नेपालबाट पत्ता लागेका फूल फूल्ने वनस्पतिको विवरण संग्रहीत पुस्तक तयार भएको छ । विश्वमा पाइने फूल फूल्ने वनस्पतिहरुमध्ये १ हजार ६ सय ५८ वटा नेपालबाट पहिलोपटक पत्ता लागेको उक्त पुस्तकमा उल्लेख छ । वनस्पति विभागले मंगलबार सार्वजनिक गरेको ‘फ्लावरिङ प्लान्टस् डिस्कभर्ड फ्रम नेपाल’ पुस्तकमा सन् १८०५ देखि २०१९ सम्म फूल फूल्ने वनस्पति प्रजातिहरु नेपालबाट पहिलोपटक पत्ता लागेको उल्लेख छ ।
Mapping Disaster: A Satellite View of Rasuwa Flood
On August 26, 2026, Rasuwa District, Nepal, was struck by a powerful outburst flood, a devastating reminder of the challenges in...
Read More
Why Glaciology Must Become a Pillar of National Security
The catastrophic flash flood that recently tore through the Rasuwa corridor along the Bhote Koshi basin has left behind an...
Read More
Inside the Origin of the Rasuwa Mega Flood
On the morning of 26 August 2026, a catastrophic wall of water and debris tore through northern Nepal’s Bhote Koshi corridor...
Read More
How Himalayan Flash Floods Paralyzed Nepal’s Strategic Corridors
When the ice-rock avalanche collapsed from Langtang Lirung on the morning of 26 August 2026, the physical shockwave did not stop...
Read More
The Eels of My Childhood
I recently read Prabesh Khatiwada’s long feature story on Onlinekhabar titled ‘बाम माछाको...
Read More
What’s Next for Nepal’s Tigers ?
By Gobinda Prasad Pokharel Published: July 29, 2026 (Global Tiger Day) The Milestone We Celebrate Today, as the global...
Read More
A 200-Year Old Museum Specimen Just Rewrote Nepal’s Pangolin...
A team led by researcher Narayan Koju of Pokhara University has shown, through genetic analysis, that Nepal’s pangolin is...
Read Moreअन्तरिक्षमा भू–उपग्रह छाडिएको तीन महिनापछि नेपालको ग्राउन्ड स्टेसन तयार भएको छ। गत बिहीबारदेखि स्टेसन पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ।
गत वैशाख ५ मा अमेरिकाको भर्जिनियास्थित नासाको मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडबाट बिहान २ बजेर ३१ मिनेटमा नेपाली स्याट–१ सहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह एकसाथ प्रक्षेपण गरिएको थियो। ती स्याटेलाइट अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा करिब दुई महिनासम्म परीक्षण गरेर असार २ को अपराह्न ४ बजे अन्तरिक्षमाछाडिएको थियो।
प्रकृति
सन् १९७७ देखि २०१७ सम्मको अवधिमा नेपालमा हिमतालले ओगटेको क्षेत्रफल २५ प्रतिशतले बढेको छ।
तिलिचो मास्तिर पनि अर्को ताल देखिएपछि मनाङका बासिन्दा खुसी भए। गत साउन दोस्रो साता चामे गाउँपालिका–४ को अग्लो स्थानमा हिमताल भेटिएको भन्दै निकै चर्चा भयो।
कक्षा ११/१२ मा आफूले रोजेको विषय लिए पनि त्यसको २ वर्षपछि विद्यार्थीलाई अन्य विषय/क्षेत्रमा जान मन लाग्छ । आफूले भनेजस्तो नभएपछि विद्यार्थीहरू फ्रस्टेसनमा जाने गरेका छन्।
वनस्पतिहरुको ‘संविधान’ मानिने पुस्तक प्रकाशन ढिलाइ हुनुमा सरोकारवाला संस्थाहरुले एकअर्कालाई दोष दिने गरेका छन् ।
उन्युँ र फूल फुल्ने/नफुल्ने वनस्पतिहरूको विवरण ‘फ्लोरा अफ नेपाल’ १० वर्षमा १० वटा प्रकाशन गर्ने समझदारीअनुरूप काम सुरु गरिए पनि २० वर्षमा एक अंक मात्र छापिएको छ । अन्य अंक कहिले प्रकाशन हुने, टुंगो पनि छैन ।
वास्तवमा गोही कस्तो जीव हो ? यसले किन आक्रमण गर्छ ? कस्ता हुन्छन् यसका आनीबानी ? नेपालमा कस्ता–कस्ता गोही छन् ? विश्वभर कति प्रजातिका छन् ? गोहीका विशेषता के हुन् ? किन भनिन्छ ‘गोहीको आँसु’ ?
