Welcome to Gobinda Prasad Pokharel’s Personal Blog

Gobinda Pokharel is Nepal based researcher, educator, translator, and science writer with a keen interest in Climate Change, Wetland, ecology, biodiversity, water resources, space exploration, science policy, and health. He holds MSc in Environmental Science from Tribhuvan University. Previously, he looked after the science and environment bureau at Kantipur National Daily for over five years. Actively participating in various climate and conservation research projects, he has been honored with numerous National Science Awards from esteemed institutions including the Ministry for Education, Science and Technology, Nepal Academy of Science and Technology (NAST), and the Department of Environment of Nepal.

सिकारीको सिकार सोख

ढोरपाटन सिकार आरक्षमा गत आर्थिक आर्थिक वर्षमा १९ नाउर र १० झारलको सिकार भएको रहेछ । नेपाल आएर र वन्यजन्तु सिकार गरेर विदेशी इलिटहरूले वर्षौं वर्षदेखि आफ्नो सोख पूरा गर्दै आएका छन् ।

नेपालमा वन्यजन्तु सिकारका लागि विदेशबाट सिकारी–यात्रु आउनु नौलो कुरा होइन । जंगबहादुरको पालादेखि नै विदेशी इलिट नेपालमा सिकारका लागि आउँथे । बेलायतका शाही परिवार सदस्यहरू ‘बिग गेम हन्टिङ’ का लागि यता आउँथे । सन् १८७६ को फेब्रुअरीमा रानी भिक्टोरियाका छोरा एवं वेल्सका तत्कालीन राजकुमार अल्बर्ट इडवार्ड (पछि गएर एडवार्ड–७ राजा) बिग गेम हन्टिङका लागि नेपाल आएका थिए । प्रधानमन्त्री जंगबहादुृर राणाको निमन्त्रणामा आएका इडवार्डले दुई साताको नेपाल बसाइमा २३ वटा बाघको सिकार गरेको इतिहासमा उल्लेख छ ।

‘बिग गेम हन्टिङ’ भन्नाले सिंह, बाघ, चितुवा र गैंडाको सिकार बुझिन्छ । नेपाल–भारतमा भने बाघ र गैंडाको सिकारलाई ‘बिग गेम हन्टिङ’ को रूपमा लिइन्थ्यो । राणा र राजाको शासनकालमा ‘बिग हन्ट’ चलिरह्यो । प्राकृतिक स्रोतमाथि उनीहरूले सधैं कब्जा जमाउँथे । पञ्चायती व्यवस्थाको अन्त्यसँगै जंगलमा गएर सिकार गर्ने परिपाटीको अन्त्य भयो ।

बिग गेम हन्टिङका लागि तराईको जंगल उपयुक्त थियो । जंगबहादुरको शासनकालमा एउटै सिजनमा तीन सयवटासम्म बाघ मारिएको कन्जर्भेसन एन्ड सोसाइटी नामक जर्नलमा उल्लेख छ । अध्येता निना भट्टको ‘किङ्स एज वार्डेन्स एन्ड वार्डेन्स एज किङ्स : पोस्ट राना टाइज विटुइन नेपाली रोयल्स एन्ड नेसनल पार्क स्टाफ’ नामक रिसर्च आर्टिकलमा शाही परिवारले सिकार खेल्ने क्रममा एक सिजनमा ३ सयवटा बाघ मारिएको दाबी (पेज २९) गरिएको छ ।

आफ्नो सत्ता टिकाउनका लागि राणाहरूले ‘बिग गेम हन्टिङ’ को आयोजना गर्थे । विभिन्न मुलुकका शाही परिवार तथा शासकलाई सिकारका लागि नेपाल बोलाइन्थ्यो । पछि राजाहरूलाई सिकार खेल्ने लत बसाइदिने काम राणाहरूले नै गरेका थिए भन्ने गरिन्छ ।

बिग गेम हन्टिङ राणाका लागि सत्ता टिकाउने एउटा राम्रो कूटनीतिक माध्यम बनेको थियो । रणोद्दीप सिंहको पालामा सन् १८८४ मा द ड्युक अफ पोर्टल्यान्ड बाघको सिकारका लागि नेपाल आएका थिए । राजा एडवार्डका जेठा छोरा राजकुमार अल्बर्ट भिक्टोर, ड्युक अफ क्लारेन्सी सन् १८८९–९० को जाडो याममा वीरशमशेरको निमन्त्रणामा बिग हन्टिङका लागि नेपाल आएको इतिहास छ ।

फ्रेन्च फर्डिनान्ड वीरशमशेरको निमन्त्रणामा सन् १८९३ को मार्चमा नेपाल आएका थिए । उनलाई वीरशमशेरका काका केशरसिंह र उनका छोरा प्रेमशमशेर र ब्रिटिस रेसिडेन्टका कर्णेल एच वाइलीले स्वागत गरेका थिए । उक्त सिकार घटनाबारे आर्क ड्युकले आफ्नो डायरीमा राम्ररी वर्णन गरेका छन् ।

प्रिन्स अफ वेल्स (पछि गएर राजा एडवार्ड आठौँ) पनि सिकारका लागि सन् १९२१ मा चन्द्रशमशेरको शासनकालमा नेपाल आएका थिए । तत्कालीन बेलयाती राजा जर्ज पाँचौँले नेपालमा गरेको बिग हन्टिङको चर्चा अहिलेसम्म पश्चिमा जगत्मा हुने गर्छ । चन्द्रशमशेरको निमन्त्रणामा सन् १९११ मा राजा जर्ज पाँचौँले तराईको सुखिबार र कसरा जंगलमा १८ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म सिकार खेलेका थिए ।

नेपाली सेनाको कमान्डर इन चिफबाट राजीनमा दिएपछि सन् १९५६ मा जुद्धशमशेरका छोरा किरणशमशेर जबराले पहिलो पटक नेपाल सिकार प्राइभेट लिमिटेड नामक एउटा निजी कम्पनी सञ्चालनमा ल्याएका थिए । यो कम्पनीले ‘बिग गेम हन्टिङ’ लाई प्रमोट गथ्र्यो । किरणका छोरा सुबोधशमशरले आफ्नो ब्लगमा लेखेअनुसार सो कम्पनीले युरोप र अमेरिकाबाट आउने बिग गेम हन्टर्सका लागि सिकार खेल्न मद्दत गथ्र्यो । राणाशासनको अन्त्यपछि राजाहरूले यसलाई निरन्तरता दिए ।

राजा महेन्द्र आफ्ना दुई छोरा वीरेन्द्र र ज्ञानेन्द्रलाई लिएर सिकार गर्नका लागि तराईका जंगल जान्थे । राजा महेन्द्रले सन् १९६१ मा बेलयाती महारानी क्विन एलिजाबेथको नेपाल भ्रमणको अवसर पारेर बिग हन्टको आयोजना गरेका थिए । त्यसबेला एउटा बाघ र गैंडा मारिएको थियो ।

पश्चिमी मिडियाले जर्ज पाँचौँको १० दिने नेपाल भ्रमण क्रममा ६० भन्दा ठूला जनावरहरू मारेको उल्लेख गरेका छन् । राजा जर्जको नेपाल भ्रमण क्रममा खिचिएका फोटो एल्बम सार्वजनिक भएपछि यसबारे खुलासा भएको थियो । तस्बिरको क्याप्सन अस्ट्रेलियन नेसनल युनिभर्सिटीले गरेको थियो ।

राजा जर्जको नेपाल भ्रमणका १ सय ७९ वटा फोटो सार्वजनिक भएका थिए । फोटोहरूमा राजा जर्ज एउटा मृत रोयल बेंगल टाइगर र एउटा ठूलो गैंडाको अगाडि तस्बिर खिचाएका छन् । क्रिसमस आसपासमा जर्जले ३९ वटा बाघ, १८ वटा गैंडा र ४ वटा भालु मारेको ब्रिटिस पत्रिका द एक्सप्रेस डट को डट यूकेले लेखेको छ ।

जर्ज पाँचौंको टोली राप्ती नदीको किनारमा टेन्ट बनाएर बसेको थियो । राप्ती नदी क्षेत्रमा पर्ने सुखिबारमा उनले ५ दिन बिताए भने अन्य दिन कसरामा बिताएका थिए । सिकारी टोलीमा १४ हजार मानिस सहभागी थिए । त्यसबेला दुई हजार हात्ती परिचालन गरिएको थियो । चारदेखि ६ सयवटा हात्तीको मद्दतमा बाघलाई घेरेर चंगुलमा पारेपछि सिकार गरिएको थियो । हिस्टोरिकल रेकर्ड अफ द इमपेरियल भिजिट टु इन्डियाको पेज नम्बर २ सय ३१ देखि २३३ मा यो विवरण उल्लेख छ ।

नेपाल अन्डर द रानाजका लेखक एड्रिन सेभरले आफ्नो किताबमा राजा जर्ज पाँचौंले नेपालमा गरेको बिग हन्टको अझ बढी व्याख्या गरेका छन् । राणाहरूले हालको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रलाई सन् १८४६ देखि १९५१ सम्म सिकार–क्षेत्र बनाएका थिए । उनीहरूले सिकारलाई एउटा खेलको रूपमा लिँदै विभिन्न मुलुकका राजालाई ‘बिग गेम हन्टिङ’ मा सहभागी गराउँथे ।

यसरी बिग गेम हन्टिङबाट १९औँ शताब्दीमा नेपालका शाही परिवारको पारिवारिक, नेपालको सांंंस्कृतिक तथा राजनीतिक परिवेश बुझ्न मद्दत पुर्‍याएको छ । बिग गेम हन्टिङबाट पाठ सिक्दै शाही परिवारले इकोलोजी तथा वातावरणको संरक्षण–संवद्र्धनमा सहयोगमा पुर्‍याएको थियो । राजा महेन्द्रको निधनपछि वीरेन्द्रको पालामा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो ।

नेपालमा सन् १९७० को दशकबाट इकोलोजी र पारिस्थितिजन्य प्रणालीको संरक्षण गर्न थालिएको हो । राणाकालमा पनि वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि चिडियाखानाको स्थापना गरिएको थियो । यस्तै सन् १९५० को दशकमा प्राकृतिक विज्ञान संग्रहालय, गोदावारी वनस्पति उद्यान स्थापना भएको थियो ।

सन् १९७३ मा बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले वातवरण र वन्यजन्तु तथा वनस्पति संरक्षणमा ठूलो भूमिका खेलेका वातावरण एवं वन्यजन्तु जीव विज्ञानका प्राध्यापक अमूल्यरत्न तुलाधारको भनाइ छ । राष्ट्रिय संरक्षण रणनीतिले पनि नेपालमा प्राकृतिक सम्पदाको दोहनमा रोक लगाउँदै संरक्षणमा अगाडि बढाउन मद्दत पुर्‍यायो । वन्यजन्तु संरक्षणका लागि नेपाली सेनाले पनि ठूलो भूमिका खेलेको छ ।

नेपालमा कुनै समय बिग गेम हन्टिङका नाममा मारिएका बाघको संख्या जति (३ सयवटा) बाघ नेपालमा अहिले पनि छैन । सन् २०१३ मा गरिएको राष्ट्रिय बाघ गणनाका अनुसार नेपालमा अहिले एक सय ९८ वटा बाघ छन् । उबेलाको परिवेश र अहिलेको परिवेश भिन्न छ । चोरी सिकारी र वासस्थानको विनाश तथा बिग गेम हन्टिङका कारण बाघको संख्या घटेको हो । प्राध्यापक तुलाधार भन्छन्, ‘नेपालमा बिग गेम हन्टिङ हँुदा पारिस्थितिक प्रणालीमा त्यति असर परेको थिएन । कारण, त्यसबेला पाकिस्तान, आसाम र नेपालका जंगलहरू जोडिएका थिए, बाघको वासस्थान क्षेत्र पनि ठूलो थियो । त्यही भएर अन्यत्र क्षेत्रबाट पनि तराईमा बाघको आवतजावत हुन्थ्यो र प्राकृतिक सन्तुलन मिलिहाल्थ्यो ।’
राणाकालको अन्त्य र तराईमा मलेरियाको उन्मूलनसँगै बसाइसराइ दर बढ्यो । वनजंगलको फँडानी तीव्र बन्यो । बस्ती बढ्न थालेपछि बाघको प्राकृतिक वासस्थान मासिँदै गयो । धेरैपछि, विश्व संरक्षण कोषको सहयोगमा सन् १९७० को दशकबाट बाघ संरक्षणको कार्यक्रम सुरु भयो ।

बासस्थान टुक्रिँदा कुनै समय भारतको कोर्बेट राष्ट्रिय निकुञ्ज र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लोप भएको थियो । पछि अन्यत्रबाट त्यस ठाउँमा बाघ ल्याएर संंख्या बढाइएको थियो । बाघको संरक्षणका लागि स्थानान्तरणलाई एउटा उपयुक्त विकल्पका रूपमा सर्वस्वीकार्य बनाउन सक्नु जरुरी छ ।

प्रकाशित : श्रावण ५, २०७५ Kantipur Koseli

https://www.kantipurdaily.com/koseli/2018/07/21/153214476338975770.html?author=1

प्लास्टिकको प्रयोग कसरी कम गर्ने ?

