Welcome to Gobinda Prasad Pokharel’s Personal Blog
Gobinda Pokharel is Nepal based researcher, educator, translator, and science writer with a keen interest in Climate Change, Wetland, ecology, biodiversity, water resources, space exploration, science policy, and health. He holds MSc in Environmental Science from Tribhuvan University. Previously, he looked after the science and environment bureau at Kantipur National Daily for over five years. Actively participating in various climate and conservation research projects, he has been honored with numerous National Science Awards from esteemed institutions including the Ministry for Education, Science and Technology, Nepal Academy of Science and Technology (NAST), and the Department of Environment of Nepal.
Mapping Disaster: A Satellite View of Rasuwa Flood
On August 26, 2026, Rasuwa District, Nepal, was struck by a powerful outburst flood, a devastating reminder of the challenges in...
Read More
Why Glaciology Must Become a Pillar of National Security
The catastrophic flash flood that recently tore through the Rasuwa corridor along the Bhote Koshi basin has left behind an...
Read More
Inside the Origin of the Rasuwa Mega Flood
On the morning of 26 August 2026, a catastrophic wall of water and debris tore through northern Nepal’s Bhote Koshi corridor...
Read More
How Himalayan Flash Floods Paralyzed Nepal’s Strategic Corridors
When the ice-rock avalanche collapsed from Langtang Lirung on the morning of 26 August 2026, the physical shockwave did not stop...
Read More
The Eels of My Childhood
I recently read Prabesh Khatiwada’s long feature story on Onlinekhabar titled ‘बाम माछाको...
Read More
What’s Next for Nepal’s Tigers ?
By Gobinda Prasad Pokharel Published: July 29, 2026 (Global Tiger Day) The Milestone We Celebrate Today, as the global...
Read MoreThis story was published in Kantipur Daily and Ekantipur Online in 8th August of 2022. It higtlights the issues of spider species of Nepal.
Spiders are less explored species in Nepal. The news story the types and the number of spider species based on in a newly published impact factor peer-reviewed journal.

The research paper published in 1995 by zoology professor Vasant Kumar Thapa, 144 species of spiders were found in Nepal. From the data published by the Department of National Parks and Wildlife Conservation in 2018, it is mentioned that there are 175 species of spiders in Nepal.

In the checklist of South Asia, it is mentioned that 222 species are found in Nepal. This research shows the spider speceis are 386 species are found in Nepal. This research also shows that the recorded 386 species of 34 families and 135 different genera. Among these spider species found in Nepal, 251 have been recorded only from Nepal.
In this story I have written about the ecology, behaviour, importance and the special things about the Spider. The story published in Kantipur is the first of its kind that Nepali Media has covered a full page details about Spider in Nepali Language in Nepal.
News heading In Kantipur Daily: किसानका साथी माकुरा
News Story Link: https://ekantipur.com/news/2022/08/07/165987352208773859.html
Gobinda prasad Pokharel, Kathmandu
Near Earth Space, founded by engineers of various disciplines, has built three rockets of different sizes. These rockets are not for commercial purposes but for research purposes. Arambha- 1, 2 and 3 are the three rocket modules that have been prepared.
