Category - Others

रकेटले ल्याएको परिवर्तन

अमेरिकको स्पेस एक्स नामक संस्थाले केही साताअघि विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘फाल्टोन’ मंगल ग्रहका लागि पठायो । हाम्रो जस्तो अविकासित मुलुकहरुका लागि रकेट एउटा सपना हो । समृद्धिको पाइला मुलुक अघि बढेमा नेपालको रकेट सपना पक्कै पुरा होला ।

रकेट भन्ने बित्तिकै सबैलाई चासो हुन्छ। आखिर रकेट के हो र यसको प्रयोग किन गरिन्छ यस्ता प्रश्नले बेलाबेला हाम्रो मनमस्तिष्कले सोचिरहन्छ। सामन्यता रकेट भन्नले हामी अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई बुझ्ने गरेका छौँ ।

न्यूटनको चाल सम्बन्धिको तेस्रो नियम हरेक अवस्थामा क्रिया र प्रतिक्रिया बराबर हुन्छ भन्ने सिद्धान्तमा आधरित भएर रकेटको निर्माण गरिएको छ। तीव्र गतिमा रकेटको पछाडि फ्याक्दा अगाडिको दिशाको अनुपातमा बल मिल्छ र गति बढ्छ। विभिन्न क्षेप्यास्त्र, अन्तरिक्ष यान तथा जेट विमान पनि रकेटका उदाहरणहरु हुन्।
सवारी साधनहरुमा डिजेल र पेट्रोल इन्जिन जस्तै रकेटमा रकेट इन्जिनले काम गर्छ। यो अन्य इन्जिनहरुभन्दा फरक हुन्छ। यो प्रतिक्रिया इन्जिन हो। न्यूटनको चाल सम्बन्धिको तेस्रो नियममा आधरित भएर यसको निर्माण गरिएको हुन्छ। यो इन्जिनले एउटा दिशामा भार उत्सर्जन गर्छ भने अर्को दिशामा प्रतिक्रियाबाट लाभ उठाउँछ।

उच्च दबाब परेपछि रकेट इन्जिनले सामान्यतय: उच्च चापमा वायवीय ग्याँस फ्याँक्छ। इन्जिनमा हुने प्रज्जवलनशील इन्धन र अक्सिडाइजरबीच रसायानिक प्रतिक्रिया भएपछि वायवीय ग्यास‘एक्जहस्ट ग्याँस’ निस्कन्छ। ईन्जिनले वायवीय ग्याँस फ्याँकेपछि अर्को दिशामा रकेटले प्रतिक्रिया गति प्राप्त गर्छ।

प्रज्जवलन च्याम्बरले वायवीय ग्यासलाई तीव्र गतिमा रकेटको नोजलबाहिर उत्सर्जन गराइदिन्छ। इन्जिनमा ठोस इन्धन प्रज्जवलन हुँदा इन्धनबाट निस्क्ने वायवीय ग्याँसको मात्रामा कुनै कुनै अन्तर आउँदैन, समान हुन्छ।

रकेट इन्जिनमा एक किलोग्राम इन्धन दोहन हुँदा रकेटको नोजलबाट उच्च तापक्रम र गतिमा एकै किलोग्राम बराबरको ग्यास उत्सर्जन हुन्छ। इन्धनको स्वरुपमा परिवर्तन भएपनि मात्रामा कुनै परिवर्तन आउँदैन। इन्धनको दोहनले वायुवीय ग्याँसलाई गति प्रदान गर्छ। यसरी रकेटले शक्ति प्रदान गर्छ। पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४० हजार कि.मि. प्रतिघण्टाको दरले उड्नुपर्छ। रकेटहरू खण्डखण्डमा निर्माण गरिएको हुन्छ। सामान्यतय रकेटमा ३ खण्डहरू हुन्छन्। प्रत्येक खण्ड काम पूरा भइसकेपछि खस्ने गर्छन्। इन्धन बोक्नका लागि यस्ता खण्डहरुको निर्माण गरिएको हो।

पृथ्वीमा सर्वप्रथम आतिशवाजीको रुपमा चिनियाँहरुले एक हजार बर्षअघि रकेट बनाएको इतिहास छ। गनपाउडरले चल्ने त्यस्ता रकेटहरुलाई टोकरीमा राखेर पड्काइन्थ्यो। २०औँ शताब्दीतिर अमेरिकामा पहिलो पटक इन्धनबाट चल्ने रकेटको निर्माण गरियो। सन् १९२६ मा अमेरिकी नागरिक रोर्बट गोडार्डले ३.५ मिटर लामो रकेट उडाए। यान दुईतले घरको उचाई बराबर मात्र उड्यो। २.५ सेकेन्ड अवधिमा यान ५६ मिटर पर पुगेर झर्यो।

अन्तरिक्षमा आर–७ आइसिबिएम रकेट प्रक्षेपण भएको थियो। स्पुतनिक नाम मानवनिर्मित उपग्रहलाई छाड्नका लागि यो रकेट ४ अक्टोबर सन् १९५७ मा प्रयोग गरिएको थियो। सन् १९६१ मा तत्कालीन सोभियत यूनियनको भोस्तोक–१ नामक रकेटबाट यूरि गाग्रिनले पहिलो पटक पृथ्वीको फन्को मार्दै इतिहास रचे। अमेरिकाले सन् १९६९ मा अमेरिकाको एपोलो–११ रकेट चन्द्रमा अवतरण भयो। निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानव बने।
रकेट मिसाइलको निर्माण दोस्रो विश्वयुद्धमा जर्मनहरुले बनाए। वेर्नहर भन ब्राउनले पहिलो भिटू नामक रकेट मिसाइलको आविष्कार गरेसँगै आधुनिक रकेट मिसाइलहरुको निर्माण कार्य शुरु भयो।

रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो। उपग्रह र अन्तरिक्षयान प्रक्षेपण गर्न रकेटको आवश्यक पर्छ। अन्तरिक्षमा भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ ।

 फाल्गुन २७, २०७४ मा कान्तिपुरमा प्रकाशित 
https://www.kantipurdaily.com/technology/2018/03/11/20180311160659.html?author=1

को थिई ऊ ? भाग –२(कथा)

विकासले यसरी ती युवतीको बारेमा चर्चा गर्दै गयो । उसको कथा साथीहरुले सुनिरहेका थिए । नजिकै रहेको अविनाशले भनिहाल्योे–‘कोठामा गएपछि के भयो ? ’

अन्य साथीहरु पनि युवतीको बारेमा जानकारी लिनका लागि इच्छुक थिए । विकासको त्यो कथा कुनै फिल्मभन्दा कमी थिएन ।

विकासले विगत सम्झदै पुनः उसको कथा सुरु ग¥यो,
रुम पुगिसक्दा ४ बजिसकेको थियो । त्यसदिन म जिम पनि गइनँँ  । उसैकाेे बारेमा सोचिरहेँँ  । फेसबुकमा त्यसरी प्रस्तुत हुने उनलाई पहिलो पटक यस्तो अवस्थामा देख्दा मेरो मन कता कता दुखिरहेको थियो ।

उसको त्यो अवस्थाप्रति ममा माया,दया र घृणा सबै पलाएको थियो ।

उसको हालतलाई देखेर म पनि त उसको समस्यामा सरिक हुनुपथ्र्यो । पहिलो पटक नै सही उसको अवस्थाप्रति प्रति म गम्भीर हुुनुपथ्र्यो । यस्ता विभिन्न प्रश्नहरु मेरा मनमा उब्जिएका थिए ।

उसका फोटोहरु मेरो ग्यालेरीमा सेभ भएका थिए । मलाई उसको नाम थाहा पाउनै पर्ने थियो । त्यसका लागि के गर्ने ? यसको उत्तर थियो च्वाइस क्याफेमा जाने । अर्को दिन जसरी नि क्याफे पुग्छु भनी त्यसदिन त्यतिकै सुतेँ ।

भोलिपल्ट म विहान सवेरै उठेँ । दैनिकी सिध्याएर कलेजतिर गएँ । मेरो कलेज बानेश्वरमा थियो । होटल म्यानेजमेन्टको विद्यार्थी थिएँ ।

उसलाई विहान क्याफेमा पो भेट्छु कि भनेर म क्याफेतिर गएँ । क्याफे विहानै खुलेको थिएन । त्यतिकै फर्केँ । त्यसदिन १५ कलेजपुग्दा पन्ध्र मिनेट ढिला भएको थियो ।

सरहरुले पढाएको कुरा पनि केही बुझिनँ । टिफिनमै घर आएँ । घर आउने क्रममा पुनःक्याफे छिरे । क्याफे भरीभराउ थियो । विभन्न कलेजका विद्यार्थीहरु थिए । कोही चिया÷कफी लिदै गरेका त कोही चु्रोट तान्दै गरेका । क्याफेमा म जानुको उद्देश्य अर्कै थियो ।

म त्यही केटी आएकी छे कि भनेर क्याफे गएको थिएँ । म टिफनमै घर आउनुको कारण पनि ऊ नै थिईँ ।
उसलाई एकपटक देख्दा मेरो मन,मस्तिष्क सबै ऊप्रति केन्द्रीत हुन थासिकेको थियो ।

मनमै एउटै प्रश्न उब्जिरहन्थ्यो ,को थिई ऊ ? उसको नाम के हो ? ऊ किन त्यस्तो हालतमा पुगी ?