सन्दर्भ : विश्व वातवरण दिवस

२०७२ साल वैशाख १ गते सरकारले काठमाडौंमा प्लास्टिक झोलालाई पूर्ण रुपमा प्रतिबन्ध लगायो । यसको सिकै गर्दै मुलुकका अन्य नगरपालिकाहरुमा पनि प्लास्टिकका झोला निषेधित गर्न थालियो । धमाधाम प्लास्टिक झोला नियन्त्रण अभियान चलाइयो । बोराका बोरा प्लास्टिक झोलाहरु नियन्त्रणमा लिइयो ।

प्लास्टिक झोला नियन्त्रण अभियान चलिरहँदा वैशाख १२ गते महाभूकम्प गयो । भूकम्पपछि प्लास्टिक झोलाको प्रयोग ह्वातै बढ्यो । हिजोआज काठमाडौं लगायत मुलुकका अधिकांश सहरमा प्लास्टिकजन्य फोहोरको थुप्रो छ ।
काठमाडौं महानगरिपालिकाको वातवरण व्यवस्थापन महाशाखाका अनुसार काठमाडौंमा निस्कने फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको मात्रा १५ प्रतिशत छ ।

जुन ५ तारिख विश्व वातवरण दिवस । यो वर्षको नारा प्लास्टिकसँग सम्बन्धित छ । त्यही भएर प्लास्टिकको चर्चा पुन: चल्न थालेको छ । काठमाडौंमा प्लास्टिकजन्य फोहोरहरु संकलन गर्दै प्लास्टिक प्रदूषण नियन्त्रणका लागि प्रयास थालिएको छ ।
Read More

सन्दर्भ पृथ्वी दिवस : प्लाष्टिक प्रदूषण रोकौँ

आज अप्रिल २२ तारिख । विश्व पृथ्वी दिवस । प्लाष्टिक प्रदूषणलाई राकौँ भन्ने नाराका साथ यो दिवस आज संसारभर मनाइदै छ ।

सन् १९७० पहिलो पटक पृथ्वी दिवस मनाइएको थियो। सन् १९९० देखि यो दिवसलाई वार्षिक रुपमा मनाइदै आइएको छ। नेपालसहित विश्वका १ सय ९२ वटा मुलुकले यो दिवस मनाउन थालेका छन्। ती देशका १ अर्ब मानिसहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यो दिवसमा सहभागिता जनाएको विश्वास गरिएको छ।
पृथ्वी दिवसको मुख्य उद्देश्य वातावरण संरक्षण गर्नेमा केन्द्रित छ। यो दिवस मनाउनुको अर्को उद्देश्य मानिसहरुलाई वातावरण संरक्षणमा लगाउनु पनि हो।

करिव ६ अर्ब मानिससँगै रहेका करौडौँ प्रजातिका वनस्पति, लाखौँ उभयचर, चराचुरुङी, घ्रर्सने जनावर, एक कोषीयदेखि बहुकोषी जीवहरुको साझा बासस्थान हो, पृथ्वी। ब्रम्हाण्डमा जीवन्त बस्तु अरु कहि छ त पृथ्वीमा छ। त्यसैले यो आफैँमा महत्व छ।

हाम्रो दैनिक जीवनको कुरा गर्ने हो भने प्लाष्टिक हामीलाई नभई नहुने बस्तु बन्दै गएको छ। निर्माण गर्न सजिलो, कम लागत र किन्दा पनि सस्तो पर्ने भएकाले यसको प्रयोग हुन थालेको हो। बिहान उठेदेखि अबेर सुत्ने बेलासम्म हामी प्लाष्टिक प्रयोग गरिरहेका हुन्छौँ। हामीले प्रयोग गर्ने चप्पल, मोबाइल, ब्रस, ल्यापटपलगायतका धेरै सामानहरुमा प्लाष्टिकको प्रयोग छ।

हाइड्रोकार्बनबाट बनेका इन्धनबाट निस्कने ग्याँसहरुको समस्या त छँदै छ। अहिलेको अर्को समस्या बनेको छ, प्लाष्टिकको। बाल्दा हानिकारक ग्याँस निस्कने, विसर्जन गरौँ नकुहिने। प्रयोग नगरौँ भन्यो नभइ नहुने। यही कारणले पृथ्वीमा प्लाष्टिकको मात्रा बढ्दै गइरहेको छ। प्लाष्टिको थुप्रो अहिलेको प्रमुख चुनौती बनेर आइदिएको छ। हिमाल, पहाड, तराई, समुद्र, महासागर, समुद्रशैल (रिफ), उपत्यका, ध्रुवीय क्षेत्रहरु सबैमा प्लाष्टिकको थुप्रो पुगेको दृष्टान्त छ।

विश्वको सर्वोच्च शिखर सगरमाथादेखि प्रशान्त महासागरको सबैभन्दा गहिरो क्षेत्र मरिना ट्रेन्चसम्म प्लाष्टिक पुगेको छ। नकुहिने भएकाले यसले विकारल समस्या खडा गरिदिएको छ।

सन् १८६२ मा यूकेका वैज्ञानिक एलेक्जेन्डर पार्कले प्लाष्टिकको आविष्कार गरेका थिए। प्लाष्टिक सेन्थेटिक तथा ननसेन्थेटिक जैविक पदार्थहरुबाट बनेको छ। यो एक प्रकारको पोलिमर हो। धेरै वटा मोनोमरहरु मिलेर पोलिमर बनेको हुन्छ। पोलिमरमा तत्वहरुको लामो चेनहरु हुन्छन् जहाँ मोनोमरहरुलाई रहेका हुन्छन्।

प्राकृतिक ग्याँस अथवा कच्चा तेलमा उत्प्ररेकको प्रयोग गरेर इथाइलिन, प्रोपाइलिन, ब्युटेन जस्ता कमनोमर्सहरु बनाइन्छ। यिनीहरुलाई एउटा रासयनिक बन्डबाट बनेको चेन (पोलिमर) मा राखिन्छ। र, पोलिमराइजेशन प्रक्रियाबाट प्लाष्टि निर्माण गरिन्छ। पोलिमराइजेशन प्रकियामा केही हानिकारक मोनमरहरु प्लाष्टिकसँगै मिसिएका हुन्छन्।

कम घनत्व भएको प्लाष्टिकलाई पोलिथिन भनिन्छ। यो हानिकारक प्लाष्टिक हो। यसलाई प्रयोग गर्न मिल्दैन। सरकारले पोलिथिनबाट निर्मित झोलाको निषेध यही कारणले गरेको हो। तर, यो व्यवहारमा लागु भएको छैन। पोलिभनल क्लोराइड जुत्तको सोल निर्माण गर्न प्रयोग हुन्छ। प्लाष्टिकलाई थर्मोसेटिङ र थर्मोप्लाष्ट गरेर दुई भागमा विभाजन गरिएको छ।
प्लाष्टिक निर्माणका लागि धेरै मात्रामा इन्धनको आवश्यकता पर्दछ। प्लाष्टिक ढुवानीमासमेत ठूलो मात्रामा इन्धनको खर्च हुन्छ। प्लाष्टिक निर्माण गर्दा लाग्ने तेल तथा इन्धन निस्कने ठूलो मात्राको हाइड्रोकार्बन ग्याँसहरु वायुमण्डमा उत्सर्जन हुन्छन्। यसले प्रदूषणका साथै हरित गृह प्रभाव बढाउँछ।

प्लाष्टिकलाई जलाउँदा विभिन्न प्रकारका हानिकारक ग्याँसहरु निस्कन्छन्। त्यसैले प्लाष्टिकको निर्माण कम गरेर प्रयोग गर्न मिल्ने खालका प्लाष्टिक प्रयोग गर्न सक्नुपर्छ। केही प्रकारका प्लाष्टिकहरु एक/दुई पटक प्रयोग गर्न मिलेपनि रिसाइक्लिङका क्रममा हानिकारक ग्याँसहरुको उत्सर्जनले रिसाइकल गरिएको प्लाष्टिकको गुणस्तर झनै खस्कदो हुन्छ।

प्लाष्टिकले हाम्रो दैनिक जीवनको विभिन्न पाटाहरुमा प्रभाव पारिरहेको छ। विश्वका वैज्ञानिक तथा वातवरणविद्हरुले प्लाष्टिकको असर सम्बन्धि गरेको अनुसन्धानमा सबैमा प्लाष्टिकको असर एउटै भएको पाएका थिए। नेपालमा निर्मित प्लाष्टिकको असर र अमेरिकामा निर्मित प्लाष्टिक वातवरणमा पार्ने असर एउटै हाे ।

सन् २०५० सम्ममा समुद्रमा माछाको संख्याभन्दा प्लाष्टिकको मात्रा धेरै हुने यूएन इन्भारोन्मेन्टले सर्वेक्षण गरेको छ। प्लाष्टिकको मात्रा बढी हुँदा समुद्रिक कछुवा तथा अधिकांश मराइन चराहरुको शरीरमा प्लाष्टिक पुगिसकेको छ। ढल, खोला, नदी तथा अन्य माध्यमबाट समुद्रिक क्षेत्रहरुमा प्लाष्टिक पुग्ने गरेको छ। यसले समुद्रको पारिस्थितिकीय प्रणालीलाई असर गर्नुका साथै विभिन्न जीवहरुको बासस्थानमा समेत खतरा निम्त्याएको छ।

प्लाष्टिकका कारण विश्वमा एक लाख जनावरहरु वार्षिक रुपमा मर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। जनावरहरु प्लाष्टिक र घाँस छुट्याउन सक्दैनन्। शाहकारी जनावरहरुले घाँससँगै प्लाष्टिक लिन्छन्। उनीहरुले यसलाई पचाउन सक्दैनन् र विभिन्न प्रकारका लक्षणहरु देखा पर्छन्। कोष तथा तन्तुहरुमा प्लाष्टिकका तत्वहरुले असर पुर्‍याउने गरेका छन्।