गोही महाप्रलयबाट बाँचेको जीव हो । उक्त महाप्रलयमा डाइनोसोरको अस्तित्व सकिएको थियो । यिनीहरू डाइनोसोरभन्दा अघिदेखि नै पृथ्वीमा उत्पत्ति भएका जीव हुन् । वैज्ञानिकहरूका अनुसार २५० मिलियन वर्षअघि गोही देखा परेका थिए । परापूर्व कालका गोही अहिलेका भन्दै धेरै ठूला थिए ।
Bhaktapur,One of the oldest City of the Nation. It is found that different types of art and architecture are originated from this ancient city. Bhaktapur is home to historical monuments, crafts, religions and temples.

It is also rich in culture and traditional art including different types of festivals. Bhaktapur is the ancient Newa city of nepal.
Bhaktapur Durbar square, Nyatapola, Bhairavnath Temple,Dattaraya Temple is located in this ancient city.
Bhaktapur is also known by city of Festivals and culture of Nepal.Different types of festivals and jatra are celebrated in this City.
Juju Dhau(Newari Curd) is famous here. Many tourist came to visit this palce due to its iconic beauty,culture,traditions and rituals inculding to taste the Curd.
भवितव्यका कारण धेरैजसो जीवजन्तुको ज्यान जाने विज्ञहरू बताउँछन् । कहिलेकाहीँ ज्यान बचाउने क्रममा भाग्दा लडेर ती मर्ने गरेका घटना धेरै पाइन्छन् । यहाँ सँगै अर्को जिज्ञासा जाग्छ, के वन्यजन्तुले पनि आत्महत्या गर्छन् ?
‘समूहको नाइकेको पछिपछि जाने क्रममा अन्य जनावरको ज्यान जान सक्छ,’ त्रिवि केन्द्रीय जीव विज्ञान क्याम्पसका प्राध्यापक तेजबहादुर थापाले भने, ‘समूहको नाइके कुनै कारणले लडयो भने उसको पछिपछि गएका अन्य जनावर पनि लड्न सक्छन् ।’ यस्ता घटनाबारे नेपालमा डकुमेन्टेसन नभएको उनले बताए । भेडा जस्तो स्वभाव हुने जीवको मृत्यु पनि यस्तै कारणले हुने उनको भनाइ छ ।
वन्यजन्तुहरूमा आत्मविनाशकारी व्यवहार (सेल्फ डिस्ट्रक्टिभ बिहेभियर) हुन सक्ने उनले बताए । ‘जीवनको कुनै अवस्थामा पुगेपछि जीवहरू देहत्याग गर्न सक्छन्,’ थापाले भने, ‘तर यो उनीहरूको आचरणको कुरा हो । स्तनधारीहरूमा देहत्याग गरेका घटना विरलै पाइन्छ । हाम्रो जस्तो मुलुकमा यस्ता घटना कहिलेकाहीँ सुनिए पनि अध्ययन भएको छैन ।’
वन्यजन्तुहरूले आत्महत्या गर्ने सम्बन्धमा संसारमा अनुसन्धान धेरै भएका छन् । इकोलोजिस्ट एवं त्रिवि केन्द्रीय वातवरण विज्ञान क्याम्पसका उपप्राध्यापक मनकुमार धमला भन्छन्, ‘स्तनधारी जीवले कुनै हिंस्रक एवं आफूभन्दा शक्तिशाली जीवको अगाडि प्राण त्याग्न सक्छन् । तर त्यसलाई आत्महत्या नै भनेर यकिन गर्न भने सकिन्न ।’ डल्फिन, बाँदर, हात्तीजस्ता स्तनधारी जीव आफ्नो परिवारका कुनै सदस्यको मृत्यु हुँदा शोकमा बस्छन् । शोकमा रहेका बेला खानै नखाँदा उनीहरू मर्न सक्ने धमलाको भनाइ छ ।