क्याफेमा धेरै भिडभाड भएकाले उसको बारेमा दिउँसो जान्नुपरो भनी म सरासर कोठातर्पm लम्किएँ ।

दिउँसो म अघिल्लै दिनको समयमै क्याफे पुगँ । ३ कप कफी लिइसक्दा चार बजिसकेको थियो । अहिलेसम्म उसको कुनै अत्तोपत्तो थिएन । ऊ आएकी थिनँ ।

क्याफेमा ऊ यसअघि पनि आउने गर्थी कि गर्थिन ? यसको बारेमा कुनै जानकारी नै नलिई म उसको आगमनलाई पर्खिरहेको थिएँ । ऊ सधैँ आउने क्याफे पनि नहुन सक्थ्यो ।

यसबारे जान्नका लागि क्याफे सञ्चालकलाई भन्ने आँट आएन । वेटर मेरै उमेरको थियो । कफी मगाएँ । उसलाई युवतीको बारेमा सोध्ने निष्कर्श निकालेँ । युवतीको बारेमा भन्दा वेटरले को हो भनेर ठ्याक्कै ठम्याउन सकेन । अघिल्लो दिनको कुराहरु गरेपछि मात्र उसले थाहा पायो ।

युवतीलाई उसले चिन्न त चिन्यो । तर नाम थाहा रहेनछ । क्याफेमा ऊ पनि आउने गरेको कुरा उसले बतायो । प्रायःकलेजको ब्रेकमा ऊ आउने गरेको वेटेरले बतायो । तर,त्यसदिन युवती नआएको उसले बतायो ।

वेटर मार्पmत ऊ पढ्ने कलेजको जानकारी लिएँ । बानेश्वरकै केएमके कलेज पढ्ने गरेको उसले बतायो ।

म कान्तिपुर इन्टरनशनल कलेजको विद्यार्थी थिएँ । उनीसँगको भेटमा कलेजबारे भन्नुपर्दा ‘केआइके’ कलेज भन्ने सोचेको थिएँ । उसको नाम नै नथाहापाइकन मैले भेट्ने कुरा सम्झिएछु ।

त्यसदिन क्याफेमा ६ कप कफी लिएछु । जीवनमै यतिधेरै कफी कल्यिै लिएको थिइनँ । उसका लागि ६ कप कफी त के म ६ बोतल बियर पनि लिन सक्थेँ । कुनै अपसोच भएन । त्यसदिन मेरो क्याफेमै बित्यो ।

भोलिपल्ट म पुनःकलेजको ब्रेकमा क्याफेमा दौडिदै आइपुगेँ । तर,ऊ आएकी थिनँ । यसरी हप्तादिनसम्म म कलेजको ब्रेकमा उसलाई हेर्नका लागि भनी आएँ । तर ऊ आइँन । मेरो पढाइ र हाजिरी पनि छुट्थ्यो । कुनै प्रवाह नगरी उसलाई हेर्न चाहेको थिएँ ।

१० दिनपछि मैले उसलाई क्याफेमा देखेँ । त्यसपछि……….

के उर्लाबारी क्राइम सिटी बन्दै गरेकाे हाे ?

–गोविन्द पोखरेल

शनिबार उर्लाबारीमा आयोजित एक कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारीमा काण्डै काण्ड हुन थालेको भन्दै चिन्ता प्रकट गरे ।

उर्लाबारी नगर क्षेत्रमा विगत एक वर्षयता भए÷घटेका घटनाहरुको चर्चा/परिचर्चा गर्दा यस्तै संकेत गर्छ । उर्लाबारीमा पछिल्ला दिनहरुमा बढिरहेको जनघनत्व र त्यही अनुपातमा अपराधिक गतिविधिहरु पनि बढ्दै गइरहेको छ ।

कल्पना नै नगरिएका घटनाहरु उर्लाबारीमा हुन थालेका छन् । एक हिसाबले भन्नुपर्दा उर्लाबारीमा ‘छाडातन्त्र’ मौलाउदै गएको छ । सबै मै हुँ भन्ने प्रवृत्ति बढ्दै गएको छ । यसले भविष्यमा अझ बढी समस्या ल्याउने निश्चत छ ।

उर्लाबारीमा अराजकता बढ्दै गइरहेकोप्रति सरोकारवालाहरुले सम्बन्धित निकाययलाई सचेत गराउन जरुरी छ । उर्लाबारीवासी सर्तक हुनुपर्ने अवस्था सिर्जना हुदै गइरहेको छ ।

उर्लाबारीको एउटा तीतो सत्य छ । यहाँ हरेक घटनालाई राजनीतिक आखाँले हेर्ने अनि त्यसलाई राजनीतिक रुप दिने । हरेक गतिविधिमा राजनीतिकरण गर्ने परिपाटी ।

हुन त,उर्लाबारीको विगत त्यति राम्रो होइन । उर्लाबारीको विगतको तीतो यथार्थसँग यहाँको सरोकारवालाहरु परिचित छन् । सुनौली विहानीको लम्किरहेको एउटा ‘इमरजिङ सिटी’ विगत जस्तै, ‘क्राइम सिटी’ बन्नु हुदैन ।

प्रसंग सुरु गरौ“ एउटा नेपाली उखानबाट,ऋण लागोस् तर दीन नलागोस् । उर्लाबारीको भलो हुन्छ भने उर्लाबारीलाई ऋण लाग्नु सामान्य हो । तर,उर्लाबारीको ‘इमेज’ बिग्रिनु भनेको दीन लाग्नु सरह हो ।

देशभरका स्थानीय तहहरुमध्ये अहिले चर्चा छ त उर्लाबारीको । चर्चा राम्रो तवरले कमाउनु सुखद हो तर नराम्रो तवरबाट चर्चित हुन दुःखद हो ।

उर्लाबारीले निकिता चाण्डक र निशान भट्टराई जस्ता प्रतिभा नपाएका होइनन् । प्रतिभाको सहर भनेर उनीहरुले उर्लाबारीलाई चिनाउने कोशिस गरे ।

यतिमात्र होइन, उपचार नपाए उर्लाबारी जानु भन्नेसम्मको इमेज उर्लाबारीले पाएको थियो । यसको एउटै कारण थियो उर्लाबारीमा सहयोगी हातहरुको संख्या धेरै छ । यी राम्रा कुराहरुमा पर्दा लागइएको छ । नराम्रा कुराहरु बाहिर आएका छन् ।

विभिन्न काण्ड र फण्डाहरुले उर्लाबारी मुलुकमा चिनिन थालेको छ । हाम्रो जस्तो मुलुकमा सकारात्मक भन्दा नकारात्मक कुरा बढी पैmलिन्छ । भएको पनि छ यस्तै ।
अब हामी उर्लाबारीभित्रकै प्रसंग र यथार्थबारे चर्चा गरौ“ । गत वर्ष उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीमाथि सामूहिक रुपमा आक्रमण भयो । चक्कु प्रहार भयो ।

त्यसको केही दिनपछि आइतबारेमा एक कामदारमाथि खुकुरी प्रहार भयो । उर्लाबारीको मधुमल्ला बस स्टेण्डमा एक जना युवामाथि खुकुरी प्रहरा भयो । पशुपति मार्गमा युवाहरुबीच ‘ग्याङ फाइट’भयो ।

एक जनाको टाउको र हातमा गम्भी र चोट लाग्यो । यी बाहेक गुपचुप राखिएका घटनाहरुको फेरिस्त उर्लाबारीमा धेरै छन् । यी घटनाहरु त्यतिकै सेलाए । कानूनी प्रक्रिया अगाडि बढाइएन । मिलापत्र गरेर घटनालाई दबाइयो ।

यस्तै,लागूऔषध प्रयोग गरेको पाएपछि प्रहरीले दुईदर्जनभन्दा बढी प्रयोगकर्ताहरुलाई नियन्त्रणमा लिई चेतावनी दिदै छाड्यो । प्रहरीले दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रमहरु पनि ल्यायो । तर सबै स्वाहा भयो । अहिले पनि उर्लाबारीमा लागूऔषध प्रयोगकर्ता र विक्री वितरण छ्यापछ्याप्ति छ ।

४३ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई त्रूmरता पूर्वक बलात्कार ग¥यो । बालिकाको उपचारमा संलग्न डाक्टरहरुले ‘एक्ट अफ बु्रटालिटी’भने । ती बालिकाको अवस्था के छ,के गर्दै छन्,उनको बारेमा यहाँका महिला अधिकारर्मी र बालबालिका क्षेत्रमा संलग्नहरुले कुनै चासो देखाएनन् । सामुहिक बलात्कार तथा जवरजस्ती करणीका घटनाहरु उर्लाबारीमा बढ्दो अवस्था रहेको तथ्यांकले देखाउँछ ।

उर्लाबारीमा युवाहरुबीच दूरी बढाउने अर्को कारक तत्व हो,नदीजन्य पदार्थ । नदीजन्य पदार्थ उत्खनन् अनि प्रहरीसँग सेटिङ गरेर ओसारपोसर गर्ने होडबाजी चल्छ ।

यसले एउटै व्यवसाय गरिरहेकाहरुबीच दुरी बढाउने काम भइरहेको छ । नदीजन्य पदार्थको उत्खनन् उर्लाबारीमा द्वन्द बढाउने माध्यम बनेको छ । यस सम्बन्धिका घटनाहरु उर्लाबारीमा मिलामत्र मै टुंग्याइने गरिएको छ ।

जुवा काण्ड उर्लाबारीका लागि नौलो होइन । जुवाडेहरुको उद्घमस्थल बनिसकेको छ उर्लाबारी । यसमा विशेष गरेर उर्लाबारीका ‘ठूलाबडा’बढी संलग्न हुने गरेको पाइएको छ । प्रहरीसँगको सेटिङ गरेर जुवा खेलाइने गरेको तथ्य यसअघिका प्रहरी प्रमुखको पालामै खुलिसकेको छ ।

जबजब उर्लाबारीमा नयाँ प्रहरी प्रमुखहरु आउँछन् । उनीहरुको हिमचिम ‘सेटिङ’वालाहरुसँग बढ्छ । उर्लाबारीको इन्चार्ज हुन लागि प्रहरी अधिकृतहरु तछाँ डमछाँड गर्न गरेको प्रहरी वृत्तमा सुनिन्छ । यतिसम्म कि रकम बुझाएर र सोर्स फोर्स लगाएर उर्लाबारीमा प्रहरी अधिकृत आउन ललायित हुने गरेको बताइन्छ । यद्यपि तथ्यगत प्रमाण भने पंक्तिकारसँग छैन ।

उर्लाबारीमा रातको समयमा कर छलेर चीन तथा भारतबाट ल्याइएको सामानहरु प्रहरीस“गको मिलोमतोमा झारिन्छ । यो पनि उर्लाबारीको समस्या हो ।

