण अहिले हामी सबै सर्प संरक्षण अभियानमा सँगै छौँ ।’
प्रेमका अनुसार, नेपालमा ८२ प्रजातिका सर्प पाइन्छन् । कमन गोब्रा, नाजा गोब्रा र किङ कोब्रा गरी नेपालमा ३ प्रजातिका गोमन पाउने उनले बताए । हालै उद्धार गरिएका गोमन भने नाजा प्रजातिका हुन् ।
सर्पको आनीबानी बुझ्ने हो भने सर्पले कुनै बिगार नगर्ने विष्टले बताए । ‘सर्पलाई चलाउनुहुँदैन,’ उनी भन्छन्, ‘सर्पलाई अवरोध पुर्याउने अथवा उसको बासस्थान विनाश गरिदिएमा भने ऊ डस्न आउने हो । ’
अधिकांश मानिस सर्पले डस्नेबित्तिकै आत्तिन्छन्, त्यही भएर आत्तिएरै मर्नेको संख्या बढी भएको विष्टले दाबी गरे । आफूलाई पनि २०७१ साउन १५ गते सिन्धुली, जितपुरमा विषालु सर्पले टोकेको स्मरण गर्दै उनले सुनाए, ‘सर्पले हातमा टोक्दा म आत्तिइनँ, बरु बोलिरहें । अचेत अवस्थामा पुग्नुअघिसम्म पनि कुराकानी गरिरहें । सर्पको टोकाइबाट मरिन्छ भन्ने सोचाइ नल्याएकै कारण म बाँचेको थिएँ ।’
सर्पको टोकोइबाट बच्नका लागि ‘एन्टि–स्नेक भेनम’ आवश्यक पर्छ । यो भेनम विषालू सर्पबाटै निकालिन्छ । यो औषधि नेपालमा पाइँदैन, भारतबाट अनुदानमा ल्याइने गरिएको छ ।
भारतमा सर्पको संख्या कम भएकाले नेपालबाट सर्पको तस्करी हुने गरेको विष्टको दाबी छ । बिशेषगरी भारतीय सपेराहरू नेपाल आएर सर्प नचाउने बहानामा भारततर्फ सर्प तस्करी गर्ने गरेको विष्टले बताए ।
नेपालमा पनि एन्टी–स्नेक भेनम उत्पादनका लागि सुनसरीको बराह क्षेत्र नगरपालिकामा सरकारले स्वीकृति दिइसकेको छ ।
तर, वन मन्त्रालयले सर्पसम्बन्धी नियमावली तयारी गर्नमा ढिलाइ गरेकाले सर्पको संकलन, प्रजनन र पालनका लागि समस्या उब्जिएको उनले जानकारी दिए । प्रेमको एउटै चाहना छ— सर्पको टोकाइबाट औषधोपचार नपाएर कोही नेपाली नमरुन् ।
प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
एक वर्षयता मोरङको उर्लाबारी मुलुकमा विभिन्न कारणले चर्चामा रहदै आएको छ । मिस नेपाल २०१७ की विजेता निकिता चाण्डक र नेपाल आइडलका रनर अप निशान भट्टराईको गृह नगरका कारण उर्लाबारीमा चिनियो । त्यसको केही महिना नबित्दै चर्चित ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरण उर्लाबारीसँगै जोडियो ।
जिल्लाको दोस्रो ठूलो सहर उर्लाबारी सम्भवतः मुलुकमै पहिलो पटक सिमसारको सहर भनेर घोषणा गरिएको सहर हो। सरकारको एक नगर एक पहिचान अन्तर्गत उर्लाबारीलाई सिमसारको सहर भनेर घोषणा गरियो।