वार्षिक रुपमा ८० लाख टन प्लाष्टिक समुद्रमा थुप्रिने गरेको युएनको तथ्यांकमा उल्लेख गरिएको छ। संसारमा फ्याँकिएका कूल प्लाष्टिकको ५० प्रतिशत प्लाष्टिक एक पटक प्रयोग गरेर फ्याँकिएको छ। ती प्लाष्टिक पुन:प्रयोग गर्न मिल्ने खालका छन्। विश्वमा २ करोड मानिसहरु अन्तरिक र बाह्य प्रदूषणका कारण वर्षेनी मर्ने गरेका छन्। सन् २००३ मा ७० हजार मानिसहरु तपाक्रम वृद्धिका कारण मरे। जलवायु परिवर्तनका कारण सन् २०३० सम्म खाद्य सामग्रीको मूल्य ५० प्रतिशतले बढ्ने सर्वेक्षण गरिएको छ। बराम्बार आइरहने बाढी, आँधीहरु वातरणमा परेका यस्तै असरहरुको परिणाम हुन्।
वन डढेलो पनि यिनै कारणहरु मध्येका एक हुन्। उच्च तापक्रममा वनस्पतिहरुको घर्षणका कारण उत्पन्न हुने तापले आगोको रुपमा लिन्छ। डढेलोका कारण वायुमण्डलमा कार्बनडाइक्साइड ग्याँसको मात्रा बढेको छ। प्रत्येक वर्ष अशुद्ध खानेपानीका कारण विश्वमा ५ हजार मानिसहरुको मृत्यु हुन्छ।

सबै प्राणीहरुको साझा बासस्थान पृथ्वी भएकाले पृथ्वीलाई जोगाउनु जरुरी छ। खानेपानीको एउटा बोतललाई पुन:प्रयोग गर्दा ७ वाटको बत्ती ७ घण्टासम्म प्रयोग हुने उर्जाको खपत हुन्छ। विश्वमा हरेक वर्ष एक लाख प्राणीहरु प्लाष्टिक ब्यागका कारण मर्ने गरेको तथ्यांकसमेत पाइन्छ। यी प्राणीहरुमा चराचुरुङ्गी, पानीमा पाइने जनावरहरु बढी छन्।

धेरै वर्षसम्म थुप्रिएका प्लाष्टिबाट निस्कने माइक्रो प्लाष्टिकको असर झन् धेरै हुने आँकलन गरिएको छ। यसको अनुसन्धान समेत भइरहेको छ। यो समस्या हल गर्नका लागि समुद्रिक क्षेत्रमा बृहत सरसफाई, प्लाष्टिकको प्रयोगलाई कम गर्ने र प्रयोग भएका प्लाष्टिकलाई पुन:प्रयोग गर्न सकिने विकल्प समेत यूएनले दिएको छ।

पृथ्वीमा प्राकृतिक रुपमा चलिरहने आफ्नै चक्र छ। यसको प्राकृति मौसम, हावापानी,जलवायू, तापक्रम आदिले वातवरणलाई सन्तुलित राखेको छ। यही सन्तुलित वातवरणमा जैविक प्राणीहरु बाँचेका छन्। मानवीय क्रियाकलापका कारण प्राकृतिक स्रोतमाथिको कब्जा, उद्योग कलकाराखानाको विकास र अन्य कारणले पृथ्वीलाई असर गर्न थालेको छ। तापक्रम तथा जलवायु परिवर्तन जस्ता समस्याहरु ती क्रियाकलापहरुका नतिजा हुन्।
प्लाष्टिकको प्रदूषण कम गर्नका लागि हामीले सकेसम्म प्लाष्टिकको प्रयोग नगर्ने। गरिहाले पनि पुन: प्रयोग गर्न मिल्ने खालका प्लाष्टिक प्रयोगमा जोड दिनु आवश्यक छ।
प्रकाशित : वैशाख ९, २०७५ १८:४८

जैविक आक्रमणको त्रासदी

पूर्व रुसी गुप्तचरलाई ग्यास आक्रमणको विषयलाई लिएर रुस र पश्चिमेली राष्ट्रहरुबीच अहिले दूरी बढ्दो छ । ती देशहरुबाट रसियाली कूटनीतिज्ञहरु निकालिन थालिएका छन् ।

गत मार्च ४ तारिख बेलायतको सालिसबरीमा ६६ वर्षीय पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीमाथि भएको विषालू ग्यास आक्रमणमा रुसको संलग्नता भएको भन्दै बेलायती कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने घोषणा गरेको थियो।

यही विषयलाई लिएर अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया तथा विभिन्न युरोपेली देशले एक सय ५० भन्दा बढी रुसी कूटनीतिज्ञलाई देश निकाले गरेका छन्। रसियाले भने विश्वकप फुटबलको आफ्नो देशमा हुन नदिनका लागि बेलायत र अमेरिकाले यस्तो आरोप लगाएको बताउँदै आएको छ। साथै रुसले पनि त्यही संख्यामा ति देशहरुका कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ।

मानिसको जन्म र मृत्यु सत्य हो। कहिले सुतेकै बेला मानिस मर्छ भने कहिले खाना खाइसकेपछि मर्छ। हामीले लिएको हावामा कसैले विष छाडिदियो भने के हुन्छ? वैदेशिक रोजगारीका सिलशिलामा जाने थुप्रै नेपालीहरुले सुतेकै बेला मृत्यु भएको खबरहरु सुन्न सकिन्छ। मृतकको फरेन्सिङ टेस्ट नगराई नेपाल फर्काई दिने परिपाटी छ। हरेक मृत्युको पछाडि कारण हुन्छन्। शरीरको कुनै एक महत्वपूर्ण अंगले काम गर्न छाड्यो भने शरिरले काम गर्न छाड्छ। र, यो पनि हुनसक्छ कि शरीरको कुनै अंगलाई कमजोर बनाउन रसायन वा विषक्त हावा सुतेको कोठामा छाडिदिएकाले पनि मृत्यु भएको हो।

एआई (आर्टिफिसियल इन्टिलिजेन्स) को यो जमनामा जैविक आतंक र ‘महामारी’को विषय पश्चिमेली राष्ट्रहरुका लागि नौलो नभएपनि हाम्रो लागि नौलो हो। गुप्तचर संयन्त्रहरु बेला बेला शत्रुको विनाशका लागि देखिने हतियार प्रयोग गर्दैनन्। हानिकारक ग्याँस र रसायनको प्रयोग गरेर आफ्ना शत्रुलाई खतम गर्छन् ताकी प्राकृतिक कारणले गर्दा मरेको देखियोस्। बेलायतमा रसियाले यही विधि अपनाएको पश्चमा मुलुकहरुको आरोप छ। बेलायतको शक्तिशाली सुरक्षा व्यवस्था र भरपर्दो अनुसन्धानले पूर्व कूट्नीतिज्ञलाई रसायनिक हमला गरेको हो भन्नसम्म पुग्यो। बेलायतको यो आरोप रुसले अस्वीकार गर्दै आएको छ।

दुई ठूला ‘जाइअन्ट’राष्ट्रका बीच हाम्रो भौगोलिक अवस्थिती छ। दुवै आणविक शक्तिले सुसज्जित छन्। शक्तिशाली राष्ट्रहरुले शत्रुसँग लड्दा आधुनिक हतियारको विकल्पमा जैविक हतियारमा बढि विश्वास राख्न थालेका छन्। पछिल्लो समयमा आएर यो हतियार एक देशले अर्को देशको खुफिया एजेन्टलाई मार्न प्रयोग गर्ने गरेको बताइन्छ।

जैविक हतियारको प्रयोगले एकै समयमा धेरै क्षति गर्न सकिने विश्वास हो। सिरियाली गृहयुद्धमा सरकारले रसायनिक हमला गरेको यसको एक उदाहरण हो। गृहयुद्धमा रसायनिक हमला भएको पश्चिमेली मुलुकहरुको दाबी छ। हमलामा कयौँ सिरियाली नागरिकको मृत्यु भयो। रसायनिक आक्रमण पनि एक किसिमको जैविक हतियारसँग सम्बन्धित छ।

आतंक सिर्जना गर्नु आफैमा एक अपराध हो। अझ जैविक हतियारको प्रयोग कोहीलाई पनि क्षम्य हुँदैन।

दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागसाकीमा खसालेको लिटल ब्वाइ र फ्याट मेन नामक बमको विध्वंशबाट विश्व समुदाय त्यसबेलादेखि नै आणविक हतियारबाट त्रासित बनेको थियो। जैविक हतियार पनि अब मानिसको रोजाइमा पर्न थालेको छ।

ढुंगे युग, विकास युग, अन्तरिक्ष युग हुँदै मार्सको खोजीमा पुगेको मानव जातिलाई बेला बेला ‘जैविक आतंक’ले त्रासित बनाउने गरेको छ।

सभ्यताको शुरुवातसँगै मानिसले आफूलाई जोगाउनका लागि विभिन्न हात हतियारको निर्माण गर्‍यो। शक्तिको उन्मादले मानिस यतिसम्म मात्यो कि उसले विश्वयुद्ध समेत गर्‍यो।
पहिलो विश्वयुद्धमा मानिसले आफ्नो ठाउँ र जमिनका लागि आफ्नै प्रजाति (मानिस) सँग लडाईँ गर्‍यो। दोस्रो विश्वयुद्धमा उसले गोली, बारुद र फाइटरको सहयातामा लडाइँ गर्‍यो। २१ औँ शताब्दीमा आइपुग्दा लडाइँ गर्न गोली र बारुदको आवश्यकता नभएर जैविक हतियार प्रयोग हुन थालेको छ।

सुरक्षासँग ताजुक राख्ने विभिन्न मुलुकका गोष्ठिहरुमा जैविक आतंकबाट फैलिएको महामारीको विषयहरु उठान हुन थालेका छन्।

जब वातावरणमा कसैले हानिकारक जैविक साधन वा प्रतिनिधि छाडिन्छ, त्यसलाई जैविक आतंकको रुपमा लिने गरिन्छ। जैविक प्रतिनिधिहरुमा बेक्टेरिया, भाइरस र टक्सिनहरु हुन्छन्। यिनीहरुलाई विभिन्न माध्यमबाट मानिसको स्नायू प्रणालीमा पुर्‍याएर मृत्युवरण गराइन्छ। ताकी कसैलाई लागोस् ऊ बिरामीका कारण मर्‍यो।

संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण महाशाखाका अनुसार भाइरस, वेक्टिेरिया, टक्सिन (विष) वा अन्य हानिकारक जिवाणुलाई जानीजानी मानिस, जनावर तथा विरुवाहरुमा फ्याँकिनु नै जैविक आतंक हो। यस्ता जीवाणुहरु पृथ्वीमा सजिलैसँग पाउन सकिन्छ। आतंककारीहरुले यी जीवाणुलाई उत्परिवर्तन (म्यूटेसन) गराएर वातवरणमा फ्याँकिदिन्छन्। यस्ता उत्परिवर्तित गराइएका जीवाणुहरुमा रोग फैलाउने कार्यमा सक्रिय हुन्छन्। प्रतिरोधात्मक क्षमता ज्यादा भएकाले औषधीको कुनै असर पर्दैन। यस्ता जीवहरुलाई प्राय: हावा, पानी वा खानाको माध्यमबाट फ्याँकेर माहामारी फैलाउने कार्यहरु हुन्छ।

अमेरिकी गूप्तचर विभागको वेभसाइटमा उल्लेख भएअनुसार आतंककारीहरु यस किसिमको हमलामा बढि नै सक्रिय हुने गरेका छन्। जैविक हमला गर्दा घण्टौँसम्म कसैलाई थाहा नहुने र मानिसहरुमा रोग फैलाई उनीहरुलाई मृत्युको मुखमा पुर्‍याउने कार्य हुन्छ।

फरेन्सिक जाँच नगराई मानिसको मृत्यु रोगको कारण भएको घोषित गरिन्छ। व्यक्तिको मृत्युको कारण र त्यस क्षेत्रको वातवरणीय अवस्थाको जाँच विरलै हुने गरेकाले आतंककारी हमलामा यस्ता हानिकारक जैविक वस्तुहरुको प्रयोग हुने गरेको छ।