कुनै तथ्य र क्रस चेक नगर्ने परिपाटी हामीमा छ । सत्यतथ्य नबुझी हचुवाको भरमा भड्किने परिपाटी छ । यो उर्लाबारीको गम्भीर समस्या हो । उर्जाशील युवाहरु धेरै छन् ।

उनीहरुलाई सहि ठाउँमा परिचालन गरिएको छैन । उनीहरुको उचित व्यवस्थापन र स्वरोजगारमा लगाउनु जरुरी छ । युवाहरु राजनीतिक दलहरुको ‘यस मेन’ बन्दै गइरहेका छन् । बेरोजगारी र लागूऔषध दुव्र्यसन यहाँको अर्को समस्या हो ।

यस विषयमा उर्लाबारी नगरपालिका मेयर खड्ग फागो जनघनत्व बढेसँगै यस्ता गतिविधि बढिरहेको स्वीकार्छन् । उनी कतिपय काण्डहरु यथार्थ रहेको त कतिपय बनावटी काण्डहरु रहेको दाबी गर्छन् । उर्लाबारी क्राइम सिटी भन्दापनि अराजकता र छाडातन्त्र मौलाएको उनले दाबी गरे ।

उर्लाबारीमा अर्को समस्या हो,‘हनुमान प्रवृत्ति’ । उर्लाबारीमा यस्ता हनुमानको बिगबिगी छ । नेकपा र कांग्रेस पार्टीका ‘हनुमान’ को संख्या धेरै छन् । अाफू निकटका नेता रिझाउनका लागि उनीहरु जुनसुकै र जस्तो सुकै गतिविधि र फाण्डा गराउन तयार छन् ।

यस्ता हनुमानहरुलाई पार्टी तथा दलका नेताहरुले प्रयोग गर्ने गरेका छन् । यो गलत प्रवृत्ति हो । यसका अलवा विभिन्न पार्टी चाहारेर नेकपा र कांग्रेस पार्टीमा आउने नया“ कार्यकर्ताहरुले ‘हनुमान’ प्रवृत्ति देखाउने गरेका छन् ।

यसका अलवा उर्लाबारीका राजनीतिक दलका नेताहरुले युवाहरुले गलत कार्यमा प्रयोग गर्दै आएका छन् । आप्mनो राजनीतिक अभिष्ट पुरा गर्नका लागि विभिन्न फण्डा र अवैधानिक क्रियाकलापमा उनीहरुले युवाहरुलाई प्रयोग गरिरहेका छन् । यसले युवाहरुबीच आन्तिरक द्वन्द बढाएको छ ।

पछिल्लो समय उर्लाबारीमा नेपाली कांग्रेस र नेकपाका नेताहरुबीच दूरी बढ्दो छ । उनीहरु एक अर्कालाई सिध्याउने खेलमा लागिपरेका छन् । आप्mनो गल्ती ढाकछोप गर्नका लागि ती दलहरुले अर्को गल्ती गरिरहेका छन् ।

ती दलका नेताहरुको व्यक्तिगत स्वार्थका लागि उर्लाबारीका पत्रकारहरु प्रयोग भइरहेका छन् । राजनीतिक दलका नेताहीको चेपुवा परेका कारण उर्लाबारीको पत्रकारिता क्षेत्र पनि बद्नाम हुन पुगेकाे छ ।

जब सबै क्षेत्र बद्नाम बढ्दै जान्छ,सरोकारवाला निष्क्रय,कानून कमजोर,प्रशासन सेटिङमा फस्दै जान्छन् तब सहरमा अपराध बढ्दै जान्छ । यस विषयमा अहिले नै सचेत नभए कहिले हुने ?

यस्ता गतिविधिहरु उर्लाबारीमा रोकिएनन् भने उर्लाबारी क्राइम सिटी बन्न बेर छैन । उर्लाबारीको ईमेज राम्रो बनाउनका लागि सबैले सहकार्य र मिल्नुको विकल्प छैन । यसका लागि युवाहरुको भूमिका महत्वपूर्ण छ । युवाहरु दलका नेताहरुको हनुमान बढ्दै हिड्ने कि अाफ्नो भविष्यप्रति सेचत हुने ?

को थिई ऊ ? भाग-१ (कथा)

 

….मलाई न उनको नाम न त कुनै ठेगाना नै थाहा थियो । उनलाई पुन,त्यही फेसबुक ग्रुपमा भेट्नेछु । फेसबुकमा टाइटलमा नाम राखेकी थिइन् । उनले ग्रुपमा पोष्ट गरेको हरेक कुराहरुले मन छुन्थ्यो । उनले पोष्ट गरेका कुराहरु मनमा खेलाइरहन्थ्यो । उनका ती हृदयस्पर्शी पोष्टहररुको झझल्को आइरह्न्थ्यो ।

ग्रुपको नोटिफिकेशन इनेबल गरेको थिएँ । ताकी उनले पोष्ट गरेका कुराहरू थाहा पाऊँ । उनले पोष्ट गरेकी स्टाटसहरुबाट म एक प्रकारले ‘फिदा’ नै भइसकेको थिएँ । दिनहरु यसरी नै बित्दै थिए ।

ग्रुपमा उनका पोष्टहरु नआएको पनि हप्ता बितिसकेको थियो । नवौँ दिनमा उनी कमेडियन स्टाटस सहित ग्रुपमा पुनरागमन गरिन् । उनको पोष्ट सुहाउँदो एउटा सिल्ली कमेन्ट गरिदिए“ ।

कमेन्ट लाइक गरिदिइन् ण। खुसीको सिमा रहेन । कमेन्टमा उनको रिप्लाई नि आयो । फेसबुक एमोक्सनबाट हामीले कमेन्टमा रिप्लाई भयो । त्यो ग्रुपमा हामी एकअर्काबीच यसरी जोडियौँँ  कि उसको पोष्टमा म र मेरो पोष्टमा उनी कमेन्ट गर्ने अनि त्यही बोल्ने तथा जिस्कने क्रम बढ्न थाल्यो ।

ग्रुपबाट हामी दुवैको घनिष्टता बढ्दै गयो । दैनिक १० वटासम्म कमेडियन स्टाटसहरु पोष्ट हुन थाल्यो । यति हुँदासम्म हामी दुवै फेसबुकमा जोडिएका थिएनौँ ।

यही दौरानका बीच उनको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । उनकै प्रोफाइल पिक्चर भएको फोटो थियो उनको प्रोफाइलमा । उनको नाम त्यत्रो दिनसम्म पनि थाहा थिएन । ‘उनले मलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी’ खुसीको कुनै सिमा नै रहेन । एटिटियुट देखाएर उनको त्यो रिक्वेस्टलाईलाई पेन्डिङमा राखिदिए ।

प्रोफाइल पब्लिक भएकाले मेरा हरेक पोष्टहरु अरुले हेर्न र पढ्न पाउथेँँ  । फ्रेण्ड रिक्वेस्ट एसेप्ट नगरेपनि मेरा पोष्ट तथा स्टाटसहरुमा उनका लाइक त कमेन्टहरु आउन थालिसकेका थिए । फ्रेण्ड रिक्वेस्ट एसेप्ट नगरेर होला त्यो ग्रुपमा हामी दुवैको कमेन्ट पातलिन थाल्न थाल्यो ।

मनमा अनेकौँ कुराहरु खेल्न थाले । र,उनलाई फेसबुमा साथी बनाउने निधो भयो । अनि रिक्वेस्ट एसेप्ट गरे । यतिका दिनबितिसक्दा पनि उनको वास्तविक नाम र ठेगाना थाहा पाएको थिन“ । कारण फेसबुकमा उनले टाइटल नाम राखेकी थिइन् ।

उनको म्यासेज आयो । ‘वाइ आर यू लेट ’ भनेर प्रतिउत्तरमा मैले ‘वाट अवाउट ’ भनेर पठाएँ । उनले ‘वाइ डीड यू डू लेट इन एसेप्टिङ माइन फ्रेण्ड रिक्वेस्ट ’ नजानिदो पारामा मैले थपे,‘ टुडे आइ सी योर रिक्वेस्ट’ । उताबाट ‘सो यू समटाइम सी द फ्रेण्ड रिक्वेस्ट इन फेसबुक’ भनेर म्यासेज आयो । यसरी हामी दुवै फेसबुकमा कनेक्टट भयौँ ।
00000000000

भोलिपल्ट सेवेरै उनको ‘हेल्लो’ भनेर मेरो म्यासेज आएको रहेछ । ‘हाई’ लेखेर रिप्ले दिएँ । नृत्यकर्म सकेर पत्रिका पढ्न थाले । उनले डाइरेक्ट ‘तपाई उर्लाबारीको होइन’ भनेर सोधिन । म्यासेजलाई रिप्ले गर्दै ‘हो त ’ भनेर जवाफ फर्काएँँ  । म्यासेज गर्दा प्रश्न,विस्मयादिकबोधका र फुलस्टप चिन्हको प्रयोग गर्ने भएकाले उनलाई पनि गरेँ । उनको जवाफ आउँछ भनेर केही समय फर्किएँ । तर उनी ‘अफलाइन’ भइसकेकी थिइन् ।

फेसबुकमा उसका फोटाहरु त थिएँ । हसिलो चेहरामा कालो क्याप लगाएर हिमालको काखमा खिचिएको फाटो अाफ्नाे प्रोफाइल पिक्चरमा उसले.राखेकी थिई । फोटाहरु त थिए तर नाम र ठेगाना उल्लेख भएको थिएन । उसको बारेमा सोच्न थालेँ । उसका र मेरो १३ जना म्यूचल फ्रेण्ड थिए । उसकाे बारेमा जान्न इच्छुकता झनै बढ्न थाले ।

फेसबुक ग्रुपमा भेटिएकी कुनै एक अपरिचित युवतीको त्यो प्रश्नले साेच मग्न बनायाे ।

बानेश्वरको ‘द च्वाइस क्याफे’ मा कफी लिने दैनिकी जस्तै भएको थियो ।

एक दिन उसलाई कलेजेको पोशाकमा क्याफेमा देखेँ । उसलाई नदेखे झैँ गरेँ । उसका गतिविधि नियाल्न मन लाग्यो । म एउटा कुनामा बसे । ऊ अर्को कुनामा थिई । चुरोटको धुवाँ लिदै लामो सास फेरी । एस्ट्रेमा चुरोट राख्दै कसैसँग फोनमा कुरा गरिरहेकी थिई । घरी फोनमा रिसाए जसरी बोल्थी त घरी टाउकोमा हात राखेर कुनै कुरामा पश्चताप गरे झैँ देखिन्थी ।