प्रधानमन्त्री केपी ओलाको ‘छिमेकी सहर’ उर्लाबारी जैविक विविधतामा धनी भएको सहर हो। क्षेत्रफलको हिसाबले औसत भएपनि यो सहर मोरङको राजनीतिक,सामाजिक,आर्थिक तथा अन्य विविध क्षेत्रले गर्दा जिल्लाको राजनीतिमा प्रत्यक्ष रुपमा प्रभाव राख्दै आएको छ।
प्रकृति र पर्यावरणको महत्व भावी सन्ततीहरुलाई दर्शाउने हेतुले उर्लाबारीले सिमसारलाई अगाडि बढाएको स्थानीय अगुवा टिका भट्टराईले बताए।
‘सिमसारयुक्त पर्यटकीय नगरी’उर्लाबारीलाई नै किन भनियो भन्ने सवालमा नगरपालिकाका मेयर खड्ग फागो भन्छन्, ‘ उर्लाबारीमा धेरै सिमसारीय क्षेत्र भएको र भावी सन्ततिहरुलाई वातवरण संरक्षण र सिमसारको महत्व दर्शाउनका लागि घोषणा गरिएको हो। ’

वातवरण विज्ञानले सिमसारलाई ताल, तलाउ, पोखरी, दह, कण्ड, नदीनाला, बाढी क्षेत्र,जलाश्य, धाप वा दलदल सिम,जलक्षेत्रका घाँसे मैदान वा जंगल क्षेत्रलाई जनाउने गरेको छ। उर्लाबारीमा यस्ता क्षेत्रहरु धेरै छन्।
सिमासरलाई जैविक विविधताको धनी समेत भन्ने गरिन्छ। चरा, माछा, उभयचर, कीटपतंग र बोटका लागि सिमसार महत्वपूर्ण मानिन्छ। वातावरणीय सन्तुलन, जैविक विविधता र जीवनचक्रसँग सम्बन्धित भएको हुँदा यसको संरक्षण सिंगो जलवायुसँग समेत सम्बन्धित छ।

उर्लाबारीमा बेतिनी,लामपाते,बुढाठाकूर र बाँसेचौर गरी अन्य सिमसारीय क्षेत्रहरु छन्। वन,वातवरण,हावापानी,नदीनाला,खोला तथा सिचाईाको पर्याप्त सुविधा भएको उर्लाबारीको पर्यावरणीय अवस्था जिल्लाका अन्य सहरभन्दा राम्रो छ।
यी हुन् सिमसारको सहर उर्लाबारीका केही सिमसारीय क्षेत्रहरुः
बेतिनी सिमसारः
उर्लाबारीका अधिकांश सिमसारहरु वडा नम्बर–२ अवस्थित छन्। वडा नम्बर ३ मंगलबारे चोक उत्तरबाट करिब ३ किलोमिटरको दूरीमा बेतिनी सिमसार छ। चराचुरुंगीहरुको आवाज,कृत्रिम पोखरी र यहाँको प्राकृतिक वन जंगललले यो सिमसारको महत्व अझ बढी दर्शाइदिएको छ।

१।५ वर्ग क्षेत्रबाट निस्किएको जरुवा पानीले यस क्षेत्रमा पानीको सञ्जितीकरण गरिदिएको छ। पोखरीको बीच भागमा निर्माण गरिएको टापूले पर्यटकहरुलाई आकर्षित गर्न खोजिएको छ। सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले यसको संरक्षण सम्बद्र्धनका लागि नगरपालिका र वन दुवैले लगानी गरिरहेका छन्।
कृत्रिम पाटे बाघ,बाल उद्यान,बोटिङ, कृत्रिम पोखरी तथा पानी हाँसहरु यहाँ प्रशस्तै छन्। चरा अवलोकनकर्ताहरुका लागि यो सिमसार महत्वपूर्ण छ। यस क्षेत्रमा विभिन्न प्रजातिका चरा,हाँस,वन कुखुरा,मांसाहरी चारहरु पाइन्छन्।

कछुवा,माछा लगायतका जलीय प्राणीहरु प्रचूर मात्रामा पाइन्छन्। दर्जनभन्दा बढी प्रजातिका वनस्पति अनि विभिन्न प्रजातिका सुनाखरीहरु यो सिमसारमा पाइन्छन्।
कृत्रिम पोखरीको वरीपरी रहेका सालका रुख अनि कृत्रिम टापूमा बस्ने पानीहाँसको बथानले यहाँको प्राकृतिक सौन्दर्यतामा पर्यटकहरु रमाउछन्।
बुढाठाकूर सिमसारीय क्षेत्रः
जैविक विविधतामा धनी यो सिमसार भूमि पुत्र धिमालहरुको ऐतिहासिक थलोको रुपमा समेत चिनिन्छ। वि।स १९४४ सालबाट धिमाल समुदायले यो क्षेत्रमा पुजाआजा गर्दै आएका छन्।