जैविक हतियारको शिकारमा पश्चिमेली राष्ट्रहरु बढी भएका छन्। यो हमलाको शिकार सबैभन्दा पहिला अमेरिका भएको विश्लेषकहरु बताउँछन्। अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई ‘एन्थ्राक्स’आक्रमणको प्रयास भएको इतिहास छ। अमेरिकाको गुप्तचार विभागले विफर रोग, स्मल पक्सलाई जैविक हतियारको रुपमा लिए पनि एन्थ्राक्सलाई हतियारको रुपमा लिएको छैन।

विभिन्न देशका गुप्तचार विभागका तथ्यहरुको आधारलाई मान्ने हो भने जैविक हतियारको प्रयोग सजिलो र कम खर्चिलो हुने र एकैपटक धेरैमा रोग फैलाएर मार्न सकिने भएकाले यसको प्रयोग बढि हुने गरिएको उल्लेख छन्। यस्ता कार्यहरुमा औषधी निर्माण कम्पनीदेखि विकासित मुलुकहरु अघि रहेको बताइन्छ। ‘मास मसाकर’का लागि यसको प्रयोग हुने गरेको छ।

२०औँ शताब्दीतिर जैविक हतियारको पहिले पटक प्रयोग भएको इतिहास छ। पहिलो विश्वमा युद्धमा जनवारहरुमा एन्थ्राक्सको प्रयोग गरिएको थियो। जुन हमला विफल भयो। पहिलो विश्व युद्धको शुरुवातीमा जर्मनीले अमेरिका, तत्कालीन सोभित यूनियन (रुस), फ्रान्स र रोमानियाका विभिन्न जैविक प्रयोगशालाहरु ध्वस्त पार्नका लागि आफ्नो खुफिया एजेन्ट पठाएको थियो। जर्मनीले घोडा र खच्चडमा लाग्ने ग्लान्ड्रस नामक बेक्टेरिया रोग उसको एजेन्टलाई पठाएको थियो। अमेरिकामा रहेका उसको एजेन्टले अमेरिकाबाट जलमार्ग हुँदै पठाइने ती घोडाहरुमा ग्लान्ड्रस रोग लगाइदिने काम गर्दथे। फ्रान्स र रसियामा पठाइएका ती रोगी घोडाहरुको कारण ती देशमा जर्मनीले दबाब गर्दथ्यो। रोग फैलाउने कार्यका लागि जर्मनीले पठाएको एजेन्ट पक्राउ परेपछि पहिलो विश्वयुद्धमा उसले ठूलो क्षति व्यहोर्नुपरेको थियो।

टाइफाइड रोग फैलाउने कार्यमा संलग्न भएको आरोपमा अमेरिकाले सन् १९७२ मा दुई जना स्कूले विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको घटना छ। अमेरिकाकै ओरेगन सहरमा सन् १९८४ मा हुन लागेको स्थानीय चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्नका लागि त्यहाँको एक क्षेत्रीय दलले सलाद मार्फत ‘फुड पोइजनिङ’ गराएको थियो। उक्त घटनामा ७ सय ५० जना प्रभावित भएका थिए। यो घटनालाई अमेरिकी इतिहासकै पहिलो आंतककारी जैविक हमलाको रुपमा लिइने गरिन्छ।

सन् २००१ मा अमेरिका र चिलीमा आउने विभिन्न चिट्ठी पत्रमा एन्थ्राक्स पठाइ मानिसहरुलाई मार्ने कार्य भएको थियो। एन्थ्राक्स आक्रमण अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुसमाथि समेत हुन खोजेको थियो। अमेरिकी गुप्तचार विभागले सो घटनामा अलकायदाको हात रहेको बताएको थियो। त्यसैसमय अलकायदाले खानेपानीमा जीवाणू फैलाउन खोजेको थाहा पाएपछि अमेरिकाले देशभरका खानोपानी आयोजना तथा पानीका स्रोतहरुलाई कडा निगरानीमा राख्न थालेको हो।

जैविक आतंक मच्चाउनेहरुलाई एन्थ्राक्सको प्रयोग सजिलो माध्यम बनेको छ। एन्थ्राक्समा पाइने ब्यासिलस एन्थ्रासिस नामक जीवाणु सरुवा नभएका कारण कुनै एक व्यक्तिमात्र यसको शिकार हुने गरेकाले चिठ्ठी पत्रमा एन्थ्राक्सको पाउडर बनाएर पठाइने गरेको इतिहास छ। एन्थ्राक्सबाट अमेरिका यतिसम्म डरायो कि ऊ बाध्य भएर आफ्ना नागरिकलाई एन्थ्राक्स विरुद्धको खोप लगाउने अभियान शुरु गर्‍यो। पहिले उच्च पदस्थ कर्मचारीहरुलाई एन्थ्राक्स विरुद्धको खोप लगाएपछि पनि अमेरिकाले आफ्ना नागरिकहरुमा पनि यसको जोखिम हुनसक्ने भन्दै खोप अभियान नै चलाएको थियो। हाल एन्थ्राक्स आक्रमणका घटनाहरु बाहिर आएका छैनन्।

सन् २०११ सिएनएनका चिफ मेडिकल करेस्पोन्डेन्ट डाक्टर सञ्जय गुप्ताले तयार पारेको एक रिर्पोटलाई आधार मान्ने हो भने अमेरिका जैविक आक्रमण विरुद्ध लड्न सक्षम भइसकेको र आक्रमण विरुद्ध उसले चलाउदै आएको कदम प्रभावकारी बन्दै गइरएको छ। प्लेग, इबोला, स्वाइन फ्लू, बर्ड फ्लू, मर्सलगायतका रोगहरु यतिबेला जैविक हमालाका लागि विश्वमा चर्चित छन्।

केही वर्षअघि अफ्रिकी मुलुकहरुमा इबोला नामक रोगको महामारी चल्यो। इबोला भाइरसमा आतंककारीहरुको हमला थियो या कसैले परीक्षण गरेको हो भन्ने विषयमा आज बहसको विषय बनेको छ। कोरियामा देखिएको ‘मर्स’रोग पनि बहसको विषय बनेको छ। यो रोग महामारीका रुपमा फैलनु पनि जैविक आतंक हुन सक्ने तर्कहरु आउन थालेका छन्।

जैविक आक्रमण र नेपाल

नेपालमा हालसम्म सुरक्षा संयन्त्रले जैविक आतंक सम्बन्धि कुनै खोज तथा अनुसन्धान नगरेको प्रहरीका उच्च अधिकारीहरु बताउँछन्। केन्द्रिय अनुसन्धानका वन्यजन्तु क्राइम विभागका डिएसपी अनुपम शमशेर जबराको भनाइलाई आधार मान्ने हो भने नेपालमा यो विषयले प्रवेश नै नपाएको बताए। उनका अनुसार नेपालमा वातावरणीय अपराध हेर्ने कुनै इकाइ नै खडा भएको छैन।

सुरक्षासँग ताजुक राख्ने अन्य निकायहरुमा जैविकक आंतकको बारेमा कमै मात्रा थाहा हुने गरेको त्यहाँका अधिकृत स्तरका कर्मचारीहरु बताउँछन्। सरकारले यस विषयमा न त कुनै चासो दिएको छ न त कुनै निकाय नै गठन गर्न सकेको छ।

जाजरकोटमा वर्षेनी फैलने महामारीको विषयमा सरकारले सुक्ष्म अनुसन्धान गरेको पाइदैन। महामारीका कारण धेरैले ज्यान गुमइरहदा त्यहाँको पर्यावरण,हावापानीको नमुना संकलन गर्न राज्यले आवश्यक ठानेन। महामारी फैलनुको कारण के थियो? अज्ञात रोगको कारण मानिसको मृत्यु भनिन्छ। देशमा यस्ता किसिमका विभिन्न रोगहरुको बारेमा सामान्य उपचार गरेर त्यसै छाडिन्छ। बर्ड फ्लू संक्रमण बेलाबेला एक्कासी देखिन्छन्। यसमा राज्यले शंकाले गर्न जरुरी छ।

विदेशीहरुको लागि नेपाल स्याण्डविचको बीच भागका रुपमा लिइन्छ। उत्तरमा चीन र दक्षिणमा भारतको बीचमा अवस्थित भूपरिवेष्ठित राष्ट्र नेपाल प्राकृतिक विविधतामा भरिपुर्ण मुलुक हो। विश्वको सबै उचाईमा पाइने हावापानी हाम्रो मुलुकमा पाइन्छ। प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाललाई कुदृष्टि लगाउनेहरु धेरै नै छन्। हाम्रो देशले जैविक हमलाको बारेमा सचेत हुनु जरुरी छ। हिमाश्रंखलाहरुबाट निस्कने खोला तराईसम्म आइपुग्न घण्टौँ लाग्छ। हाम्रो देशका खोलाहरुमा विष हालेर माछा मार्ने परिपाटी छ। यस्ता गतिविधिहरु रोक्नका लागि सरकार निरीह देखिन्छ।

हावाको माध्यमबाट कसैले जीवाणु फ्याँक्यो भने यसको प्रभाव कहाँसम्म पुग्छ? सोचनीय विषय बनेको छ। हाम्रो ध्यान वातवरण संरक्षणमा गइरहदा वातवरणीय क्राइमको बारेमा पनि जान जरुरी छ। यस्ता विषयहरु राज्यले सोच्नुपर्ने हो।

नेपालले जस्तो विकासोन्मुख मुलुकहरले यस्ता ‘माइक्रो’कुराहरुलाई सचेत हुन जरुरी छ। दुई जनालाई मार्नका लागि बेलायतमा भएको एउटा ‘रासायनिक ग्याँस’हमलाले विश्वमा कत्रो तरंग ल्याइदियो। यो हमला पनि एक किसिमको जैविक आक्रमण जस्तै हो। के हाम्रो जस्तो मुलुकका लागि जैविक हमला र वातवरणीय अपराध हेर्ने छुट्टै संयन्त्रको आवश्यता परेको छैन?
प्रकाशित : चैत्र २१, २०७४ १६:३१

अन्तिम नर्दन ह्वाईट गैंडा पनि मर्‍यो, गैंडाको हालत चाँडै डाइनोसारको जस्तो हुनसक्ने

पृथ्वीको अनुमानित उमेर ४.५ अर्ब मानिन्छ । विभिन्न कालखण्डहरुमा विविध प्रजातिका जीवहरुको उत्पत्ति, विकास र विनाश हुने क्रममा जारी रह्यो । जुन अहिले पनि  निरन्तर चलिरहेको छ । पृथ्वीको इतिहास अध्ययन गर्ने क्रममा डाइनासोसरको बारेमा हामीलाई धेरै चासो हुन्छ ।

पृथ्वीको मेसोज्वाइक इरामा यो जीवको उत्पति, विकास र विनाश भयो। यसलाई प्रत्यक्ष रुपमा कसैले नदेखे पनि प्राप्त जीवाशेष र प्रमाणहरुले पृथ्वीमा कुनै समय डाइनोसरको ‘साम्राज्य’ थियो भन्ने पुष्टि गर्छ।

पृथ्वी अहिले आधुनिककालमा आइपुगेको छ। यो काल मानव जातिको हो। जहाँ उसको साम्राज्य चलिरहेको छ। संसारको सबैभन्दा विवेकशील प्राणीको उत्पत्ति यही कालमा भएको छ, र यही कालमा यसको अस्तित्व हराउँछ कि हराउँदैन भन्न सकिन्न। किनभने पृथ्वीको हरेक कालमा एउटा जीवको उत्पति र विनाश निरन्तर रुपमा भइरहको छ।