फेसबुकमा देखिएजस्तो उसको चेहरामा मुस्कान थिएन । हाउभाउले ऊ तनावमा भएको प्रष्ट देखिन्थ्यो । कलेजको पोशाकमा त्यसरी धुवाँ तान्न उसले कसरी सकेकी होला भन्दै मेरो मनमा कुराहरु खेल्न थाले ।

उसका साथीहरुले उसलाई लिन आएका थिए । साथीहरुले केही भनिरहेका थिए । सम्झाउदै थिए हाेलान् सायद । चुरोटको ठूटो नसकुञ्जेल उसका साथीहरु उसँगै बसे । त्यसपछि उनीहरु क्याफेबाट निस्के ।

फेसबुकमा मात्र देखेकाे केटीलाई पहिलाे पटक यस्तो हालतमा देख्दा मेरो मन एक हिसाबले कुडियाे पनि । उसका बारेमा जान्ने उत्सुक्ता बढ्न थाल्याे ।

ग्रुपमा सधै कमेडियन स्टाटसहरु पोष्ट गर्ने युवती कसरी यो अवस्थामा पुगी ? मेरो बारेमा जानकारी थाहा पाउने अनि मेरो प्रतिउत्तर नदिई अफलाइन भएकी ऊ को होली ? यस्तै यस्तै प्रश्नहरु मनमा उब्जिन थाले ।

क्याफेबाट म सिधै रुममा गएँ । त्यसपछि..

विपत्तिसँगै सतकर्ताको खाँचो

गोविन्द पोख्रेल
शनिबार मध्याह्नदेखि लगातार आएको महाभूकम्पका कारण देश कोलाहल छ । विभिन्न ठाउँहरुमा मानिसहरुको मृत्यु तथा भौतिक संरचनाहरुको क्षति भएको छ । कयौं मानिसहरु प्रभावित बनेको छन् । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार करिब ३ हजार बढीको मृत्यु भइसकेको छ । प्राकृतिक विपत्ती आइपर्दा एकले अर्कालाई दोषारोपण गर्नुभन्दा घाइतेहरुलाई उद्धार गर्नु जरुरी रहेको छ । प्राकृतिक प्रकोप मानिसले चाहेर आउने र जाने हुदैन । कतिखेर आउँछ, जान्छ कसैलाई पत्तो हुदैन । नेपाल भूकम्पीय दृष्टिकोणले उसै पनि खतरामा रहेको छ । कयौं मानिसहरु प्रभावित भएका छन् । अन्तर्राष्ट्रिय जगतमा नेपालमा आएको महाभुकम्पका कारण मृत्यु तथा घाइते हुनेहरुका लागि उद्धार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पृथ्वीकोे भित्री भागमा रहेको तरल पदार्थ जसलाई म्याग्मा ‘ःबनmब’, लाभा ‘ीबखब’ आदिको आन्तरिक बहाबले बाहिरी भागमा रहेका चट्टानहरू एक आपसमा धसिएर बसेका हुन्छन् । या भनौ यिनीहरु एकआपसमा सिगौंरी खेलिरहेका हुन्छन् । यी चट्टानहरुमा कहिले काहिँ एकआपसमा खटपट या भनौं ‘क्ष्mदबबिलअभ’ हुन सक्छन् । जब कुनै एकले धान्न सक्दैन तब एकैचोटी एकमाथि अर्काे खप्टिन पुग्छ या छुट्टिन पुग्छ । जसका कारण जमिनमा कम्पन उत्पन्न हुन्छ । हामीले के नसौचौ भने ठूला चट्टानबीचमा मात्रै होइन एउटै चट्टानभित्र पनि बिभिन्न ठाउँमा धाँजाहरू फाटेका हुन्छन् जसका कारण कम्पन उत्पन्न हुन पुग्छन् । यो कम्पनलाई हामी भुईचाले भन्ने गर्छौं ।

भुकम्पीय दृष्टिकोणले नेपाल उच्च जोखिममा किन ?
भुकम्पीय दृष्टिकोणले नेपाल विश्वमा सबैभन्दा उच्च जोखिममा रहेको छ । यूएसएडले प्रकाशित गरेको ‘ऋयलतझउचयचबचथ भ्लखष्चयलmभलतब ि क्ष्ककगभक इा ल्भउब’ि नामक पुस्तक यस बारेमा विस्तृत विवरण तथा तथ्य प्रमाण उल्लेख गरिएका छन् । पृथ्वीको शुरुवाती दिनहरु भनौं वा आज भन्दा करिब ३ सय करोड बर्ष पहिले नेपाल र भारतमा सागर थियो । अफ्रिकाको इन्डियन टेक्टोनिक प्लेट (क्ष्लमष्बल त्भअतयलष्अ एबितभ० सर्दै तिब्बतीयन प्लेट ९त्ष्दभतष्बल एबितभ० एकआपसमा ठोकिएका थिए । यी दुई प्लेटहरुको एकआपसमा ठोकी हिमालय पर्वत श्रृङ्खलाको निर्माण भएको थियो । हिमालय पर्वत श्रृङ्खला पूर्व सिक्कमदेखि पश्चिम अफगानस्थानसम्म पैmलिएको छ । हिमालय पर्वत श्रृङ्खला बनिनुभन्दा अगाडि अफ्रिकाको इन्डियन टेक्टोनिक प्लेट टुक्रिएर सरेको थियो । अफ्रिकाबाट अलग्गिएर आएको इन्डियन टेक्टोनिक प्लेट तिब्बतीयन टेक्टोनिक प्लेटसँग ठोकिदा हिमालय पर्वत श्रृङ्खला निर्माण भएको भन्ने वैज्ञानिक तथ्य रहेको छ । नेपाल हिमालय पर्वतमा अवस्थित छ । हिमालय पर्वतको संरचना सिक्कमदेखि अफगानस्तानसम्म पैmलिएको छ । हिमालय पर्वतलाई भूगर्वविद्हरुले ‘थ्यगलनभकत’ पहाड भन्ने गरेका छन् । यो हिमालय पर्वत श्रृङ्खलालाई हिमालायलाई इस्र्टन हिमालय समेत भन्ने गरिन्छ । तिब्बतीयत टेक्टोनिक प्लेट पृथ्वीको जन्मसँगै स्थिर अवस्थामा रहेको अवस्थामा छ । अफ्रिन टेक्टोनिक प्लेट प्रायःसर्ने हुुँदा भुईचालो जाने गरेको वैज्ञानिहरु बताँउछन् । त्रिभूवन विश्वविद्यालयमा वातावरण विज्ञानमा विद्यावारिधी गरिरहनुभएका दमक बहुमुखी क्याम्पसका प्राध्यापक मोहन संग्रौलाका अनुसार अफ्रिकन टेक्टोनिक प्लेट हरेक एक दशकमा एक चोटी चलायमन भइरहेको पाउनमा सकिन्छ । तिब्बतीयन टेक्टोनिक प्लेट र इन्डियन टेक्टोनिक प्लेटमा रहेको हाम्रो देश नेपालमा भुकम्पको जोखिम अधिक छ । वैज्ञानिकहरुले आजका मितिसम्म अफ्रिकन टेक्टोनिक प्लेट सर्नुको कारण पत्ता लगाउन सकेका छैनन् । उनीहरुले यो पृथ्वीको अन्त्य हुनुभन्दा अगाडि नेपाल विश्व मानचित्रबाट हराइसकेको हुन्छ । यसको कारण उनीहरुले अफ्रिकन टेक्टोनिक प्लेट तिब्बतीयन टेक्टिोनिक प्लेटबाट टाढा भइसकेको हुनेछ । नेपाल यो हिमालय पर्वत श्रृङ्खलाको ‘ःबष्ल भ्लखष्चयलmभतब ित्जचगकत’ मा रहेको छ । यही थ्रस्टका कारण नेपाल भूकम्पीय जोखिममा परेको हो ।
नेपाल भूकम्पीय दृष्टिकोणले खतरा त छँदैछ । पहाडी जिल्लाहरुभन्दा तराई जिल्लाहरु अलिक खतरामुक्त रहेका छन् । हामी सबैले के ख्याल गर्नुुपर्छ भने, भूकम्पले मानिसको ज्यान लिँदैन, मानिसहरु आपैmले निर्माण गरेको संरचनाहरुले किचिएर मर्ने गरेका छन् । त्यसैले त भन्ने गरिन्छ, भूकम्प आएको बेला खुल्ला चौरमा जानुपर्छ । पहाडी क्षेत्रको भू–वनोट तराई क्षेत्रको जस्तो एकरुपता हुदैन । पहाडी क्षेत्रको भू–वनोटमा एक रुपता नहुनु, ठूला–ठूला चट्टानहरु हुने गरेको र त्यस्ता संरचनाहरु ढल्ने सम्भावना अधिक रहेका कारण पहाडी क्षेत्रमा भूकम्पको जोखिम अधिक रहेको भूगर्वविद्हरु बताउँछन् । तराई क्षेत्रमा मानवनिर्मित संरचनाहरु भूकम्पबाट ध्वस्त हुने सम्भावना बढी हुनु र तिनमा परी मानिसहरुको ज्यान जाने गरेको पाइन्छ ।
उर्लाबारी नगरपालिकाका इन्जिनियर रोशनकुमार उदासका अनुसार उर्लाबारी क्षेत्रमा निर्माण गरिएका पछिल्ला घरहरु भूकम्प प्रतिरोधात्मक रहेका छन् । उहाँले पुराना र चर्केका घरहरु भुकम्पको जोखिम रहेको उहाँले बताउनुभयो । ईन्जिनियर उदासका अनुसार उर्लाबारीको इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन पुरानो भएको र यसको पुनः निर्माण आवश्यक रहेको बताउनुभयो ।
शनिबार मध्याह्न गएको महाभूकम्पले दुई हजारभन्दा बढीको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ । कति घाइते भए, कतिले प्राण त्यागे त भौतिक संरचनाको क्षतिको यकिन विवरण अहिलेसम्म आइसकेको छैन । भूकम्पको कारण मुलुकभर कोलाहलको अवस्था सिर्जना भएको छ । मानिसहरु खुला चौरमा बसेका छन् । घर छाडेर उनीहरु खुला आकाशमुनि ओत लाग्न पुगेको छन् । भुकम्पले मानिसलाई मार्दैन तर यसका कारणले चाहिँ मानिसले निर्माण गरेको संरचनाबाट आपैmँ मारिन्छन् । हामीमा एउटा नराम्रो पक्ष के छ भने संकटको घडिमा मात्र हामी सावधानीका पक्षहरुको कुरा गर्छौ । नेपाल उसै पनि भुकम्पको जोखिम उच्च छ । नेपालमा निर्माण गरिएका अधिकांश भौतिक संरचनाहरुमा वैज्ञानिक मापदण्ड पुरा गरेको पाइदैन । जथाभावी रुपमा घडेरी प्लटीङ र भौतिक संरचनाहरुको निर्माण गरिएको छ । भूकम्पीय दृष्टिकोणको मापदण्ड अपनाइएको पाइदैन । सरकारले भवन निर्माण र घडेरी प्लटीङको स्पष्ट नीति ल्याएको छैन । नेपालमा आएको भूकम्पका कारण अधिकांश मानिसहरु भूकम्पका कारण थिचिएर मृत्युवरण गरेका छन् । घर बनाउदा नक्सामा भूकम्प प्रतिरोध भएको छ÷छैन मात्र हेरिन्छ ।
तर, नियमक निकायले त्यसको स्थलगत अवलोकन गरेको देखिदैन । यसका लागि सरकार र मातहतका निकायहरुले कडा अनुगमन गर्नु जरुरी रहेको छ । अर्को कुरा नेपालमा निर्माण गरिने घर÷भौतिक संरचनाहरुको स्थानको माटो परीक्षण गरिदैन । नीति सबैलाई एउटै छ । तराई क्षेत्र र पहाडी क्षेत्रमा निर्माण गरिने घरहरुका लागि एउटै नीति छ । पहाडी क्षेत्रमा निर्माण हुने घरहरु कस्तो हुनुपर्छ, यो सरकारलाई समेत थाहा छैन । अर्को पक्ष नगरपालिकामा मात्रै भूकम्प प्रतिरोधात्मक घर निर्माण भएको छ÷छैन, हेरिन्छ तर गाविसमा हेरिदैन । यसमा सरकार गम्भीर हुनुपर्ने देखिन्छ । भूकम्प आउँदा सबैभन्दा पहिले सुरक्षित स्थानमा जानुपर्छ । यसका लागि खुला चौर सबैभन्दा उत्तम उपाय हो । भूकम्प आउदा आत्तिनु हुदैन । सबै संयमित हुनुपर्छ ।