प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल समुदायको भव्य पुजा सहित श्रीजात जात्री मेलाको आयोजना गरिन्छ। उर्लाबारी–३को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्वासी वस्ती छेउमा यो सिमसार रहेको छ।

सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारको गुरुयोजना तयार भइसको छ। हरिणका बथान पानी खाने यही आउने गरेको स्थानीय रामबहादुर धिमालले बताए। दुम्सी,वन कुखुरा,बदेँल,हात्ती लगायतका जंगली जनावरहरु यहाँ पाइन्छन्।
लामपाते सिमसारः
उर्लाबारी–३ नयाँ मंगलबारेबाट तीन किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुदै लामपाते सिमसार क्षेत्रमा पुग्न सकिन्छ।

सालबारी सामुदायिक वनद्वरा संरक्षित यो सिमसार क्षेत्र ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। एउटा ठूलो कृत्रिम ताल निर्माण गरेर पर्यटन आकर्षण गर्न खोजिएको छ।

यस क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावार,विभिन्न प्रकारका वनस्पतिहरु यहाा पाइने स्थानीय एवं जनप्रतिनिधि भिष्म बुढाथोकीले बताए। यो सिमसारलाई बोटिङ तथा युगल जोडीहरुका लागि उत्कृष्ठ गन्तव्य बन्न सक्छ।
बाँसे चौर सिमसार क्षेत्रः
यो सिमसारीय क्षेत्र पनि वडा नम्बर–२मा अवस्थित छ। सिमसारको पूर्वपट्टि ठूलो चौर र घाँसे मैदान छ। पश्चिममा जरुवा पानी तथा सिमसारीय क्षेत्रहरु छन्।

यो क्षेत्रलाई उर्लाबारी नगरपालिकाले पर्यटक तथा आगन्तुकहरुलाई आकर्षित गर्नका लागि छुट्टै कार्यक्रमका ल्याउन लागेको वडाध्यक्ष राजन कडेँलले जानकारी दिए।
जाडोयाममा विभिन्न क्षेत्रबाट वनभोजका लागि आगन्तुकहरु आउने गरेको कडेँलले बताए। यी सिमसारहरुमध्ये बेतिनी सिमसारमा मात्रै दैनिक रुपमा ४ सयभन्दा बढी पर्यटकहरु आउने गरेको नगरपालिकाले जनाएको छ।

अन्य सिमसारीय क्षेत्रहरु प्रचारप्रसारको कमीका कारण पर्यटकहरुको उपस्थ्तिी न्यून रहेको वडा नम्बर–५का जनप्रतिनिधि रविन लामाको भनाइ छ। वडा नम्बर १ मा पनि विभिन्न सिमसारीय क्षेत्रहरु रहेको लामाले बताए।
मुलुकमा सिमसारको सहर भनेर घोषणा गरिएको उर्लाबारी मात्रै रहेको नगरपालिकाका मेयर फागोले दाबी गरे।
अन्य नगरपालिकाहरुमा सिमसारीय क्षेत्रहरु भएपनि उर्लाबारीको जतिको संख्यामा नभएको उनले बताए। उर्लाबारीमा आधा दर्जनभन्दा बढी सिमसारीय क्षेत्रहरुको रहेको नगरपालिकाले जनाएको छ।