जीवहरुको उत्पति, विकास र विनाश प्राकृतिक रुपमा हुन्छ। यो चलिरहने प्रक्रिया हो। प्रकृतिलाई नै चुनौती दिंदै जीवहरुलाई सांसरबाटै लोप बनाउने कार्यमा हामी आधुनिककालका मानव जाति लागिपरेका छौँ। यसले हामीलाई प्रत्यक्ष रुपमा अहिले त असर नगर्ला तर दीर्घकालीन रुपमा यसले धेरै असर पुर्‍याउने छ।
हामी मानव जाति पृथ्वीलाई हाम्रो ‘पेवा’ ठान्छौँ। धर्तीको सर्वश्रेष्ठ प्राणीको हैसियतले मानव जातिलाई यसो भन्न दिएको हो। वास्तवमा पृथ्वी जैविक र अजैविक बस्तुहरुको साझा धरोहर हो।

गत मंगलबार विश्वकै अन्तिम् नर्दन ह्वाईट गैंडा प्रजातिको एकमात्र भाले गैंडाको मृत्यु भयो। ४५ वर्षसम्म बाँचेको सुडान नाम गरेको उक्त गैंडा विश्वको सबैभन्दा धेरै वर्षसम्म बाँच्ने गैंडा पनि हो। गैंडाको औसत आयू ४० वर्षको हुन्छ। अब नर्दन ह्वाईट गैंडा पृथ्वीमा दुई वटा मात्र बाँकी छन्।

उक्त गैंडा केन्याको ओल पेजेता कन्जरभेन्सीमा संरक्षित गरिएको थियो। वेस्टर्न ब्ल्याक गैंडा सन् २०११ मै पृथ्वीबाट लोप भयो। गैंडा विश्वबाट लोप हुने खतरामा छ। १९ औ शताब्दीतिर विश्वमा १० लाख गैंडाहरु थिए। अहिले आएर यसको संख्या ३० हजारको हाराहारीमा मात्र छ।

यस्तो समय नआओस् कि गैंडा पनि हाम्रा लागि डाइनोसरको कथा सुने जस्तो नहोस्। सेतो, कालो, समुतरन, जभान र ग्रेटर–वान हर्न गरी संसारमा ५ प्रजातिका गैंडा छन्। जसको संख्या ३० हजारको हाराहारीमा छ। जसमा अफ्रिकन कालो गैंडाको संख्या ५ हजार देखि ५ हजार चार सय ५८, अफ्रिकन सेतोको संख्या १९ हजारदेखि २१ हजारसम्म, जभान गैंडाको संख्या ६३, सुमतरनको संख्या एक सयवटा र एसियामा पाइने ग्रेटर वान–हर्न राइनोको संख्या ३ हजार ५ सयभन्दा केही माथि मात्र रहेको सेभ द राइनो नामक संस्थाको तथ्यांक छ।

अफ्रिकामा अब साउदर्न ह्वाइट गैंडा मात्र बाँकी छन्। जसको संख्या २० हजारको हाराहारीमा छ। अफ्रिकामा प्रत्येक ९ घण्टामा एउटा गैंडा मारिने गरेको तथ्यांक छ। अघिल्लो वर्ष अफ्रिकामा एक हजार २८ वटा गैंडा मारिए। यही अवस्था रहिरहे गैंडा एक दशकमै लोप हुने खतरा छ।

गैंडा प्रकृतिमा पाइने उच्च शाहकारी (हाइ लेभल हर्बीभोरस) स्तनधारी जनावार हो। यसलाई ‘अम्ब्रेला स्पाइसिस’को रुपमा समेत लिइन्छ। अर्थात्, गैंडाको बसाइ वा मरणले अन्य स–सना प्रजातिका स्तनधारी, चरा, किरा, माछा र वनस्पतिहरुलाई प्रत्यक्ष रुपमा असर पुर्‍याउँछ। पारिस्थितीक पद्दतीमा गैंडाले ठूलो भूमिका खेलको हुन्छ।

गैंडाले आफू बसेको क्षेत्रमा अरु स–साना शाहकारी जनावहरुका लागि खानेकुराको जोह गरिदिएको हुन्छ। ठूलाठूला घासपातलाई खानेक्रममा उसले ससना शाहकारी जनावरलाई खानाका लागि पहुँच स्थापित गराइदिएको हुन्छ। गैंडाको गोबरले माटोको उर्वरशक्ति क्षमतामा वृद्धि गराउन मद्दत पुर्‍याउछ जसले वनस्पतिका लागि पर्याप्त पौष्टिक तत्वको जोह गरिदिन्छ।

स्मिथसोनियन डट कमका अनुसार गैंडा बसेको ठाँउमा हरिण, जंगली खरायो, जेब्रा जस्ता जनावहरुलाई २० गुणा बढी चरिचरण क्षेत्रको निर्माण गरिदिएको हुन्छ। अथार्त, गैंडा पाइने स्थानमा २० गुणा बढिले स–सना जनावरहरुलाई चरिचरण क्षेत्र प्राकृतिक रुपमा निर्माण भइरहेको हुन्छ। जसले सन्तुलित पारिस्थीतिक प्रणाली निर्माणका लागि सहयोग गरेको हुन्छ। खाद्य चक्र सन्तुलनको हिसाबले यो महत्वपूर्ण मानिन्छ।

पृथ्वीमा करिब चार करोड वर्षअघि गैंडाको उत्पति भएको थियो। वन क्षेत्रमा मानवीय अतिक्रमण, शिकारी र प्रदूषणका कारण गैंडाको संख्या घट्दै गइरहेको छ। चोरी शिकारीका कारण गैंडाको संख्या घट्दै गएको हो। अफ्रिकामा सन् २००७ देखि २०१४ मा ९ हजार प्रतिशतले गैंडाको शिकारी बढेको तथ्यांक सेफ द राइनो नामक संस्थाले निकालेको छ। जुन निकै संवेदनशील छ।

नेपाल, भारत, मलेसिया, अफ्रिकालगायतका देशहरुमा यसको बासस्थान छ।

गैंडाको खाग बहुमुल्य मानिन्छ। खागका लागि यसको तस्करी हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा एक किलो गैंडाको खागको मूल्य ५० हजार डलरभन्दा माथि छ।अफिमर सुन तस्करीभन्दा गैंडाको खाग तस्करीमा पैसा बढि देखिएपछि यसको चोरी शिकारी बढ्न गएको हो।

गैंडाको खाग रसायनिक रुपमा जटिल किसिमका पदार्थहरुले निर्माण भएको हुन्छ। सल्फरको मात्रा बढि भएको एमिनो एसिडले खाग बनेको हुन्छ।

चिनियाँहरुले दुई हजार वर्षअघिदेखि गैंडाको खाग औषधीको रुपमा प्रयोग गरेका थिए। ज्वरो, बाथलगायत अन्य रोगका लागि यसको प्रयोग हुँदै आएको छ। चिनियाँहरुले सर्पको डसाई, टाइफाइड, टाउको दुखाई, वाकवाकीलगायतको रोगहरु निको पार्नका लागि प्रयोग गरेपनि खागले ती रोगको निदान गर्छ भन्ने कुनै प्रमाणिक तथ्याङ छैन।

विशेषत: गैंडाको खागलाई कामोत्तेजकको रुपमा लिइन्छ। मानिसको कामवासना जागृत गराउने भएकाले कामवासना जगाउने औषधीको रुपमा प्रयोग हुन्छ। तातोपानीमा धुलो बनाइएको गैंडाको खागलाई मिसाएर विरामीहरुलाई ख्वाएमा विभिन्न रोगहरुको निको हुने चिनियाँ विश्वास छ।

‘टाइगर बोन एण्ड राइनो हर्न’का लेखक रिचार्ड इलिसका अनुसार गैंडाको खागले हालसम्म कुन रोगलाई निको पार्छ भनेर कुनैपनि आधिकारिक तथ्यांक नभएकाले पुरातनवादी उपचार विधिमा विश्वास गर्नेहरुले मात्र प्रयोग गरेको बताएका छन्।

नेपालमा चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २००० देखि २००३ सम्म ९१ वटा गैंडा मारिएको इतिहास छ। सरकाले वन क्षेत्रमा संरक्षण र सुरक्षालाई गम्भीर रुपमा लिएपछि यसको संरक्षण हुन थालेपनि तस्करी रोकिएको छैन।

सबै वन्युजन्तुहरुका आ–आफ्ना महत्वहरु रहेका हुन्छन्। हामी डाइनोसरलाई कल्पना मात्र गर्न सक्छौं। तर, प्रत्यक्ष रुपमा देख्न सक्दैनौँ। गैंडा जस्ता अन्य जनवारहरुलाई हामीले संरक्षण गर्न सक्यौ भने भावी पुस्ताले प्रत्यक्ष रुपमा देख्न पाउने अवसर पाउनेछन्।

नर्दन ह्वाईट प्रजातिको भाले गैंडा संसारबाटै लोप भयो। संसारबाट तस्मनियन टाइगर, गोल्डेन टोड, जन्जिबार लियोपार्ड, जवान टाइगरलगायतका जनवारहरु लोप भए। यस्ता जनवारहरु चोरी शिकारी र मानवीय क्रियाकलापका कारण लोप भएका हुन्।

पृथ्वीमा सबै प्राणीलाई समान रुपमा बाँच्न पाउने हक छ। जनवारहरुको विकास क्रमको इतिहास केलाउने हो भने मानव जातिभन्दा अगाडि पृथ्वीमा उत्पति भएर आएका जनवारहरुको अहिले पनि अस्तित्व छ। मानवीय कारणले प्राणीहरुलाई हानी पुर्‍याउनु गलत हो किनभने पृथ्वी सबै प्राणी र वनस्पतिको साझा हो।
प्रकाशित : चैत्र ११, २०७४ १३:०६

यस्ती छन्, साउदीकी ‘रोबोट नागरिक’ सोफिया

सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो । हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ । कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ मसिन बन्यो ।

साउदी सरकारले गत अक्टोवरमा रोबोट सोफियालाई आफ्नो नागरिकता दिएदेखि नै विश्वमा चर्चा चुलिएको थियो। हो त्यही सोफियाले बुधबार यूएनडीपीसहितका साझेदारको आयोजना गर्ने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा मन्तव्य दिने छिन्। यूएनडीपीको ‘इन्नोभेसन च्याम्पियन’ समेत पदवी पाएकी सोफिया कस्ता छिन् भन्ने बारेमा धेरैमा चासो बढेको छ।
सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो। हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ। कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ मसिन बन्यो।

कतिपय मुलुहरुमा मानिसले नागरिकता नपाएर अनागरिक भइ शरणार्थी जीवन बिताइरहेका बेला रोबोटले नागरिकता पायो भनेको सन्दा अचम्म लाग्न सक्ला। तर, यो सत्य हो। महिलाहरुलाई खुल्ला रुपमा हिँड्डुल गर्न बन्देज लगाइएको मुलुक साउदी अरवले सोफियालाई नागरिकता दिएपछि तरंगित नहुने कुरै थिएन।

डिज्नीका पूर्व सर्जक डाक्टर डेभिड ह्यान्सनले निर्माण गरेको यो रोवर्टलाई साउदी सरकारले २५ अक्टोबर २०१७ मा नागरिकता दिएको हो।

सोफिया मानवीय आकृति भएको एक ह्युमोनोइड रोबोट हो। हङकङस्थित ह्यानसन रोबटिक्सले सोफियाको निर्माण गरेको हो। सोफियालाई १९ अप्रिल २०१५ मा अमेरिकाको टेक्सासमा पहिलो पटक विश्व सामू प्रस्तुत गरिएको थियो। सोफिया सन् २०१६ को मध्य मार्चमा सार्वजनिक भई।