मेयर कपको उपाधि वडा नम्बर ५ लाई

 

१३ माघ,उर्लाबारी

प्रथम मेयर कप उर्लाबारीको उपाधि वडा नम्बर ५ ले उचालेको छ । शनिबार भएको खेलमा उसले वडा नम्बर ७ लाई १–० गोल अन्तरले हराउदै विजयी भएको हो । जितसँगै उसले नगद ७५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र हात पा¥यो । विजयी टिमलाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले ट्रफि प्रदान गरे । गत वर्ष पनि वडा नम्बर ५(साविक उर्लाबारी–२)ले नगरकपको उपाधि जितेको थियो ।
उपविजेतामा सिमित वडा नम्बर ७लाई नेपाल आर्मीका मेजर सुस्मन कट्वालले ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार बापत् वडा नम्बर ७ले नगद ५० हजार हात पा¥यो ।

वडा नम्बर ५को जितका लागि टिम कप्तान निरज बस्नेतको योगदान रहन गयो । दोस्रो हाफको २२औँ मिनेटमा जर्सी नम्बर २५ लगाएका बस्नेतले उत्कृष्ट गोल गर्दै आप्mनो टिमलाई विजयी बनाउन सफल भएका थिए । पहिलो गोल गरे बापत बस्नेतलाई पुरस्कार वितरण समारोहमा वडा नम्बर ३का व्यवसायी कुमार तामाङले नगद प्रदान गरेका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ५का गोल रक्षक सूर्य अधिकारी भए । पहिलो हाफको १५औँ मिनेटमा वडा नम्बर ५का खेलाडीले डिबक्समा फल गरेपछि वडा नम्बर ७का लागि गोल गर्ने अवसर जुरेको थियो । वडा नम्बर ७का खेलाडी सुरेश राई‘जेट्ली’को प्रहार गोल रक्षक अधिकारीले विफल पारिदिएका थिए ।

Team of ward 5

यसैबीच,प्रथम मेयर कप फुटबल प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ठ भएका खेलाडीहरुलाई ट्राफि प्रदान गरिएको छ । जस अन्तर्गत वडा नम्बर ५का रविन मगरलाई उदयमान खेलाडी,वडा नम्बर ६का रुद्र कार्कीलाई उत्कृष्ठ डिफेन्डर,वडा नम्बर ७का सुरेश राई‘जेट्ली’लाई उत्कृष्ठ मिडफिल्ड, वडा नम्बर २का समिर चेम्जोङ उत्कृष्ठ गोल किप्पर,उत्कृष्ठ फर्वाडमा वडा नम्बर–९का सुहाङ लिम्बू,सार्वाधिक गोलकर्तामा वडा नम्बर ६का मिलन धिमाल र म्यान अफ द सेरिजमा वडा नम्बर ५का गो किप्पर सूर्य अधिकारी भएको आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिए । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मेयरकपले उर्लाबारी नगर क्षेत्रमा फुटबल खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा उल्लेख गरेका थिए । सोही कार्यक्रममा मेयर फागोले नगरपालिकाले खेलकुद विकासका लाई पर्याप्त बजेट विनियोजन गरेको दाबी गर्दै उर्लाबारी नगर क्षेत्रको खेलकुद विकास गर्नका लागि नगरखेलकुद विकास समितिको पुर्नगठन गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।

यस्तै,नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले खेलकुद कार्यक्रमले युवाहरुलाई लागूऔषध दुव्र्यसनबाट टाढा लैजाने कुरा उल्लेख गर्दै खेलकुद विकासमा जोड दिइने बताइन् । खेलकुदको माध्यमबाट युवाहरु कुलतमा नफस्ने समेत उनले विश्वास गर्दै आयोजकलाई प्रतियोगिता सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

उर्लाबारी फुटबल क्लबको आयोजना,उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग र नगरखेलकुद विकास समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न स्वास्थ्य सहयोग गर्ने मंगलबारे अस्पताल,अरनिको अस्पताल लगायत विभिन्न संघसंस्थाहरुलाई आयोजकले धन्यवाद ज्ञापन गरेको थियो ।

समापन समारोहमा उर्लाबारीका विभिन्न वडाका वडाध्यक्षहरु,सुरक्षा निकाय प्रतिनिधि,वन कार्यालयका प्रतिनिधिहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

अपराधिक गतिविधिमा उर्लाबारीका सडक बालबालिकाहरु !

पारिबारीक बन्धनमा नबाँधिनु र परिवारबाट माया नपाएका कारण यिनीहरु सडकमा भौतिकारिएका छन् |

गोविन्द पोखरेल, उर्लाबारी

चार वर्ष अघि उर्लाबारीमा हत्या गरी ट्यांकीमा फ्याकिएको एक बालक फेरा प¥यो । प्रहरीले अनुसन्धान गर्दा बालक हत्यामा सडक जीवन व्यतित गर्दै हिड्ने ‘काली’नाम गरेकी बालिका र अर्का एक जना व्यक्ति दोषी देखिए ।

तीन महिना अघि उर्लाबारीमा सडके जीवन व्यतित गरिरहेकी एक जना महिलालाई यहाँका सडक बालकहरुले सामूहिक रुपमा बलात्कार गरे । घटना त्यतिकै सेलायो । बलात्कृत ती महिलाको अत्तोपत्तो छैन । उर्लाबारीका सडक बालकहरुले सामूहिक रुपमा ती महिलालाई उर्लाबारीको मुख्य चोकमा बलात्कार गरेको स्वीकार्दै आएका छन् ।

उर्लाबारीको पूर्व बस स्टेण्डमा एक दर्जनभन्दा बढि बालकहरु सार्वजनिक यातायातमा पैसा माग्छन् । पैसा माग्नका लागि अनेक उपायहरु रोज्छन् । बुवा/आमा नभएको पर्चा हातमा बोकेर यात्रुको अगाडि बोल्न नसक्ने अभिनय गर्दै पैसा माग्छन् । पैसाका लागि उनीहरुको यात्रको खुट्टा समेत ढोग्ने गर्छन् । संकलित रकम उनीहरु ‘डेन्ड्राइट’किन्नमा खरिद गर्छन् । विभिन्न हार्डवेयर पसलहरुबाट खरिद गरी ल्याएको उक्त डेन्ड्राइट नशाको रुपमा लिन्छन् । दिनभर उनीहरु डेन्ड्राइडको नशामा बस्छन् । अनि साँझ परेपछि विभिन्न पसलहरुमा उनीहरु ‘चोरी’गर्छन् । कहिले नगद त कहिले खानेकुरा पसलहरुबाट चोर्ने गरेका छन् । साँझमा उर्लाबारीको पूर्व बसस्टेण्डको उत्तरमा रहेका ‘छाप्रा’पछाडि सुत्छन् । यसरी उनीहरुको दैनिकी बितिरहेको छ ।

उर्लाबारीका सडक बालबालिकाहरु ।

नगर आसपासमा हुने छिटफुटका चोरीका घटनाहरुमा उनीहरुको संलग्नता हुने गरेको छ । कहिले माछा पसलमा त कहिले करिना पसलमा उनीहरुको संलग्नता हुने गरेको देखिएको छ । कतिपयलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई ‘सम्झाउदै’छाडेको छ ।