यो वर्षबाट नगरपालिकाले गुरुयोजना तथा सिमसारको संरक्षण र प्रबद्र्धनका लागि डीपीआर तयार गर्नका लागि पर्यटन बोर्डमा प्रस्ताव अगाडि बढाएको मेयर फागोले जानकारी दिए।
नगरपालिकाले अन्य जिल्लाबाट आउने पर्यटकहरुलाई लक्षित गरेर सिमसारीय क्षेत्रहरुको अवलोकन भ्रमणका लागि छुट्टै कार्ययोजना ल्याउन लागेको छ।
उर्लाबारीको वडा नम्बर–१मा रहेको प्रगतिशिल सामुदायिक वन क्षेत्रमा जलशाय क्षेत्रहरु धेरै छन्। बेतिनी सिमसारभन्दा पााच सय मिटर उत्तरमा यो क्षेत्र रहेको छ। यहाँ विभिन्न प्रकारका जलचरहरु पाइन्छन्।
सोल्टि खोलाको रमणीय दृश्यहरु समेत हेर्न सकिन्छ। वडा नम्बर–२मा रहेको सिर्जना सामुदायिक वनले जलशाय क्षेत्रमा कृत्रिम ताल निर्माण गर्ने तयारी गरिरहेको अध्यक्ष मोतिलाल परियारले बताए।