लामो समययता नेपालमा फेरि देखिएनन् बाटागुर, बाटागुर ढोंगोका र चित्रा इन्डिका प्रजाति
वातावरण विज्ञानकी विद्यार्थी अस्मिता श्रेष्ठले सन् २०२० को मार्चमा सप्तरीमा धर्के भनिने भारतीय धुरी कछुवा फेला पारिन् । ती कछुवा कोसी ब्यारेजभन्दा २ सय मिटर पश्चिम नजिकैको एक पोखरीमा भेटिएको थियो । वातावरण विज्ञानकी शोधार्थी श्रेष्ठले भेट्नुअघि कछुवाको उक्त प्रजाति सप्तरीमा पाइएको स्थानमा रेकर्ड थिएन ।
झापास्थित कछुवा अध्ययन तथा प्रजनन् केन्द्रमा रहेको इलंगेटेट इन्डोस्टुडो टर्टोइस (लाम्चे कछुवा, ठोटरी) कछुवा । तस्बिर सौजन्य : आरको नेपाल ।
प्राध्यापक एवं हर्पिटोलोजिस्ट करन शाहद्वारा लिखित ‘हर्पिटो फाउना अफ नेपाल’ किताबमा यो कछुवा सुनसरी जिल्लामा पाइने उल्लेख भए पनि उक्त ठाउँ विशेषका लागि तस्बिरसहितको प्रमाण भने थिएन ।

आईयूसीएन रेड लिस्टले यो कछुवालाई असुरक्षित प्रजाति (भल्नर्रेबल स्पीसीस) श्रेणीमा राखेको छ । कछुवा भेटिएको बारे यसै महिना जर्नल अफ थ्रिटेन्ड ट्याक्सामा श्रेष्ठको यो अनुसन्धान प्रकाशित भएको छ ।
०००
सन् २०२० मा लुम्बिनीमा पनि इन्डियन आइड टर्टल (मोरेनिया पेटर्सी) प्रजातिको कछुवा भेटियो । त्यहाँ यो लामो समयपछि देखिएको थियो । साउथ एसिएन रेप्टाइल नेटवर्कमा यसबारे मे २१ मा आलेख प्रकाशित छ ।
उक्त कछुवा हरैया खोला नजिकै भेटिएको थियो । यो प्रजातिको अनुसन्धान निकै कम भएको उक्त आलेखमा उल्लेख छ । कछुवामा विद्यावारिधि गरिरहेका झापाका टपिलप्रकाश राईको मुख्य लेखकीय भूमिकामा प्रकाशित उक्त आलेखअनुसार यो कछुवा नदी क्षेत्र छेउछाउ बन्ने पोखरी तथा नदीले बहावको दिशा बदल्दा बनेका तालहरूमा पाइन्छ । यो तराई क्षेत्रको खोला पनि पाइने गरेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । यसअघि अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्याल लगायतको टोलीले सन् २००९ मा गरेको अनुसन्धानका क्रममा रूपन्देहीको गैंडाताल (नेपालमा प्रजातिको पहिलो रेकर्ड भएको स्थान) तथा आसपासका क्षेत्रमा यो प्रजातिको कछुवा भेटिएको थिएन ।

आईयूसीएनले कछुवाको यो प्रजातिलाई पनि असुरक्षित अवस्थामा रहेकाको सूचीमा राखेको छ । साइटिस अभिसन्धिअन्तर्गत यो अनुसूची २ मा सूचीकृत छ । पश्चिम नेपालका तराई क्षेत्रहरूमा अझै पनि यो प्रजातिका कछुवाहरू रहेको उक्त आलेखले देखाएको छ ।
०००
नेपालमा पाइने कछुवाहरूमध्ये लाम्चे पनि भनिने ठोटरी (इलंगेटेट इन्डोस्टुडो टर्टोइस) अति संकटापन्नमा सूचीकृत कछुवा हो । यो साइटिस अभिसन्धिको अनुसूची २ मा सूचीकृत छ । यसबारे अनुसन्धान गरिरहेका वातावरण अध्ययन तथा संरक्षण केन्द्र (इन्प्रोक्स) का अनुसन्धानकर्ता परमानन्द राजवंशी तराईदेखि चुरे क्षेत्रसम्म कछुवा पाइए पनि यसको संरक्षण स्थानीयस्तरबाटै गरिनुपर्ने बताउँछन् । सालको जंगलमा पाइने यो कछुवालाई कतिपयले पहेंलो कछुवा भनी भन्छन् ।
यसको संरक्षणमा चुनौती देखिएको उनी बताउँछन् । ‘ठोटरी विरलै भेटिन्छन्, भेटिहाले मानिसहरूले पकाएर खाइदिन्छन्,’ उनले भने, ‘प्राय: आदिवासी रैथाने समुदायहरूले कछुवालाई रोग निको पार्ने, धेरै पोषणयुक्त हुने भन्दै खाने गर्छन् । त्यसैले यो जोगाउन पनि स्थानीयस्तरबाटै थालिनु गर्नुपर्छ ।’ यो प्रजातिको कछुवा लजालु स्वभाव हुने र वन क्षेत्रमा लुकेर बस्ने उनले बताए ।