सडक बालकहरुको यस्ता हर्कतले बेला बेला उर्लाबारी झस्कने गरेको छ । कतिसम्म उनीहरु कोही नभएको घरमा पसेर सबै सोरपटार गर्नमा समेत खप्पिस भइसकेका छन् । जुन कुरा उनीहरु स्वयंम खुलासा गर्छन् । कतिपय सडक बालकहरुले कुटाई खाएर घाइते पनि भएका छन् ।

उर्लाबारीमा सडक बालकहरुको संख्या १७ जना छन् । सरोकारवाला संस्थाहरुलाई समेत सडक बालकहरुको याकिन संख्या भन्न सक्दैनन् ।
प्रायःजसो सडक बालकहरको आफ्नै घर भए पनि उनीहरु सडकमै रमाउने गरेका छन् । पारिवारिक कारणले उनीहरुलाई घरबाट विस्थापित गराइएको त कोही बुवा जेलमा र आमा अर्कै केटासँग विवाह गरेर गएपछि एक्लै भएकाले सडकमा पुगेका हुन् ।

सडक बालबालिकाको यो समस्याले उर्लाबारीमा अपराधिक गतिविधि बढाउन सक्ने सम्भावना धेरै रहेको स्थानीय अम्बिका खतिवडा बताँउछन् ।

सडक बालबालिकाहरुलाई अहिले नै व्यवस्थापन नगरिए चुनौती आउन सक्ने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा बताँउछन् ।

आइतबार पुनःस्थापनका लागि काठ्माडौँ जानुअघि तस्विर खिचाउदै सडक बालकहरु ।

सडक बालबालिकाका सारथीः

उर्लाबारी–७ का खेमराज पुरी पूर्व सडक बालक हुन् । राजधानीको एक सामाजिक संस्थाले उनलाई उद्धार गरेपछि उनले नयाँ जीवन पाए । सोही संस्थाको सहयोगमा उनले अष्ट्रेलियामा गएर आफ्नो ग्रायाजुऐशन सके ।

तिनै पुरी यतिबेला राजधानीमा सडक बालबालिकहरुलाई पुनस्थापना गर्नका लागि भनेर एउटा संस्था सञ्चालनमा ल्याएका छन् । दुई वर्षअभि उनले द ट्वीनअटर फाउण्डेशन नामक संस्था सञ्चालनमा ल्याई सडक बालबालिकाहरुलाई पुनःस्थापना गराउने प्रयासमा जुटेका छन् ।उर्लाबारीमा आउदा प्रत्येक वर्ष उनले चारजना सडक बालबालिकालाई पुनःस्थापना गराउने हेतुले राजधानी लैजाने गरेका छन् । सोमबार उनले उर्लाबारीका ७ जना सडक बालकहरुलाई उनले पुनःस्थापनका लागि राजधानी लगेका छन् ।

उर्लाबारी पश्चिम बसस्टेण्डमा कागज देखाएर पैसा माग्दै एक सडक बालक ।

‘उनीहरुलाई पारिवारिक समबन्ध गाँस्दै माया दिन सके सामाजिक पाटोमा डो¥याउन सकिन्छ । ’ पुरी भन्छन्–‘परिबारीक बन्धनमा नबाँधिनु र परिवारबाट माया नपाएका कारण यिनीहरु सडकमा भौतिकारिएका हन् । सडक बालकहरुलाई पैसा नदिन उनले आग्रह गरेका छन् । पैसाको सट्टामा खानेकुरा दिन उनले सुझाव दिए । खानेकुरा दिदाँ पनि उनीहरुलाई प्याकेट खोलेर दिन उनले आग्रह गरे ।

यसैबीच उर्लाबारी नगर क्षेत्रका सडक बालबालिकाहरुलाई व्यस्थापनका लागि नगरपालिकाका मेयर खड्ग फागोले आप्mनो व्यक्तिगत खर्च कटौती गरेर सहयोग गरेका छन् । फागोले नगर क्षेत्रका ७ जना सडक बालबालिकाहरुलाई राजधानीमामा पुनःस्थापनका गराउनका लागि फागोले एउटा निजी गाडि रिजर्भ गरेर उनीहरुलाई लत्ता कपडा समेत किनिदएका छन् । चालू आर्थिक वर्षमा सडक बालबालिका व्यवस्थापनका लागि नगरसभाले कुनै निर्णय गर्न नसक्दा फागोले आप्mनो व्यक्तिगत खर्चमा उनीहरुको व्यवस्थापनका लागि सहयोग गरेका हुन् । यसअघि पनि फागोले सडक बालबालिकाहरुलाई लत्ता कपडा तथा भोजन गराउदै आएका छन् ।

पुशमा बस्ने नगर सभाबाट सडक बालबालिकाहरुलाई व्यवस्थापनका लागि नगरपालिकाले विशेष योजना लिएर अगाडि बढ्ने मेयर फागोले प्रतिबद्धता जनाएका छन् । डेन्ड्राइटको नशा लिएर अपराधिक गतिविधिमा संलग्न हुन सक्ने जनाउदै मेयर फागोले नगर क्षेत्रका हार्डवेयर पसलहरुलाई सडक बालबालिकाहरुलाई डेन्ड्राइट नबेच्न समेत आग्रह गरे ।

पूर्वी मोरङमा सवारी दुर्घटनामा कमी

 

,उर्लाबारी,२ साउन
पूर्वी मोरङमा सवारी दुर्घटनामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष ०७२÷०७३ को तुलानामा ०७३÷०७४ मा दुर्घटनामा कमी आएको हो ।
ट्राफिक प्रहरी कार्यालय पथरीको ०७३÷०७४ को वार्षिक प्रतिवेदनमा यस क्षेत्रमा दुई सय ७३ वटा सवारी दुर्घटना भएका छन् भने अघिल्लो आव ०७२÷०७३ मा तीन सय १८ वटा सवारी दुर्घटना भएका थिए ।
ट्राफिक कार्यालय पथरीका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु तिम्सिनाका अनुसार ट्राफिक सचेतना र दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रमले सवारी दुर्घटनामा कमी आएको हो । ट्राफिक कार्यालय पथरीले आर्थिक वर्ष ०७३÷०७४ को प्रतिवेदनमा दुई सय ७३ वटा सवारी दुर्घटनाका घटनामा तीन सय ९९ वटा सवारी साधनहरु दुर्घटनामा परेको जनाएको छ ।
ती घटनाहरुमा परी ५२ जना पुरुष, १० जना महिला, ४ जना बालक र एक बालिका गरी ६७ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा परी यो अवधिमा एक सय ८० जना अंगभंग भएका छन् । जसमा पुरुषको संख्या बढि छ । दुर्घटनामा परी एक सय ३३ जना पुरुष अंगभंग बनेका छन् । यस्तै,४० महिला, ५ बालक र दुई बालिका पनि दुर्घटनका कारण अंगभंग हुन पुगेको प्रनानि तिम्सिनाले बताउनुभयो । सवारी दुर्घटनाका घटनाहरुमा विशेष गरी मोटरसाइकल दुर्घटना बढि देखिएको छ । कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा एक सय ९२ वटा मोटरसाइकल दुर्घटनाका घटना दर्ता भएका थिए ।
यसैबीच, ट्राफिक प्रहरी कार्यालय पथरीको राजस्व संकलनमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७२÷०७३ को तुलानामा अघिल्लो आर्थिक वर्षमा कार्यालयले २८ लाख ९२ हजार ८ सय बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७३÷०७४ मा कार्यालयले सवारी कारवाहीबाट एक करोड १० लाख ९६ हजार राजस्व संकलन गरेको थियो । सवारी नियम उल्लंघन गर्दा तिरिने जरिवाना शुल्क वृद्धि भएपछि राजस्व संकलन बढि भएको प्रनानि तिम्सिनाले बताउनुभयो ।
आर्थिक वर्ष ०७३÷०७४ मा यस क्षेत्रमा १८ हजार सवारी साधन कारवाहीमा परेका थिए, जुन त्यसअघिको वर्षभन्दा आठ सयले कम हो । कारवाहीमा परेका सवारी साधानहरु मध्ये मोटरसाइकल बढि छन् । ६ हजार ९ सय ६६ वटा मोटरसाइकल कारवाहीमा परेका थिए । कारवाहीमा परेको ती मोटरसाइकल चालकलाई जरिवाना बापत कार्यालयले ५१ लाख ९ हजार ५ सय राजस्व संकलन गरेको थियो ।
यस्तै, कार्यालयले तीन हजार ७ सय ९५ वटा जीप तथा भेनबाट १९ लाख ९४ हजार, तीन हजार दुई सय १९ वटा ट्रकबाट १७ लाख ५ हजार ५ सय, एक सय ७७ वटा बसबाट ६ लाख ७४ हजार ५ सय, दुई हजार ५ सय ६४ वटा ट्याक्टरबाट १४ लाख ५० हजार र अन्य दुई सय ८० वटा सवारी साधनबाट एक लाख ६२ हजार ५२ रुपैँया राजश्व कारवाहीबाट संकलन भएको ट्राफिक कार्यालय पथरीका प्रहरी जवान मगेन्द्र प्रधानले जानकारी दिनुभयो ।
उर्लाबारीदेखि गछियासम्म कार्यक्षेत्र रहेको ट्राफिक प्रहरी कार्यालय पथरी मातहत ५ वटा अस्थायी ट्राफिक पोष्टहरु रहेका छन् । सवारीका चाप अत्याधिक भएको यस क्षेत्रमा ट्राफिक प्रहरी १८ जना मात्र छन् । ट्राफिकलाई चाहिने उपकरणको अभाव हुँदा यस क्षेत्रमा ट्राफिक प्रहरीले सहज रुपमा काम गर्न नपाएको देख्न सकिन्छ । लाइसेन्स नभएका मोटरसाइकल चालकहरुका कारण सवारी दुर्घटना गराउने हुँदा यस क्षेत्रमा ‘हिट एण्ड रन’ केश बढी नै हुने गरेको छ ।