त्यस क्षेत्रमा पोखरी निर्माण गरेर चिल्ड्रेन पार्कसहित स्विमिङ स्पटको रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिए।
ढोरपाटन सिकार आरक्षमा गत आर्थिक आर्थिक वर्षमा १९ नाउर र १० झारलको सिकार भएको रहेछ । नेपाल आएर र वन्यजन्तु सिकार गरेर विदेशी इलिटहरूले वर्षौं वर्षदेखि आफ्नो सोख पूरा गर्दै आएका छन् ।
नेपालमा वन्यजन्तु सिकारका लागि विदेशबाट सिकारी–यात्रु आउनु नौलो कुरा होइन । जंगबहादुरको पालादेखि नै विदेशी इलिट नेपालमा सिकारका लागि आउँथे । बेलायतका शाही परिवार सदस्यहरू ‘बिग गेम हन्टिङ’ का लागि यता आउँथे । सन् १८७६ को फेब्रुअरीमा रानी भिक्टोरियाका छोरा एवं वेल्सका तत्कालीन राजकुमार अल्बर्ट इडवार्ड (पछि गएर एडवार्ड–७ राजा) बिग गेम हन्टिङका लागि नेपाल आएका थिए । प्रधानमन्त्री जंगबहादुृर राणाको निमन्त्रणामा आएका इडवार्डले दुई साताको नेपाल बसाइमा २३ वटा बाघको सिकार गरेको इतिहासमा उल्लेख छ ।
‘बिग गेम हन्टिङ’ भन्नाले सिंह, बाघ, चितुवा र गैंडाको सिकार बुझिन्छ । नेपाल–भारतमा भने बाघ र गैंडाको सिकारलाई ‘बिग गेम हन्टिङ’ को रूपमा लिइन्थ्यो । राणा र राजाको शासनकालमा ‘बिग हन्ट’ चलिरह्यो । प्राकृतिक स्रोतमाथि उनीहरूले सधैं कब्जा जमाउँथे । पञ्चायती व्यवस्थाको अन्त्यसँगै जंगलमा गएर सिकार गर्ने परिपाटीको अन्त्य भयो ।
बिग गेम हन्टिङका लागि तराईको जंगल उपयुक्त थियो । जंगबहादुरको शासनकालमा एउटै सिजनमा तीन सयवटासम्म बाघ मारिएको कन्जर्भेसन एन्ड सोसाइटी नामक जर्नलमा उल्लेख छ । अध्येता निना भट्टको ‘किङ्स एज वार्डेन्स एन्ड वार्डेन्स एज किङ्स : पोस्ट राना टाइज विटुइन नेपाली रोयल्स एन्ड नेसनल पार्क स्टाफ’ नामक रिसर्च आर्टिकलमा शाही परिवारले सिकार खेल्ने क्रममा एक सिजनमा ३ सयवटा बाघ मारिएको दाबी (पेज २९) गरिएको छ ।
आफ्नो सत्ता टिकाउनका लागि राणाहरूले ‘बिग गेम हन्टिङ’ को आयोजना गर्थे । विभिन्न मुलुकका शाही परिवार तथा शासकलाई सिकारका लागि नेपाल बोलाइन्थ्यो । पछि राजाहरूलाई सिकार खेल्ने लत बसाइदिने काम राणाहरूले नै गरेका थिए भन्ने गरिन्छ ।
बिग गेम हन्टिङ राणाका लागि सत्ता टिकाउने एउटा राम्रो कूटनीतिक माध्यम बनेको थियो । रणोद्दीप सिंहको पालामा सन् १८८४ मा द ड्युक अफ पोर्टल्यान्ड बाघको सिकारका लागि नेपाल आएका थिए । राजा एडवार्डका जेठा छोरा राजकुमार अल्बर्ट भिक्टोर, ड्युक अफ क्लारेन्सी सन् १८८९–९० को जाडो याममा वीरशमशेरको निमन्त्रणामा बिग हन्टिङका लागि नेपाल आएको इतिहास छ ।
फ्रेन्च फर्डिनान्ड वीरशमशेरको निमन्त्रणामा सन् १८९३ को मार्चमा नेपाल आएका थिए । उनलाई वीरशमशेरका काका केशरसिंह र उनका छोरा प्रेमशमशेर र ब्रिटिस रेसिडेन्टका कर्णेल एच वाइलीले स्वागत गरेका थिए । उक्त सिकार घटनाबारे आर्क ड्युकले आफ्नो डायरीमा राम्ररी वर्णन गरेका छन् ।
प्रिन्स अफ वेल्स (पछि गएर राजा एडवार्ड आठौँ) पनि सिकारका लागि सन् १९२१ मा चन्द्रशमशेरको शासनकालमा नेपाल आएका थिए । तत्कालीन बेलयाती राजा जर्ज पाँचौँले नेपालमा गरेको बिग हन्टिङको चर्चा अहिलेसम्म पश्चिमा जगत्मा हुने गर्छ । चन्द्रशमशेरको निमन्त्रणामा सन् १९११ मा राजा जर्ज पाँचौँले तराईको सुखिबार र कसरा जंगलमा १८ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म सिकार खेलेका थिए ।