सोफियामा आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बुद्धि), भिजुअल डाटा प्रोसेसिङ र फेस रिकग्निेशन प्रयोग गरिएको छ। यसको सहायताले बोल्ने, देख्ने, चिन्ने गर्छे। गुगलको अल्बेट कम्पनीले सोफियाको आवाज (भ्वाइज रिकग्निेसन) को निर्माण गरेको हो।

मानिस जस्तै उसले ६२ भन्दा बढि हाउभाउ देखाउन सक्छे। मानिससँग सिधै साक्षत्कार र प्रश्नहरु गर्न सक्ने खुबी उसमा छ। मानवीय समेवदनासँगै ऊ आफ्नो प्रस्तुति दिन सक्छे। त्यसैले ऊ मानवीय समवेदना भएको विश्वको पहिलो मानव निर्मित रोबोट हो।

सोफियाको आँखामा कप्युटर क्यामेरा जडान गरिएको छ। जसको सहायताले उसले आकृतिहरु पहिचान गर्न सक्छे। गत जनवरीमा उसलाई पुन: विकासित गरेर हिड्न सक्ने बनाइएको छ। सोफिया वार्तालापका लागि पहिलो पटक निर्माण गरिएको कम्पयूटर प्रोगाम ‘एलिजा’सँग मिल्दो जुल्दो छ। यो सफ्टवेयरले लेखेर दिइएका प्रश्नहरुको जवाफ दिन्छ। जसको मद्दतले रोबोटलाई वार्ता गर्ने, शेयर बजारको उत्तर दिनेलगायतको क्षमता वृद्धि गराउन मद्दत पुर्‍याउछ।
डेभिड ह्यान्सले सोफियालाई स्वास्थ्य, थेरापी, शिक्षा, भीड नियन्त्रणलगायतका क्षेत्रहरुमा प्रयोग गर्न सकिने बताउदै आएका छन्। सोफियालाई सामाजिक कार्यहरुका लागि पनि प्रयोग गर्न सकिन्छ।

सोफियाको अनुहार चर्चित ब्रिटिस अभिनेत्री एड्री हेपबर्नको अनुहारसँग मिल्दोजुल्दो छ।
सोफियाको बारेमा १० बिलियन पटक समाचारहरु पढिएको र हेरिएको छ। यो रोबोटले विश्वका उच्च तहका मानिसँग साक्षत्कार गरेको छ। सोफियाले उद्योग तथा व्यापारिक क्षेत्रको बारेमा आफ्ना धारणाहरु सार्वजनिक गरेकी छे।

अन्तर्वार्ताको क्रममा सोफियाले आफू प्राविधिक रुपमा कुनै लैङ्गिक प्राणी नभएको बताएपनि आफूलाई महिलाको रुपमा संसारले चिनेको उल्लेख गरेकी थिई।
साउदी सरकारले सोफियालाई नागरिकता दिएपछि सोफियाको बारेमा थुप्रै टिप्पणीहरु भए। साउदीमा महिलाहरुलाई एक्लै बाहिर हिड्न बन्देज लगाइएको छ। सेफिया भने कुनै पुरुष अभिभावक बिना हिंडिरहको भन्दै उसको नागरिकताको विषयलाई लिएर अलोचना सुरु भएको छ। साउदी सरकारले मुस्लिम समुदायलाई मात्र नागरिकता दिन्छ। यसले सोफियाको धर्म के हो र ऊ किन मुस्लिम समुदायका महिलाहरुले लगाउने हइजाव लगाउदिन भन्ने प्रश्नहरु पनि उठेको छ।

नागरिकता लिएपछि उक्त देशको कानुन र सर्तहरु मान्नुपर्ने आलोचकहरुको भनाइ छ। सोफियाको विषयमा डेभिड हयान्सनले ऊ साउदीको नागरिकको तर्फबाट विश्वमा महिला अधिकारको बारेमा वकालत गर्ने बताएका थिए। डेभिडको प्रतिक्रियालाई ‘न्यूज विक’ पत्रिकाले ‘कुरा नबुझिए’को भन्दै प्रश्नको जवाफ बङ्गाएको आरोप लगाएको थियो।
सोफिया विकासित हुने क्रममा छे। नयाँ सोचका साथ हिजोको भन्दा आज ऊ विकासित हुदैछे। उसमा नयाँ नयाँ प्रयोग गरिंदै ‘अपग्रेड’गरिंदैछ।
प्रकाशित : चैत्र ६, २०७४ १९:२४
https://www.kantipurdaily.com/news/2018/03/20/152155318496627240.html?author=1

अलबिदा हकिङ : विश्वले सधै सम्झिरहनेछ

काठमाडौँ — आधुनिक विज्ञानका ज्ञाता एवं वैज्ञानिक स्टेफन हकिङको बुधबार मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइनका रुपमासमेत लिइन्थ्यो । आफ्नै निवास क्याम्ब्रिजमा ७६ वर्षको उमेरमा हकिङले देह त्याग गरे ।

भौतिक विज्ञानका ज्ञाता स्टेफन हकिङ ब्ल्याक होल, हिस्ट्री अफ टाइम र थेउरी अफ एभ्रिथिङका कारण चर्चित थिए/छन् । विज्ञानका पिता अल्बर्ट आइन्सटाइनले पत्ता लगाउन नसकेका तथ्यहरु उनले पत्ता लगइदिएर सिंगो विश्वलाई आफूतिर ध्यानाकर्षित गरे ।

ब्रह्माण्डको इतिहास, रचना, वर्तमान अवस्था र भविष्य, समयको व्याख्यलगायतको विषयमा उनको खोजलाई विश्वले सधै सम्झिरहनेछ ।

हकिङले पृथ्वीमा जन्मलिइरहँदा दोस्रो विश्व युद्ध थियो । सन् १९४२ को जनवरी ८ तारिखका दिन जन्मिए । न्यूरो सम्बन्धिको रोगका कारण २१ वर्षको उमेरमा प्यारालाइज्ड भए ।

डाक्टरहरुले दुई वर्षसम्म मात्र बाँच्छ भनेर घोषणा गरे, थप ५५ वर्षसम्म बाँचेर देखाइदिए । उनको त्यो ‘बोनस’को जीन्दगीले २१औँ शताब्दीको विज्ञानले ठूलो फड्को मार्‍यो ।

हकिङको जन्म यूकेको क्याब्रिजमा भयो । पीता फ्रयाङ र स्कटिस आमा इजोबेलको एक मात्र छोरा हकिङका दुईजना बहिनीहरु छन् । एक जना धर्मपूत्र दाजु ।

सेन्ट अल्बान्स स्कूलमा पढे, क्याब्रिजबाट ग्रयाजुएशन गरे भने अक्सफोर्डबाट पिजी गरे । सन् १९६६ मा कस्मोलोजी र एप्लाइड म्याथम्याटिक्समा पिएचडी पूरा गरे ।

क्याब्रिजमा १९७९ देखि २००९ सम्म लुकासियन म्याथम्याटिक्सको प्रोफसरका रुपमा काम गरे । सो अवधिमा ३९ जना पिएचडीका विद्यार्थीहरुलाई ‘सुपरभाइज्ड’गरे ।

शरिरका कुनै अंग चल्दैन थियो । न्यूरो सम्बन्धिको रोगले च्यापेपछि आवाज निस्किन छाड्यो । गालाको मांशपेशी मात्र चल्दथ्यो । मसिन स्पिकिङ जेनेरेटिङ डिभाइसको मद्दतले कुरा गर्थे । उनका दुई जना श्रीमती भएपनि कुनैसँग दाम्पत्य जीवन सफल हुन सकेन । सन् १९६५ मा जेन विल्डसँग विवाह गरेपनि १९९५ मा डिर्भोस भयो । दोस्रो श्रीमती इलेनी म्यासोनसँग १९९५ मै विवाह गरेपनि २००६ मा इलेनीले पनि हकिङलाई छाडिन् ।

सन् १९८८ मा हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक प्रकाशित भयो । पुस्तकले विश्वलाई हल्लाइ दियो । १० मिलियन भन्दा बढि पुस्तक विक्री भयो । पत्रपत्रिकाहरुमा दुई सय हप्तासम्म उनको पुस्तकबारे चर्चा/परिचर्चा भए ।

आधुनिक खगोलशास्त्र र आधुनिक भौतिक विज्ञान अध्ययन गर्नका लागि चाहिने जानकारी पुस्तकमा थियो । पुस्तकमा ब्रह्माण्डको शुरुवात, विकास र यसको अन्त्यका बारेमा चर्चा गरिएको थियो । अन्तरीक्ष र समयको बारेमा समेत पुस्तकमा उल्लेख गरिएको थियो ।

हकिङले बिक ब्याङ र ब्ल्याक होलको बारे विश्वलाई जानकारी गराए । ‘ब्ल्याक होल’ सिद्धान्त प्रतिपादन गरे । ‘थेउरी अफ एभ्रिथ्रिङ’ उनको अर्को महत्वपूर्ण खोज थियो ।

भौतिक विज्ञानका सबै सिद्धान्तलाई परिभाषित गर्ने ‘थेउरी अफ एभ्रिथिङ’मा हकिङ सफल बने । उक्त सिद्धान्त अध्ययन गर्ने क्रममा अल्बर्ट आइन्सटाइन भने असफल बनेका थिए । आइन्सटाइन ‘यूनिफाइड थेउरी’मा सफल पाउन सकेका थिएनन् । उनको जीवनमा आधरित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रिथिङ’ भन्ने हलिउड फिल्मको निर्माण भयो । जुन आज पनि चर्चित छ ।

ब्ल्याक होलको बारेमा विश्वका अधिकांश मुलुकहरुमा पढाइ हुन्छ । नेपालमा कक्षा १० को विज्ञान कितावमा पनि यसको बारेमा अध्ययन गर्नुपर्छ ।

ब्ल्याक होलको खोज खगोलीय विज्ञानको महत्वपूर्ण उपलब्धी मानिन्छ । ब्ल्याक होल अति धेरै गुरुत्वाकर्षण भएको क्षेत्र हो । जहाँबाट प्रकाश परावर्तन भएर बाहिर आउन सक्दैन । ब्ल्याक होलमा प्रकाश (फाटोन) प्रवेश गरेपछि बाहिर आउन सक्दैन । उनले यसको पुष्टि पनि गरिदिए । अन्तरीक्षको कुनै एउटा ठाउँमा प्रकाशका किरणहरु बाङ्गिएको थाहा पाएपछि अध्ययन गर्ने क्रममा उनले ब्ल्याक होल भएको पत्ता लगाएका थिए ।

हकिङले ब्रह्माण्डमा समयको शुरुवात सम्बन्धमा समेत व्याख्या गरिदिए । उनले आइन्सटाइनको सापेक्षताको सिद्धान्तलाई अझ व्याख्या गर्दै समय पनि सापेक्ष हुन्छ भन्ने कुरा सिद्धि गरिदिए ।

यस बाहेक हकिङले हकिङस् रेडिएसन, हकिङ फर्मूलाजस्ता सिद्धान्तहरु प्रतिपादन गरे । उनलाई संयुक्त राज्य अमेरिकाले सन् २००९ मा प्रेसिडेन्टल मेडल फर फ्रिडम पुरस्कारबाट सम्मानित गरेको थियो । सन् १९७८ मा अल्बर्ट आइन्सटईन अवार्ड, १९८८ मा वल्फ प्राइज, १९९६ मा अडाम्स् प्राइज, फाण्डमेन्टल फिजिक्स अवार्ड २०१२ पाएका थिए । सन् २०१५ मा उनलाई नलेज अवार्डबाट पुरस्कृत एवं सम्मानित गरिएको थियो ।