यी जीवले समूहका कुनै सदस्यको मृत्यु हुँदा नजिकै जाने, सुमसुम्याउने जस्ता व्यवहार देखाउँछन् । वन्यजन्तुहरूले सामूहिक आत्महत्या नै गरेका घटना भने दुर्लभ रहेको उनले बताए । समूहको कसैलाई बचाउन खोज्दा वन्यजन्तुहरूको ज्यान जान सक्ने उनले सुनाए । मानिसले जस्तो अन्य जीवले आत्महत्या गर्न नसक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय जीव विज्ञानका प्राध्यापक एवं बाँदर विज्ञ मुकेश चालिसेको भनाइ छ । ‘संसारमा बुद्धि भएको प्राणी मानिस मात्रै हो । आर्थिक, सामाजिक, राजनीतिक एवं वंशानुगत कारणले उसले आत्महत्या गर्छ । यस्तो स्वभाव मानिसमा मात्रै हुन्छ ।’
कहिलेकाहीँ आत्तिएर, हिँड्दा, भाग्दा वा भीरपाखा, रूख आदि स्थानबाट खसेर वन्यजन्तु मर्ने गरेको विज्ञहरूको भनाइ छ । सारसको जोडीमा कुनै एकको मृत्यु हुँदा अर्कोले खानै नखाई पीडामा बस्ने गरेको भेटिन्छ । यसले पनि उनीहरूको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । धमिरालगायत अन्य स–साना कीराको सामूहिक मृत्यु हुने गरेको पाइन्छ ।
मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३ को एक पोखरीमा १६ वटा बाँदर हामफाल्दा डुबेर मरेको घटना सन्दर्भमा विज्ञहरूको एउटै मत छ– यो आत्महत्या होइन । बाँदरहरू पौडी खेल्न सक्ने भएकाले पोखरीमा केही दूषित पदार्थ वा विष मिसिएको हुन सक्ने उनीहरूको भनाइ छ । यस विषयमा अनुसन्धान आवश्यक रहेको उनीहरू बताउँछन् । ‘यो घटनामा पोखरी कस्तो थियो, बाहिर जाने ठाउँ थियो कि थिएन, तापक्रम कस्तो थियो भन्ने कुराले पनि ठूलो अर्थ राख्छ,’ चालिसेले भने ।
१० वर्षअघि पनि मरेका थिए बाँदर
१० वर्षअघि पशुपतिमा २० देखि ३० वटा बाँदेर मरेका थिए । पशुपतिस्थित एक बिजुलीको पोलमा एउटा बाँदरलाई करेन्ट लागेको थियो । कराउँदाकराउँदै उसको मृत्यु भएपछि अन्य बाँदर उसलाई बचाउन गएका थिए । त्यस क्रममा करेन्ट लागेर सबैको मृत्यु भएको थियो । ‘एउटालाई बचाउन जाँदा त्यसबेला २० देखि ३० वटा बाँदर करेन्ट लागेर मरेका थिए,’ चालिसेले भने ।
गोदावरीमा बीउ बैंक (सिड बैंक) स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । वनस्पति विभागको सहयोगमा राष्ट्रिय वनस्पति उद्यानले वनस्पतिहरूको आनुवंशिक विविधता संरक्षण गर्न र प्रकृतिबाट वनस्पतिहरू लोप हुन नदिन सिड बैंक बनाउँदै छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत कृषि कार्यालयले खाद्य सुरक्षा र रैथाने बाली संरक्षण गर्न सिड बैंक स्थापना गरेका छन् ।
यो वर्षको सुरुमै नेपालले अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटेलाइट) पठाएपछि यसबारे धेरैको चासो बढेको छ । कोपिलाको यो अंकमा हामी स्याटेलाइटबारे थुप्रै जानकारी लिएर आएका छौं ।
नेपालले पठाएको नानो (सानो) स्याटेलाइटले के गर्दै छ ? नेपालले फेरि अर्को वर्ष प्रक्षेपण गर्न लागेको स्याटेलाइट कस्तो खाले हो ? वास्तवमा स्याटेलाइट के हो र यसले कसरी काम गर्छ ? पहिलोपल्ट कसले प्रक्षेपण गरेको थियो स्याटेलाइट ? अहिले आकाशमा कति स्याटेलाइट छन् ? यस्ता धेरै सवालको जवाफ यो लेखले दिने छ ।