नेपाली सेनाको कमान्डर इन चिफबाट राजीनमा दिएपछि सन् १९५६ मा जुद्धशमशेरका छोरा किरणशमशेर जबराले पहिलो पटक नेपाल सिकार प्राइभेट लिमिटेड नामक एउटा निजी कम्पनी सञ्चालनमा ल्याएका थिए । यो कम्पनीले ‘बिग गेम हन्टिङ’ लाई प्रमोट गथ्र्यो । किरणका छोरा सुबोधशमशरले आफ्नो ब्लगमा लेखेअनुसार सो कम्पनीले युरोप र अमेरिकाबाट आउने बिग गेम हन्टर्सका लागि सिकार खेल्न मद्दत गथ्र्यो । राणाशासनको अन्त्यपछि राजाहरूले यसलाई निरन्तरता दिए ।
राजा महेन्द्र आफ्ना दुई छोरा वीरेन्द्र र ज्ञानेन्द्रलाई लिएर सिकार गर्नका लागि तराईका जंगल जान्थे । राजा महेन्द्रले सन् १९६१ मा बेलयाती महारानी क्विन एलिजाबेथको नेपाल भ्रमणको अवसर पारेर बिग हन्टको आयोजना गरेका थिए । त्यसबेला एउटा बाघ र गैंडा मारिएको थियो ।
पश्चिमी मिडियाले जर्ज पाँचौँको १० दिने नेपाल भ्रमण क्रममा ६० भन्दा ठूला जनावरहरू मारेको उल्लेख गरेका छन् । राजा जर्जको नेपाल भ्रमण क्रममा खिचिएका फोटो एल्बम सार्वजनिक भएपछि यसबारे खुलासा भएको थियो । तस्बिरको क्याप्सन अस्ट्रेलियन नेसनल युनिभर्सिटीले गरेको थियो ।
राजा जर्जको नेपाल भ्रमणका १ सय ७९ वटा फोटो सार्वजनिक भएका थिए । फोटोहरूमा राजा जर्ज एउटा मृत रोयल बेंगल टाइगर र एउटा ठूलो गैंडाको अगाडि तस्बिर खिचाएका छन् । क्रिसमस आसपासमा जर्जले ३९ वटा बाघ, १८ वटा गैंडा र ४ वटा भालु मारेको ब्रिटिस पत्रिका द एक्सप्रेस डट को डट यूकेले लेखेको छ ।
जर्ज पाँचौंको टोली राप्ती नदीको किनारमा टेन्ट बनाएर बसेको थियो । राप्ती नदी क्षेत्रमा पर्ने सुखिबारमा उनले ५ दिन बिताए भने अन्य दिन कसरामा बिताएका थिए । सिकारी टोलीमा १४ हजार मानिस सहभागी थिए । त्यसबेला दुई हजार हात्ती परिचालन गरिएको थियो । चारदेखि ६ सयवटा हात्तीको मद्दतमा बाघलाई घेरेर चंगुलमा पारेपछि सिकार गरिएको थियो । हिस्टोरिकल रेकर्ड अफ द इमपेरियल भिजिट टु इन्डियाको पेज नम्बर २ सय ३१ देखि २३३ मा यो विवरण उल्लेख छ ।
नेपाल अन्डर द रानाजका लेखक एड्रिन सेभरले आफ्नो किताबमा राजा जर्ज पाँचौंले नेपालमा गरेको बिग हन्टको अझ बढी व्याख्या गरेका छन् । राणाहरूले हालको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रलाई सन् १८४६ देखि १९५१ सम्म सिकार–क्षेत्र बनाएका थिए । उनीहरूले सिकारलाई एउटा खेलको रूपमा लिँदै विभिन्न मुलुकका राजालाई ‘बिग गेम हन्टिङ’ मा सहभागी गराउँथे ।
यसरी बिग गेम हन्टिङबाट १९औँ शताब्दीमा नेपालका शाही परिवारको पारिवारिक, नेपालको सांंंस्कृतिक तथा राजनीतिक परिवेश बुझ्न मद्दत पुर्याएको छ । बिग गेम हन्टिङबाट पाठ सिक्दै शाही परिवारले इकोलोजी तथा वातावरणको संरक्षण–संवद्र्धनमा सहयोगमा पुर्याएको थियो । राजा महेन्द्रको निधनपछि वीरेन्द्रको पालामा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो ।
नेपालमा सन् १९७० को दशकबाट इकोलोजी र पारिस्थितिजन्य प्रणालीको संरक्षण गर्न थालिएको हो । राणाकालमा पनि वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि चिडियाखानाको स्थापना गरिएको थियो । यस्तै सन् १९५० को दशकमा प्राकृतिक विज्ञान संग्रहालय, गोदावारी वनस्पति उद्यान स्थापना भएको थियो ।
सन् १९७३ मा बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले वातवरण र वन्यजन्तु तथा वनस्पति संरक्षणमा ठूलो भूमिका खेलेका वातावरण एवं वन्यजन्तु जीव विज्ञानका प्राध्यापक अमूल्यरत्न तुलाधारको भनाइ छ । राष्ट्रिय संरक्षण रणनीतिले पनि नेपालमा प्राकृतिक सम्पदाको दोहनमा रोक लगाउँदै संरक्षणमा अगाडि बढाउन मद्दत पुर्यायो । वन्यजन्तु संरक्षणका लागि नेपाली सेनाले पनि ठूलो भूमिका खेलेको छ ।