उनको जीवनकालमा बीबीसीको १०० ब्रिटोन्समा २५ औँ नम्बरमा समेत अटाउन सफल भए ।

हकिङ संसारबाट बिदा भएर त गए । तर, उनका मानवताको भविष्य सम्बन्धि भविष्यवाणी (सन् २००६), विज्ञान र आदर्श, धर्म सम्बन्धि कुराहरु हाम्रा लागि महत्वपूर्ण रहिरहने छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ 

रकेटले ल्याएको परिवर्तन

अमेरिकको स्पेस एक्स नामक संस्थाले केही साताअघि विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘फाल्टोन’ मंगल ग्रहका लागि पठायो । हाम्रो जस्तो अविकासित मुलुकहरुका लागि रकेट एउटा सपना हो । समृद्धिको पाइला मुलुक अघि बढेमा नेपालको रकेट सपना पक्कै पुरा होला ।

रकेट भन्ने बित्तिकै सबैलाई चासो हुन्छ। आखिर रकेट के हो र यसको प्रयोग किन गरिन्छ यस्ता प्रश्नले बेलाबेला हाम्रो मनमस्तिष्कले सोचिरहन्छ। सामन्यता रकेट भन्नले हामी अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई बुझ्ने गरेका छौँ ।

न्यूटनको चाल सम्बन्धिको तेस्रो नियम हरेक अवस्थामा क्रिया र प्रतिक्रिया बराबर हुन्छ भन्ने सिद्धान्तमा आधरित भएर रकेटको निर्माण गरिएको छ। तीव्र गतिमा रकेटको पछाडि फ्याक्दा अगाडिको दिशाको अनुपातमा बल मिल्छ र गति बढ्छ। विभिन्न क्षेप्यास्त्र, अन्तरिक्ष यान तथा जेट विमान पनि रकेटका उदाहरणहरु हुन्।
सवारी साधनहरुमा डिजेल र पेट्रोल इन्जिन जस्तै रकेटमा रकेट इन्जिनले काम गर्छ। यो अन्य इन्जिनहरुभन्दा फरक हुन्छ। यो प्रतिक्रिया इन्जिन हो। न्यूटनको चाल सम्बन्धिको तेस्रो नियममा आधरित भएर यसको निर्माण गरिएको हुन्छ। यो इन्जिनले एउटा दिशामा भार उत्सर्जन गर्छ भने अर्को दिशामा प्रतिक्रियाबाट लाभ उठाउँछ।

उच्च दबाब परेपछि रकेट इन्जिनले सामान्यतय: उच्च चापमा वायवीय ग्याँस फ्याँक्छ। इन्जिनमा हुने प्रज्जवलनशील इन्धन र अक्सिडाइजरबीच रसायानिक प्रतिक्रिया भएपछि वायवीय ग्यास‘एक्जहस्ट ग्याँस’ निस्कन्छ। ईन्जिनले वायवीय ग्याँस फ्याँकेपछि अर्को दिशामा रकेटले प्रतिक्रिया गति प्राप्त गर्छ।

प्रज्जवलन च्याम्बरले वायवीय ग्यासलाई तीव्र गतिमा रकेटको नोजलबाहिर उत्सर्जन गराइदिन्छ। इन्जिनमा ठोस इन्धन प्रज्जवलन हुँदा इन्धनबाट निस्क्ने वायवीय ग्याँसको मात्रामा कुनै कुनै अन्तर आउँदैन, समान हुन्छ।

रकेट इन्जिनमा एक किलोग्राम इन्धन दोहन हुँदा रकेटको नोजलबाट उच्च तापक्रम र गतिमा एकै किलोग्राम बराबरको ग्यास उत्सर्जन हुन्छ। इन्धनको स्वरुपमा परिवर्तन भएपनि मात्रामा कुनै परिवर्तन आउँदैन। इन्धनको दोहनले वायुवीय ग्याँसलाई गति प्रदान गर्छ। यसरी रकेटले शक्ति प्रदान गर्छ। पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४० हजार कि.मि. प्रतिघण्टाको दरले उड्नुपर्छ। रकेटहरू खण्डखण्डमा निर्माण गरिएको हुन्छ। सामान्यतय रकेटमा ३ खण्डहरू हुन्छन्। प्रत्येक खण्ड काम पूरा भइसकेपछि खस्ने गर्छन्। इन्धन बोक्नका लागि यस्ता खण्डहरुको निर्माण गरिएको हो।

पृथ्वीमा सर्वप्रथम आतिशवाजीको रुपमा चिनियाँहरुले एक हजार बर्षअघि रकेट बनाएको इतिहास छ। गनपाउडरले चल्ने त्यस्ता रकेटहरुलाई टोकरीमा राखेर पड्काइन्थ्यो। २०औँ शताब्दीतिर अमेरिकामा पहिलो पटक इन्धनबाट चल्ने रकेटको निर्माण गरियो। सन् १९२६ मा अमेरिकी नागरिक रोर्बट गोडार्डले ३.५ मिटर लामो रकेट उडाए। यान दुईतले घरको उचाई बराबर मात्र उड्यो। २.५ सेकेन्ड अवधिमा यान ५६ मिटर पर पुगेर झर्यो।

अन्तरिक्षमा आर–७ आइसिबिएम रकेट प्रक्षेपण भएको थियो। स्पुतनिक नाम मानवनिर्मित उपग्रहलाई छाड्नका लागि यो रकेट ४ अक्टोबर सन् १९५७ मा प्रयोग गरिएको थियो। सन् १९६१ मा तत्कालीन सोभियत यूनियनको भोस्तोक–१ नामक रकेटबाट यूरि गाग्रिनले पहिलो पटक पृथ्वीको फन्को मार्दै इतिहास रचे। अमेरिकाले सन् १९६९ मा अमेरिकाको एपोलो–११ रकेट चन्द्रमा अवतरण भयो। निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानव बने।
रकेट मिसाइलको निर्माण दोस्रो विश्वयुद्धमा जर्मनहरुले बनाए। वेर्नहर भन ब्राउनले पहिलो भिटू नामक रकेट मिसाइलको आविष्कार गरेसँगै आधुनिक रकेट मिसाइलहरुको निर्माण कार्य शुरु भयो।

रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो। उपग्रह र अन्तरिक्षयान प्रक्षेपण गर्न रकेटको आवश्यक पर्छ। अन्तरिक्षमा भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ ।

 फाल्गुन २७, २०७४ मा कान्तिपुरमा प्रकाशित 
https://www.kantipurdaily.com/technology/2018/03/11/20180311160659.html?author=1

उर्लावारीमा कांग्रेस कि कम्युनिष्ट बलियो ? (समाचार टिप्पणी)

‘सुखमा आत्तिने र दुःखमा मात्तिने हैन । नेतृत्व गर्नेले कसैको आश र त्रासमा बा“च्ने हैन ।’ चन्द्रबहादुर भट्टराई ‘भरत’ ले उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्षको हैसियतले रोष्टममा उभिएर बोलेको अन्तिम भाषणको वाक्य हो । भदौ ११ गते भएको निर्वाचनमा प्रितम खड्गीस“ग भट्टराई ६७ मत अन्तरले हारे ।

अध्यक्षमा विजयी खड्गीले व्यापारीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउने बताए । वाम र लोकतान्त्रिक गठबन्धन गरेर उर्लाबारीका व्यापारीहरु चुनावमा भोट माग्दै व्यपारीहरु कहाँ गएका थिए । नतिजा आइसकेको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य सचिव र दुई कार्यसमिति सदस्य सहित ५ पदमा लोकतान्त्रिक गठबन्धन विजयी भयो । बा“की पदहरुमा वाम गठबन्धनका उम्मेद्वारहरुले जिते ।

वाणिज्य संघको इतिहास हेर्ने हो भने काँग्रेसका लागि यो घाटा हो । कारण उर्लाबारीको वाणिज्य संघको धेरै वर्षसम्मको नेतृत्व काँग्रेसले लिनु र व्यापारीहरु काँग्रेस निकट बढी छन् । दुई ठूला पार्टी मिलेर बनेको कम्युनिष्ट पार्टीसँग एक्लैले भिड्नु उसका लागि कम चुनौती थिएन । अघिल्लो चुनावमा नराम्ररीले हार चाखेको काँग्रेसले यस पटक अध्यक्ष पद हत्याएरै छाडेको छ ।

व्यापारीहरुले नयाँ अनुहारलाई रुचाए, खड्गी विजयी बने । पार्टी सदस्यता वितरणको हिसाबले कम्युनिष्टको वर्चस्व रहेको उर्लाबारीमा पछिल्लो समय काँग्रेस शक्तिशाली बन्दै गएको र वामगठबन्धन अहमता र घमण्डका कारण कमजोर बन्दै गइरहेको हो भन्ने बहस ल्याइदिएको छ । एउटा चुनावलाई हेरेर कुन पार्टी बलियो र कमजोर भन्ने आ“कलन गर्न नमिले पनि यसका केही संकेतहरु चाहीँ देखिन्छन् । पंक्तिकार कुनै राजनीतिक विश्लेषक हैन । उर्लाबारीको धरातलीय यथार्थलाई केलाउन भने कोसिस गरेको छ ।

प्रदेश र केन्द्र चुनावमा वामगठबन्धनले जित्यो, स्थानीय तह चुनाव उर्लाबारीमा हार्यो । प्रसंग सुरु गरौँ अघिल्लो वर्षको सामुदायिक वनको चुनावबाट । कम्युनिष्टहरुको वर्चस्व रहेको बेतिनी सामुदायिक वनमा एकाएक काँग्रेस हाबी भयो । सचिव, सहसचिव र कोषाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वारहरु विजयी भए । कम्युनिष्ट गठबन्धनका उम्मेद्वारहरु हारे ।

उर्लाबारी नगरपालिकामा वाम गठबन्धनको स्पष्ट बहुमत भएपनि कम्युनिष्ट निकटका जनप्रतिनिधिहरुले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । उही पुरानो शैली र बानी व्यवहारका कारण उर्लाबारीका कम्युनिष्टहरुले जनमत त गुमाउदै छैनन् ?