रूपन्देही र पाल्पा जिल्लामा कछुवा खोजी गर्दा उनले १३ वटा ठोटरी प्राकृतिक वासस्थानमा फेला पारेका थिए । उनले दुई वर्षअघि ती जिल्लामा ३ प्रजातिका १९ वटा कछुवा फेला परेको उनले बताए ।
०००
शोधार्थीहरूका अनुसार नेपालमा १६ प्रजातिका कछुवा पाइएको रेकर्ड छ । तीमध्ये ५ वटा साइटिस अभिसन्धिको अनुसूची १ र बाँकी ११ वटा अनुसूची २ मा सूचीकृत छन् । तीमध्ये ठोटरी र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा) जमिनमा पाइन्छन् । ‘हामीकहाँ १६ प्रजाति पाइने भनिए पनि बाटागुर, बाटागुर ढोंगोका र चित्रा इन्डिका लामो समयदेखि फेरि कतै पाइएको प्रकाशमा आएको छैन,’ कछुवा अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्यालले भने, ‘किताब र लेखहरूमा पाइने भने पनि विभिन्न सर्भे तथा अनुसन्धानहरूमा अझै रेकर्ड गर्न सकिएको छैन । यी सबै प्रजातिहरू संकटग्रस्त हुन् । ’

आईयूसीएनको कछुवा विशेषज्ञ समूहका संयोजक प्रा.डा. क्रेक स्टान्डफर्ड भन्छन्, ‘बाटागुर कछुवा धेरै नै जोखिमको सूचीमा छन् । यिनको संख्या पक्कै पनि घटेको छ । नेपालमा पनि यसको बृहत् सर्भे गर्नुपर्ने देखिन्छ ।’
०००
प्राकृतिक वातावरणमा पाइने जीवका सबै प्रजातिको आआफ्नै महत्त्व छ । त्यस्तै कछुवा पनि सिमसारको कुचीकारमध्येमा पर्छ । कछुवाका प्रजातिको अध्ययन, अनुसन्धान नेपाल सरकारको प्राथमिकतामा परेको छैन । ठूला जीवहरूको संरक्षण गर्दा साना जीवहरू आफैं संरक्षण हुने राज्यको मान्यताका कारण नेपालमा साना प्रजातिका जीवबारे संक्षणका योजना नीति निर्माताको चासोमा परेको देखिँदैन । धेरै ठाउँमा कछुवाहरू भेटे मारेर खाइहाल्ने प्रवृत्तिका कारण पनि यसको संरक्षणमा चुनौती थपिएको इन्प्रोक्सका अनुसन्धानकर्तासमेत रहेका पद्मकन्या कलेजका वातावरण उपप्राध्यापक अर्याल बताउँछन् ।
कछुवाको अध्ययन तथा संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न जेठ ९ गते वातावरण संरक्षण तथा अध्ययन केन्द्रले गोष्ठी गरेको थियो । त्यसमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कछुवाका लागि काम गरिरहेकाहरूले आफ्नो अनुसन्धानको नतिजा प्रस्तुत गरेका थिए । नेपाली अनुसन्धानकर्ताले कछुवाका बारेमा युवा पुस्ताको धारणा, घोडाघोडीको वरपरका कछुवाको अवस्था, मिनी चिडियाखानाका रूपमा स्थापित केन्द्रहरूमा कछुवाको अवस्थिति तथा संरक्षणका लागि कानुनी प्रावधानका विषयमा प्रस्तुतिहरू दिएका थिए ।

वातावरण विज्ञानकी विद्यार्थी अंकिता तिमिल्सेनाले रामसारस्थलको रूपमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा अहिले पनि कछुवाको संकलन गर्ने तथा खानाको रूपमा उपयोग गर्ने प्रवृत्ति भएकाले संरक्षणमा चुनौती रहेको बताइन् ।