मुस्ताङ भ्रमणका यादहरु

गोविन्द पोखरेल

जोमसुमै बजारमा १२ बजे हावा सरर
ए हजूर घर हाम्रो पोखरा
अहिलेसम्म भा छैन घरबार
घर हाम्रो पोखरा…
चर्चित ब्याड नेपेथ्यले गाएको यो गीत काली गण्डकी किनारमा अवस्थित जोमसुममा बहने हावालाई इंकित गरेको छ । हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने रहर कसलाई पो नहोला र ? स्वदेशमै रमणिय ठाँउ छैन भन्नेहरुका लागि मुस्ताङको वातवरणले गिज्याइरहेको छ । तीव्र गतिको जोमसुममा बहने त्यो चिसो हावा सम्झनलायक छ ।
२०७३ साल मंसिर २१ दिउसो दुई बजे कालीगण्डकी किनार हुदै बेनीबाट मुस्ताङका लागि गाडीमा चढियो । नदीको तिरैतिर पहरा फोरेर बनाइएको त्यो बाटोमा ७६ किलोमिटरको यात्रा तय गर्नुपर्ने । झ्यालबाट बाहिर हेर्दा मुटुको ढुकढुकी थामिनसक्नुको ! खाल्डाखुल्डी सडकमा गाडि कुदाउने ती चालकको साहस वास्तवमै प्रशांसायोग्य छ । भिरै भिरको यात्रा थियो । अन्तिम सिटमा बसेर पहाडी क्षेत्रको कच्ची सडकमा हिड्दाको पहिलो अनुभव थियो ।


बस तलमाथि उफ्रनु र ढल्किनु त्यो यात्रामा स्वभावीक थियो । तर,बादलसँगै लुकामारी खेलिरहेको हिमालको दृश्यलाई कैद गर्न निकै गाह्रो भयो । हल्लिएको गाडि अनि साँघुरो बाटोमा हिमालको फाटो लिन हम्मेहम्मे पर्ने । हल्लिएको हातले तस्वीर कैद गर्नुपर्ने ! सुसाइरहेको अग्लो झरना, तलपट्टिको अन्ध गल्छी अनि नदी किनार र भिरालो निकै डरलाग्दा देखिन्थे । झरनाहरुले मन त प्रफुलित पार्थे,तर डर यथावत रहन्थ्यो । राती ९ बजे जोमसुम बजार पुगियो । एक ठाँउ गाडि बिग्रिए कारण अवेर हुन पुगेको थियो हाम्रो त्यस दिनको यात्रा । त्यहाँ स्थित एक होटलमा बास बसियो । घण्टौँसम्मको बसको सफरले शरीर पनि थाकेको थियो । चाडै नै निदाएछु ।
मंसिर २२ गते विहान । शिरशिर हावा चलि नै रहेको थियो । टलक्क टल्कििएको सेतो हिमाल,हिमाल मुनिका नाङगा डाँडा अनि डाँडा मुनि बग्ने गण्डकी खोला । आहा ! साह्रै रमणियो देृश्य देखिएको थियो । चिसो हावाको त्यो वेगमा हात ल्याउदा बेग्लै अनुभव । नाङगा डाँडालाई पछाडि देखाएर फोटाहरु धेरै नै खिच्यौँ । मित्र उज्जवल,दिपक,अभिषेक,पवन,नेत्रसँग फोटाहरु खिचियो । साथीहरु शान्ति, सुशिला, सञ्जु, सुस्मिता, लिला,सरिता,गिता, आनन्द,विवरण,विपिन,विजयले पनि आ–आफ्ना फोनमा दृश्य कैद गरे ।
काली गण्डकी खोलाको किनारमा अवस्थित जोमसुम हिमाल पारीको जिल्ला मुस्ताङको सदरमुकाम हो । हिमाल पछाडि अवस्थित रहेकाले मुस्ताङलाई हिमाल पारीको जिल्ला भनिएको हो । जोमसुम बजारबाट केही मिटरको दुरीमा अवस्थित बौद्ध गुम्बा निकै नै कालात्मक तरिकाले निर्माण गरिएको छ । गुम्बामा विहानै देखि भिक्षूहरुको उपस्थिती देखिन्थ्यो । त्यहाँबाट देखिने नाङगा डाँडा,हिमाल,उजाड पहाड अनि डाडामा खोपिएका गुफाले बेग्लै रौनक दिन्छ । पृथ्वी मै स्वर्ग भेटिएको आभाष भएको थियो ।
जोमसुमबाट मुक्तिनाथ जानका लागि छुट्टै गाडि लाग्छ । जोमसोमबाट मुक्तिनाथको दुरी २६ किलोमिटर हो । भ्रमण टोलीमा धेरै सदस्य भएकाले बस रिजर्भ गरियो । ८ बजे मुत्तिनाथका लागि जोमसुमबाट प्रस्थान ग¥योैँ । काली गण्डकीको बगरै–बगरमा गाडी हिड्ने ट्रायाक खोलिएको छ । चट्टानका पहाड हेरौँहर्रौँ लाग्ने । हिउँले ढाकिएको पहाड,धावुलागिरी हिमालको हिम श्रंखला ज्यादै मनोरम देखिएको थियो । हिमालबाट बग्ने काली गण्डकी नदीको त्यो किनारको दृश्य सायद पृथ्वीको अन्य कुनै ठाँउमै छ । ती दृश्यहरु हेर्दा हेर्दै मुक्तिनाथ कतिखेर पुगिएछ । पत्तै भएन । डेढ घण्टाको गाडी यात्रा भएको थियो ।
नाङगा डाँडाबाट हावासँगै आउने बलुवाका कणले मुक्तिनाथ धुलाम्मे छ । मन्दिर जानका लागि घोडाचढिको व्यवस्था पनि गरिएको छ । हिडेरै जाने निधो गरियो ।


आधा घण्टा उकालो चढेपछि तीन हजार सात सय १० फिट उचाईमा अवस्थित पवित्र मुक्तिनाथ मन्दिर पुगियो । मन्दिर प्रवेशसँगै सुनिने पानीको छङछङ आवाज अनि हातैले छुन सकिएला जस्तो देखिने त्यो पहाडले बेक्लै अनुभूति दिलाउथ्यो । मन्दिर परिसरमा रूख, बिरुवा त थिए तर उजाड । रंगीन ध्वजापातकाले भुई सजाइएका थिए । कैलाशको हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिरको त्यो चिसो बतासले भिन्नै ठाउँमा पुगेको अनुभव दिलाउथ्यो । साथी दिपकले मन्दिर क्षेत्रबाट देखिने धौलागिरि, निलगिरि हिमचुली देखाउदै तस्विर पनि खिचे ।
हिन्दू र बौद्ध धर्मालम्बीहरु दुवैका लागि यो मन्दिर प्रसिद्ध छ । दुवै धर्मलम्बीको साझा धार्मिक स्थल एउटै स्थानमा हुनु आपैmँमा एक चमात्कार हो । धार्मिक सहिष्णुताको यो भन्दा गतिलो उदाहरण संसारका अन्य मुलुकहरुमा विरलै पाइन्छ ।
यो मन्दिरलाई हिन्दू धर्मालम्बीहरुले मुक्ति क्षेत्र र बौद्धधर्मालम्बीहरुले ‘सय पानी’ अर्थात छुमिङ ग्यात्सा भन्दा रहेछन् । तिब्बतीहरुको २४ वटा तान्त्रिक स्थलहरुमध्ये छुमिङ ग्यात्सा पनि एक हो । जुन नेपालमा छ । मुक्तिनाथमा हावा, पानी,आगो अनि पृथ्वी सबै उपस्थिती पाइन्छ । यो ठाँउलाई सृष्टिकार ब्रह्माले शक्ति आर्जेको ठाँउको रुपमा पनि चिनिन्छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिरभित्र प्रवेश गरेसँगै आगो बलेको स्थान देख्न सकिन्छ । मन्दिरमा पूर्ण कदको भग्वान नारायणको मूर्ति अवस्थित छ ।
मुक्तिनाथ शालिग्रामका लागि प्रसिद्ध मनिन्छ । धार्मिक ग्रन्थमा भगवान विष्णूले यस ठाँउबाट मोक्ष प्राप्त गरेको भन्ने किब्दन्ती रही आएको छ । जहलान्दरकी श्रीमती विन्दा पति व्रत थिइन् । पतिव्रत विन्दाको भग्वान विष्णु धर्मनाश गरिदिएपछि विन्दाले श्राप दिएकी थिईन् । विन्दाले विभिन्न वस्तुहरु भएर वस्नु भनि श्राप दिएकी थिइन् । भगवान विष्णुलाई ढुंगा भएर वस्नु भनेपछि,मुक्तिनाथ किनारमा भग्वान विष्णू शालिग्राम भएर बसेको किब्दन्ती छ ।
शालिग्रामलाई हिन्दूहरुले पवित्र शिलाको रुपमा लिन्छन् । शालिग्रामलाई पूजनीयको रुपमा लिइन्छ । शालिग्राम नेपालको काली गण्डकी नदीमा मात्र पाइन्छ ।


मुक्तिनाथ मन्दिर परिसरमा एक सय ८ वटा धाराहरु छन् । यी धारामा नुहाए शुद्ध भइने धार्मिक मान्यता छ । साँढेको मुखाकृतिबाट पानी बगेको छ । यो धाराबाट निस्किएको पानी ज्यादै चिसो हुन्छ । चिसोको प्रवाह नगरी साथी उमेश,छवि,कमल,रविन,सुरज,अभिषेक,सुवास लगायतले धारामा नुहाए । धाराहरुमा नुहाएको खण्डमा पाप पखालिन्छ भन्ने धार्मिक मान्यता छ । यस्तै, मुक्तिनाथ मन्दिर अगाडि दुई पोखरी छन् । धाराबाट आएको पानी यहाँ संकलन हुन्छ । डुबेर नहुउन मन पर्नेका लागि यो पोखरीको निर्माण गरिएको हुनसक्छ ।
मुक्तिनाथमा वर्षायामका समय बाहेक अन्य महिना भीड हुन्छ । सोह्र श्राद्धका बेला कागबेनी आउने तीर्थालूहरु यहाँ आएरै छाड्छन् । त्यतिखेर यहाँ धेरै नै भीड हुने गरेको स्थानीय पेम्बा गुरुङले बताईन् । वर्षेनी मुस्ताङमा लाखौँ भक्तालूहरु देश विदेशबाट आउने गरेका छन् ।
मन्दिरबाट फर्कदा शान्तिराम सर सँगै आइयो । केही साथीहरु मन्दिरमै थिए । मुक्तिनाथबाट फर्कने क्रममा रानीपौवा पनि निस्कियो । तीन सय वर्षअघि सुवर्ण प्रभाले ‘धर्मपौवा’को नाममा निर्माण गरेकी थिइन् । त्यहीबाट यो भवनको नाम रानीपौवा रहन गएको हो । रानीपौवामा खाना र बस्नका व्यवस्था रहेको बताइएपनि सो भवनमा हाल प्रहरी कार्यालय अवस्थित छ ।

मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कदा मध्यान्नको १२ बजेको थियो । त्यहाँ स्थित एक होटलमा थकाली खाना खाइयो । त्यहाँका होटलहरु सबै सुविधासम्पन्न तथा होटल व्यवसायमा धेरै नै लगानी रहेको पाइयो । उजाड पहाडमुनिको ती दृश्यहरुलाई अबको केही वर्षमा ‘कंक्रिट’ले ढाकिने हाम्रो भ्रमण टोलीले विश्लेषश गर्यो ।
तीन बजेको थियो,जोमसुम पुग्दा । त्यसैदिन राती साढे ८ बजे बेनी बजार पुगेर बास बस्यौँ । मंसिर २३ गते विहान ५ बजे हाम्रो गाडि पूर्वतर्पm हानियो । २२ घण्टाको बस यात्रापछि सबै आ–आप्mनो गन्तव्यतर्फ पुगे । त्यो २२ घण्टाको सफर भने यादकार रहन पुग्यो । यो पंक्तिकार,मित्र सुवास अनि सुरज मिली एउटा कार्यक्रम बनाइयो । कार्यक्रमका लागि बनाइएका पात्राहरुःभष्मे डन, भ्याक्सो, झोल, ग्यान्टे, अल्कोहलिक, हात्ती, साढे, पप्पी, रुन्चे, दलाल, बेहुला, मोडल,रज्नीकान्त,साइलेन्ट किलर,गफाडी,टूरिस्ट,भाडा माज्ने अनि बार डान्सर जस्ता पात्राहरु बनाइएका थिए । ती पात्राहरुका कारण भ्रमण टोलीका सदस्यहरुले त्यो सफरलाई मिस गरिरहनेछन् ।

के यी पत्नी पीडितले न्याय पाऊलान् ?

दुई छोरी र एक छोराकी आमा श्रीमानले कमाएको साह्रा सम्पत्ति लिएर भाग्दा कस्तो होला ? श्रीमान विदेश भएको मौका छोपी दुई वर्षको काखे छोरा अनि ५ र १० वर्षकी छोरीहरुलाई छाडेर भाग्दा के होला ? नानीहरुको अवस्था कस्तो हुदो हो ? नियमति फोन सम्पर्क हुदाहुदै पनि ३९ महिनापछि स्वदेश फर्कदा सहरावीहिन नानीहरु देख्दा ती अभागी बाबूलाई कस्तो भयो होला ? भोग्नेलाई नै थाहा हुन्छ !
मोरंग टाँडी–२का जितेनहाङ लिम्बू(नाम परिवर्तन) लाइ भयो यस्तै । ३९ महिनापछि मकाउबाट स्वदेश फर्कदा आप्mनो सहारा विहिन नानीहरुसँग भेट्दा उनी भक्कानिए । विदेशीहरुको गुलामी गरेर कमाएको पैसा उनकी श्रीमतीले लिएर भागिन् । मकाउ र इराकमा गरी साढे ६ वर्ष काम गरेर आर्जेको सम्पत्ति लिई तीन छोराछोरीलाई छाडेर भाग्दा ती निर्दयीलाई के भन्ने लिम्बूले सोच्नै सकिरहेका छैनन । न्यायको खोजीमा उनी भौतारिदै बीहिबार इलाका प्रहरी कार्यालय पुगे । कार्यालय परिसरमा उनले ‘श्रीमती हराएको’ विषयमा निवदेन दर्ता गराउदै आप्mनो विगतका दिनहरु सुनाउन थाले ।
२०५९ सालमा जितेनहाङले मोरंङ टाँडी–२का विरबहादुर माखिमकी एलिना भनेर चिनिने रुपमाया लिम्बूसँग विवाह बन्धनमा बाँधिएका थिए । सशस्त्र प्रहरीका जवान उनीे विवाह भएको चार वर्षपछि जागिर छाडी कमाउनका लागि भनेर इराका हानिए । मुलुकमा २०६३सालमा गणतन्त्र आउदै उनी आप्mनो सुनौलो भविष्य बनाउनका लागि भनी दुई वर्षकी छोरी र श्रीमतीलाई छाडेर इराका गएका थिए । जोखिमपूर्ण काम गर्दा इराकमा लिम्बूले मासिक दुई लाख १७ हजार पाउथे । ४१ महिनासम्म इराकमा रहदा उनले पटकपटक गरी श्रीमतीलाई करिब ५० लाख रुपैँया पठाएका थिए । श्रीमानले पठाएको रकमबाट रुपमायाले नि उर्लाबारी–२ स्कूलडाँडामा १६ धूर जमिन र टाँडी–२ स्थित चोक्टे भन्ने ठाँउमा घर सहित ८ रोपनी जमिन खरिद गरेकी थिइन् । घर घडेरी सबै श्रीमतीको नाममा थिए । २०६५ सालमा जितेनहाङ स्वदेश फर्के । २०७० सालसम्म स्वदेशमा रहँदा लिम्बू दम्पत्तिका अन्य दुई सन्तान जन्मिए । सुखमयले उनीहरुको जीवन व्यतित भइरहेको थियो ।
२०७० सालमा जितेनहाङको मकाउका लागि भिसा लागेपछि पुनःविदेशीए । ३९ महिनासम्म मकाउ बसिकेपछि उनी गत असोज २२ फर्कदा भयभित बने । मकाउमा रहदा श्रीमतीलाई पठाएको १६ लाखको के कुरा, उनले आप्mनो घर र घडेरी नै बेचिएको थाहा पाए । छोराछोरीको कान्ति विजोग देखे । घरमा श्रीमती थिइनन् । डेढ वर्ष अघि नै(२०७२ साल वैशाख) श्रीमती भागेको थाहा भए । छोराछोरीको अवस्था देखेर उनले आप्mनो आँशु थाम्न सकेनन् ।
घर र जग्गा गरी श्रीमतीले ७६ लाख बेची भागेको थाहा पाए । श्रीमतीले एक करोड १० लाख बराबरको सम्पत्ति लिएर भागेको पीडित लिम्बू बताए । टाउकमो ठूलो भज्रपात परेको बताउदै उनले भावुक हुदै भने–‘मलाई जोगी नै बनाएर भागिछे । कमसेकम छोराछोरीको त माया हुन्छ नि ! ’
‘घर घडेरी र नगद के कुरा, निष्ठूरीले मेरी बहिनीको दुईतोला सुन र घरको ६ तोला सुन समेत लिएर भागिछे’लिम्बूले भने–‘भाडामा बस्ने नै बनाइ । ’ हाल जितेनहाङ उर्लाबारी–१मा एक घर भाडामा लिई छोराछोरीका साथ बसेका छन् ।
प्रहरी कार्यालय परिसरमा लिम्बूले आप्mनो विगत सुनाइरहदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक समेत भावुक देखिन्थे । भने–‘कानूनी अड्चनहरु धेरै नै छन् । पुरुष हिंसा देखीएपनि नेपालको कानूनमा यो सम्बन्धि कानून नै निर्माण भएको छैन । मानिस हराएको निवदेनको आधारमा श्रीमतीको खाजी गर्न मात्र सक्छौँ ।’
श्रमीतको खोजी गर्नका लागि जितेनहाङले ससुरालीकहाँ जादा समेत उल्टै हप्कादप्की खानुपरेको गुनासो गरे । आप्mना व्यथाहरु सुनाउदै श्रीमतीको खोजी गर्न आग्रह गर्दै उनले आफूलाई न्याय दिलाइदिन कानूनका ज्ञाताहरुसँग आग्रह समेत गरेका छन् । आप्mनो साहारका कोही नभएको उनले बताए ।

‘श्रीमती हराएको सूचना’निवदेन बढेः
चालू आर्थिक वर्षको कत्र्तिक पहिलो सातासम्म इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘श्रीमती हराएको’ निवेदन दिनेको संख्या ८ पुगेको छ । श्रीमान वैदेशिक रोजगारीमा रहदा छोराछोरीलाई घरमै छाडेर नगद र गरगहना लिएर भागेको भन्दै ‘श्रीमती खोजिदिन’भन्दै इलाका प्रहरी कार्यालयमा पीडितहरु आउने गरेका छन् । भागेका अधिंकाश अन्य केटासँग विवाह बन्धनमा बाँधिने गरेका छन् । श्रीमती अन्य केटासँग भागे पनि श्रीमानले अर्को केटीसँग विवाह गर्दा ‘बहुविवाह’मुद्दा लाग्ने डरले ती ‘श्रीमती पीडित’न्यायको खोजीमा भौतारिदै गरेका छन् ।
उर्लाबारी नगर क्षेत्रबाट चालू आर्थिक वर्षमा नगद सहित गरगहना लिएर भाग्नेहरुमा टाँडी–४की कमला पराजुली,उर्लाबारी–६की राधिका श्रेष्ठ,उर्लाबारी–४की सीता तामाङ,मधुमल्ला–७की आशा मगर,उर्लाबारी–६की जानुका राई रहेका छन् । भागेका ८ जना मध्ये दुई जना फर्केर पारिवारीक मिलापत्र गरेर बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक राजकुमार राईले जानकारी दिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको महिला तथा बालबलिका विभागकी सुनिता चौधरीका अनुसार भागेकाहरु अधिकांशले नगद लिएर गएको उजूरीहरु उल्लेख गरिएको जानकारी दिइन् । भागेका अधिकांशहरुको छोराछोरी रहेको तथा श्रीमान वैदेशिक रोजगारीमा आबद्ध रहेको चौधरीले बताइन्!