उद्योग वाणिज्य संघको चुनाव यसको दृष्टान्त हो । सुरुबाटै पुरै प्यानल जित्ने आँकलन गरेको गठबन्धनले विपक्षीलाई सामान्य ठान्यो । व्यापारीलाई भोट खन्याउने ठाने । सो पार्टीका नेताहरु दम्भ देखाउँदै हिडे । काँग्रेसले आफ्नो भरपुर शक्ति परिचालन गरेको थियो । पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि काँग्रेस राम्ररी लागिपर्यो । उसले आप्mना जनप्रतिनिधिदेखि भातृसंगठनको परिचालन गर्न भ्यायो ।

काँग्रेसका बाबुछोरादेखि नातिसम्म आप्mनो पार्टीको उम्मेद्वारलाई जिताउन लागि परे । प्रचारमुखी अभियानलाई तीव्रता दिए । माहोल बनाए । माहोल बिग्रन नदिनका लागि काँग्रेस नेतृत्वले होसियारी अपनायो । यसअघिको चुनावको हारबाट गतिलो पाठ सिक्दै अन्तरघातीहरुलाई पहिचान गरेर उनीहरुलाई त्यही अनुसारको जिम्मेवारी दिँदै त्यसतर्फ ‘इन्गेज्ड’ गराइदियो ।

वाम गठबन्धन पहिलेदेखि नै चुनाव जित्नेमा ‘ओभर कन्फिडेन्ट’ देखिन्थ्यो । भातृ संगठनहरुलाई परिचालन नगरी उही ‘पुरतनवादी’ सोचाई भएका नेताहरु व्यपारी कहाँ“ भोट मागे । आप्mना जनप्रतिनिधिहरुलाई परिचालन गरेनन् । आफू निकटका व्यापारीहरुलाई भोट दिइहाल्छ, माग्नुपर्दैन भनेर टाउको गने । यस्तै प्mयाक्टरहरुले वामगठबन्धन चुक्यो ।

वाम गठबन्धनले चुनाव हार्नुको अर्को कारण भनेको ‘नया“पन’। व्यपारीहरु सधै“ परिवर्तन चाहन्छन् । उनीहरु आप्mनो समस्या कसैले सुनिदिओस् भन्छन् । व्यपार क्षेत्रमा देखिएको समस्या समाधान गरिदिनेलाई भोट दिन्छन् । दुःखमा मलहम पट्टि गरिदिने खोज्छन् । भरत भट्टराई र धर्म शाक्यलाई उनीहरुले यसअघि रुचाएकै हुन् । दुवैले संघको नेतृत्व गर्ने अवसर पाए । काम गर्न पनि खोजे । तर, कतिपय व्यापारीहरु यस्ता हुन्छन् जो नयाँ नेतृत्व रुचाउँछन् । यसअघि चुनाव हारेका खड्गीलाई यस पटक भोट दिऊँ न भन्ने ‘फ्याक्टर’ पनि खड्गीको जितको सारथी बन्यो ।

उर्लाबारीका पूर्व एमाले र एमाओवादीका केही नेता÷कार्यकर्ताहरुको हालसम्म बोलचाल छैन । उनीहरुभित्र गुट उपगुट मौलाउदै गएको छ । एकले अर्कालाई सिध्याउने खेलमा छन् उर्लाबारीका कम्युनिष्टहरु । अर्काको अस्तित्व स्वीकार नगर्ने परिपाटी, आफैँ सर्वोपारी ठान्ने, नेता÷मन्त्री चिनेको धाक लगाउने, शक्तिको पछाडि दौडने अनि आफूलाई नेता हुँ भन्दै हिड्ने तर जनताको काम नगरिदिने एउटा जमात छ उर्लाबारीका कम्युनिष्टहरुमा छ । जुन खिल बनेर उनीहरुस“ग बसेको छ । यसमा उनीहरुको ध्यान गएको देखिदैन ।

उर्लाबारीका वामपन्थीहरु आश्वासन बढी दिने खालका छन् । केही नेता राम्रा पनि छन् । काँग्रेसका नेताकहाँ कोही गयो भने तत्काललै पहलकदमी गरिदिन्छन् । उनीहरु बढी ‘रेस्पोन्सिप’ छन् । यो प्mयाक्टरले पनि वाणिज्य संघमा काँग्रेसले अध्यक्ष पद हत्यायो ।

उर्लाबारीमा त्यही पुराना नेता, घ्याङ्लो व्यवहार, गफ बढी काम कम, खुट्टा तान्ने प्रवृत्ति, सबै नेता हुन खोज्ने परिपाटी र वामपन्थीहरुको व्यक्तिगत स्वार्थका कारण पनि उनीहरुले जनमत गुमाउदै गएका छन् । उर्लाबारीबाट निर्वाचित भएकै जनप्रतिनिधिहरु स्वयम् यहा“का नेताहरुलाई मान्दैनन् । उही पुरानो बानी, काम पर्दा मात्र युवाहरुलाई सम्झने अरुबेला वास्ता नगर्ने परिपाटी उर्लाबारीका कम्युनिष्ट नेताहरुमा छ । वाणिज्य संघमा वामगठबन्धनको स्पष्ट बहुमत देखिएपनि मुख्य पद नै हारेपछि त्यसको कुनै अर्थ राख्दैन ।

र अन्त्यमा,उर्लाबारीमा हुने सामाजिक संघसंस्थाका चुनावमा राजनीतिक दलहरुले प्यानल खडा गरेपनि चुनावमा व्यक्ति ‘प्mयाक्टर’का कारण जित्ने गरेको पाइएको छ । वाणिज्य संघको यो पटकको चुनावमा वामगठबन्धनका डिल्ली खतिवडाले सार्वधिक मत ल्याए । उनले पाएको उक्त भोट पार्टीका व्यपारीहरुको मात्र होइन । विपक्षी दलहरुका व्यपारीहरुस“गको राम्रो सम्बन्ध, नेतृत्वमा हुने गुण, सबैसँग तालमेल गर्न सक्ने क्षमताका कारण खतिवडाले धेरै मत पाए । काँग्रेसबाट महासचिवमा उठेका हेमराज गुरुङले पाएको मतलाई पनि कम आँक्न मिल्दैन । छोटो समयमा धेरैको मनमस्तिष्कमा पर्न सफल गुरुङ चुनाव हारेपनि अर्को पटक उनी शक्तिशाली उम्मेद्वार बन्ने निश्चित छ ।

उर्लाबारीमा काँग्रेसमा एक÷दुई जना राम्रा नेता भए पनि अन्यको हलचल पनि वामपन्थी नेताहरुकै जस्तो परिपाटी ज्यादा छ । आलाका“चाहरुलाई पार्टी नेतृत्व सुम्पिने होडबाजी पनि छ । काँग्रेसको सिद्धान्त नबुभ्mने, राजनीतिक अपरिपक्वता, हाहाहुहु, हुलदुंगा गर्ने तत्वहरु पनि उर्लाबारीको काँग्रेसमा बढ्दै गएको देखिन्छ । वामगठबन्धनमा कुशल संगठककको अभाव खड्किएको छ भने काँग्रेसमा वैचारिक कार्यकर्ताको अभाव देखिएको छ ।

२०७५ भदौ १४ गतेको निगरानी दैनिकमा प्रकाशित

को थिई ऊ ? भाग –२(कथा)

विकासले यसरी ती युवतीको बारेमा चर्चा गर्दै गयो । उसको कथा साथीहरुले सुनिरहेका थिए । नजिकै रहेको अविनाशले भनिहाल्योे–‘कोठामा गएपछि के भयो ? ’

अन्य साथीहरु पनि युवतीको बारेमा जानकारी लिनका लागि इच्छुक थिए । विकासको त्यो कथा कुनै फिल्मभन्दा कमी थिएन ।

विकासले विगत सम्झदै पुनः उसको कथा सुरु ग¥यो,
रुम पुगिसक्दा ४ बजिसकेको थियो । त्यसदिन म जिम पनि गइनँँ  । उसैकाेे बारेमा सोचिरहेँँ  । फेसबुकमा त्यसरी प्रस्तुत हुने उनलाई पहिलो पटक यस्तो अवस्थामा देख्दा मेरो मन कता कता दुखिरहेको थियो ।

उसको त्यो अवस्थाप्रति ममा माया,दया र घृणा सबै पलाएको थियो ।

उसको हालतलाई देखेर म पनि त उसको समस्यामा सरिक हुनुपथ्र्यो । पहिलो पटक नै सही उसको अवस्थाप्रति प्रति म गम्भीर हुुनुपथ्र्यो । यस्ता विभिन्न प्रश्नहरु मेरा मनमा उब्जिएका थिए ।

उसका फोटोहरु मेरो ग्यालेरीमा सेभ भएका थिए । मलाई उसको नाम थाहा पाउनै पर्ने थियो । त्यसका लागि के गर्ने ? यसको उत्तर थियो च्वाइस क्याफेमा जाने । अर्को दिन जसरी नि क्याफे पुग्छु भनी त्यसदिन त्यतिकै सुतेँ ।

भोलिपल्ट म विहान सवेरै उठेँ । दैनिकी सिध्याएर कलेजतिर गएँ । मेरो कलेज बानेश्वरमा थियो । होटल म्यानेजमेन्टको विद्यार्थी थिएँ ।

उसलाई विहान क्याफेमा पो भेट्छु कि भनेर म क्याफेतिर गएँ । क्याफे विहानै खुलेको थिएन । त्यतिकै फर्केँ । त्यसदिन १५ कलेजपुग्दा पन्ध्र मिनेट ढिला भएको थियो ।

सरहरुले पढाएको कुरा पनि केही बुझिनँ । टिफिनमै घर आएँ । घर आउने क्रममा पुनःक्याफे छिरे । क्याफे भरीभराउ थियो । विभन्न कलेजका विद्यार्थीहरु थिए । कोही चिया÷कफी लिदै गरेका त कोही चु्रोट तान्दै गरेका । क्याफेमा म जानुको उद्देश्य अर्कै थियो ।

म त्यही केटी आएकी छे कि भनेर क्याफे गएको थिएँ । म टिफनमै घर आउनुको कारण पनि ऊ नै थिईँ ।
उसलाई एकपटक देख्दा मेरो मन,मस्तिष्क सबै ऊप्रति केन्द्रीत हुन थासिकेको थियो ।

मनमै एउटै प्रश्न उब्जिरहन्थ्यो ,को थिई ऊ ? उसको नाम के हो ? ऊ किन त्यस्तो हालतमा पुगी ?

क्याफेमा धेरै भिडभाड भएकाले उसको बारेमा दिउँसो जान्नुपरो भनी म सरासर कोठातर्पm लम्किएँ ।

दिउँसो म अघिल्लै दिनको समयमै क्याफे पुगँ । ३ कप कफी लिइसक्दा चार बजिसकेको थियो । अहिलेसम्म उसको कुनै अत्तोपत्तो थिएन । ऊ आएकी थिनँ ।

क्याफेमा ऊ यसअघि पनि आउने गर्थी कि गर्थिन ? यसको बारेमा कुनै जानकारी नै नलिई म उसको आगमनलाई पर्खिरहेको थिएँ । ऊ सधैँ आउने क्याफे पनि नहुन सक्थ्यो ।

यसबारे जान्नका लागि क्याफे सञ्चालकलाई भन्ने आँट आएन । वेटर मेरै उमेरको थियो । कफी मगाएँ । उसलाई युवतीको बारेमा सोध्ने निष्कर्श निकालेँ । युवतीको बारेमा भन्दा वेटरले को हो भनेर ठ्याक्कै ठम्याउन सकेन । अघिल्लो दिनको कुराहरु गरेपछि मात्र उसले थाहा पायो ।

युवतीलाई उसले चिन्न त चिन्यो । तर नाम थाहा रहेनछ । क्याफेमा ऊ पनि आउने गरेको कुरा उसले बतायो । प्रायःकलेजको ब्रेकमा ऊ आउने गरेको वेटेरले बतायो । तर,त्यसदिन युवती नआएको उसले बतायो ।

वेटर मार्पmत ऊ पढ्ने कलेजको जानकारी लिएँ । बानेश्वरकै केएमके कलेज पढ्ने गरेको उसले बतायो ।

म कान्तिपुर इन्टरनशनल कलेजको विद्यार्थी थिएँ । उनीसँगको भेटमा कलेजबारे भन्नुपर्दा ‘केआइके’ कलेज भन्ने सोचेको थिएँ । उसको नाम नै नथाहापाइकन मैले भेट्ने कुरा सम्झिएछु ।

त्यसदिन क्याफेमा ६ कप कफी लिएछु । जीवनमै यतिधेरै कफी कल्यिै लिएको थिइनँ । उसका लागि ६ कप कफी त के म ६ बोतल बियर पनि लिन सक्थेँ । कुनै अपसोच भएन । त्यसदिन मेरो क्याफेमै बित्यो ।

भोलिपल्ट म पुनःकलेजको ब्रेकमा क्याफेमा दौडिदै आइपुगेँ । तर,ऊ आएकी थिनँ । यसरी हप्तादिनसम्म म कलेजको ब्रेकमा उसलाई हेर्नका लागि भनी आएँ । तर ऊ आइँन । मेरो पढाइ र हाजिरी पनि छुट्थ्यो । कुनै प्रवाह नगरी उसलाई हेर्न चाहेको थिएँ ।

१० दिनपछि मैले उसलाई क्याफेमा देखेँ । त्यसपछि……….