नेपालमा कुनै समय बिग गेम हन्टिङका नाममा मारिएका बाघको संख्या जति (३ सयवटा) बाघ नेपालमा अहिले पनि छैन । सन् २०१३ मा गरिएको राष्ट्रिय बाघ गणनाका अनुसार नेपालमा अहिले एक सय ९८ वटा बाघ छन् । उबेलाको परिवेश र अहिलेको परिवेश भिन्न छ । चोरी सिकारी र वासस्थानको विनाश तथा बिग गेम हन्टिङका कारण बाघको संख्या घटेको हो । प्राध्यापक तुलाधार भन्छन्, ‘नेपालमा बिग गेम हन्टिङ हँुदा पारिस्थितिक प्रणालीमा त्यति असर परेको थिएन । कारण, त्यसबेला पाकिस्तान, आसाम र नेपालका जंगलहरू जोडिएका थिए, बाघको वासस्थान क्षेत्र पनि ठूलो थियो । त्यही भएर अन्यत्र क्षेत्रबाट पनि तराईमा बाघको आवतजावत हुन्थ्यो र प्राकृतिक सन्तुलन मिलिहाल्थ्यो ।’
राणाकालको अन्त्य र तराईमा मलेरियाको उन्मूलनसँगै बसाइसराइ दर बढ्यो । वनजंगलको फँडानी तीव्र बन्यो । बस्ती बढ्न थालेपछि बाघको प्राकृतिक वासस्थान मासिँदै गयो । धेरैपछि, विश्व संरक्षण कोषको सहयोगमा सन् १९७० को दशकबाट बाघ संरक्षणको कार्यक्रम सुरु भयो ।
बासस्थान टुक्रिँदा कुनै समय भारतको कोर्बेट राष्ट्रिय निकुञ्ज र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लोप भएको थियो । पछि अन्यत्रबाट त्यस ठाउँमा बाघ ल्याएर संंख्या बढाइएको थियो । बाघको संरक्षणका लागि स्थानान्तरणलाई एउटा उपयुक्त विकल्पका रूपमा सर्वस्वीकार्य बनाउन सक्नु जरुरी छ ।
प्रकाशित : श्रावण ५, २०७५ Kantipur Koseli
https://www.kantipurdaily.com/koseli/2018/07/21/153214476338975770.html?author=1
सन्दर्भ : विश्व वातवरण दिवस
२०७२ साल वैशाख १ गते सरकारले काठमाडौंमा प्लास्टिक झोलालाई पूर्ण रुपमा प्रतिबन्ध लगायो । यसको सिकै गर्दै मुलुकका अन्य नगरपालिकाहरुमा पनि प्लास्टिकका झोला निषेधित गर्न थालियो । धमाधाम प्लास्टिक झोला नियन्त्रण अभियान चलाइयो । बोराका बोरा प्लास्टिक झोलाहरु नियन्त्रणमा लिइयो ।
प्लास्टिक झोला नियन्त्रण अभियान चलिरहँदा वैशाख १२ गते महाभूकम्प गयो । भूकम्पपछि प्लास्टिक झोलाको प्रयोग ह्वातै बढ्यो । हिजोआज काठमाडौं लगायत मुलुकका अधिकांश सहरमा प्लास्टिकजन्य फोहोरको थुप्रो छ ।
काठमाडौं महानगरिपालिकाको वातवरण व्यवस्थापन महाशाखाका अनुसार काठमाडौंमा निस्कने फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको मात्रा १५ प्रतिशत छ ।
जुन ५ तारिख विश्व वातवरण दिवस । यो वर्षको नारा प्लास्टिकसँग सम्बन्धित छ । त्यही भएर प्लास्टिकको चर्चा पुन: चल्न थालेको छ । काठमाडौंमा प्लास्टिकजन्य फोहोरहरु संकलन गर्दै प्लास्टिक प्रदूषण नियन्त्रणका लागि प्रयास थालिएको छ ।
Read More
आज अप्रिल २२ तारिख । विश्व पृथ्वी दिवस । प्लाष्टिक प्रदूषणलाई राकौँ भन्ने नाराका साथ यो दिवस आज संसारभर मनाइदै छ ।
पूर्व रुसी गुप्तचरलाई ग्यास आक्रमणको विषयलाई लिएर रुस र पश्चिमेली राष्ट्रहरुबीच अहिले दूरी बढ्दो छ । ती देशहरुबाट रसियाली कूटनीतिज्ञहरु निकालिन थालिएका छन् ।

पृथ्वीको अनुमानित उमेर ४.५ अर्ब मानिन्छ । विभिन्न कालखण्डहरुमा विविध प्रजातिका जीवहरुको उत्पत्ति, विकास र विनाश हुने क्रममा जारी रह्यो । जुन अहिले पनि निरन्तर चलिरहेको छ । पृथ्वीको इतिहास अध्ययन गर्ने क्रममा डाइनासोसरको बारेमा हामीलाई धेरै चासो हुन्छ ।
सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो । हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ । कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ मसिन बन्यो ।