गोष्ठीमा नेपालभर रहेका १७ वटा मिनी चिडियाखनामध्ये ११ वटामा कछुवा राखिएको पाइएको नारायण निरौलाले बताए । ‘चिडियाखानाहरूमा १ सय ५३ वटा कछुवाहरू रहेको पाइएको छ,’ उनले भने । चिडियाखनाले कछुवा संकलन कहाँबाट गर्छन्, व्यवस्थापन कसरी भइरहेको छ भन्ने बारेमा अनुसन्धान हुनुपर्ने भनाइ राखे । वन तथा वातावरण मन्त्रालयका उपसचिव हरिप्रसाद पाण्डे कछुवा संरक्षणमा सरकारले नीतिगत कामहरू गरेको भए पनि त्यो प्रयासलाई थप परिस्कृत गर्न पर्ने देखिएको बताउँछन् । हालसम्म २९ प्रजाति पाइएको भारतमा एउटा संस्थाले कछुवाका दुर्लभ प्रजाति पहिचान र संरक्षणका लागि मोबाइल एप नै बनाएको छ । कछुवा देख्नेहरूले फोटो र जानकारी राख्दा त्यसबाट संरक्षणमा मद्दत पुगेको छ ।
Published in Ekantipur on 2nd June of 2021
गोविन्द पोखरेल
हामी सबैको उठ्ने र सुत्ने समय हुन्छ । हामीमा सुत्ने र उठ्नेको रिदम(लय) ‘बायोलोजिकल क्लक’ले मिलाउँछ । यही बायोलोजिकल क्लक प्रकाशको वरीपरी घुमेको हुन्छ । यसको चक्र बिँग्रदा हाम्रो सुत्ने उठ्नेको चक्र प्रभावित हुन्छ । यो चक्रलाई प्रकाशले प्रभाव पार्छ Read More
गोविन्द पोखरेल
नवलपुर कावासोती नगरपालिकामा दुईवटा टाउको भएको करेत सर्प भेटिएको विषयलाई सरिसृप र उभयचर क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता र विद्यार्थीहरुले चासोका साथ लिएका छन् । रुपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले यस सम्बन्धि थप अध्ययन र विश्लेषण गरेर रेप्टिाइल्स एन्ड एम्बिया जर्नलमा प्रस्तुत गरेको सामग्री यसै साता प्रकाशित भएपछि यो विषय बाहिरिएको हो Read More
जलवायु परिवर्तनको प्रभाव
गोविन्द पोखरेल
काठमाडौँ — गत साता ग्लोबल चेन्ज बायोलोजी जर्नलमा सगरमाथा लगायत हिमाली क्षेत्रमा बिरुवाहरु फैलिन थालेको एक अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक भयो । बेलायतस्थित एक्सिटर विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ल्यान्डस्याट भू–उपग्रहको सन् १९९३ देखि २०१८ सम्मको तथ्यांकलाई आधार मानेर गरेको उक्त अनुसन्धानले उच्च हिमाली क्षेत्रमा बिरुवाहरु फैलिन थालेको निष्कर्श निकालेका थिए । Read More
गोविन्द पोखरेल
काठमाडौँ — अन्नपूर्ण सर्किटको देउराली आसपासमा ४ कोरियाली पर्यटकसहित ३ नेपाली शुक्रबारदेखि सम्पर्क विहीन छन् । सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सयजना पर्यटक तथा गाइडहरुको शनिबार उद्धार गरिएको पर्यटन विभागले जनाएको छ ।
गोविन्द पोखरेल
काठमाडौँ — सेप्टेम्बरबाट सुरु भएको डढेलोको कारण अस्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । हालसम्म दुई दर्जन मानिसहरुले ज्यान गुमाएका छन् भने करिब ५० करोड वन्यजन्तु तथा चराचुरुंगीहरु डढेलोमा परेर मारिएका छन् । अहिले अस्ट्रेलिया अस्वस्थ्य बनेको छ ।
तिहार कस्तो पर्व हो ? काग, कुकुर, गाई, लक्ष्मी, गोरूको पूजा र भाइटीका सम्झेर केके गर्छौं भनेर हामी भन्न सक्छौं । साथमा देउसी र भैलो खेल्ने कुरा पनि छुटाउँदैनौं ।
दसैं, तिहारजस्ता चाडपर्वहरू मनाउने तरिका फरक छन् । यी बेला हामीले खाने परिकार पनि फरकफरक छन् ।
चाडपर्वहरू स्कुल छुट्टी हुने भएकाले खुसी मान्नुपर्ने समय मात्रै होइन । सबै धर्म, संस्कृतिमा चाडपर्वका आआफ्नै महत्त्व र बुझ्नैपर्ने सन्देश लुकेका हुन्छन् ।